साँझ, उदास घरको पिँढीमा

कुनै समय घरघरमा गरीबीले नाङ्गो नाच गर्ने गर्थ्यो। त्यसो त आज पनि यहाँ गरीबी नाच्छ तर अलिकति लाज ढाकेर नाच्छ । त्यो लाज निर्लज्ज भएर कतै न कतैबाट पोखिइ नै रहेको छ। कहिले बलेसीमा फस्टाएर फुलेको लाहुरे फूलबाट, कहिले घरमूलीले कुनै संदिग्ध मान्छेसँग गरिरहेको खासखुसबाट र कहिले छिँडीको कोठाबाट घरिघरि आइरहने बूढी बज्यैको कर्कश गालीबाट पनि। रामचन्द्र... जेठो छोरो रामचन्द्र भर्खर बाह्र वर्ष त पुग्दैछ, आफ्नो पाठशालाबाट विरक्त भइसकेको छ। ऊ किन विरक्तियो त्यो कुरा घरमूलीलाई थाहा छैन। ऊ यति सोच्न मात्र सक्छ, छोरो राम्रो पढिरहेको छैन। ठीक साढे नौ बजे रामचन्द्रले पुस्तक बोक्ने झोलामा एक बुङ तास र बाबुको खल्तीबाट चोरेको चुरोट र पैसा राखेर एकदमै लुसुक्क, भनौं बिरालोको चालमा घरबाट निस्क्यो। औसत घटना हो यो, आजभोलि जहाँ पनि यस्ता केटाहरू घरबाट यसरी निस्कन्छन्।

छिँडीको कोठाबाट आवाज आउँछ, "ए रामचन्द्र? वदमाश डाँका, चोर, अझै पढ्न जान्छु भन्यो कता खेलेर मर्छ, तेरा.... डाम्नु।"

कुन्नी कुन तत्वले बनेका छन् उसका इन्द्रियहरू, आजसम्म त हावाले पनि उसलाई छोएर भाग्ने साहस गर्न सकेको छैन। ऊ प्रत्येक घर सदस्यको पदचाप र गन्ध थाहा पाउँछे र गाली गर्छे।

चार बीस र चार हिउँद खाएकी बूढी बज्यै बस्छे यो छिँडीभित्र, कहिलेकाहीँ मात्र भित्र बाहिर गर्ने। कुन्नी कुन तत्वले बनेका छन् उसका इन्द्रियहरू, आजसम्म त हावाले पनि उसलाई छोएर भाग्ने साहस गर्न सकेको छैन। ऊ प्रत्येक घर सदस्यको पदचाप र गन्ध थाहा पाउँछे र गाली गर्छे। कारण, ऊ एका समयको मान्छे हो, आजको दुनियाँदारीलाई त गाली सिबाय उसको अरू भन्नु केही छैन। गालीबाटै उसलाई जोख्ने हो भने शायद ऊ औसत मान्छे ठहरिन्न तर उसको बुढौती र एकाकीपन त औसत हो कि ! उसको मान्छे हुनु जो थन्को लागेको छ, समयान्तरको धारबाट काटिएर, त्यो त औसत हो कि ? आजभोलि ऊ भन्ने गर्दैन आफ्ना दन्त्यकथा जस्ता कुराहरू, नत्र ऊ कहिल्यै भनेर अघाउने खालकी थिइन। "मैले मेरा वस्तुहरूलाई लहराको घाँस काटेर अघाउने पार्थें, मै हुँ दिनको आठ पाथीसम्म दूध तताउने मान्छे।" नब्बे सालको भुईँचालोमा उसलाई उनै परमेश्वरले बचाएको कुरा अब ऊ बिर्सिएर पनि गर्दिन।

हिँडे नामर्द, लोग्ने मान्छे भएर एउटा दाम्लो बाट्न नसक्ने, बन्चरो चलाउन नसक्ने, खानको काल' !

जब घरबाट निस्केर जाने घरमूलीको पालो अर्थात् रामचन्द्रको बाबुको पालो। उसको हिँडाइ विशिष्ट छ र ऊ छिँडीभित्रको इन्द्रियलाई छोएर भाग्दैन पनि। ऊ रामचन्द्रको बाबु मात्र हो, बूढी बज्यैको छोरो होइन, त्यसैले डल्ने आवश्यकता पनि शायद छैन।

हिँडे नामर्द, लोग्ने मान्छे भएर एउटा दाम्लो बाट्न नसक्ने, बन्चरो चलाउन नसक्ने, खानको काल' !

गालीले घरमूलीलाई छुँदैन, कारण उसलाई राम्रो थाहा छ- यहाँ कसैलाई पनि गाली र बदनामी जस्ता कुराले छुँदैनन्। ऊ काम पनि नभएको, फुर्सद पनि नभएको मान्छेभित्र पर्न आउँछ। शारीरिक काम गर्नलाई बल छैन र मानसिक काम गर्नलाई स्वस्थानी पढ्न सक्ने सर्टिफिकेट मात्र हो। टोलको धेरैलाई थाहा छैन, ऊ के गर्छ। जसलाई थाहा छ, ऊ मौन बस्छ, जसरी यस्ताहरू मौन बस्ने गर्छन्।

बिहान रक्सीको धङधङीमा ऊ स्वास्नीलाई असामयिक माया गर्छ र बचेको पैसाबाट केही दिन्छ।

कहिलेकाहीँ उसलाई एउटा यस्तै संदिग्ध जस्तो देखिने मान्छेसँग खासखुस गरेको देखिन्छ। कसले वास्ता गरोस् यस्ता औसत कुराहरू। यस्तो खासखुसको परिणाम पर्न धेरै दिन लाग्दैन, भोलि अथवा पर्सिपल्टै त्यो देखिन्छ। त्यतिखेर उसँग केही पैसा हुन्छ र त्यो साँझ ऊ बेसकन मातेर आउँछ, घरमा तमाशा देखाउँछ, सबैसँग निहुँ खोज्छ, अन्तमा स्वास्नीलाई भकुर्छ र निदाउँछ।

बिहान रक्सीको धङधङीमा ऊ स्वास्नीलाई असामयिक माया गर्छ र बचेको पैसाबाट केही दिन्छ।

उसकी स्वास्नी रामचन्द्रकी मात्र आमा होइन, एउटा सानो लक्ष्मणपुर बलेसी फस्टाएर फुलेको लाहुरे फूल जस्तै किशोरी छोरी कमलीकी पनि आमा हो र छिँडीकी बूढी आमैको बाँकी रहेको एक मात्र सन्तान।

जब जब उसको लोग्नेले यसरी असामयिक माया गरेर उसलाई पैसा दिन्छ, ऊ त्यस पैसालाई सपाट अनुहार लिएर मात्र पैसाको नाउँमा थपिदिन्छे। त्यतिखेर उसलाई लाग्छ, उसलाई उसको लोग्नेले होइन अर्कै अचिनारू कुनै लम्फूले फकाएर स्वास्नी तुल्याएको छ र पैसा दिएको छ।

चार ठाउँ भाँडा माझेर केही आर्जन गर्ने कमलीकी आमालाई आजभोलि उसको लोग्ने लोग्ने जस्तो लाग्दैन। उनीहरू बीचको लोग्ने स्वास्नीको सहज सम्बन्ध कहाँ गएर असजिलो भयो अथवा टुक्रिनैसक्यो त्यो ऊ थाहा पाउँदिन। जब जब उसको लोग्नेले यसरी असामयिक माया गरेर उसलाई पैसा दिन्छ, ऊ त्यस पैसालाई सपाट अनुहार लिएर मात्र पैसाको नाउँमा थपिदिन्छे। त्यतिखेर उसलाई लाग्छ, उसलाई उसको लोग्नेले होइन अर्कै अचिनारू कुनै लम्फूले फकाएर स्वास्नी तुल्याएको छ र पैसा दिएको छ। यति त ऊ सहजै बुझ्छे, पक्कै फाल्र्तु लोग्नेमान्छेले उसको विवशता किन्ने गर्छ। र ऊ आफैँ घरभित्र बेश्या भइसकेकी छ, शरीर बेचेर पैसा थाप्न विवश......।

कमलीकी आमालाई लोग्ने लोग्ने जस्तो नलागेको जस्तै कमलीलाई पनि घर घर जस्तो लाग्दैन। घर बाहिर साथी-सङ्गातीहरूसँग ऊ रमाउँछे, उमेर पनि त्यस्तै हो, आफ्नै काउकुतीसँग लजाउनु पर्ने। आफ्नै अभावमा हुर्केकी कमलीलाई घरले चाहे अन्याय गरेको होस्, प्रकृतिले गरेन। प्रकृतिले उसलाई पनि हवेलीका छोरीबेटीहरूलाई जस्तै कुनै पक्षपात नगरी रङ्गरोगनले सजाइदियो। अहिले ऊ बलेसीमा फक्रँदै गरेको र अझ फक्रन बाँकी रहेको कलेजी रङ्गको लाहुरे फूल जस्तै कताकता अलिकति फक्रन बाँकी रहेकी छ। बिना मल-गोड ऊ साँच्चै थाहै नपाई फुलिसकिछ।

गरीबी उसको निम्ति प्रतिद्वन्द्वी हो। कहिलेकाहीँ ऊ मुस्कुराउँछे र कहिले दाँत पनि किट्छे।

घरको गरीबी मात्र उसले बिर्सन नसक्ने गरी थाहा पाएको विषय हो, विगतका उसका गरीबी र अभावहरू आजभोलि उसको निम्ति पीडादायक संस्मरण भएका छन्। त्यसैले गरीबी उसको निम्ति प्रतिद्वन्द्वी हो। कहिलेकाहीँ ऊ मुस्कुराउँछे र कहिले दाँत पनि किट्छे।

टोलका एक थरि अविवाहित र विवाहित युवक तथा पुरुषहरूले पनि उसको सलक्क हुर्केको शरीरलाई आँखाले पोल्न बिराएको छैन, यो कुरा कमली बुझ्छे। एकान्तमा, कुनेटोमा कतै भेटे हवेलीका छोराहरू र कहिले बुढाहरू पनि उसलाई जिस्क्याउन र ईशारा गर्न चुकेका छैनन्, यस अर्थमा कमली सोच्छे- ऊ हवेलीका रङ्गीन माछाजस्ता छोरीहरूभन्दा एक इन्च पनि असमान छैन।

टोलका एक थरि अविवाहित र विवाहित युवक तथा पुरुषहरूले पनि उसको सलक्क हुर्केको शरीरलाई आँखाले पोल्न बिराएको छैन, यो कुरा कमली बुझ्छे।

साँझ ऊ अल्लारिएर घुम्न निस्कन्छे। उसको पदचाप सुनेपछि छिँडीबाट एउटा कर्कश स्वर निस्कन्छ- 'ए कमली नकच्चरी, बेश्या, यति खेर कहाँ निस्केकी, नाठा खेलाउन थालेकी छ यसले !'

अरूको जस्तै कमलीको कानबाट पनि यी गालीहरू चिप्लेर जान्छन्। एकपल्ट आफ्नो विवशतालाई फर्केर हेर्छे र मन मनमा दोहोर्‍याउँछे- भरिला संझना। 'ए कमली ! तँ त छोरी मान्छे नखाए पनि हुन्छ। यी हेर आज भात पुगेन, भाइहरूले मात्र खाउन्।' त्यसपछि आमाले ड्याङ् हल्लाएर देखाइदिन्थी खन्द्रङ् खन्द्रङ् कँसौडीमा।

ऊ खाने कुरा कल्पना गर्दै थाइनो ओछ्याउनामा निदाउने प्रयास गर्थी। गरीबी कस्तो नाचेको छ उसको शरीर र मनलाई एक साथ कुल्ची मिल्ची गर्दै। कुनै समय झण्डै लाज पनि ढाक्न नपाएकी उसले।

आज पहिलो दिन हो, कमली गार्मेन्ट कारखानामा काम गर्न गएकी। टोलको एक जना भलादमीले उसलाई काममा लगाइदिएको छ। लाहुरे फूललाई हेर्दै चकित कमलीकी आमा सोच्दथी। एकाएक लाहुरे फूलका कलेजी तरेलीहरूमा ऊ कमलीको बाटुलो अनुहार देख्दै जान्छे, ए कमली त सँगै लाहुरे फूल भएर फुलिछ। यस्तो उमेरमा बिहे गरिदिन पाए हुने ! सोच्दासोच्दै उसको सपना मोडिन्छ। लाहुरे फूलमा फुलेको कमलीको बाटुलो अनुहारलाई ऊ क्रमशः चाँदीको चम्किलो ट्याक देख्न थाल्छे। पैसा... पैसा ऊ आश्वस्त हुन्छे मेरी आमै ! कम होइन तीन सय पचास ! दुई ठाउँ भाँडा माझ्न छोड्छु त रामचन्द्रले पनि यसो दुई चार रूपियाँ ल्याएर दिन्छ, कहाँबाट ल्याउँदो हो ?

यस्तो उमेरमा बिहे गरिदिन पाए हुने ! सोच्दासोच्दै उसको सपना मोडिन्छ। लाहुरे फूलमा फुलेको कमलीको बाटुलो अनुहारलाई ऊ क्रमशः चाँदीको चम्किलो ट्याक देख्न थाल्छे।

त्यसपछि ऊ कारण खोज्न साहस गर्दिन, आक्रान्त हुन्छ उसको सोचाइ। कुनै समय ऊ भात पकाएर माड काढ्थी र माड आफू पिएर भात परिवारलाई परिवेश्य लाएर बाँड्थी र भात खाइसकेपछि केटाकेटीहरू घाँटी तन्काएर भातमा हेर्थे र गान्हो मानी मानी उठ्थे। उसका आँखाहरू भिज्छन्, त्यो लाहुरे फूलको तरेलीमा पनि त अपरान्ह परेको पानी सुकिसकेको छैन। टोलमा चार जनालाई थाहा भएकै कुरो हो, काम गरेको एक महीना भएको छैन कमलीको स्तर बढिसक्यो। यस्तै छन् टोलका मान्छेहरू निन्दा खोस्रोभन्दा माथिल्ला तहका कुराहरू कोही सुन्न गर्न मान्दैनन्। तलब थापेकै छैन, एक जोर सलवार कुर्ता र एक जोर साडी हालिसकी, किनेर पनि निकै आएको देखिन्छ, भिडियो त्यत्तिकै हेर्छे आदि आदि...। उनै जीरा मसला थपेर। हवेलीका छोरीहरूले यस्ता जोडा वर्षमा सयौँ पल्ट फेर्छन्, हजारौँ पल्ट भिडियो हेर्छन्, त्यो हिसाब कसैले गर्दैन। हवेलीकाहरू झन् जादुमय तरीकाले पैसा खर्च गर्छन्, मानौँ पैसा खस्छ उनीहरूको दलिनबाट,' तर टोलको तारो त कमली नै छ।

एक दिन कमलीकी आमा साहस गरेर सोध्छे, 'के चाल हो कमली, फलानु फलानु त बेसकन कुरा काटेर हिँडेका छन्।' फलानु फलानुसँग अब कमलीलाई कुनै लिनु दिनु छैन, ऊ बुझ्छे यस्ता लेनदेन गरीबका छोरीहरूसँग मात्र हुन्छ। त्यसपछि व्यागबाट बीस रूपियाँको नोट निकालेर आमाको हातमा थमाइदिन्छे र भन्छे, 'ल भरे मासु पकाउनू'।

फलानु फलानुसँग अब कमलीलाई कुनै लिनु दिनु छैन, ऊ बुझ्छे यस्ता लेनदेन गरीबका छोरीहरूसँग मात्र हुन्छ।

कमलीकी आमाले यसरी परिवारका सदस्यहरूसँग सम्झौता गर्दै आएको केही समय भयो तर छिँडीभित्रकी बूढी बज्यै यस सम्झौताको निम्ति तयार छैन। ऊ त कराउँदैछे 'रण्डी गरेर ल्याएकी होली, मैले त पहिलेदेखि भनेकै हुँ, एकदिन भुँडी बोक्छे अनि देख्लाऊ।'

हवेलीका पूरै छोराहरूलाई छोडीकन पुलिसले रामचन्द्र र उसका दौँतरीहरूलाई लात लगाउँदै लग्यो। हवेलीका सुरक्षित आमा बाबुहरू निर्धक्कसँग निदाए। रामचन्द्रको भाग मासु कचौरामा छोपेर आमा चाहिँ प्रतीक्षामा बसी, आमाको जात हो आखिर।

आज कस्तो कस्तो भएको छ कमलीकी आमालाई, उसले अर्घ्याउन सकेकी छैन। जीवनको यस्तो वेग कहाँ गएर टुङ्गो लाग्छ उसले बुझोस् पनि कसरी ? ऊ बस, यति बुझ्छे- आज उसको घरमा बस्ने लोग्नेमान्छे मातेर आउनेछ, र भोलि बिहान फेरि एकपल्ट उसले बेचिनु पर्नेछ साविक बमोजिम। ....तर तर कमली घर नआएकी आज तीन दिन भइसके। ऊ कमलीका साथी-सङ्गातीहरूकहाँ पुगी, कारखानामा पुगी र जवाफ पाई- कमली मालिकसँग बाहिर गएकी छे।

ए लाहुरे फूल त कसले पटक्कै चुँडेर लगेछ बोटै पनि लछार्दै। कुन पापीले होला ! आज मात्रै छोरा छोरीको नाममा देवता देवी आफू भनी पूजा गर्नलाई टिप्न खोजेकी थिई त्यो फूल .......

कति उदास, कति बिरानो आजको साँझ, यस्तो साँझ कसरी पचाइन्छ हँ ? हेर हेर बचेरा बोलाउने माऊ काग कराएको ! सोच्दै कमलीकी आमा बलेसीतिर हेर्छे। ए लाहुरे फूल त कसले पटक्कै चुँडेर लगेछ बोटै पनि लछार्दै। कुन पापीले होला ! आज मात्रै छोरा छोरीको नाममा देवता देवी आफू भनी पूजा गर्नलाई टिप्न खोजेकी थिई त्यो फूल ....... बिचरी कमलीकी आमा झसङ्ग भएकी छ।

अब साँझ खस्दैछ, त्यही अविभाजित साँझ राजधानीका दरबार, महल, अट्टालिका र हवेलीहरू छुँदै कमलीको आमाको छाप्रोमा पनि।

भित्रबाट बूढी बज्यै कराउँछे, 'कहाँ मरी रामचन्द्रकी आमा, टुकी बाली दे न ए फुँडी.....'

साभार: केही प्रगतिशील प्रतिभाहरू, २०४५

पुन:प्रकाशन: मूल्याङ्कन २०५२ जेठ