झुक्दै नझुक्ने पहाडको छोरो: रतनलाल ब्राम्हण अर्थात् माइला बाजे

माइला बाजे नामले चर्चित रतनलाल ब्राम्हणले भारतको दार्जीलिङ इलाकामा कसरी कम्युनिष्ट आन्दोलनको सुरूवात गरे ? प्रस्तुत छ- नेपालको कम्युनिष्ट आन्दोलनको सुरूवातमा सहयोगीको भूमिका खेलेका उनै माइला बाजेको जीवनकथा

रतनलाल ब्राम्हण उनको शिष्ट नाम । दौतरी र परिचितहरूमा रतनलाल बाजेका नामले चिनिन्थे । तर 'माइला बाजे' भनेपछि प्रख्यात । 'बाजे' उनको छोटो सजिलो नाम । पाटीका कमरेडहरूका निम्ति विशेष प्रिय । गाउँले र साना-ठूला सबैका निम्ति नितान्त घरेलु ।

बाजेले बीशौँ शताब्दीसँगै संसारमा खुट्टा टेके । जीवनभर दार्जीलिङको चिसेनी पाखा-पखेरालाई तताए । पहाडी कुइरोमा अन्धधुन्ध भएका मानिसका निम्ति सर्वप्रथम रातो राँको बाले । पहाड, तराई र मधेश तीनै खण्डमा सक्रिय रहे । मुक्तिपथ चिनाए । र, नब्बे टेकेपछि संसारबाट बिदा लिए । बाजे थिए, भारतवर्षमा कम्युनिष्ट पार्टीका प्रथम सशक्त नेपाली प्रहरी । 'ट्रेड युनियन' आन्दोलनका विशिष्ट नेता । ब्रिटिश शासनका घोर विरोधी । स्वतन्त्रताका उपासक । एक संग्रामी सेनानी, उनले संग्रामलाई नै जीवनको व्रत ठाने । तर आफ्नो कामले राजनैतिक क्षेत्रका कट्टर प्रतिद्वन्द्वीहरूका निम्ति पनि व्यक्तिगत र सामाजिक क्षेत्रमा श्रद्धाका पात्र बने । इमान्दारिता र कर्तव्यनिष्ठताका ‘मोडेल’ बने । सिद्धान्त र मान्यताका इस्पात ।

बालकैमा टुहुरा भएका बाजेलाई आफ्नाहरूले पनि लखेटेका थिए । स्कूल पढ्न कहिल्यै जुरेन । भान्से काम गरे, नेपाल पसेर सुवेदार भए, दार्जीलिङ म्युनिसिप्यालिटीको चौकीदार भए, गाई पाले, गोठालो भए, दूध बेचे, पेटी-ठेकेदारीको काम गरे, खसी, सुँगुर, हाँस, कुखुरा पाले, बेपार गरे, दोस्रो विश्वयुद्धमा पत्रु बेचे, गाडी सिकेर ड्राइभर भए । बालककाल अभावमै बित्यो, युवाकाल सामाजिक कार्यमा ।

दार्जिलिङमा तिनताक बेवारिस लाश नत्थुले कुकुरलाई धैँ घिसार्दै लान्थ्यो । झन् साना जातको  लाश त कसैले छुनै नमान्ने- जात जान्छ भनेर । बाजेका युवा साथीहरूमाझ सल्लाह भयो । बाजे र जीतू मन्सी तातिए । दुवै अग्ला काँध मिल्ने । यता तिनीहरूले सानो जातको लाश बोकेर मुर्दाहट्टी पुऱ्याए । उता पण्डित गोष्ठीले तिनीहरूको जात काढेछन् ।

सत्र वर्षको उमेरदेखि सामाजिक काममा ओर्ले । दार्जिलिङमा तिनताक बेवारिस लाश नत्थुले कुकुरलाई झैं घिसार्दै लान्थ्यो । झन् साना जातको  लाश त कसैले छुनै नमान्ने- जात जान्छ भनेर । बाजेका युवा साथीहरूमाझ सल्लाह भयो । बाजे र जीतू मन्सी तातिए । दुवै अग्ला काँध मिल्ने । यता तिनीहरूले सानो जातको लाश बोकेर मुर्दाहट्टी पुऱ्याए । उता पण्डित गोष्ठीले तिनीहरूको जात काढेछन् । बजारमा पोष्टर टाँसिएछ । त्यसबेला गुमेको जात पैसा दिएर किन्न सकिन्थ्यो । उकास्न सकिन्थ्यो । पुरोहित-बाहुनहरू त्यो बिजिनेस गर्थे । मदिसे डण्ठा हातमा लिएर बाजे चोक बजारमा गर्जे- 'कसले जात काढ्यो ?’ पुरोहित समूह काम्यो । त्यही पोष्टरमुन्दिर लेख्न लगाए- 'हाम्रो जात काढियो अरे तर हामीले चलायौँ । कोही चाँइचुइँ गरेनन् । युवकहरूको अनुहार उज्यालो भयो । पुरोहितहरूको चाउरियो ।

बाजेका हुलमा जोशिला युवकहरू थिए । तिनीहरूको मुख्य काम थियो- बिमारी स्याहार्नु, बेवारिस र सानो जातको लाश मुर्दाहट्टी पुऱ्याउनु, डण्ठाको भरमा जात फर्काउनु अनि अन्यायीलाई बातले भए बातले नभए हात र लातले समेत ठीक पार्नु । बाजेको बलबुता र साहस देखेर साथीहरूले उनैलाई आफ्नो अगुवा बनाए । सल्लाह गर्ने अड्डा थियो- मालगोदाम छेउको बाजेको ग्यारेज । 'गोर्खा दु:ख निवारक सम्मेलन' को बीजारोपण त्यही ग्यारेजमा भएको थियो । त्यसताका दार्जीलिङमा डी.एस.पी. थिए लेडेनला । प्रचण्डका मान्छे । उनको जगजगी थियो । वर्तमान गोर्खा दु:ख निवारक सम्मेलनको मुन्तिरको तलामा उनले 'चिल्ड्रेन हल' खोलेका थिए । नाटक हुन्थ्यो । त्यही हलमा सभा गरेर बाजेको हलले बत्तीस सालमा 'गोर्खा दु:ख निवारक सम्मेलन' स्थापित गर्यो । त्यो खबर लेडेनलाकोमा पुग्यो । संस्था-संगठन भनेपछि तिनको कन्सिरी तात्थ्यो । संस्थामा राजनीति सुँघ्थे । संगठन गर्नेलाई घरैमा बोलाएर ढुट्याउँथे । बाजेको हुललाई पनि बोलाहट भयो । कोही नजानी भए तर बाजे अघि सरे । साथीहरूले नजाने सल्लाह दिए । 'वार कि पार, जान्छु' उनी तम्सिए । "फायर ब्रिगेडको माथ्लो तलामा बस्दै लेडेनला । लुकाएर दुइटा चुप्पी बोकेको थिए । हात लाग्यो भने चुप्पी टोपिदिन्छु । जे होला देखा जाएगा" भित्र पसे । बाजेलाई लेडेनलाले, लेडेनलालाई बाजेले हेरे- दुई वटा साँढझैं । 'तिमारूले कुन्नि के संस्था दुख निवारक बनायो अरे । सरकारमा एकदम नराम्रो पऱ्यो' पड्केर बोले लेडेनला । 'के नराम्रो ? सरकारकै काम त गर्दैछौँ । बिमारीलाई अस्पताल पुऱ्याउनु, स्याहार्नु, बेवारिस लाश मुर्दाहट्टी पुऱ्याउनु, अप्ठ्यारो परेकालाई सघाउनु' छाती फुकाएर बोले बाजे । लेडेनला हच्के । तुरन्त सम्झौता गरे- 'ए, त्यसो पो ! अच्छा, राम्रो राम्रो ।' चिया खुवाए । राम्रो कुराकानी गरेर पठाए । बाहिर निस्केको त, साथीहरू छक्क । 'त्यसपछि अड्डा जम्यो चिल्ड्रेन हलमै । नाटक हुन्थ्यो । मलाई पनि कहिले बुद्ध, कहिले अर्जुन बनाउँथे ।'

'तिमारूले कुन्नि के संस्था दुख निवारक बनायो अरे । सरकारमा एकदम नराम्रो पऱ्यो' पड्केर बोले लेडेनला । 'के नराम्रो ? सरकारकै काम त गर्दैछौँ । बिमारीलाई अस्पताल पुऱ्याउनु, स्याहार्नु, बेवारिस लाश मुर्दाहट्टी पुऱ्याउनु, अप्ठ्यारो परेकालाई सघाउनु' छाती फुकाएर बोले बाजे । लेडेनला हच्के । तुरन्त सम्झौता गरे- 'ए, त्यसो पो ! अच्छा, राम्रो राम्रो ।

तिनताका छक्कापञ्जा नबुझ्ने पहाडका चेलीबेटीहरूमाथि कतिपय व्यभिचारीहरूको कुदृष्टि थियो । धेरैलाई मधेश पुर्‍याउँथे । उतै बेचिदिन्थे । बाजेको हलले त्यस्ताको धुलाई गर्थ्यो । 'बाजे, कैया राजाले एउटी चेलीलाई रेलमा हालेर लग्यो' सूचना पाए । उनको मुट्ठी कस्सियो । गाडी लिएर हावाजस्तै सिलगढीतिर हानिए । रेल सुनदह स्टेशनमा अडिएको रहेछ । फर्स्ट क्लासबाट कैया राजालाई तानेर प्लेटफार्ममै नराम्रो धतले कुटे । 'केस' भयो तर स्टेशन मास्टरले जोगाईदिए । बाजे प्रायः प्रत्येक दिन त्यस्ता १५/२० वटा 'केस' टाउकामा बोकेर कचहरी धाउँथे ।

६ फीट अग्ला, गहुँगोरा, छिटा-छरिता, कँसिला, हँसिला बाजे बजारमा हिँड्दा टाढैबाट अलग चिनिन्थे । स्यालको बथानमा सिहँझैँ । उनका बल्दा आँखामा आँखा जुधाएर हेर्न हम्मेसी नसकिने । साहसका खानी । डर भन्ने कुन चराको नाम हो उनलाई थाहा थिएन । त्यसैले मान्छे बाजेसँग डराउँथे ।

सानैदेखि अन्याय पटक्कै सहन नसक्ने लेबोङको हक्की म्याचमा अन्याय गर्ने टोम्मी (गोरा सिपाही) लाई ग्राउण्डमा पसी उसकै हक्की-स्टाक खोसेर पड्काए । बाजेलाई गोरा पुलिसहरूले लखेटे । 'खबरदार !' बाजेलाई हात ना लगाउलास्' - भोटे बस्तीका छिमेकीहरू कराए । दर्शकको एक ठूलो अंशले ग्राउण्डमा पसेर मौरीको रानोलाई झैं छोपेर बाजेलाई कता पुऱ्याए कता । पुलिस ट्वाल्ल परे । त्यसताका दार्जीलिङमा टोम्मीहरूको चकचकी थियो । ड्राइभर बाजे बजारदेखि लेबोङ खेप्थे । दुई जना टोम्मीलाई लेबोङ छाउनीमा पुऱ्याएर भाडा माग्दा ती रँन्किए । बाजेलाई हात लाए । उनको पनि कन्सिरी तात्तियो । हेण्डल निकालेर दुवैको सबै करङ गने ।

बाजेलाई गोरा पुलिसहरूले लखेटे । 'खबरदार !' बाजेलाई हात ना लगाउलास्' - भोटे बस्तीका छिमेकीहरू कराए । दर्शकको एक ठूलो अंशले ग्राउण्डमा पसेर मौरीको रानोलाई झैं छोपेर बाजेलाई कता पुऱ्याए कता । पुलिस ट्वाल्ल परे ।

बाजे जातभात वा जातिभेदका घोर विरोधी, पूजाआजा नमान्ने कट्टर नास्तिक । देउतालाई बगमफुस भन्थे । धर्मका ठेकेदारलाई पाखण्डी । १७ वर्षको उमेरमै बंशका सदस्यहरूको मुटु खाने कुलदेउताको थान पत्रु किन्नेलाई बेचिदिए । 'वेदमा बाबुलाई देउता र आमालाई देवी भनिएको छ । बाँचुञ्जेल तिनीहरूको पूजा गर्नु, सेवा गर्नु । मरेपछि स्वाँग नपार्नु' - उनको उपदेश । धर्मलाई प्राचीन ऐन भन्थे । देउता खोज्न सानैमा गया, काशी, पशुपति, (काठमाडौ) सम्म पुगे । हात लाग्यो शून्य । देउताको नाममा ठगी, चोरी, लुट र अन्याय देखे । धर्मको नाममा गरीबलाई चुसेको देखे । तर बुद्ध र जिससलाई बाजे श्रद्धा गर्थे । तिनीहरूको कर्मको गुण गाउँथे । ऋषिवादको टोपी अँठ्याउने महादेवलाई स्याबासी दिन्थे । तर कृष्णका भने कट्टर आलोचक । कटाक्ष गर्दै भन्थे- "महाभारतको युद्धमा सबभन्दा ठूलो 'भिलियन' कृष्ण हो ।' कौरव र पाण्डवलाई कुरूक्षेत्रमा जुधाएर भारतवर्षका हजारौँ वीरहरूलाई लाखौँ योद्धाहरूलाई समाप्त पार्ने कृष्णको खोइरो खन्थे । उनको भनाइमा युद्ध विरोधी मनोभाव झल्किन्थ्यो ।

एकपल्ट निक्कै झोक्किएर बाजेलाई हिर्काउन आउँदै गरेको गोरा लील साहेब हेर्दा-हेर्दै कक्रक्क परेर ढल्यो । 'बाजेले भेद्‌यो, बाजेले भेद्‌यो' मान्छेहरूले कानेखुशी गरे । भोलि बिहानै लील साहेबका बेरा-बबर्ची र चौकफदारहरू खसीको फिला र घिउ लिएर आई बाजेलाई गुहारे- "लौ प्रभु, छोडिदिन पऱ्यो । साहेबले बिरायो । एकपल्टलाई माफ दिनु पऱ्यो ।"

बाजे अन्धविश्वासका विरोधी । भन्थे- "झाँक्रीहरूसँग म निक्कै डुलेँ । तिनीहरूको चालबाजी सबै जान्दछु । एकपल्ट निक्कै झोक्किएर बाजेलाई हिर्काउन आउँदै गरेको गोरा लील साहेब हेर्दा-हेर्दै कक्रक्क परेर ढल्यो । 'बाजेले भेद्‌यो, बाजेले भेद्‌यो' मान्छेहरूले कानेखुशी गरे । भोलि बिहानै लील साहेबका बेरा-बबर्ची र चौकफदारहरू खसीको फिला र घिउ लिएर आई बाजेलाई गुहारे- "लौ प्रभु, छोडिदिन पऱ्यो । साहेबले बिरायो । एकपल्टलाई माफ दिनु पऱ्यो ।" बाजे मनमनै हाँसे । ठट्यौला स्वभावका थिए, रिसाए जस्तो गरी भनिदिए- "बिगार्नु मात्रै सक्छु, फर्काउनु चाहिं सक्दिनँ ।" ती हसक्क परेर फर्के । उता लील साहेबले पैताला पल्टायो । मान्छे डराए । बाजे त जण्ड झाँक्री रहेछ- हल्ला चल्यो । पछि साथीहरूले सोध्दा भन्थे- 'जण्डा न सण्डा, 'ब्लड प्रेशर' थियो होला । विचरालाई !' दार्जीलिङका पादरीहरू र बाजेको कुरा ठ्याम्मै नमिल्ने । पादरीहरूका कट्टर आलोचक थिए उनी । त्यसैले बाजेको नाम सुन्नासाथ पादरीहरूको ब्रम्हाण्ड तात्तिएर आउँथ्यो ।

महात्मा गान्धीले दार्जीलिङ आउँदा चोकबजारको सभामा भनेका थिए- 'जाँड रक्सी र जुवा-जारीदेखि जोगिनु, एक हुनु'- त्यही उपदेशका निम्ति माइला बाजेले गान्धी बाजेलाई गुरू थापे । खाने काममा उनी रौसिलो मिजाजका थिए । 'खूब खाओ, खूब खिलाओ' सिद्धान्तका अनुयायी । तर लुगा फेरि फेरि ढर्रा पार्नका निम्ति भने साह्रै टर्र ।

१९३४ मा ठूलो भुईँचालो गएकै साल बाजेले बिहे गरे । बिहेको कुराकानी चलेको मात्र थियो साथीहरू हर्षले उफ्रिन थाले । कराउन थाले- 'करेगा, करेगा ।' बाजेको गोजीमा भने केवल ५२/- रूपियाँ थियो । बेहुलीको घर कचहरीबाट केही बाटो घोडामा, केही बाटो रिक्सामा, केही बाटो डण्डीमा र केही बाटो गाडीमा दुलही लिएर सिहंमारी फर्के बाजे । जन्ती थिए रिक्सावाल, डण्डीवाल, ड्राइभर, कुल्लीहरू र आफ्ना हुलका साथीहरू । तिनीहरू आफू-आफूले खसी ल्याएर काटे । भतेर खाए । 'गाए, उफ्रे, नाचे । बाजेको २५/- रूपियाँ बिहे सकिएपछि पनि गोजीमा चोखै रहेछ ।

संसारमा दोस्रो विश्वयुद्धको हाहाकार थियो । त्यस्तैमा त्रिचालीस सालको महाअनिकाल आयो बंगालमा । दार्जीलिङका नाफाखोर साहु-महाजनहरूले गोदाम भरेर ताला लगाए । बजारमा अन्न, नून-तेल गायब । हुनेखानेहरूले सक्दो कुम्ल्याइहाले । साधारण जनताको रूपियाँ-पैसामा ढुँडी पर्न थाल्यो । जङ्गलका गिठ्ठा-भ्याकुर सकिए । सिस्नो, सिमरायो, निग्रोधरि पाउन छाड्यो । गरीबहरूको सेप्टो सुक्यो । निम्न मध्यमवर्गका आत्तिए ।

होइन, केही त गर्नै पर्छ- बाजे तम्सिए । अझ मिल्ने साथीहरू बटुले । पचहत्तर जनाको हुल तयार भयो । सबैले आफ्नो रगतले हस्ताक्षर गरी चोकबजारमा पोस्टर टाँसे- "जबसम्म साहु-महाजनहरूको गोदाममा अन्न छ, तबसम्म खान नपाएर न हामी मर्छौँ, न पब्लिकलाई मर्न दिन्छौँ ।" साहु-महाजनहरूको सातो गयो ।

महाजनहरूले गोहीको आँसू झारे । होइन, केही त गर्नै पर्छ- बाजे तम्सिए । अझ मिल्ने साथीहरू बटुले । पचहत्तर जनाको हुल तयार भयो । सबैले आफ्नो रगतले हस्ताक्षर गरी चोकबजारमा पोस्टर टाँसे- "जबसम्म साहु-महाजनहरूको गोदाममा अन्न छ, तबसम्म खान नपाएर न हामी मर्छौँ, न पब्लिकलाई मर्न दिन्छौँ ।" साहु-महाजनहरूको सातो गयो । 'ठीक दाममा बेच्नु, होइन भने गोदाम फोड्छौँ- बाजे जगिए । नाफाखोरहरू लल्याक-लुलुक भए । नमान्ने साहुहरूको गोदाम फोरेर जनतालाई बिनापैसा अन्न-तेल बाँडे । जोरी खोज्न आउनेहरूलाई पाहा जस्तै पछारे । भिड्न आउनेहरूको भकुण्डो खेले । मुख चलाउनेहरूले बाजेको जोर-नारीको मुक्का खाए । 'त्यो समय नै त्यस्तो थियो, बातले नमानेपछि हात र लात चलाउनै पर्ने ।' त्यस महाअनिकालमा बंगालमा खान नपाएर पच्चास लाख मान्छे मरे । दार्जीलिङमा एउटा मूसो पनि मरेन । बाजे एकातिर जनताको आँखाका तारा भए । अर्कातिर पुलिस र प्रशासनको आँखाको छारो भए ।

त्यही साल । बाल्यकालदेखि भोगेर परेर संसार चिनेका अनुभवी ४३ वर्षै प्रौढ बाजे कम्युनिष्ट भए । दार्जीलिङ जिल्लामा कम्युनिष्ट आन्दोलनका प्रणेता । 'म पार्टीको पोथा पढेर हैन, काम र अविज्ञताले कम्युनिष्ट भएको हुँ ।' त्यस बेला उनी उग्र स्वभावका थिए । जङ्गी चरित्रका थिए । विद्रोही थिए । एउटा जीउँदो ज्वालामुखी थिए । कम्युनिष्ट पार्टीले उनलाई मार्गदर्शन गऱ्यो, अनुशासित तुल्यायो ।

१९४५ साल । युन्युङ आयो । दार्जीलिङ जिल्ला चियाकमान मजदुर युनियनका संस्थापक सभापति थिए बाजे । पार्टीले 'लेबर सीट' मा उनैलाई खडा गरायो । कमानका म्यानेजरहरूको थुक सुक्यो । गोरा म्यानेजरहरूलाई त उनकी नामैदेखि एलर्जी थियो । "खबरदार, बाजे कमान पस्ला !" चौकीदारहरूलाई सतर्क गराए । कुल्लीहरूलाई सभामा जान मनाही थियो । "युनियनमा पस्यौँ भने रासन बन्द गरिदिन्छौ, हट्टाबाहिर गरिदिन्छौ, ढाड सोभ्याउँछु, छाला काढ्छु" म्यानेजरहरू गर्जिन्थे । कमानलाई बाबुको बिर्ता र कुल्लीहरूलाई मान्छे होइन, चिम्पान्जी ठान्थे । तिनीहरूले छाता ओढ्न नपाउने, घुम ओढ्नु पर्ने । जुत्ता लगाएर साहेबको अघि देख्न पर्नु नहुने । साहेब आउँदैछ भने हतार-हतार जुत्ता खोलेर लुकाउनु पर्ने । घोडा चढ्न पट-निषेध । साहेब आउँदै गरेको बाटोमा उभिन नहुने । बाटोमुन्तिर ओर्लेर उधोमुन्टो गरी ‘जदौ जदौ’ गर्नुपर्ने । तर माइला बाजेलाई कमान पस्नदेखि रोक्ने कस्ले ? उनका साथी-संगीहरू पनि जण्डाजण्डा थिए । अन्यायी म्यानेजरहरूको ढाडमा रण्डा लगाएर आऊ भन्दा पनि तुरून्तै जाने खालका । कमानका नागबेली बाटाहरूमा बाहिरियाहरूलाई खुट्टा टेक्न निषेध थियो । बाजे जिल्ला बोर्डको बाटो भएर कमरेडहरूसहित कमान पसे । पहिलोपल्ट कुल्लीहरूले लाल झण्डा देखे । तिनीहरूको मुक्तिपताका । बन्दुक बोकी सुरिएर आएको साहेब बाजेलाई देखेर झस्कियो । चौकीदारहरू अरकच्च परे । गोरा म्यानेजरको नाकैअघि बाजेले भाषण दिए । कमानका कुल्लीहरूको पीर-मर्का छामे । म्यानेजरहरूको धतुरो झारे । तिनीहरूलाई कमानको 'हेड चौकीदार' सम्म भने । कुल्लीहरूले थपडी बजाए । म्यानेजर मुखमा बुझो खाँदेर फर्कियो । फोन गरेछ बजारको थानामा । दरोगा पुलिस हुल लिएर आइपुग्यो । कुल्लीहरू कोही आत्तिए, कोही तात्तिए । तर पुलिसले बाजेलाई छुने आँट गरेन । म्यानेजरको नूरै गिर्यो ।

कमानलाई बाबुको बिर्ता र कुल्लीहरूलाई मान्छे होइन, चिम्पान्जी ठान्थे । तिनीहरूले छाता ओढ्न नपाउने, घुम ओढ्नु पर्ने । जुत्ता लगाएर साहेबको अघि देख्न पर्नु नहुने । साहेब आउँदैछ भने हतार-हतार जुत्ता खोलेर लुकाउनु पर्ने । घोडा चढ्न पट-निषेध । साहेब आउँदै गरेको बाटोमा उभिन नहुने । बाटोमुन्तिर ओर्लेर उधोमुन्टो गरी ‘जदौ जदौ’ गर्नुपर्ने । तर माइला बाजेलाई कमान पस्नदेखि रोक्ने कस्ले ?

बाजे तिनताक दार्जीलिङमा 'रोबिन हुड' का नामले प्रसिद्ध थिए । कमान-कमान सेतो टाँगन घोडामा कुद्थे । यो कमानदेखि त्यो कमान, वल्लो डाँडादेखि पल्लो डाँडा मिलिक्क पुगे । मानिसहरू भन्थे- 'बाजे बायुपङ्खी घोडामा उड्छन् ।' चुनाव प्रचार गर्न उनी चिया कमानका माझ-माझमा झलक्क देखा पर्थे । म्यानेजरको मुटु दुख्थ्यो। मजदुरका आँखा हाँस्थ्यो । कमान-कमानमा गीत गुन्जियो- हट्टाबजार साहेबको जुलुम नाश गराउनलाई माइला बाजे खडा भए भोट देऊ अब उनैलाई ।

बाजे कमान पसे कि बिताए ! ह न के जादू छ तिनमा ! मजदुरहरूले त देउतै ठान्छन् नि त ! वास्तवमा उनले मजदुरहरूलाई झुकेर होइन मान्छेजस्तै शिर ठाडो गरी बाँच्ने मन्त्र दिए । आफ्नो अधिकार मागेर नपाए खोसेर लिन सिकाए । अन्याय, अत्याचार र अनाचारको विरूद्ध संगठित भई लड्न सिकाए । मजदुरहरूले पनि म्यानेजरको घूस थापेनन् । धमास-धम्कीले डराएनन् । छक्का-पञ्जामा अल्झिएनन् र बाजेलाई जिताए । बंगाल विधानसभामा एम.एल.ए. बनाए । गोरा म्यानेजरहरूलाई सहिनसक्नु भयो । मुर्मुरिए, दाँत किटे । मजदुरहरूले भने मनपेट पाए । युनियन झन् दरो भयो ।

त्यही साल  खुकुरी भिरी, दौरा-सूरुवाल र बिर्के टोपी लाएर कलकत्ता एसेम्बली पुगे । साथमा थिए ज्योति बसु । दुई जना- बंगालको लाल ज्योति । पहाडका राता-पिरा, खँदिला, अग्ला बाजेका छेउमा साना काँटका चौध वर्ष कान्छा बसु छोराझैं देखिने । एसेम्बली भवनको फाटकमै पुलिस अफिसरसँग तँ-तँ र म-म भैगयो । "साने काँटका भए पनि ज्योति बाबु साह्रै कडा मान्छे । मुठे जुँघा भएको अफिसरलाई एक झाँपट कसेँ !" अफिसरको तालु तात्यो । दिल्हाल्यो बसुलाई मुङ्ग्रे हातले । लागेको भए खुत्रुक्कै हुने । बाजेले ठ्याप्प रोके अनि झिनिक्क बिजुली चम्केजस्तो भयो । उनको हातमा त सिरुपाते खुकुरी । अफिसरको सातो गयो । होहल्ला हुन लाग्यो । दुवै कम्युनिष्ट एम.एल.ए. एसेम्बलीमा पसे । खुकुरी भित्र ल्याएकोमा तर्कातर्की पर्यो । "खुकुरी हाम्रो संस्कृतिको चिनो"- बाजेको तर्क थियो । तर नेपालका राणा शासक र भारतका ब्रिटिश शासकमाझ एउटा सम्झौता भएको रहेछ- ब्रिटिस इण्डियामा नेपालीहरूले खुकुरी बोक्न पाउँछन् भन्ने । बाजे छाँगाँबाट खसे । मनमा ठूलो चोट लाग्यो । दार्जीलिङ फर्किनासाथ चोक बजारको सभामा गर्जे- "म आफूखुसी खुकुरी भिर्थें, धर्मको चिनो ठानेर । हाम्रो संस्कृतिको चिनो ठानेर । भुत्रो हुन्थ्यो । दासत्व र दलाली गरेको चिनो रहेछ । ब्रिटिशको दलाली गरेको चिनो । नेपालका राणा शासनको दलाली गरेको चिनो । तिनीहरूले भिर्न पाउँछन् भन्दा भिर्न पाउने । पाउदैनन् भन्दा भिर्नै नपाउने । यो दासत्व नभएर के हो त ? दलाली नभएर के हो त ? दार्जीलिङका जनता साक्षी छौ । आजदेखि खुकुरी कहिल्यै भिर्दिनँ । मेरो प्रतिज्ञा छ ।" उनको प्रतिज्ञा हुन्थ्यो भीष्मप्रतिज्ञा । त्यसपछि बाँचुञ्जेल खुकुरी भिरेनन् त्यस्ता जब्बर थिए बाजे ।

ज्योति वसु र अन्य कमरेडहरुका साथ माइला बाजे

एसेम्बली भवनको फाटकमै पुलिस अफिसरसँग तँ-तँ र म-म भैगयो । "साने काँटका भए पनि ज्योति बाबु साह्रै कडा मान्छे । मुठे जुँघा भएको अफिसरलाई एक झाँपट कसेँ !" अफिसरको तालु तात्यो । दिल्हाल्यो बसुलाई मुङ्ग्रे हातले । लागेको भए खुत्रुक्कै हुने । बाजेले ठ्याप्प रोके अनि झिनिक्क बिजुली चम्केजस्तो भयो । उनको हातमा त सिरुपाते खुकुरी । अफिसरको सातो गयो ।

सोम कमानमा सभा थियो । मजदुरहरूले एम. एल. ए. बाजेलाई उजुर गरे- "बाजे, रासनको चामल थोरै पाउँछौँ । तौलाई हेर्दा त ठीकै छ ।"

तुरन्त जाँचबुझ गर्न थाले । तौलाई हेरे, ठीकै छ । काठको पल्ला ओल्टाई-पल्टाई हेरे । चामल हाल्ने पल्लामा आधा सेर ढक लुकाइएको रहेछ । बाजे रीसले रातो भए । तौलिने मान्छे कालो-नीलो । मजदुरहरूको रासनबाट चामल चोर्ने चोरहरू रहेछन्- म्यानेजरका दलाल, कमानकै मुन्सी-बडाबाबुहरू ।

एकपल्ट तौलिँदा आधा सेर हाम् । रहस्यको भण्डाफोर भएपछि मजदुरहरूको टुप्पी तात्तियो । पाखुरा सुर्किन थालिहाले । होहल्ला भयो । सोम कमानको म्यानेजर थियो- असबर्न साहेब । बंगाल धारासभामा कमानका मालिकहरूको प्रतिनिधि- एम.एल.ए. । आफूलाई राजै ठान्थ्यो । बजारबाट पहिल्यै पुलिस बोलाएर राखेको रहेछ ।

ती एम.एल.ए. बाजेलाई पक्रिन आए । मजदुरले बाधा दिए । अन्याय भएको प्रत्यक्ष थियो । विष्णु लिम्बूनीले रीस थाम्न सकिनन् । गुन्यू छोट्याइन् । पटुका कसिन् । र, अचानक पुलिसको हातबाट राइफल खोसिन् । विष्णुले त्यसो गर्छिन् भन्ने कसैले सोचेकै थिएनन् । सबै तीन छक्क । विष्णुको काल आएछ भन्ने सोचे । तर विष्णुलाई हात लगाउने आँट गरेन पुलिसले । बाजे विष्णुको छेउमा ठाडै थिए अनि उनको बानी पुलिसलाई पनि राम्रो थाहा थियो । बाजे र असबर्नको आँखा जुधे । धारासभामा कमानका मजदुर-प्रतिनिधि र मालिकका प्रतिनिधिको पहिलो पल्ट मुखामुख भयो । त्यसले वर्ग-संघर्षको रूप लियो ।

विष्णु लिम्बूनीले रीस थाम्न सकिनन् । गुन्यू छोट्याइन् । पटुका कसिन् । र, अचानक पुलिसको हातबाट राइफल खोसिन् । विष्णुले त्यसो गर्छिन् भन्ने कसैले सोचेकै थिएनन् । सबै तीन छक्क । विष्णुको काल आएछ भन्ने सोचे । तर विष्णुलाई हात लगाउने आँट गरेन पुलिसले ।

एम.एल.ए. बाजे कहिले जंगलबाट घोचा काटेर ल्याई मजदुरहरूको झुप्रो ठड्याउँदै हुन्थे । कहिले बिरामी मजदुरलाई बोकेर बजारको अस्पतालमा पुऱ्याउँदै हुन्थे । कहिले भुटेका मकै मर्क्याउँदै ओडारमा गुप्त सभा गर्दै हुन्थे ।

मजदुरहरूले भने उनलाई देउतै ठान्न थाले । उनको फोटोलाई पुजाको थानमा राखे । बाजेले जब सुने, पहिले तोड रिसाए, फेरि हाँसे, अनि सम्झाए- हेर, देउता सेउता जान्दिनँ पनि, मान्दिनँ पनि । म तिमीहरूको साथी मात्रै हूँ । मैले जानेको र बुझेको भनिदिन्छु । आपद्-बिपद् पर्दा सकेको सघाउँछु । तर यो लडाईं तिमेरकै हो । म त खेताला मात्र हूँ । साहेबले मलाई हट्टाबाहर गर्दैन, तिमीहरूलाई गर्छ । मेरो रोज काट्दैन, तिमीहरूको काट्छ । रोज बढ्यो भने तिमीहरूले पाउँछौ । सुरकेरी खर्च तिमीहरूले नै पाउँछौ... ।"

मजदुरहरू उनका कुरा बुझ्न खोज्थे । बुझ्न थालेका थिए ।

ड्राइभर पर्तुमान आत्तिएर डाँडामाथि कराउँदै थिए- 'बाजे मर्यो ! बाजे मर्यो !' बाजेले आएर एक चड्कन दिँदा मात्र छाँगाबाट खसेजस्ता भए । तर पर्तुमानलाई भने त्यस दिनदेखि शंका लाग्यो- बाजे मान्छे हो के त ?

बाजे जण्डा ड्राइभर । पहाडी बाटामा हावागाडी (मोटर) हावा जस्तो हाँक्थे । कुदाउन नसक्ने भीरमा उनले गाडी कुदाए । मान्छेहरू भन्थे- बाजेको मुटु छैन । मुटु भएको मान्छे त्यस्तो हुँदैन । मुटु त थियो तर असामान्य । एक्सरे हेर्ने डाक्टर पनि पहिलोपल्ट त तीन-दङ्ग । एक पल्ट गाडीसँगै भीरमुनि पुगे । ड्राइभर पर्तुमान आत्तिएर डाँडामाथि कराउँदै थिए- 'बाजे मर्यो ! बाजे मर्यो !' बाजेले आएर एक चड्कन दिँदा मात्र छाँगाबाट खसेजस्ता भए । तर पर्तुमानलाई भने त्यस दिनदेखि शंका लाग्यो- बाजे मान्छे हो के त ?

भारत स्वाधीन हुनुअघि र पछि, झण्डै चालीस पल्ट राजबन्दीका रूपमा जेल खेपे । पाँच वर्षका लागि चुनिएका एम.एल.ए. बाजेलाई कांग्रेसी सरकारले साढे तीन वर्ष जेलमा सडाएर राख्यो । जम्माजम्मी प्रायः बाह्र वर्ष जेलमा बिताए । "साठीको दशकसम्मै मेरो जीवनको धेरै भाग जेल र अण्डरग्राउण्डमै बित्यो ।" कलकत्ताका जेलहरूमा बाजे "पहाडी लालसिंह"का नामले चर्चित थिए । अलिपुर सेन्ट्रल जेलमा थुनिएको समयमा पुलिस दलले उनलाई "सेल" मै कुटेर लाश बनाएको थियो । घुँडा र करङहरू भाँचिदियो । आँखा बिगारिदियो । मलद्वारमा फलामे छड हालिदियो । बिहोश, रगतपच्छे बाजेको शरीर बिनाचिकित्सा 'सेल' मा फ्याँकिदियो । सहबन्दी साथीहरूले प्रचण्ड प्रतिवाद गरेकाले मात्रै जेल-अधिकारी उनलाई अस्पताल पठाउन बाध्य भए । नत्र बेहोश बाजेको फेरि होश आउने सम्भावना थिएन । पुलिसले माया मारिसकेको । अस्पतालमा पनि घुँडादेखि झण्डै खुट्टा काटिदिएको । तर बाबुजस्ता डाक्टर जुरे । र, उनी राम्रै निको भए । फेरि मृगजस्तो कुद्ने भए ।

पुलिस अफिसरले बाजेलाई रोक्यो । उनले आफ्नो मनशाय बताए । अफिसरले राता आँखा पारेर हप्कायो । बाजे पनि कड्के । अफिसरले धक्का दियो । बाजेको देब्रे मुट्ठी कसियो । दई मुक्का ठोके । अफिसरले भुइँ चाट्यो । तारा देख्यो । बाजेले तेन्जिङलाई माला लगाए । तेन्जिङले बाजेलाई छातीमा टाँसे ।

तेञ्जिङ शेर्पा बाजेका घनिष्ठ साथी । ४३-४४ सालमा दार्जीलिङमा रिक्सावाल-डण्डिवाल युनियनका सभापति थिए बाजे, सेक्रेटरी तेञ्जिङ ।एभरेस्ट चढेर फर्केपछि दार्जीलिङमा एउटा अभिनन्दन-सभा भयो । बाजे पनि गदगद । फूलको माला बोकेर साथीलाई बधाई दिन पुगे । भीड थियो । पुलिस अफिसरले बाजेलाई रोक्यो । उनले आफ्नो मनशाय बताए । अफिसरले राता आँखा पारेर हप्कायो । बाजे पनि कड्के । अफिसरले धक्का दियो । बाजेको देब्रे मुट्ठी कसियो । दई मुक्का ठोके । अफिसरले भुइँ चाट्यो । तारा देख्यो । बाजेले तेन्जिङलाई माला लगाए । तेन्जिङले बाजेलाई छातीमा टाँसे ।

पुलिस र बाजेको ग्रह ठ्याम्मै नमिल्ने । ४८ सालमा कम्युनिष्ट पार्टी अवैध घोषित भएपछि त पुलिसलाई 'के निहुँ पाउँ कनिका बुकाउँ' भयो । ती शिकारी कुकुरझैं बाजेको गन्ध पहिल्याउँथे । घर घेरेर दुख्थे । हप्तैपिच्छे घरभित्र पसेर कुनाकाप्चा खोतल्थे । ओछ्यानसम्म पल्टाएर हेर्थे । बाजे अण्डरग्राउण्ड छन् रे- गाउँमा गाइँगुइँ सुनिन्थ्यो । अण्डरग्राउण्ड भनेको जमिनमुनि नै होला- सोझा गाउँलेहरू ठान्थे । बाजेको घरमुनि सुरुङ छ- तिनीहरूलाई विश्वास थियो ।

तिनताक दार्जीलिङ बजारलाई कमानहरूबाट आएको रातो जुलुसले निल्थ्यो । बजारका सभ्य भनाउँदाहरू ठुस्किन्थे- "यिनीहरूले हल्ला मच्चाउन थाले । अत्र चीजबीजको दाम बढ्छ । कमाने कोदालोहरू नेता माइला बाजे ।"

बाजे अण्डरग्राउण्ड छन् रे- गाउँमा गाइँगुइँ सुनिन्थ्यो । अण्डरग्राउण्ड भनेको जमिनमुनि नै होला- सोझा गाउँलेहरू ठान्थे । बाजेको घरमुनि सुरुङ छ- तिनीहरूलाई विश्वास थियो ।

प्रायः साठीको दशकसम्म दार्जीलिङमा धेरैले कम्युनिष्ट पार्टीलाई माइला बाजेको पार्टी भन्थे । कम्युनिष्ट पार्टी र माइला बाजे पर्यायवाची झैं भएका थिए । विरोधीहरू गीताङ्गे डाँडाबाट छेरून्जेल चिच्च्याउँथे- "कम्युनिष्ट भएपछि आफ्नो भन्ने केही हुँदैन । सबै पार्टीले हडप गर्छ । कमनिष्ट राजमा मन्दिर-मस्जिद, गिर्जा-गुम्बा सबै तोड्छ । बूढा बूढीलाई गोली ठोक्छ । केटाकेटीलाई चीन पठाउँछ । गोरूलाई जस्तो जोताउँछ । गधालाई जस्तो लदाउँछ । भनेको मानेन भने धोबी धुलाई गर्छ ..... ।"

दार्जीलिङमा पार्टी खडा गर्दा बाजेले फूलको माला थापेनन् । विरोधको ज्वाला खपे । आतङ्कको सामना गरे । खुकुरीको धारमा हिँडे । परिवारै समाजबहिष्कृत भयो ।

बाजे जेलमै थिए । पुलिसले बजैलाई पनि गिरफ्तार गर्यो । मसिना झल्याङ-भुलुङ्ग काममा लिएर उनले जेल बन्दै पर्यो । तर बजै झुकेनन् । अटल, अविचल रहेन । पञ्चन्न वर्षसम्म बाजेको आधा युद्ध बजैले लडिन् ।

बाजे औंला भाँच्दै भन्थे- "पहाडमा हाम्रो पार्टी-अफिस विरोधीहरूले तेईस पन्त तोडे, तीन पल्ट जलाए । तर हामी झुकेनौँ । हाम्रा कमरेडहरूलाई खेदे, उठिबास लगाए । जीउँदै छाला काढेर नुन खोर्सानी दले । गोली ठोके । काटे, मारे । तर हामी मासिएनौँ ।" उनी पार्टीका अगुवा । जीवनभर आफ्नो सिद्धान्तमा अडिग । एक सुता यता-उता सरेनन् । छेपारोले झैँ रंग फेरेनन् । हरिया फिँगाझैँ भन्केनन । स्यालझैं दबेनन् । बिक्री भएनन् । "जुनै पार्टी गर, तर आफ्नो टाउको नबेच"  ...उनको मान्यता । बाजे कम्युनिष्ट पार्टीका होल्डरइमर थिएनन्, तर पार्टीलाई बाबुले झैँ माया गर्थे । आमाले झैँ स्याहार्थे ।

पत्नी हरिमाया र साथीहरुका साथ माइला बाजे

पुलिसले बजैलाई पनि गिरफ्तार गर्यो । मसिना झल्याङ-भुलुङ्ग काममा लिएर उनले जेल बन्दै पर्यो । तर बजै झुकेनन् । अटल, अविचल रहेन । पञ्चन्न वर्षसम्म बाजेको आधा युद्ध बजैले लडिन् ।

पच्चपन्न सालमा दार्जीलिङका चिया कमानहरूमा ठूलो हडताल भयो । प्रशासनको तिघ्रा काम्प्यो । सरकारको आन्द्रा छुत्तिखेल्यो । बाजे र देवप्रकाशलाई गिरफ्तार गर्ने हुकुम भयो । वारेन्ट निस्कियो । दुवै अण्डरग्राउण्ड ।

एक दिन दिउँसै ठूलो पुलिस वाहिनीले बाजेको घर घेऱ्यो । उनी घर पुगेको कुरो कसैले पोल हालिदिएछ । हातहतियारले सजिएका काँधिएका पुलिसहरू बारी, गोठ, मास्तिर-मुन्तिर चारै दिशा छप्छप्ती थिए । उनलाई लाग्यो, अहिले नै नेता पुलिसको हातमा परे हडताल बिथोल्नु हो । अचानक तीन तले घरको पछिल्तिर भ्यालबाट दुई वटा जुत्ता र बाजे प्रायः सँगसँगै इस्कुस घारीमा खसे । राइफलधारी पुलिसहरूले आकाशबाट के खस्यो, ठम्याउनै नपाई बाजे मुन्तिरको गरामा उफ्रे । राइफल तेर्स्याउँदा नतेर्स्याउँदा अझ तल्लो गरामा पुगे । बाजेको भाग्य भनौँ वा संयोग, त्यसैबेला उधोबाट उँभो मडारिएर आउँदै गरेको बादलले उनलाई छोप्यो । पुलिस अल्मल्लिए । फायर गरे । घरमा छोरी चिच्याई- बाबा... ।

परिवारका सदस्यको मन पिसो भयो । बादल फाट्यो । त्यहाँ न बाजे थिए, न बाजेको छायाँ । ती अल्पिए । बजै निश्चित भइन् । पुलिसहरू फायर गर्दै ओराले कुदे ।

साँच्चै बाजे पुलिसलाई छक्याएर कता उडे, कता । पछि भन्थे- "घाँस काट्दै गरेको एउटा गोठालोको डोको बोकेर बोरा ओढी घाँस काटे झैँ गरी पुलिसको पहुँचबाट टाढा पगेँ ।' तर सुवेदार बूढा पत्याउँदैनथे । भन्थे- "होइन हो, बाजे उडेकै हो । मेरै आँखाले देखेको ।"

यो घटना हेरिरहेका गाउँका सुवेदार बूढा तीन छक्क परेर कराउन थाले- "बाजे उड्यो ! बाजे उड्यो !" साँच्चै बाजे पुलिसलाई छक्याएर कता उडे, कता । पछि भन्थे- "घाँस काट्दै गरेको एउटा गोठालोको डोको बोकेर बोरा ओढी घाँस काटे झैँ गरी पुलिसको पहुँचबाट टाढा पगेँ ।' तर सुवेदार बूढा पत्याउँदैनथे । भन्थे- "होइन हो, बाजे उडेकै हो । मेरै आँखाले देखेको ।"

बाजे आफ्नो मत र मान्यतामा अचल । तर कसैले उनको दोष त्रुटी देखाइदियो भने तुरून्तै स्वीकार गर्ने । "मेरो भनाइ र गराइमा कतै गल्ती छ भने, कसरी छ बुझाऊ म तिमीलाई गुरू थाप्छु" भन्थे । तर उनका साधारण कुरामा पनि तर्क, व्यावहारिकता, सत्य र तथ्य खाँदिएर भरिएको हुन्थ्यो । "मभन्दा ठूलो मान्छे संसारमा कोही छैन, अनि मभन्दा सानो पनि कोही छैन"- आफ्नो तर्कलाई उनी काँटी ठोके जस्तो ठोक्थे ।

जीवनभर कर्तव्यलाई नै धर्म माने, पुजाआजालाई ढोङ्ग । '४४ सालमा कम्युनिष्ट भएर गोर्खा लीगमा पसे । मत मिलेन । कम्युनिष्ट भएरै निस्के । '४६ सालमा बंगालको धारासभामा प्रथम पल्ट नेपालीमा बोल्ने प्रयास गरे । '७१ सालमा भारतको पार्लियामेन्टमा नेपालीमा बोलिछाडे ।

वास्तवमा माइला बाजे थिए- शोषक, अन्यायी र अत्याचारिहरूका निम्ति यमदूत । गरीब, शोषित, खटिखाने हली, कोदाले, कुल्ली र मजदुरहरूका मुक्तिदूत । मानवीयताका प्रतीक । जीवनभर कर्तव्यलाई नै धर्म माने, पुजाआजालाई ढोङ्ग । '४४ सालमा कम्युनिष्ट भएर गोर्खा लीगमा पसे । मत मिलेन । कम्युनिष्ट भएरै निस्के । '४६ सालमा बंगालको धारासभामा प्रथम पल्ट नेपालीमा बोल्ने प्रयास गरे । '७१ सालमा भारतको पार्लियामेन्टमा नेपालीमा बोलिछाडे । उनी भारतमा ब्रिटिश शासनका कट्टर आलोचक तर समय (टाइम) भने अंग्रेजले झैं पालन गर्थे । पार्टीको सभामा ठीक समयमा पुग्थे । ढिलो गरी पुग्नेहरूको सातो टिप्थे । उनी पार्टीको आत्मालोचनाका स्तम्भ । कुनै कुरा तलमाथि भएको थाहा पाए भने मिनिस्टर हुने कमरेडहरूको पनि धतुरो भार्थे । तोप जस्तो पड्किन्थे- "पार्टी कसैको बाबुको बिर्ता होइन । यहाँ सरदारी चल्दैन ।"

फुर्मास पटक्क मन नपराउने । "सबैले आफ्नो काम आफै गर्नु पर्छ"- उनको विचार । बाजेले नब्बे टेकिसकेका थिए । कान राम्रो सुन्दैन थिए । आँखा राम्रो देख्दैन थिए । हात काम्थ्यो । शरीर थियो असहाय । रोगग्रस्त । तर अन्तसम्मै दारी-जुँगा आफै कोर्ने, केश आफैं काट्थे । छाती फुकाएर हिँड्थे । कलकत्ताको घुइँचोमा पनि बस र ट्राममै चढ्थे । उनको भनाइ थियो- "साह्रै जरूरी परे मात्र ट्याक्सी, नत्र बस ट्राम ।"

बाजेका सम्पूर्ण कामकाज आँखैले देखेका छन्, बुझेका छन् ६० उभोका जीवित बुढापाकाहरूले । आधाउधि देखेका छन् तर सबै जान्दछन् ४० र ५० माझकाहरूले । एकाध कुरो देखे तापनि निकै सुनेका छन् ३० र ४० माझकाहरूले । केही सुनेको मात्र भए पनि अब जान्ने बुझ्ने चेष्टा गर्दैछन् ३० उधोकाहरूले । यति हो, उनी मान्छे भएर मान्छे जस्तै बाँच्न सके । बाँच्न सिकाए ।

दार्जीलिङको मुर्दाहट्टीमा घाँस काटी पेट भर्ने, लास लाँदा छरेका पैसा बटुली खाजा किनेर खाने टुहुरो बालक माइला बाजे पछि गरीब, शोषित, पीडितहरूका नेता हुनपुगे । खटीखानेहरूका गुरू हुन पुगे । कुल्ली-ज्यामी, हली, कोदाले, पाखुरेहरूका आँखका तारा हुन पुगे । चिया कमानको मजदुर आन्दोलनका पथिक हुन पुगे । नेपाली भाषा-आन्दोलनका सेनापति हुनपुगे ।

स्कुल टेका नपाएको मजदुर केटोले भारतको पार्लियामेन्ट टेक्न पुग्छ भनेर कसले कल्पेको थियो ? अर्काको घरमा भान्से काम गर्ने गरीब केटोले पार्लियामेन्ट थर्काउँछ भनेर कसले सोचेको थियो ? दार्जीलिङको मुर्दाहट्टीमा घाँस काटी पेट भर्ने, लास लाँदा छरेका पैसा बटुली खाजा किनेर खाने टुहुरो बालक माइला बाजे पछि गरीब, शोषित, पीडितहरूका नेता हुनपुगे । खटीखानेहरूका गुरू हुन पुगे । कुल्ली-ज्यामी, हली, कोदाले, पाखुरेहरूका आँखका तारा हुन पुगे । चिया कमानको मजदुर आन्दोलनका पथिक हुन पुगे । नेपाली भाषा-आन्दोलनका सेनापति हुनपुगे ।

परिवारजनका साथ माइला बाजे

ती विप्लवी ब्राम्हण कहिल्यै रुकेनन् । कहिल्यै झुकेनन् । न अंग्रेजको अघि, न कांग्रेसको अघि, न नक्सलपन्थीको अघि, न गोर्खे-गेस्टापोहरूको अघि । न उनलाई रोग-शोक-भोकले झुकाउन सक्यो, न धम्की, धमास र लोभलालचले । ती सधैँ ठाडै रहे । भाँचिएनन्, टुकिएनन्, लत्रिएनन् । चालीसको दशकमै उनी चोक बजारको सभामा गर्जिन्थे- "म मरे भने पनि कुकुरजस्तो मर्दिनँ ।"

साँचै, बाजे शानसँग बाँचे । शानसँग मरे ।

साभार: "झुक्दै नझुक्ने पहाडको छोरो", मुक्ति प्रकाशन

मूल्याङ्कन २०५३ साउन भदौं अंकमा प्रकाशित

सबै तस्विरहरु: प्रीति ब्राम्हिण । https://sikkimproject.org