हामी किन डराउँछौं ?
जर्ज अर्वेलको महान कृति १९८४ को समीक्षा
जर्ज अर्वेलको उपन्यास '१९८४' ले एउटा यस्तो भयावह भविष्यको चित्रण गरेको छ, जहाँ 'बिग ब्रदर’को नेतृत्वमा रहेको निरंकुश शासनले मानिसको बाँच्ने शैली मात्र नभई उनीहरूको सोच र भावनामा समेत पूर्ण नियन्त्रण राखेको हुन्छ। यस कृतिमा राज्यले 'न्युस्पिक' जस्ता कृत्रिम भाषामार्फत मानिसको अभिव्यक्ति गर्ने क्षमतालाई खुम्च्याएर विद्रोही विचारको अन्त्य गर्न खोजेको देखाइएको छ भने 'सत्य मन्त्रालय' ले सत्ताको स्वार्थ अनुकूल इतिहासलाई पटक-पटक तोडमरोड गरी नागरिकलाई सत्य र भ्रमबीचको भिन्नता छुट्याउन नसक्ने बनाउँछ भन्ने चित्रण गरिएको छ।
प्रविधिको दुरुपयोग गर्दै 'टेलिस्क्रिन' मार्फत गरिने चौबीसै घण्टाको निगरानीले व्यक्तिको गोपनीयतालाई पूर्ण रूपमा समाप्त पारिदिन्छ, जसले गर्दा मानिस आफ्नै घरभित्र पनि स्वतन्त्र हुन सक्दैन। अर्वेलले यस पुस्तकमार्फत शक्ति र सत्ताको चरम भोगाइले कसरी मानवीय संवेदना, प्रेम र स्वतन्त्र अस्तित्वलाई नष्ट गर्छ भन्ने गम्भीर चेतावनी दिएका छन्। समग्रमा यो उपन्यासले नागरिकहरूलाई सरकारी प्रचारबाजीप्रति सतर्क रहन र आफ्नो व्यक्तिगत स्वतन्त्रता तथा सत्यको रक्षाका लागि सधैं सचेत रहनुपर्छ भन्ने सन्देश प्रवाह गर्दछ।
दायित्वबोध
एउटा यस्तो समाजको कल्पना गर्नुहोस्, जहाँ नागरिकहरूको कुनै गोपनीयता हुँदैन। हरेक क्षण उनीहरूमाथि निगरानी राखिन्छ। उनीहरुका हरेक कुरा रेकर्ड हुन्छ र पूरै संसारले उनीहरूको जिन्दगीलाई हेरिरहेको हुन्छ। यो एउटा कल्पनाको कुरा भयो । तर यो कल्पना मात्र नभएर हाम्रो वास्तविक जीवनमै यथार्थ बन्यो भने के होला? हरक्षण कुनै सरकार वा शक्तिले हाम्रो हरेक गतिविधि र हरेक कुराकानी, यहाँसम्म कि हाम्रो सोचमा पनि नियन्त्रण गर्यो भने के होला? जर्ज अर्वेलको चर्चित कृति '१९८४' ले यही गम्भीर प्रश्न उठाउँछ।
यो पुस्तक मानिसको स्वतन्त्रता कसरी खोसिन सक्छ र मानिसहरू कसरी थाहै नपाई दास बनाइन सक्छन् भन्ने बारेको चेतावनी हो। त्यसैले यो कृति सबैले पढ्नु जरुरी छ । ओरेवलको यो पुस्तक एउटा साहित्यिक परिकल्पना मात्र नभएर भविष्यमा हुन सक्ने सम्भाव्य परिदृश्यहरुबारे आँखा खोलिदिने एउटा माध्यम हो। आउनुहोस् यस आलेखबाट जान्ने कोशिश गरौं– अर्वेल हामीलाई कुन खतरनाक भविष्यका बारेमा सचेत गराउन चाहन्थे।
हतियारको रूपमा डर
डर एउटा यस्तो चिज हो जसले कुनै पनि मानिसलाई पूर्ण रूपमा वशमा पार्न सक्छ। मानिस जतिसुकै समझदार, बहादुर वा विद्रोही किन नहोस्, उसको सबैभन्दा ठूलो डरलाई उसको सामु राखिदियो भने ऊ लल्याकलुलुक गल्नेछ। यही डरलाई हरेक ठूला शक्ति, हरेक प्रणाली र हरेक सत्ताले आफ्ना मानिसहरूमाथि सबैभन्दा ठूलो हतियार बनाएर प्रयोग गर्छन्।
कल्पना गर्नुहोस्, जब कुनै सरकार वा अधिकारीले तपाईंलाई हरक्षण डरमा बाँच्न बाध्य बनाउँछ। कहिले जागिर गुम्ने डर, कहिले समाजमा बदनाम हुने डर, त कहिले डिजिटल संसारमा एक्सपोज हुने डर। यो डरले हामीलाई साङ्लोले बाँधेसरह हामीलाई नियन्त्रण गर्छ । फरक यति मात्र हो कि यो डरको साङ्लो देखिँदैन। आज पनि लाखौँ मानिसहरू जागिर खुस्कने डरले आफ्नो हाकिमको सामु साँचो बोल्न सक्दैनन् ।कतै ट्रोलको शिकार बन्न नपरोस् वा चरित्र हत्या नहोस् भन्ने डरले मानिसहरू सामाजिक सञ्जालमा आफ्नो वास्तविक धारणा लेख्दैनन् । कतिपयले त घरभित्र पनि आफ्नो वास्तविक सोच व्यक्त गर्न सक्दैनन् कि कतै परिवार वा समाजले न्याय (judge) नगरोस्। यी सबै 'हतियारको रूपमा डर' का आधुनिक संस्करणहरू हुन्, जसको बारेमा अर्वेलले १९८४ मा बताएका थिए।
डरको सबैभन्दा खतरनाक पक्ष यो हो कि यसले हामीलाई आफ्नै सिद्धान्तहरूसँग विश्वासघात गर्न लगाउँछ। मानिस डराउँदा डराउँदै ती सबै काम गर्न थाल्छ, जुन उसले कहिल्यै सोचेको पनि हुँदैन । प्रणालीले यहीँ जित्छ। उसले कसैलाई खुलेआम मार्न वा जेलमा हालिबस्नु पर्दैन । उसले मानिसको दिमागमा तिमीले नियम तोड्यौ भने तिमीलाई तिम्रै डरले तोडिदिनेछ भन्ने कुरा मात्रै हालिदिनुपर्छ। एउटा प्रणाली तब मात्र टिकाउ बन्छ, जब मानिसहरू स्वयं डराएर प्रणालीले चाहेअनुसार मात्रै गर्छन् । अर्वेलले डर एउटा भावना मात्र होइन, यो एउटा राजनीतिक उपकरण हो भन्ने चेतावनी दिएका थिए ।
अब प्रश्न उठ्छ – डरलाई हतियार बनाएर मानिसको सोचलाई नियन्त्रण गर्न सकिन्छ भने, के सत्य र यथार्थलाई पनि नियन्त्रण गर्न सकिन्छ?
सत्यमाथिको शक्ति
सत्य ! यो शब्द सुन्ने बित्तिकै दिमागमा पवित्रता, इमानदारिता र भरोसाको चित्र बन्छ। तर एकछिन सोच्नुहोस्, सत्यलाई पनि कुनै सत्ताले आफ्नो हिसाबले तय गर्न थाल्यो भने के होला? आज तपाईंले जे मान्नुहुन्छ, त्यसैलाई भोलि झुट घोषणा गरियो भने? र हिजो जुन झुट थियो, त्यसलाई नयाँ सत्य बनाइयो भने? यही हो वास्तविक शक्ति: 'सत्यमाथिको शक्ति'।
अर्वेलले १९८४ मा हामीलाई यही देखाए– कुनै पनि प्रणालीको सबैभन्दा ठूलो शक्ति उसको सेना वा उसको पैसा हुँदैन, मानिसहरूको दिमागमा सत्य भरिदिने उसको त्यो नियन्त्रण हुन्छ। कल्पना गर्नुहोस्, पत्रपत्रिका, समाचार च्यानल, पुस्तकहरू र यहाँसम्म कि भाषा नै तपाईंको विरुद्धमा बङ्ग्याइयो भने तपाईं कसलाई विश्वास गर्नुहुन्छ? तपाईंले त्यही कुरा मान्न र विश्वास गर्न थाल्नु हुनेछ, जुन तपाईंलाई बारम्बार सुनाइनेछ। आज 'फेक न्यूज' यति खतरनाक बन्नुको कारण पनि यही हो। कुनै कुरालाई हजार पटक दोहोर्याइएर प्रस्तुत गरिरहियो भने मानिसहरू त्यसलाई सत्य मान्न थाल्छन्, चाहे त्यसको वास्तविकता जेसुकै होस्।
यस प्रणालीको चाल यही हो: यथार्थको निर्माण गर्नु। उदाहरणका लागि– जब अर्थतन्त्र खस्किन्छ, तब हामीले प्रगति गरिरहेका छौँ भनिन्छ । जब मानिसहरू भोका हुन्छन्, तब खाद्य उत्पादनले रेकर्ड तोडिसकेको छ भनिन्छ । युद्ध भइरहेको बेला शान्ति कायम राख्नको लागि लडाइँ जरुरी छ भनिन्छ। बिस्तारै मानिसको दिमाग यसरी अनुकूलन बनाइन्छ कि सत्य त्यही हो जुन माथिबाट भनिएको छ भन्ने मान्न थालिन्छ ! यही नै सबैभन्दा खतरनाक दासता हो किनकि यहाँ बन्धनहरू हुँदैनन्। यहाँ त दिमागमा कब्जा जमाइएको हुन्छ।
जब अर्थतन्त्र खस्किन्छ, तब हामीले प्रगति गरिरहेका छौँ भनिन्छ । जब मानिसहरू भोका हुन्छन्, तब खाद्य उत्पादनले रेकर्ड तोडिसकेको छ भनिन्छ । युद्ध भइरहेको बेला शान्ति कायम राख्नको लागि लडाइँ जरुरी छ भनिन्छ। बिस्तारै मानिसको दिमाग यसरी अनुकूलन बनाइन्छ कि सत्य त्यही हो जुन माथिबाट भनिएको छ भन्ने मान्न थालिन्छ !
आजको समयसँग तुलना गरेर हेरौं । कति पटक सामाजिक सञ्जालमा यस्ता कुराहरू ट्रेन्ड गराइन्छ जसले वास्तविक मुद्दाहरूबाट ध्यान अन्यत्र भड्काइदिन्छन्। कति पटक नेताहरूले आफ्ना असफलतालाई नयाँ नारा र सफलताका कथाहरूमा बदलिदिन्छन्। हामी देख्छौँ, सुन्छौँ र अन्तमा सत्यलाई बिर्सिएर त्यही मान्छौँ जुन बारम्बार हाम्रो अगाडि पस्किइन्छ। यही हो सत्यमाथिको शक्ति।
अर्वेल हामीलाई तानाशाही केवल बन्दुकले मात्र चल्दैन, बरु यसले सत्यलाई बदलेर मानिसहरूको दिमागमा राज गर्छ भन्ने बुझाउन चाहन्थे । किनभने जब तपाईंलाई सत्य के हो भन्ने कुरामा नै विश्वास नभएपछि तपाईं प्रश्न सोध्न नै सक्नुहुन्न। अनि जुन समाजमा प्रश्नहरू समाप्त हुन्छन्, त्यहाँ स्वतन्त्रता पनि समाप्त हुन्छ।
सोचनीय कुरा के हो भने यदि सत्य पनि सत्ताको मुठ्ठीमा छ भने मानिसको सबैभन्दा व्यक्तिगत भावनाहरूको के हुन्छ? के प्रेम पनि प्रणालीको पकडबाट बच्न सक्छ?
यथार्थको निर्माण
वास्तविकता वा यथार्थमा नै मानिसको जीवन टिकेको हुन्छ। हामी आफूले देखेको, सुनेको र इतिहासमा लेखिएको कुरालाई नै सत्य मान्छौं । तर यथार्थलाई पनि कुनै सत्ताले आफ्नो इच्छाअनुसार बदल्न थाल्यो भने के होला? हिजो तपाईंले आफ्नै आँखाले देखेको कुरालाई आज त्यस्तो कहिल्यै भएकै थिएन भनियो भने तपाईं कसलाई विश्वास गर्नुहुन्छ? आफ्ना स्मृतिलाई कि त्यो प्रणालीलाई, जसले तपाईंलाई बारम्बार तपाईंका स्मृतिहरु झुटो हो भनिरहेको छ ! यही हो यथार्थको निर्माण। सत्यलाई तोडमोड गर्नु र मानिसहरूको दिमागमा नयाँ सत्य खडा गरिदिनु। अर्वेलले १९८४ मा हामीलाई देखाए–मानिसले कहिल्यै प्रणालीको विरुद्धमा प्रमाण नै पेश गर्न नसकोस् भनेर सत्ताले कसरी इतिहासका किताबहरू, अखबार र यहाँसम्म कि भाषासम्मलाई बदलिदिन्छ ! यदि प्रमाण नै बाँकी रहने छैनन् भने प्रश्नहरू पनि उठ्ने छैनन्।
सामाजिक सञ्जालमा निरन्तर उठाइने ट्रेन्डहरूले हाम्रो सोचलाई आकार दिन्छन्। र जब पाठ्यपुस्तकहरूमा इतिहासलाई छनोटपूर्ण तरिकाले लेखिन्छ, तब आउने पुस्ताले त्यही मान्छ, जुन सत्ताले मनाउन चाहन्छ।
आजको समयमा खेल स्पष्ट रूपमा चलिरहेको देखिन्छ। मिडियाले बारम्बार एउटै भाष्य देखाइरहेपछि मानिसहरू त्यसलाई मान्न र पत्याउन थाल्छन्। सामाजिक सञ्जालमा निरन्तर उठाइने ट्रेन्डहरूले हाम्रो सोचलाई आकार दिन्छन्। र जब पाठ्यपुस्तकहरूमा इतिहासलाई छनोटपूर्ण तरिकाले लेखिन्छ, तब आउने पुस्ताले त्यही मान्छ, जुन सत्ताले मनाउन चाहन्छ। यही हो निर्मित यथार्थ। एउटा यस्तो सत्य जो प्राकृतिक होइन, बरु बनाइएको हो। र यस प्रणालीको सबैभन्दा खतरनाक पक्ष यो हो– यसले मानिसलाई उसको स्मृतिहरूबाट नै अलगथलग तुल्याइदिन्छ। तपाईंलाई बारम्बार तपाईंका स्मृतिहरू गलत हुन् भनिरहियो भने बिस्तारै तपाईं आफैँ आफ्ना स्मृतिहरूमा शंका गर्न थाल्नुहुनेछ। र जब मानिसले आफ्नै स्मृतिहरूमा भरोसा गुमाउँछ, तब उसँग बाँकी नै के रहन्छ? ऊ पूर्ण रूपमा प्रणालीको नियन्त्रणमा जान्छ।
यो केवल अर्वेलको संसारको कुरा मात्र होइन। आज पनि हामीले यो देख्न सक्छौं। भुइँको यथार्थभन्दा फरक जब नेताहरू भन्छन् कि सधैँ सबै कुरा राम्रो भइरहेको छ वा इतिहासले हामीलाई गौरवशाली देखाउँछ, त्यहाँ सत्यलाई प्रतिस्थापन गरिरहिएको हुन्छ । वैकल्पिक तथ्यसम्म पहुँच नहुनाले मानिसले चुपचाप त्यही पत्याउँछ र मान्न थाल्छ। यसरी मानिसको यथार्थ उसकै विरुद्धमा प्रयोग गरिन थालिएपछि वास्तविक दासता शुरु हुन्छ भनी अर्वेलले हामीलाई चेतावनी दिन्छन् । जब भाषा, किताब र सम्झनाहरू सत्ताको सम्पत्ति बनेपछि मानिसले प्रश्न सोध्न बन्द गर्छ । अनि प्रश्न सकिने बित्तिकै स्वतन्त्रता पनि सकिन्छ।
निगरानीको युग
तपाईंलाई निरन्तर निगरानी गरिरहिएको छ। यो एउटा कुराको अनुभूतिले मानिसको पूरै जीवन बदल्न सक्छन्। तपाईंलाई थाहा भयो – कसैले तपाईंको हरेक गतिविधिमा नजर राखिरहेको छ। तपाईंका कुराहरू सुनिरहेको छ। तपाईंका चालहरू नोट गरिरहेको छ। तपाईंका अनुहारका भावहरूसम्म रेकर्ड गरिरहेको छ। त्यो स्थितिमा के तपाईं स्वतन्त्र भएर बाँच्न सक्नुहुन्छ? पक्कै पनि सक्नु हुन्न। तपाईं हरबखत डरको छायाँमा रहनुहुनेछ र बिस्तारै त्यस्तै व्यवहार गर्न थाल्नुहुनेछ, जस्तो व्यवहार कुनै शक्तिशाली प्रणालीले तपाईंबाट चाहन्छ।
सत्ताले चाहेको पनि यही हो। मानिसहरूले लाठी र डन्डा बिना नै आफैँ विद्रोही बन्न छोडिदिऊन्। यो निगरानी बाहिर मात्र होइन, भित्र पनि बस्न थाल्छ। अर्वेलले यसलाई 'थट क्राइम' अर्थात् विचारको अपराध भनेका थिए । यस्तो अपराध जुन तपाईंका कार्यहरूबाट होइन, तपाईंको सोचबाट परिभाषित हुन्छ।
यही हो निगरानी समाज। अर्वेलले १९८४ मा 'बिग ब्रदर इज वाचिङ यू' (ठुल्दाइले तिमीलाई हेरिरहेको छ) भन्ने चेतावनी दिएका थिए। यसको अर्थ हरेक मानिस २४ सै घण्टा प्रणालीको निगरानीमा छ र निगरानी केवल तपाईंका कार्यहरूमा मात्र होइन, तपाईंको सोचमा पनि छ। यो प्रणालीले तपाईं त्यही सोच्नुहोस् जुन उसले सोचोस् भन्ने चाहिरहेको हुन्छ। आज हाम्रो समयमा यसलाई बुझ्न अझ सजिलो छ। जताततै सीसीटीभी क्यामेराहरू जडान गरिएका छन्। तपाईंको फोनको लोकेसन, तपाईंको सर्च हिस्ट्री, तपाईंका ह्वाट्सएप सन्देशहरू यहाँसम्म कि तपाईंका अनलाइन सपिङ रोजाइहरूसम्म ट्र्याक हुन्छन्। सामाजिक सञ्जाल प्लेटफर्महरूले तपाईंका हरेक लाइक, कमेन्ट र चासोहरूलाई विश्लेषण गर्छन् र यी सबै डाटा ती मानिसहरूसम्म पुग्छन् जसको हातमा शक्ति छ।
यो निगरानीको वास्तविक उद्देश्य के हो? यो केवल सुरक्षा होइन। वास्तविक उद्देश्य नियन्त्रण हो। जब मानिसलाई थाहा हुन्छ कि उसलाई हेरिरहिएको छ, तब ऊ आफैँ आफूलाई 'सेन्सरसिप' गर्न थाल्छ। ऊ आफ्ना विचारहरू लुकाउन थाल्छ। ऊ कुनै विवादास्पद कुरामा चुप बस्छ। र सत्ताले चाहेको पनि यही हो। मानिसहरूले लाठी र डन्डा बिना नै आफैँ विद्रोही बन्न छोडिदिऊन्। यो निगरानी बाहिर मात्र होइन, भित्र पनि बस्न थाल्छ। अर्वेलले यसलाई 'थट क्राइम' अर्थात् विचारको अपराध भनेका थिए । यस्तो अपराध जुन तपाईंका कार्यहरूबाट होइन, तपाईंको सोचबाट परिभाषित हुन्छ। तपाईंले प्रणालीको विरुद्धमा सोच्नु मात्र भयो भने पनि त्यो सजाय योग्य हुन्छ र साँचो भन्नुपर्दा आज पनि यस्तै छ। कतिपय अवस्थामा मानिसहरू कतै मेरो सोच कसैको अगाडि उद्घाटित होस् भनेर केही नबोलिकनै डराउँछन् ।
स्वतन्त्रताको भ्रम सबैभन्दा खतरनाक जाल हो । मानिसलाई लाग्छ कि ऊ स्वतन्त्र छ जबकि ऊ पहिले नै पिँजडामा परिसकेको हुन्छ।
यो निगरानी संस्कृतिले हामीलाई कसरी बदलिरहेको छ त? मानिस वास्तविक स्वरूपमा प्रस्तुत हुन डराउन थाल्छ। ऊ मुकुण्डो लगाएर बाँच्छ । मुकुण्डो जति लामो समयसम्म लगाइन्छ, वास्तविक मानिस बिस्तारै त्यति नै मर्दै जान्छ। यही निगरानीको सबैभन्दा ठूलो जित हो। अर्वेलको चेतावनी स्पष्ट छ। हामी हर क्षण हामीलाई हेरिरहिएको छ भन्ने ठानेर बाँच्न थाल्यौँ भने हाम्रो स्वतन्त्रता भ्रम मात्र बनेर रहन्छ । स्वतन्त्रताको भ्रम सबैभन्दा खतरनाक जाल हो । मानिसलाई लाग्छ कि ऊ स्वतन्त्र छ जबकि ऊ पहिले नै पिँजडामा परिसकेको हुन्छ।
निगरानीले मानिसलाई यति कमजोर बनाउँछ भने प्रतिरोध कसरी सम्भव छ? के प्रणाली विरुद्ध कुनै वास्तविक विद्रोह खडा हुन सक्छ? अर्वेलले यसको जवाफ पनि दिएका थिए र त्यो हो– विद्रोहको भ्रम।
नियन्त्रणको रूपमा भाषा
कुनै कुरा व्यक्त गर्नका लागि कुनै शब्द नै छैन भने के तपाईं त्यो कुराको बारेमा सोच्न पनि सक्नुहुन्छ? सत्तासँग भएको सबैभन्दा ठूलो हतियार यही हो: भाषालाई नियन्त्रण गर्नु। अर्वेलको पुस्तक १९८४ मा यसलाई 'न्यु स्पिक' भनिन्छ। न्यु स्पिकको अर्थ हो– बिस्तारै भाषालाई साँघुरो बनाउनु र शब्दहरूलाई काटिदिनु। उदाहरणका लागि, यदि 'फ्रीडम' (स्वतन्त्रता) जस्तो शब्द शब्दकोशबाट गायब गरियो भने केही वर्षमा जन्मिने नयाँ बच्चाहरूले स्वतन्त्रता जस्तो अवधारणा कहिल्यै सिक्ने छैनन्। उनीहरूसँग त्यो कुराको लागि शब्द नै छैन भने उनीहरूले त्यसको बारेमा सोच्न पनि सक्ने छैनन्। यसरी प्रणालीले केवल तपाईंका कार्यहरू मात्र होइन, तपाईंको दिमाग र सोचमा पनि कब्जा जमाउँछ। अर्वेल हामीलाई चेतावनी दिन्छन्– भाषा केवल सञ्चारको माध्यम मात्र होइन। भाषा नै मानिसको सोचको घर हो। शब्दहरू छोटा बनाइए भने सोच पनि सानो हुनेछ। शब्दहरू बदलिए भने सत्य पनि बदलिनेछ। आज पनि हेर्नुहोस्, सामाजिक सञ्जालमा केही शब्दहरू बारम्बार दोहोरिन्छन्। सरल नाराहरू, ह्यासट्यागहरू वा यस्ता शब्दहरू जसले जटिल परिस्थितिहरूलाई 'हो' वा 'होइन' भन्ने सजाय ढाँचामा ढालिदिन्छन्। यसले सोच्ने क्षमता कम हुँदै जान्छ। मानिसहरू गहिराइमा सोच्नै सक्दैनन् किनकि शब्दहरू नै बाँकी छैनन्। र यो कुरा यति खतरनाक छ कि यसले दर्शकहरूलाई हल्लाइदिन्छ। प्रणालीले तपाईंलाई केवल तर्साएर वा निगरानी राखेर मात्र रोकिरहेको छैन। प्रणालीले तपाईंको दिमागको भाषालाई नै सानो बनाइरहेको छ ताकि तपाईं उसको विरुद्धमा सोच्न नै नसक्नुहोस्। अर्वेल भन्छन् जब शब्दहरू मर्छन्, तब विचारहरू पनि मर्छन्। र जब विचारहरू मर्छन्, तब मानिस आफैँमा मानिस रहँदैन। ऊ केवल प्रणालीको एउटा औजार बन्न पुग्छ।
अर्वेल हामीलाई चेतावनी दिन्छन्– भाषा केवल सञ्चारको माध्यम मात्र होइन। भाषा नै मानिसको सोचको घर हो। शब्दहरू छोटा बनाइए भने सोच पनि सानो हुनेछ। शब्दहरू बदलिए भने सत्य पनि बदलिनेछ।
अपराधको रूपमा प्रेम
प्रेम एउटा यस्तो भावना हो जसलाई मानिसले सबैभन्दा पवित्र मान्छ। प्रेमले हामीलाई हिम्मत दिन्छ। विद्रोहको आगो बाल्छ र प्रणालीको विरुद्धमा उभिने शक्ति पनि दिन्छ।
तर कुनै प्रणाली यति शक्तिशाली भयो कि उसले मानिसको हृदयमा पनि कब्जा गर्यो र प्रेम गर्नु पनि एउटा अपराध हो भनेर घोषित गरिदियो भने के होला? अर्वेलको १९८४ को यही सबैभन्दा डरलाग्दो अवधारणा हो। त्यहाँ प्रेमले मानिसलाई स्वतन्त्र बनाउँछ भन्ने कुरा प्रणालीले बुझिसकेको हुन्छ। किनभने जब मानिसले अर्को मानिससँग वास्तविक सम्बन्ध गाँस्छ, तब ऊ प्रणालीका लागि खतरा बन्न पुग्छ। ऊ अब अन्धो भएर सरकारको होइन, बरु आफ्नो मनको कुरा सुन्न थाल्छ। यही कुरा तानाशाहीलाई सह्य हुँदैन।
धेरै सम्बन्धहरूलाई नियन्त्रण गर्ने प्रयास गरिन्छ। त्यो नियन्त्रण प्रयास कहिले जातको नाममा, कहिले धर्मको नाममा त कहिले परम्पराको नाममा देखापर्छ। धेरै पटक परिवार र समाजसमेत यो सम्बन्ध नराख, मानिसहरूले के भन्लान् भनेर डराउँछन् !
एकछनि आजको समाजमा हेर्नुहोस्, धेरै सम्बन्धहरूलाई नियन्त्रण गर्ने प्रयास गरिन्छ। त्यो नियन्त्रण प्रयास कहिले जातको नाममा, कहिले धर्मको नाममा त कहिले परम्पराको नाममा देखापर्छ। धेरै पटक परिवार र समाजसमेत यो सम्बन्ध नराख, मानिसहरूले के भन्लान् भनेर डराउँछन् ! प्रणाली चाहे त्यो सरकार होस् वा समाज, उसलाई सबैभन्दा बढी डर मानिसको व्यक्तिगत सम्बन्ध (पर्सनल बन्ड) बाट हुन्छ। किनभने जब मानिसहरू आपसमा साँचो अर्थमा जोडिन्छन्, तब उनीहरूबीच वफादारी पैदा हुन्छ र यो वफादारी प्रणालीप्रतिको वफादारीभन्दा बढी शक्तिशाली हुन सक्छ। अर्वेलका अनुसार तानाशाहीले कसैलाई खुला रूपमा प्रेम गर्ने अनुमति दिँदैन किनभने प्रेम प्रणालीभन्दा बाहिरको संसार हो र प्रणाली चाहन्छ कि मानिसको हरेक भावना उसैतर्फ निर्देशित होस्। यहाँसम्म कि १९८४ मा मानिसहरूलाई उनीहरूले केवल बिग ब्रदरलाई मात्र प्रेम गर्नुपर्छ भनेर सिकाइन्छ । एउटा यस्तो संसारको कल्पना गर्नुहोस् जहाँ तपाईंको मुटु पनि तपाईंको छैन।
अर्वेल हामीलाई चेतावनी दिन्छन्– जुन दिन कुनै समाजमा मानिसको हृदय पनि नियन्त्रण गरिनेछ, त्यस दिन त्यहाँ विद्रोह, सिर्जनशीलता र वास्तविक मानवता सबै मर्नेछन्।
आज सामाजिक सञ्जाललाई हेर्नुहोस्। मानिसहरू ट्रोल्स, निर्णय (जजमेन्ट) र घृणाको डरले सम्बन्धलाई व्यक्त गर्न डराउँछन् । धेरै संस्कृतिहरूमा अझै पनि अन्तरजातीय वा अन्तरधार्मिक प्रेमलाई गुनासो मानिन्छ। यी सबै त्यसै कुराका आधुनिक प्रतिबिम्ब हुन् कि प्रणालीले मानिसलाई उसको हृदयबाट पनि स्वतन्त्र हुन दिँदैन र यही नै सबैभन्दा ठूलो अपराध हो। मानिसलाई प्रेम गर्नु पनि गलत हो भन्ने बुझाइन्छ । अर्वेल हामीलाई चेतावनी दिन्छन्– जुन दिन कुनै समाजमा मानिसको हृदय पनि नियन्त्रण गरिनेछ, त्यस दिन त्यहाँ विद्रोह, सिर्जनशीलता र वास्तविक मानवता सबै मर्नेछन्। अब सवाल यो उठ्छ– प्रणालीले हृदय र प्रेमसम्म नियन्त्रण गर्न सक्छ भने, के उसले हाम्रो भाषा, हाम्रो इतिहास र हाम्रो पूरै यथार्थ पनि बदल्न सक्छ?
व्यक्तिगत पहिचानको अन्त्य
तपाईंको सबैभन्दा ठूलो पहिचान के हो? तपाईंका रोजाइहरू, तपाईंको रुचि, तपाईंका सम्बन्धहरू, तपाईंका सपनाहरू। तर कुनै प्रणाली अति शक्तिशाली भयो र यी सबै खोसिदियो भने तपाईंसँग के बाँकी रहला? अर्वेलको १९८४ ले हामीलाई देखाउँछ– तानाशाहीमा सबैभन्दा पहिले व्यक्तिगत पहिचान (इन्डिभिजुआलिटी) अर्थात् मानिसको आफ्नो पहिचान मर्दछ। । यस संसारमा व्यक्तिगत पहिचानको कुनै मूल्य छैन। हरेक मानिस प्रणालीका लागि केवल एउटा नम्बर हो। एउटा प्रतिस्थापन गर्न सकिने अंश हो। तपाईंले त्यही सोच्नुपर्छ– जुन पार्टीले वा प्रणालीले भन्नेछ वा चाहनेछ। त्यही बोल्नुपर्छ जुन पार्टीले वा प्रणालीले सिकाउनेछ। र त्यही मान्नुपर्छ जुन पार्टीले वा प्रणालीले चाहनेछ।
तपाईंको सबैभन्दा ठूलो पहिचान के हो? तपाईंका रोजाइहरू, तपाईंको रुचि, तपाईंका सम्बन्धहरू, तपाईंका सपनाहरू। तर कुनै प्रणाली अति शक्तिशाली भयो र यी सबै खोसिदियो भने तपाईंसँग के बाँकी रहला?
तपाईंसँग कुनै फरक विचार छ भने त्यो विचारको अपराध (थट क्राइम) हो। तपाईंको कुनै फरक चाहना छ भने त्यो विश्वासघात हो र प्रणालीले यो सहन सक्दैन। मानिसको व्यक्तिगत पहिचानको अर्थ हो तपाईं आफ्नो लागि बाँच्नु। तर अर्वेलले देखाउँछन्– कसरी मानिसहरू बिस्तारै आफैँलाई भुल्दै जान्छन्। उनीहरूले केवल त्यही अनुहार लगाउँछन् जुन प्रणालीलाई चाहिन्छ। उदाहरणका लागि आजको संसारमा कर्पोरेट संस्कृतिलाई हेर्नुहोस्। लाखौँ मानिसहरू आफ्ना वास्तविक भावना र मौलिकतालाई दबाएर केवल त्यही देखाउँछन् जुन स्वीकार्य छ। बिस्तारै उनीहरू आफैँलाई भुल्दै जान्छन्।
१९८४ मा यही हुन्छ। जताततै एउटै अनुहार, एउटै भाषा, एउटै नारा, कुनै फरक आवाज छैन, कुनै फरक सोच छैन। मानौँ पूरै समाज एउटा भीड बनेको होस्। जसमा सबैसँग फरक नाम छ तर कुनै फरक पहिचान छैन। यो प्रणालीले मानिसलाई यस्तो बनाइदिन्छ मानौँ कुनै क्लोन जस्तो टेम्प्लेट होस्। र सबैभन्दा ठूलो खतरा यो हो– जब व्यक्तिगत पहिचान मर्दछ, तब सिर्जनशीलता पनि मर्दछ। कल्पना शक्ति पनि मर्दछ र सबैभन्दा जरुरी चिज आशा पनि मर्दछ। अर्वेल हामीलाई यही चेतावनी दिन्छन्। हामीले आफ्नो विशिष्टता (युनिकनेस) गुमायौँ भने हामी बिस्तारै मानिसबाट मेसिनमा परिणत हुनेछौँ। र यही तानाशाहीको अन्तिम सपना हुन्छ। एउटा समाज जहाँ सबै एकनास (युनिफर्म) हुन् र कसैलाई आफ्नो पहिचान नै याद नरहोस्।
शाश्वत वर्तमान, न भूत, न भविष्य
तपाईंको जीवनको अर्थ के हो? यो कि तपाईं आफ्नो भूतकालबाट सिक्नुहोस् र आफ्नो भविष्यका लागि सपना देख्नुहोस्। भूतकालले हामी कहाँबाट आएका हौँ भन्ने बताउँछ र भविष्यले हामीलाई कुराहरू राम्रो हुनेछन् भन्ने आशा दिन्छ । तर कुनै प्रणालीले दुवै खोसिदियो भने, न भूतकाल बाँकी रहन्छ न त भविष्य नै ! त्यो अवस्थामा मानिस केमा टिक्छ ? टिक्ला र? अर्वेल यसलाई शाश्वत वर्तमान (एटर्नल प्रेजेन्ट) भन्छन्।
१९८४ को संसारमा यही सबैभन्दा ठूलो मनोवैज्ञानिक यातना हो। प्रणालीलाई कब्जा गरेको पार्टीले हरेक दिन इतिहास बदलिदिन्छ। हिजो जे सत्य थियो, आज त्यो झुट हो। हिजो जो नायक थियो, आज त्यो गद्दार हो। अभिलेखहरू मेटाइन्छन्। किताबहरू बदलिन्छन्। अखबारहरूमा नयाँ कथाहरू लेखिन्छन्। विगतलाई अक्षरशः मेटाइन्छ। र जब भूतकाल नै नक्कली हुन्छ, तब कसैले पनि यो प्रमाणित गर्न सक्दैन कि प्रणालीले झुट बोलिरहेको छ। भविष्यको अवस्था झन् खतरनाक छ। प्रणालीले प्रष्ट भन्छ कि हाम्रो उद्देश्य कुनै स्वर्ग बनाउनु होइन। हाम्रो उद्देश्य केवल शक्तिलाई सधैँका लागि कायम राख्नु हो। अर्थात् कुनै राम्रो भोलिको सपना नै बाँकी छोडिँदैन। कुनै क्रान्ति, कुनै परिवर्तन, कुनै आशा छैन। आज जस्तो छ, सधैँ यस्तै मात्र रहनेछ।
जब मिडियाले हरेक दिन नयाँ भाष्य दिन्छ र जब मानिसहरू भविष्यको बारेमा सोच्न डराउन थाल्छन्, तब हामी पनि कतै न कतै त्यही शाश्वत वर्तमानमा फस्छौँ।
अब मानिससँग के बच्यो? केवल एउटा शाश्वत वर्तमान। जहाँ हरेक दिन प्रणालीको हिसाबले बाँच, भूतकालमाथि प्रश्न नसोधी र भविष्यको आशा नगरी। यही नै अन्तिम जाल हो। आजको संसारसँग तुलना गर्नुहोस्। जब बारम्बार इतिहासका पुस्तकहरू पुनर्लेखन गरिन्छन्। जब मिडियाले हरेक दिन नयाँ भाष्य दिन्छ र जब मानिसहरू भविष्यको बारेमा सोच्न डराउन थाल्छन्, तब हामी पनि कतै न कतै त्यही शाश्वत वर्तमानमा फस्छौँ। एउटा यस्तो वर्तमान जुन देखिँदा सामान्य लाग्छ तर वास्तवमा पिँजडा हो। अर्वेलले सङ्केत गरेको सबैभन्दा डरलाग्दो कुरा यही थियो। त्यो भनेको– तिम्रो भूतकाल तिम्रो हातमा छैन र तिम्रो भविष्य तिम्रो नियन्त्रणमा छैन भने, तिम्रो आज पनि तिम्रो होइन।
विद्रोहको भ्रम
विद्रोह मानिसको सबैभन्दा पुरानो शक्ति हो। जब परिस्थिति खराब हुन्छ, तब मनले भन्छ अब अति भयो, अब परिवर्तन चाहिन्छ र यही सोच हरेक प्रणालीका लागि सबैभन्दा ठूलो खतरा हुन्छ। तर अर्वेलले १९८४ मा हामीलाई अर्को एउटा खतरनाक सत्यसँग साक्षात्कार गराए– प्रणाली यति चलाखीपूर्वक बनेको हुन सक्छ कि उसले विद्रोहको चाहनालाई पनि आफ्नो नियन्त्रणमा लिन सक्छ। यसलाई भनिन्छ विद्रोहको भ्रम। कल्पना गर्नुहोस्– कुनै शक्तिले तपाईंलाई यो विश्वास दिलाइदियो कि हो प्रणाली विरुद्ध प्रतिरोध अस्तित्वमा छ। गोप्य समूहहरू छन्, भूमिगत नेताहरू छन्, तब तपाईंको मनमा एउटा आशा जाग्नेछ। तपाईंलाई लाग्नेछ कि तपाईं एक्लो हुनुहुन्न। तपाईं सोच्नुहुनेछ कि एक दिन सबै बदलिनेछ। तर वास्तविक खेल अर्कै छ ।
त्यो प्रतिरोध पनि त्यही प्रणालीको हिस्सा हो। अर्थात् विद्रोहको भ्रम पनि सत्ताले नै बनाएको हो ताकि वास्तविक विद्रोह कहिल्यै पैदा नै नहोस्। अब यसलाई आजको संसारसँग तुलना गर्नुहोस्। धेरै पटक तपाईंलाई लाग्छ कि तपाईं स्वतन्त्र हुनुहुन्छ। तपाईं भोट हाल्न सक्नुहुन्छ, विरोध गर्न सक्नुहुन्छ, सामाजिक सञ्जालमा लेख्न सक्नुहुन्छ। तर वास्तविक प्रश्न यो हो– के यी सबैले प्रणालीको जरा हल्लिन्छ वा यो केवल एउटा नियन्त्रित निकास (कन्ट्रोल्ड भेन्ट) हो जसले गर्दा जनतालाई लागोस् कि उनीहरू शक्तिशाली छन्। जबकि वास्तविक शक्ति त्यहीँ रहिरहन्छ जहाँबाट सबै कुरा नियन्त्रण भइरहेको छ। यो अवधारणा निकै अँध्यारो छ। किनकि यसको अर्थ हो– मानिस प्रणालीको गुलाम मात्र होइन, बरु उसको आशा पनि प्रणालीको डिजाइनको नै हिस्सा हो। मानिसलाई एउटा सपना देखाइन्छ ताकि उसले सोचोस्–भोलि सब ठीक हुनेछ ! अनि यही सपनामा उसले पूरै जिन्दगी बिताइदिन्छ।
अर्वेलको यो चेतावनीले हामीलाई केवल भ्रमहरूमा बाँचिरह्यौँ भने वास्तविक परिवर्तन कहिल्यै आउने छैन भनेर झकझक्याउँछ । मानिसले स्पष्ट रूपमा ऊसँग खेल खेलिँदैछ भन्ने नबुझेसम्म वास्तविक विद्रोह तबसम्म सम्भव छैन । १९८४ को सबैभन्दा ठूलो सार नै यही हो। यो पुस्तकले हामीलाई भन्छ: सावधान रहनुहोस् किनकि प्रणालीले केवल तपाईंका कार्यहरू मात्र होइन, तपाईंका सपनाहरूसम्मलाई नियन्त्रण गर्न सक्छ।
स्रोत: अडियोबुक प्रकाश ।
अनुवाद, सम्पादन र पुनर्लेखन: हर्कबहादुर प्रधान
पराजयपछिको केरलाको वामपन्थी राजनीति: संकट, अन्तरविरोध र सम्भावनाहरू
मार्क्सवादले के गर्न सक्छ– र के गर्न सक्दैन ?
सुकुमवासी जनताका शत्रुहरुको भण्डाफोर
साँझ, उदास घरको पिँढीमा
एन्टोनियो ग्राम्सी र सांस्कृतिक आधिपत्य
हेपालय र क्यू आर कोडको अर्थशास्त्र
कठोर पाठ
प्रतिक्रिया