सम्भावना र वास्तविकता
संसारमा त्यस्तो कुनै वस्तु नै हुँदैन, जो सम्भावना र यथार्थमध्ये एउटा होइन । सम्भावना साकार हुन सम्भव यथार्थ हो, यथार्थ साकार भइसकेको सम्भावना हो । गति सम्भावना र यथार्थको द्वन्द्वको उपज हो ।
संसारमा कुनै पनि वस्तु शून्यबाट पैदा हुँदैन । पुरानोको गर्भबाट नै नयाँ पैदा हुन्छ । पुरानोको गर्भमा विद्यमान ती बीउहरू, पूर्वाधारहरू र कारणहरू, जो उपयुक्त परिस्थिति मिलेको खण्डमा नयाँ वस्तु भएर प्रकट हुने क्षमता राख्छन्- ती सम्भावना हुन् । जो प्रकट नै भएको छ, त्यो वास्तविकता हो ।
सम्भावना र वास्तविकता विपरीत कुराहरू हुन्, परन्तु ती घनिष्ट रूपले जोडिएका अन्तर्सम्बन्धित कुराहरू पनि हुन् । जो घटित र प्रकट हुन बाँकी छ, तर त्यस्तो हुने क्षमता राख्छ- त्यो सम्भावना हो, जो घटित र प्रकट भई नै सकेको छ, त्यो वास्तविकता हो । यस हिसाबले यी दुई विपरीत कुराहरू हुन् । परन्तु सम्भावना र वास्तविकताबीचको अन्तर्सम्बन्धको नछुटिने डोरी हुन्छ । सम्भावना अघटित र अपरिपक्व यथार्थ हो, यो यथार्थकै एउटा अविकसित भ्रूण रूप हो । यथार्थ सम्भावनाकै विस्तार र विकास हो, यो घटित र परिपक्व सम्भावना हो ।
जो घटित र प्रकट हुन बाँकी छ, तर त्यस्तो हुने क्षमता राख्छ- त्यो सम्भावना हो, जो घटित र प्रकट भई नै सकेको छ, त्यो वास्तविकता हो । यस हिसाबले यी दुई विपरीत कुराहरू हुन् । परन्तु सम्भावना र वास्तविकताबीचको अन्तर्सम्बन्धको नछुटिने डोरी हुन्छ ।
अनुकूल माटोमा उन्नत बीउ पर्दा भन्न सकिन्छ- त्यसबाट पैदा हुने विरूवा राम्रो हुने सम्भावना छ । अनुकूल माटो र उन्नत बीउ वस्तुगत यथार्थ हुन् । यो यथार्थका आधारमा तर्क गरेर अनुमान प्रक्षेपण गरियो कि यसबाट पैदा हुने विरूवा राम्रो हुने सम्भावना छ । सम्भावना, त्यसैले विद्यमान तथ्य र वस्तुगत यथार्थका आधारमा नै तर्कका सहाराले गरिने अनुमान-प्रक्षेपण हो । परन्तु अनुकूल माटोमा उन्नत बीउ पर्दैमा राम्रो विरूवा निक्लिहाल्ने त होइन । त्यसका लागि उपयुक्त परिस्थिति पनि मिल्नु पर्दछ, जस्तो कि अनुकूल हावा, पानी र तापक्रम । यो नमिल्ने खण्डमा अनुकूल माटोमा उन्नत बीउ परेर पनि विरूवा मर्न सक्छ, ख्याउटे हुनसक्छ, सम्भावना वास्तविकतामा नबद्लिन सक्छ । त्यसैले, सम्भावना त्यो हो, जो उपयुक्त परिस्थितिमा वास्तविकतामा बदलिन सक्छ र त्यसो नभएको खण्डमा यो तुहिन पनि संभव छ । परन्तु महत्वपूर्ण सवाल के हो भने सम्भावना कोरा कल्पना वा शून्यबाट पैदाभएको हुँदैन, यसको वस्तुगत आधार हुन्छ । निश्चित वस्तुगत यथार्थकै आधारमा तर्क, अनुमान र प्रक्षेपणबाट सम्भावनाको जन्म भएको हुन्छ ।
यही हुनाले माथि भनिएको हो- सम्भावना अघटित र अपरिपक्व यथार्थ हो, सम्भावना साकार हुन संभव यथार्थ हो । सम्भावनामा हमेशा यथार्थको केही तत्व वा अंश विद्यमान हुन्छ । र, यथार्थ साकार भएको सम्भावना हो, यथार्थ ठीक त्यसरी नै सम्भावनाको विस्तार र विकास हो, जसरी उन्नत विरूवा उपयुक्त परिस्थितिमा अनुकूल माटो र उन्नत बीउकै विस्तार र विकास हो ।
हामी जो विकास भन्छौं, विकासको प्रक्रिया भन्छौं, त्यो सम्भावना र वास्तविकताको द्वन्द्व र एकताको उपज हो । सबै सम्भावना वास्तविकतामा परिणत हुने भएको भए विश्वमा होशपूर्णता, मिहेनत र विज्ञानको जरूरत नै हुने थिएन । र, शब्दकोषमा विफलता भन्ने शब्द नै हुने थिएन । धेरै सम्भावनाहरू, उपयुक्त परिस्थितिको अभावमा उत्तिकै खेर जान्छन्, धेरै प्रतिभावान र तेज बालकहरू उपयुक्त अवसर र वातावरणको अभावमा खोजेको जस्तो ठूलो वैज्ञानिक, लेखक, कलाकार, नेता हुन नसकेकैस्तै ।
हामी जो विकास भन्छौं, विकासको प्रक्रिया भन्छौं, त्यो सम्भावना र वास्तविकताको द्वन्द्व र एकताको उपज हो । सबै सम्भावना वास्तविकतामा परिणत हुने भएको भए विश्वमा होशपूर्णता, मिहेनत र विज्ञानको जरूरत नै हुने थिएन ।
प्रकृति र समाजमा सम्भावना र वास्तविकताको द्वन्द्व-एकता सम्बन्ध एउटै खालको हुँदैन । प्रकृतिमा सम्भावना वास्तविकतामा बदलिने प्रक्रिया मूलतः स्वतःस्फूर्त किसिमको हुन्छ । वस्तुगत परिस्थितिमा लगातार हुने द्वन्द्व-परिवर्तनले प्रकृतिमा सम्भावना स्वतः वास्तविकतामा बद्लिन्छ । तर मानव समाजमा यस्तो हुँदैन । मानव समाजमा चेतनशील मानवीय क्रियाकलापको भूमिकाले सम्भावना वास्तविकतामा बदलिन सबैभन्दा महत्वपूर्ण भूमिका खेल्छ । मानवीय क्रियाकलाप जति होशपूर्ण र दृढतापूर्ण भयो, जति त्यो वस्तुगत यथार्थको नियमसित नजिक भयो उति मान्छेले सम्भावनालाई वास्तविकतामा बदल्ने संभावना ज्यादा हुन्छ । मानव समाजमा होशपूर्णता, दृढ इच्छाशक्ति र पहलकदमीको ठूलो भूमिका हुन्छ- सम्भावनालाई वास्तविकतामा बदल्ने सवालमा । यसका निम्ति वस्तुगत परिस्थितिमात्र पर्याप्त हुँदैन, जस्तो प्रकृतिमा हुने गर्छ ।
ज्ञानको क्षेत्रमा मान्छेको ज्ञानको सम्भावना असीमित छ, तर वास्तविकता के हुने गर्छ भने हरेक व्यक्तिले तत्कालीन स्रोत-साधन र वस्तुगत परिस्थितिमा आधारित भएर सीमित मात्रामा नै ज्ञान हासिल गरेको हुन्छ । ज्ञानको मामलामा प्रत्येक व्यक्तिमा सम्भावना र वास्तविकताको बीचमा हमेशा अन्तरविरोध भइरहेको हुन्छ । असीमित सम्भावना तर सीमित ज्ञान- यो हरेक मान्छेमा ज्ञानको मामलामा सम्भावना र वास्तविकताको बीचमा हुने अन्तरविरोध हो । लेनिनले आजको इन्टरनेट र कम्प्युटरको युगमा ज्ञान हासिल गर्न र जानेको कुरा लेख्न पाएको भए निश्चितै रूपमा उहाँले त्यतिबेला जानेको भन्दा निकै ज्यादा ज्ञान हासिल गर्न सक्नुहुन्थ्यो होला र त्यतिबेला लेखेको भन्दा कैयन् गुणा ज्यादा लेख्न सक्नुहुन्थ्यो होला । परन्तु पहिलेको तुलनामा अहिले ज्यादा जान्न र लेख्न सके पनि आजको युगको सीमाभन्दा बाहिर उहाँको ज्ञान र लेखन फेरि पनि हुन सक्दैनथ्यो ।

लेनिनले आजको इन्टरनेट र कम्प्युटरको युगमा ज्ञान हासिल गर्न र जानेको कुरा लेख्न पाएको भए निश्चितै रूपमा उहाँले त्यतिबेला जानेको भन्दा निकै ज्यादा ज्ञान हासिल गर्न सक्नुहुन्थ्यो होला ।
ठीक त्यस्तै मान्छेको विकासको संभावना असीमित छ, तर व्यक्ति-मान्छेको र एउटा खास समयको समाजको विकासको संभावना त्यतिखेरको ज्ञान, विज्ञान र वस्तुगत परिस्थितिको विकासको सीमाले सीमित पारेको हुन्छ ।
सम्भावना र वास्तविकताको द्वन्द्ववादबाट मान्छेले लिनुपर्ने शिक्षा के हो भने मान्छेको विकासको सम्भावना असीमित छ र हरेक व्यक्तिले सचेत प्रयत्नबाट आफ्नो कमजोरी र अज्ञानको सीमा जति सकिन्छ उति ज्यादा भत्काउँदै जाने हो । जिन्दगीभर नथाकीकन आफ्ना कमजोरी र अज्ञानको सीमा लगातार भत्काइरहने हो भने यथार्थमा एउटा व्यक्तिले गर्नसक्ने प्रगतिको कुनै हद हुँदैन, आफ्नो युगले थोपरेको हदबाहेक ।
सम्भावना पनि वास्तविक र औपचारिक, मूर्त र अमूर्त दुवै किसिमको हुन्छ ।
वास्तविक वा मूर्त सम्भावना त्यो हो, जुन वस्तुगत यथार्थको नियममुताविक छन् र जुन साकार पार्नका लागि आवश्यक सबै परिस्थिति तत्काल विद्यमान छन्, जरूरत खाली प्रयत्नको मात्रै छ । त्यस्तो सम्भावनालाई औपचारिक वा अमूर्त भन्ने गरिन्छ, जुन तर्कको आधारमा अनुमान गर्न सकिन्छ तर त्यसलाई साकार पार्नका लागि अहिले नै आवश्यक परिस्थिति विद्यमान छैन ।
अमूर्त र मूर्त, वास्तविक र औपचारिक सम्भावनाका बीचमा भिन्नता चाहिँ सापेक्षमात्र हुन्छ । आज जुन सम्भावनाहरू अमूर्त र औपचारिक देखिएका छन्, भोलि तिनीहरू मूर्त र औपचारिक सम्भावनामा बदलिन विल्कुलै संभव छ ।
आजभन्दा ५० वर्षअघि चन्द्रमामा मान्छेले पाइला टेक्नु अमूर्त औपचारिक सम्भावना थियो, किनकि त्यतिबेला रकेटको आविष्कार भइसकेको थिएन र चन्द्रमामा जान आवश्यक परिस्थिति र पूर्वाधार विद्यमान थिएन । अहिले त्यो कुरा मूर्त र वास्तविक सम्भावना बनेको छ ।
परन्तु अमूर्त र मूर्त, वास्तविक र औपचारिक सम्भावनाका बीचमा भिन्नता चाहिँ सापेक्षमात्र हुन्छ । आज जुन सम्भावनाहरू अमूर्त र औपचारिक देखिएका छन्, भोलि तिनीहरू मूर्त र औपचारिक सम्भावनामा बदलिन विल्कुलै संभव छ । जस्तो- ओखतीले क्यान्सर निको पार्नु आज अमूर्त सम्भावनाका रूपमा छ, भोलि त्यो मूर्त सम्भावना बन्न सक्दछ । अमूर्त सम्भावना पनि वस्तुगत तथ्यको आधारमा नै निरूपण गरिन्छ । यो प्रकृति र समाजको नियमसंगत नै हुन्छ । र, यो असम्भवभन्दा नितान्त भिन्न हुन्छ ।
मूल्यांकन, २०५९ वैशाख-जेठ अङ्कमा प्रकाशित
प्रचण्डको भनाइमा गगन थापाको जनसंहारकारी बुझाइ?
साम्राज्यवादको निकासहीन अवस्थाबाट उम्कने रणनीति
के वामपन्थ साँच्चै असान्दर्भिक भइसकेको हो?
भारतमा प्रान्तीय निर्वाचन र जेन-जीको बढ्दो मिथक
विपन्न विज्ञान : विपन्न समाज
मार्क्सवादको सान्दर्भिकता र अबको वामपन्थी आन्दोलन
ली कुआन यू र सिंगापुरको उदय: नेपालका लागि के पाठ ?
प्रतिक्रिया