पार्टीभित्र लोकतन्त्र: ब्राजिलको वर्कर्स पार्टीको अनुभव
विश्वमा केही समयका लागि समाजवाद पराजित हुनुको मूल कारण हो: सोभियत सङ्घ, चीन र पूर्वी युरोपका कम्युनिष्ट पार्टी र समाजवादी सत्तामा लोकतन्त्रको अभाव हुनु । अर्थात् गरीखाने वर्गको लागि निर्मित पार्टी र गरीखाने वर्गकै सक्रियतामा स्थापित सरकारको चिन्तन, चिन्तनपद्धति, सङ्गठनात्मक ढाँचा, कार्यपद्धति र प्रक्रियामा गरिखाने वर्ग केन्द्रमा नहुनु तथा पार्टी र सरकारमा उनीहरूको आलोचनात्मक सहभागिता नहुनु अनि उनीहरूलाई शक्तिशाली कर्ताको रुपमा होइन, कर्म या पात्रको रुपमा मात्रै बनाइराख्नु । त्यसैले सर्वत्र लोकतन्त्र अभाव नहोस् भन्नाका लागि पार्टीको निर्माणदेखि जनसङ्घर्षको उत्थानसम्ममा लोकतान्त्रिक अभ्यास गर्नु जरुरी हुन्छ । त्यो कसरी प्रत्याभूत गर्ने भन्ने सवालमा ब्राजिलको वर्कर्स पार्टी (Partido dos Trabalhadores: पीटी) एउटा ठोस र मजबुत उदाहरण हुनसक्छ ।
ब्राजिल त्यस्तो देश हो, जहाँ एकजना औपचारिक शिक्षा नभएका मजदुर नेता वर्कर्स पार्टी (पीटी)का नेताको हैसियतले राष्ट्रपति पदमा आसीन छन् । एक्काइसौं शताब्दीको सुरुआतसँगै ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो पुँजीवादी राष्ट्रमा एकजना समाजवादी आदर्श बोकेका वामपन्थी नेता राष्ट्रपति पदमा विद्यमान रहेका छन्, जुन विश्वभरिका न्यायप्रेमी जनताका लागि यो निक्कै महत्त्वपूर्ण पक्ष हो । यही महत्ताबोधका साथ यहाँ ब्राजिलका वामपन्थी राष्ट्रपति लुला डि सिल्भाको नेतृत्वमा क्रियाशील रहेको वर्कर्स पार्टी (पीटी)का प्रभावशाली सामाजिक, आर्थिक र राजनीतिक आन्दोलनको प्रकृति र प्रवृत्तिबारे खोतलखातल गर्ने प्रयास गरिनेछ, जुन नेपालका लागि पनि शिक्षाप्रद हुन सक्छ । यस पार्टीको निक्कै लचिलो र खुला साङ्गठनिक ढाँचा, अति लोकतान्त्रिक अन्तरपार्टी प्रक्रिया, यसले चलाइरहेका परिणाममुखी भुइँतह (ग्रास रुट)का आन्दोलनहरू र यसको शासनमा चलिरहेका नगरपालिका र राज्यमा प्रयुक्त सहभागितामूलक लोकतन्त्र (पार्टीसिपेटोरी डेमोक्रेसी) प्रत्येक नेपाली न्यायप्रेमीहरूका लागि पक्कै पनि गहन अध्ययन र चिन्तनको विषय हुन सक्छ ।
ब्राजिलका वामपन्थी राष्ट्रपति लुला डि सिल्भाको नेतृत्वमा क्रियाशील रहेको वर्कर्स पार्टी (पीटी)का प्रभावशाली सामाजिक, आर्थिक र राजनीतिक आन्दोलनको प्रकृति र प्रवृत्तिबारे खोतलखातल गर्ने प्रयास गरिनेछ, जुन नेपालका लागि पनि शिक्षाप्रद हुन सक्छ ।
सोभियत सङ्घ र पूर्वी युरोपमा समाजवादको पराजयका कारणहरूबाट पाठ सिकेर ‘यहीँ र अहिलेदेखि नै गरीखानेहरूको दैनिक जीवन–सङ्घर्षमा समाजवादको अभ्यास’ गर्न थालेको दावी गर्ने यस पार्टीको मुख्य ध्येय हो: जनता, देश र विश्वको जीवनको नियामक क्षेत्र: राजनीतिको केन्द्रबिन्दुमा काम गरिखाने जनतालाई कर्म वा पात्रको रुपमा होइन, आलोचनात्मक विवेकसहितका शक्तिशाली कर्ताको रुपमा उभ्याउनु । र, यही ध्येयअनुरुपको पार्टीगत ढाँचा, प्रक्रिया र पद्धति सिर्जना गरिरहेको तथा जनसङ्घर्षहरू सञ्चालन गरिरहेको यस पार्टीका चिन्तन र कर्म विश्वका सबैजसो मुक्तिकामी जनताका लागि मननयोग्य देखिन्छन् ।
पार्टी निर्माण प्रक्रिया: तलबाट माथि
संसारका सबैजसो पार्टीहरूको निर्माणको प्रक्रिया माथिबाट (टप टु बटम) भइरहेको छ । माथि केही व्यक्तिहरूको केन्द्र वा केन्द्रजस्तो देखिने संरचना निर्माण गरेपछि तलतल उपग्रहहरूजस्ता उपकेन्द्रहरू वा स्थानीय निकायहरू बनाइन्छन् । यसले भुइँफुट्टे पार्टीहरूमा केन्द्रमुखी मानसिकता र केन्द्रीय नेतृत्व हडप्ने प्रवृत्ति बढ्ने, बढाउने संरचना र प्रकृया सजिलै निर्माण गर्छ । तर वर्कर्स पार्टी भने यो प्रक्रियाको ठीक उल्टो ढङ्गले निर्माण गरिएको छ: तलबाट माथि अर्थात् बटम टु टप ! ब्राजिलमा अत्यन्त क्रियाशील ट्रेड युनियनहरू भुइँतहका सामाजिक आन्दोलनहरू, टोलटोलमा रहेका छिमेकी सहयोग समितिहरू (नेबरहूड कमिटीज), क्याम्पसका विद्यार्थीदेखि चर्चमा रहेका वामपन्थीहरूको सहमति र समझदारीमा यसलाई राजनीतिक पार्टीको रुप दिइएको हो । ती सबै आन्दोलन र सङ्गठनको बलियो आधारभित्र भित्रभित्रसम्म जरा गाडेर हुर्केको यो पार्टी अरु दक्षिणपन्थीदेखि वामपन्थी पार्टीजस्तो भुइँफुट्टे नहुनुको कारण पनि यही हो ।
ब्राजिलमा अत्यन्त क्रियाशील ट्रेड युनियनहरू भुइँतहका सामाजिक आन्दोलनहरू, टोलटोलमा रहेका छिमेकी सहयोग समितिहरू (नेबरहूड कमिटीज), क्याम्पसका विद्यार्थीदेखि चर्चमा रहेका वामपन्थीहरूको सहमति र समझदारीमा यसलाई राजनीतिक पार्टीको रुप दिइएको हो ।
अहिले ती सबै आन्दोलन र सङ्गठनको राजनीतिक शक्ति र आवाज भइरहेको यो पार्टी सन् १९६४ देखि १९८४ सम्मको कठोर सैनिक शासनकालमा जन्मेका हुर्केका भुइँतहका सङ्गठनहरू र आन्दोलनहरूको जगमाथि सन् १९७९ मा स्थापना भएको हो । बेलायतका लागि वर्कर्स पार्टीका प्रतिनिधि रोबर्टो मादरका अनुसार, सन् १९६२ मा जोआओ गोलार्टको जनपक्षीय सुधारवादी सरकारको पालामा ट्रेड युनियनदेखि लिएर विद्यार्थी सङ्गठनले जनजीविका र लोकतन्त्रसँग सम्बन्धित मागमा सङ्घर्ष थालेका थिए, जसप्रति सरकारको पनि समर्थन थियो । सडकदेखि लिएर सरकारबाटसमेत जनमुखी सुधारका कार्यक्रम लागू गर्ने–गराउने अभियान चलेपछि ब्राजिलका प्रभुत्वशाली शासक वर्ग र अमेरिकाले सैनिक विद्रोहमार्फत् गोलार्टको सरकारलाई पदच्यूत गरे । त्यसपछि सैनिक शासकहरूले यातना, हत्या, हिंसा र बेपत्ताको लामो अभियान चलाए अनि भुइँतहका सङ्गठनका आन्दोलनलाई जरैदेखि निर्मूल गर्ने दुष्कर्म अगाडि बढाए ।
सैनिक शासकहरूको हिंसात्मक उत्पीडनविरुद्ध सन् १९६५ देखि १९७५ को दसकभित्र चर्चित नायक चे ग्वेभारा समर्थकहरूले ‘फोसी’ (Foci) छापामार अभियान चलाए भने माओवादीहरूले मुक्त क्षेत्र घोषणा गर्दै जनयुद्ध चलाए । तर ती दुवै सशस्त्र सङ्घर्ष अत्यन्त सहरीकृत ब्राजिलको विशिष्ट स्थितिअनुकूल नभएका कारणले कठोर दमनपश्चात् लगभग निर्मूल भए । धेरैजसो राजनीतिक पार्टीहरू लाचारी र जुझारुहीनताका सिकार थिए भने वामपन्थी पार्टीहरू भने वैचारिक अस्पष्टता, संकीर्णता र विभाजनको कारणले शक्तिहीन थिए ।
भुइँतहका आन्दोलनको राजनीतिक आवाज
यस्तो अवस्थामा सन् १९७० को दसकको मध्यतिरदेखि विभिन्न कुनामा विशेषतः सहरी इलाकामा अनेक रुप–रङ्गका जनसङ्गठनहरू अस्तित्वमा आउन थाले र जनताको विभिन्न तप्काका स–साना सवालहरूमा आवाज उठाउन थाले । ‘मुभमेन्ट फर एम्नेष्टी’ र ‘नेबरहूड अर्गनाइजेशन’ आदि नामका यस्ता सङ्गठनले जनतालाई सचेत र सङ्गठित गर्ने तथा सैनिक शासनलाई गुप्त रुपमा क्षति पुर्याउने काममा महत्त्वपूर्ण भूमिका खेले । यी सङ्गठनले जनतासँग एकाकार भई खानेपानी, विद्युत्, बाटोघाटो, रोजगार र जीविकाजस्ता जनजीवनका अति नै आधारभूत सवालमा सुधारका लागि सङ्गठित रुपमा माग गर्न थाले । झट्ट हेर्दा राजनीतिभन्दा अलग्गजस्ता लाग्ने यस्ता जनजीविका सवालमा ‘अराजनीतिक ढङ्ग’ले सङ्घर्ष गरियो । वर्षौवर्षसम्म पनि ती माग र सङ्घर्षको उचित सुनवाइ नभएपछि, जीविका र जीवनस्तर झन्–झन् खस्किन थालेपछि र राजनीतिक स्वतन्त्रता झन्–झन् कुण्ठित भएपछि धेरैजसो सङ्गठनका नेता–कार्यकर्ता र जनता सैनिक शासन नफ्याँकिकन केही नहुने निष्कर्षसहित राजनीतिक सङ्घर्षमा होम्मिए । सशस्त्र सङ्घर्ष, राजनीतिक पार्टीहरूको आन्दोलन र जनजीविकासम्बन्धी जुझारु अभियानबाट सैनिक शासन फरक–फरक ढङ्गले प्रभावित भयो । र, विभिन्न नामका नागरिक सङ्गठनको निर्माण र राजनीतिक–अराजनीतिक सङ्घर्षको बाढी आएपछि सैनिक शासकहरू चुनाव गराउनसम्म तयार हुनुपर्यो ।
झट्ट हेर्दा राजनीतिभन्दा अलग्गजस्ता लाग्ने यस्ता जनजीविका सवालमा ‘अराजनीतिक ढङ्ग’ले सङ्घर्ष गरियो । वर्षौवर्षसम्म पनि ती माग र सङ्घर्षको उचित सुनवाइ नभएपछि, जीविका र जीवनस्तर झन्–झन् खस्किन थालेपछि र राजनीतिक स्वतन्त्रता झन्–झन् कुण्ठित भएपछि धेरैजसो सङ्गठनका नेता–कार्यकर्ता र जनता सैनिक शासन नफ्याँकिकन केही नहुने निष्कर्षसहित राजनीतिक सङ्घर्षमा होम्मिए ।
सन् १९७० को दसकको अन्त्यतिर व्यापक रुपमा सङ्घर्षकै सिलसिलामा नयाँ ढङ्गले निर्माण भएका विभिन्न खाले भुइँतहका सङ्गठनको एउटा सशस्त्र राजनीतिक मोर्चाबन्दी हो: वर्कर्स पार्टी । सन् १९७९ मा गठित यस पार्टीको राजनीतिक घोषणा–पत्रले आफ्नो आधारभूत जराबारे स्पष्ट रुपमा भनेको छ: ‘पार्टीदो दोस त्राबाल्डादोरेस (गरीखानेहरूको पार्टी) निर्माण गर्ने धारणा विस्तृत रुपमा फैलिएका भुइँतहका नयाँ सामाजिक आन्दोलनहरूको व्यापक विकास र सुदृढीकरण सँगसँगै विकसित भएको हो । प्रत्येक कल–कारखानादेखि टोलटालेका छिमेकीहरूसम्म, युनियनहरूदेखि आधारभूत इसाई समुदायसम्म, खातेहरूको सङ्गठनदेखि डेरावालहरूको एसोसियनसनसम्म, विद्यार्थी आन्दोलनदेखि व्यावसायिक सङ्घ–संस्थासम्म, काला जातिका जनताको आन्दोलनदेखि महिला आन्दोलनसम्म अनि आदिवासीहरूको अधिकारका लागि सङ्घर्षरत समूहहरूसम्म व्यापक विस्तार भएका भुइँतहका सामाजिक आन्दोलनकै राजनीतिक अभिव्यक्ति हो: वर्कर्स पार्टीको निर्माण ।
चर्चदेखि ट्रेड युनियनसम्मका कार्यकर्ताहरू, विगतमा सशस्त्र छापामार भएर क्रियाशील रहेकाहरूदेखि सडक र सदनका सङ्घर्षमा लागेका आमूल परिवर्तनवादीहरूको राजनीतिक सहकार्य त्यति सजिलै भएको होइन । ब्राजिलभरि चलिरहेको भुइँतहका सामाजिक आन्दोलनलाई समर्थन, सहयोग र दिशा दिन यो पार्टी निर्माण गरिँदा केही ट्रेड युनियनले त पार्टी स्थापना गर्नै नहुने बलियो अडान राखेका थिए । यसमा रोचक कुरा के छ भने यस पार्टीका संस्थापक अध्यक्ष लुलाको कार्यक्षेत्र रहेको अनि निकै बलियो रहेको साओ पाउलो ट्रेड युनियनले समेत सुरुमा भनेको थियो: अहँ, पार्टी चाहिँदैन । पार्टी निर्माणले ट्रेड युनियन आन्दोलनलाई घाटा पार्छ, पार्टीको नीति, निर्णय र निर्देशनको बोझिलो भारी बोक्न सकिँदैन ।
लामो समयको सङ्घर्ष र निरन्तर वैचारिक मन्थनको क्रममा जब आफ्ना माग र सङ्घर्षलाई विस्तृत बनाउन, राष्ट्रव्यापी तुल्याउन र राजनीतिक प्रभाव पार्नमा पटक–पटक कठिनाइ महसुस गरियो, तब परम्परागत वामपन्थी पार्टीहरूदेखि वाक्क भइसकेका जुझारु आमूल परिवर्तनवादीहरूले बलियो वर्कर्स पार्टी बनाए । स्थापना कालमा यस पार्टीले राजनीति र पार्टीको विरोध गर्ने तथा ट्रेड युनियन आन्दोलन एवं भुइँतहको सङ्घर्षमा मात्रै डुबुल्की मारिरहने प्रवृत्ति पोर्चुगीज भाषामा भन्दा ‘बेसिज्मो’ (Basismo) विरुद्ध सङ्घर्ष गर्नुपर्यो र, अन्ततः राजनीति र पार्टीको निर्माण पनि आन्दोलनका लागि सकारात्मक हुनसक्छ भन्ने धारणा बन्न थाल्यो । यसै क्रममा ट्रेड युनियन वा भुइँतहका अन्य सामाजिक आन्दोलनहरूसँगको पार्टीको सम्बन्धको प्रकृति पूर्णतः स्वायत्त र लोकतान्त्रिक बनाउनुपर्ने शिक्षा प्राप्त गरिएको देखिन्छ ।
लामो समयको सङ्घर्ष र निरन्तर वैचारिक मन्थनको क्रममा जब आफ्ना माग र सङ्घर्षलाई विस्तृत बनाउन, राष्ट्रव्यापी तुल्याउन र राजनीतिक प्रभाव पार्नमा पटक–पटक कठिनाइ महसुस गरियो, तब परम्परागत वामपन्थी पार्टीहरूदेखि वाक्क भइसकेका जुझारु आमूल परिवर्तनवादीहरूले बलियो वर्कर्स पार्टी बनाए ।
थरी–थरीका वैचारिक प्रवृत्तिबीच सहकार्य
वर्कर्स पार्टी भुइँतहका सामाजिक आन्दोलनहरूको राजनीतिक आवाजमात्रै होइन, थरीथरीका वैचारिक प्रवृत्ति र राजनीतिक धारहरूको सहकार्य पनि हो । यो कुनै कम्युनिष्ट नामधारी परम्परागत पार्टीको जस्तो एउटै वैचारिक प्रवृत्ति र राजनीतिक धार भएको पार्टी होइन । न त परम्परागत वामपन्थी पार्टीहरूको जस्तो कडा सैनिक अनुशासन भएको र वैचारिक बहस गुम्सिएर मर्ने खालको आन्तरिक लोकतन्त्रविहीन पार्टी नै हो । यो पार्टी भनेको लेनिनवादी, त्रात्स्कीवादीदेखि स्तालिनवादीसम्म अनि सशस्त्र सङ्घर्ष गरिरहेका चे ग्वेभारावादी र माओवादीदेखि संसदीय सङ्घर्ष गरिरहेका कम्युनिष्ट पार्टीका ‘विद्रोही कार्यकर्ता’ सम्मिलित वामपन्थी पार्टी हो, करिब–करिब हामीकहाँका संयुक्त मोर्चाहरूजस्तै । चर्चहरूदेखि मानवअधिकार र स्वास्थ्य क्षेत्रमा समेत क्रियाशील भुइँतहका सङ्गठनका विद्रोही वामपन्थीहरूको पार्टी भएकोले यसलाई विद्रोही वामपन्थीहरूको पार्टी पनि भनिन्छ ।
वर्कर्स पार्टीको राष्ट्रिय कमिटीका सदस्य तथा पोर्टो अलेग्रे सहरका उपमेयर राउल पोन्टले ‘लिंक्स’ पत्रिकालाई दिएको अन्तर्वार्तामा स्पष्ट शब्दमा भनेका छन्: ‘यो पार्टी सधैँ विद्रोही वामपन्थीको रुपमा परिचित छ, जसले समाजवाद, लोकतन्त्र र दलीय बहुलता ९एबचतथ एगिचबष्तिथ० लाई अभिभाज्य ठान्छ । हामीहरू एक पार्टी समाज अथवा पार्टी–राज्यको अवधारणासँग कहिले पनि सहमत हुन सक्दैनौँ ।’
सन् १९७० को दसकको अन्त्यतिरै जनतालाई समेत पार्टी र राज्यमा लोकतन्त्रविहीन पारिएका सोभियत सङ्घलगायत पूर्व युरोपेली समाजवादी शासनहरूको कुनै भविष्य नभएको ठानेर जनआन्दोलन, राजनीतिक परियोजना, सङ्गठनात्मक ढाँचा र आन्तरिक लोकतान्त्रिक प्रक्रिया आदिबारे नयाँ वैकल्पिक उपायको खोजीको क्रममा वर्कर्स पार्टी निर्माण गरिएको तथ्य वर्कर्स पार्टीका प्रतिनिधि रोबर्टो मादरले स्वीकारेका छन् । उनका अनुसार, पुराना ढाँचा र शैलीका कम्युनिष्ट पार्टीहरूभन्दा सार र रुपमै अलग र उन्नत स्तर प्राप्त गर्नका लागि पनि यसको नाम कम्युनिष्ट पार्टी नराखिएको हो । सुरुमा पोर्चुगीज भाषामा मास पार्टी वा जन पार्टीको अर्थ आउने ‘पपुलर पार्टी’को नाममा लामो बहस भए तापनि अन्ततः वर्कर्स पार्टी नामकरण गर्ने पक्षमा समझदारी बनाइएको स्वीकार्दै रोबर्टो मादर भन्छन्: ‘हाम्रो पार्टी मार्क्सवादी पार्टी हो र हामी सबै मार्क्सवादी पार्टी र शक्तिहरूसँग सहकार्य गरिरहेका छौँ । तर परम्परागत मार्क्सवादी पार्टीहरूको जस्तो कठोर ढाँचा र आन्तरिक लोकतन्त्र नहुने प्रक्रियाभन्दा फरक र उन्नत ढङ्गले मार्क्सवादी पार्टी बनाउने क्रममा हामीले वर्कर्स पार्टी स्थापना गरेका हौँ । यसलाई काम गरीखाने सबै श्रमिकहरू, चाहे ती औद्योगिक मजदुर होऊन् या बौद्धिककर्मी र संस्कृतिकर्मीहरू किन नहोउन्, श्रम, सीप, कला र बुद्धि बेचेर खाने सबै श्रमिकको पार्टीको रुपमा विकसित गरेका छौँ ।’
‘परम्परागत मार्क्सवादी पार्टीहरूको जस्तो कठोर ढाँचा र आन्तरिक लोकतन्त्र नहुने प्रक्रियाभन्दा फरक र उन्नत ढङ्गले मार्क्सवादी पार्टी बनाउने क्रममा हामीले वर्कर्स पार्टी स्थापना गरेका हौँ ।’
विभिन्न वैचारिक प्रवृत्ति र राजनीतिक धारबीच सहकार्य गर्नु–गराउनु निश्चित रुपमा सहज र सुगम हुन सक्दैन । वर्कर्स पार्टीको एउटै छानामुनि बसेर गरिएको सहकार्यको कठिन सुरुआतको घडीमा पनि अन्त्यहीन बहस र निर्णयहीन छलफलले सहकार्यमा जटिलता नथपेका होइनन् । तर भुइँतहका सङ्गठन र आन्दोलनको लामो अनुभव भएका वामपन्थी नेताहरूले समाजवादी लोकतन्त्रलाई आफ्नो एउटै ध्येय र त्यहीअनुकूलको पार्टी–जीवनशैली बनाउने दृढ संकल्प गरेपछि नयाँ संरचना र शैली सिर्जना गर्ने ढोका खुल्यो ।
समूह बनाएर चुनाव लड्न पाउने प्रक्रिया
समाजवादी ध्येयसहितको वैधानिक र लोकतान्त्रिक मास पार्टी बनाउने क्रममा वर्कर्स पार्टीभित्र एउटा अनौठो र सहज प्रक्रिया निर्माण गरिएको छ । त्यो प्रक्रिया हो: विभिन्न विचार र प्रवृत्ति भएका व्यक्तिहरूले समूहहरू सिर्जना गरी पार्टीको महाधिवेशनमा बहस, पैरबी र चुनाव लड्न पाउने व्यवस्था । ब्राजिललगायत सबैजसो देशका कम्युनिष्ट र वामपन्थी पार्टीभित्र समूह वा गूट बनाउने वा अलग–अलग वैचारिक प्रवृत्तिद्वारा सङ्गठित व्यवहार गर्न पाइँदैन, चाहे ती पार्टी जतिसुकै लोकतान्त्रिक वा समाजवादी लोकतन्त्रले लैस किन नभनियून् । बहुदलीय जनवादलाई नै आफ्नो क्रान्तिको सिद्धान्त मान्नेहरूले समेत यस्तो प्रावधानलाई नकार्दै ‘गूटवादविरुद्ध सङ्घर्ष गर्ने घोषणा’ गरिरहेको यथार्थ हाम्रासामु टड्कारो छ । तर विभिन्न थरी वैचारिक प्रवृत्ति र राजनीतिक धारलाई जबर्जस्त ढङ्गले बहसमा ल्याउन र गम्भीर वाद–विवाद–संवादद्वारा समाजवादी लोकतन्त्रअनुकूलका नीति र कार्यक्रम तय गर्न वर्कर्स पार्टीले यस्तो प्रावधान लागू गर्दै आइरहेको बताइन्छ ।
रियो डि जेनेरियोको विश्वविद्यालयमा पढाउने वर्कर्स पार्टीकी नेतृ मारिया हेलेना एम. अल्भेजले यस पार्टीको नौलो र भिन्न प्रावधानबारे लेखेकी छिन्, ‘वर्कर्स पार्टीमा प्रोटेस्टेन्ट र क्याथोलिक चर्चका प्रगतिशीलहरू, मार्क्सवादी–लेनिनवादी समूहका सदस्यहरू, पहिले सशस्त्र सङ्घर्ष गरेका सङ्गठनहरूका पूर्वसदस्यहरू, ब्राजिलियन कम्युनिष्ट पार्टीका पहिलेका सदस्यहरू, स्वतन्त्र रुपमा क्रियाशील समाजवादी र त्रात्स्कीवादीहरू तथा विभिन्न रुपरङ्गका सामाजिक आन्दोलनका लडाकुहरू आ–आफ्ना धारणाका साथ आबद्ध र सक्रिय छन् । यी विविधतापूर्ण धारणा र भिन्न–भिन्न अनुभवलाई आन्दोलनको सम्पत्ति ठानेर यस पार्टीले सकेसम्म वैचारिक मन्थन गर्ने ढाँचा र प्रक्रियालाई अगाडि बढाइरहेको छ । ती सबै धारणा र अनुभवको समुचित योगदान प्राप्त गर्न सकेसम्म ठीक ढङ्गले बहस गराउने, ती बहसलाई व्यवस्थित र सङ्गठित रुपमा अभिव्यक्त गराउने र ती फरक–फरक वैचारिक–राजनीतिक धारको स्थिति पार्टीको पद र पार्टी प्लेटफर्ममा सही ढङ्गले प्रतिविम्बित गराउने उद्देश्यले यस्तो प्रावधान लागू गरिएको हो । यो प्रावधानअन्तर्गत फरक–फरक वैचारिक–राजनीतिक प्रवृत्ति भएका शक्ति वा समूहले पार्टीभित्र अलग ढङ्गले अझ सङ्गठित हुन पाउने र सङ्गठित ढङ्गले क्रियाशील हुन पाउने प्रक्रिया लागू गरिएको छ, जसलाई ‘टेण्डेन्सिया’ (Tendencia) भनिन्छ ।’

‘वर्कर्स पार्टीमा प्रोटेस्टेन्ट र क्याथोलिक चर्चका प्रगतिशीलहरू, मार्क्सवादी–लेनिनवादी समूहका सदस्यहरू, पहिले सशस्त्र सङ्घर्ष गरेका सङ्गठनहरूका पूर्वसदस्यहरू, ब्राजिलियन कम्युनिष्ट पार्टीका पहिलेका सदस्यहरू, स्वतन्त्र रुपमा क्रियाशील समाजवादी र त्रात्स्कीवादीहरू तथा विभिन्न रुपरङ्गका सामाजिक आन्दोलनका लडाकुहरू आ–आफ्ना धारणाका साथ आबद्ध र सक्रिय छन् ।’
उनले थप लेखेकी छिन्, ‘ती टेण्डेन्सियाहरूले आफ्ना मत, फरक विचार राख्न पाउने, सहमति–असहमतिका विन्दु खोज्ने र सङ्गठित रुपमै पार्टीका पदको चुनावमा उम्मेद्वारी दिनसक्ने प्रक्रिया प्रचलित छ । महाधिवेशनभन्दा अगाडि ती टेण्डेन्सियाहरूद्वारा छलफलका लागि सङ्गठित रुपमा प्रस्तुत गरिने दस्तावेजमध्ये जुनचाहिँले बहुमत प्राप्त गर्छ, त्यसैलाई महाधिवेशनले सहर्ष स्वीकार गर्छ र पार्टी नेतृत्वले व्यवहारमा लागू गर्छ । कतिसम्म भने पार्टीका पदहरूको निर्वाचनमा प्यानल–प्यानल बनाउने र चुनावी घोषणापत्र तयार गर्ने कार्यसहित आफ्नो विचार वा धारणा मान्ने वा आफ्नो प्रवृत्ति रुचाउनेहरूको शक्ति पनि देखाउने अवसर पनि यस पार्टीमा सहज रुपमा पाइन्छ । र, ती उम्मेद्वार समानुपातिक मतदान (Proportional voting) जस्तो जटिल व्यवस्थामार्फत् सञ्चालित आन्तरिक लोकतन्त्रमा विजयी हुन्छन् ।’
उनका अनुसार, समानुपातिक मतदानको व्यवस्था र ‘टेण्डेन्सिया’को प्रावधानले पार्टीको आन्तरिक प्रक्रियालाई कमजोर पार्नुको सट्टा झन् मजबुत पार्दछ । यसबाट आन्तरिक पार्टी बहस प्रोत्साहित हुन्छ र विभिन्न पदमा विभिन्न थरीका प्रवृत्ति बोक्ने कार्यकर्ताको समूचित प्रतिनिधित्व हुन्छ । यसबाट राजनीतिक नेतृत्व र पार्टीका पदमाथि कार्यकर्ताको नियन्त्रण अझ सशक्त हुन्छ । पाटीृका पदमा माथि केन्द्रबाट छान्ने सम्भावना नै रहँदैन । हो, यसले गर्दा निश्चित रुपमा टेण्डेन्सियाहरूबीचको प्रतिस्पर्धा उत्कर्षमै पुग्छ र बहस, प्रचार–प्रसार र लबीङको कारणवश हुने सक्रियताले महाधिवेशन सिङ्गै सरोवर हुन्छ, विभिन्न समूहबीचको अनौपचारिक खालका वार्ता र सहमति, महाधिवेशनको हलभित्र चर्काचर्की हुने हदसम्मको बहस र सङ्गठित रुपमा गरिने मतदानबाट लोकतान्त्रिक वातावरण अझ गहन र घनीभूत हुन्छ ।
यी सबै काम तब समाप्त हुन्छन्, जब मतगणनासँगै पदको बाँडफाँड सकिन्छ । कहिलेकाहीँ समूह–समूहमा समानुपातिक ढङ्गले पद विभाजित नहुँदा असमझदारी र विवाद नभएका होइनन् । तर ती सबै कुराले लोकतान्त्रिक प्रक्रियामा खारिएका नेता–कार्यकर्तालाई धेरै विचलित पारिराख्न सक्दैनन् । अतः प्रतिद्वन्द्विता र विभाजन महाधिवेशनको हलबाहिर कहीँकतै महसुस गर्न गाह्रो हुन्छ र हलभित्र र बाहिर जुझारु र लडाकु कार्यकर्ताहरूले घन्काउने कोरस एवं समवेत नारासँगै, हावासरी हल्लिने राता झण्डासँगै विवाद हराउन थाल्छन् । र, महाधिवेशनद्वारा पारित क्रान्तिकारी प्रस्ताव आ–आफ्नो जीवन, सामाजिक जीवन र राजनीतिक मैदानमा लागू गर्न नेता–कार्यकर्ताहरू सडकमा निस्कन्छन् ।
(नोभेम्बर १२, २००८)
(हालै ब्राजिलको राष्ट्रपतीय चुनावमा चौथोपटक विजय प्राप्त गरेका वामपन्थी राष्ट्रपति लुला डि सिल्भाको नेतृत्वमा क्रियाशील रहेको वर्कर्स पार्टी (पीटी)का बारेमा बुझ्न यो सामग्री सहयोगी हुने देखिएकोले पुन:प्रकाशन गरिएको हो । –दायित्वबोध)
किताबहरूले चिनियाँहरूमा जगाएको आत्मविश्वास
इतिहासकारको आँखामा भारतीय वामपन्थको विगत र भविष्य
‘झूटको साम्राज्य’ र नेटोको विस्तार: समकालीन विश्व व्यवस्थामा रूस र पश्चिमबीचको …
कार्ल काउत्स्की: मार्क्सवादका प्रथम भाष्यकार
झुक्दै नझुक्ने पहाडको छोरो: रतनलाल ब्राम्हण अर्थात् माइला बाजे
के समाजवादको मृत्यु भएको हो ?
क्रान्तिकारी जनवादी सरकारको सांस्कृतिक नीति
प्रतिक्रिया