पृथ्वीदेखि मानवसम्मको कथा: उत्पत्तिदेखि चेतनाको विकाससम्मको यात्रा

दायित्वबोधमा विज्ञान लेखमाला अन्तर्गत हामी एउटा नयाँ श्रृङ्खला शुरु गर्दैछौं– पृथ्वीदेखि मानवसम्मको कथा: उत्पत्तिदेखि चेतनाको विकाससम्मको यात्रा । यस श्रृङ्खलामा हाम्रो प्रयत्न निम्न शीर्षक उपशीर्षकहरुमा विज्ञानका गुढ र जटील कुराहरुलाई यथासक्य सरल र सरस भाषामा बुझ्ने–बुझाउने रहनेछ:

ब्रह्माण्डको उत्पत्ति किन भयो? र पृथ्वी कहाँबाट आयो?

ब्रह्माण्डको उत्पत्ति, सौर्यमण्डलको विकास, पृथ्वीको विशेषता

जीवनको उत्पत्ति: चमत्कार वा रासायनिक प्रक्रिया?

एककोशीय जीवहरूको उत्पत्ति, RNA world hypothesis, abiogenesis

अक्सिजन क्रान्ति: जीवनको दोस्रो जन्म

साइनोब्याक्टेरिया, अक्सिजन उत्पादन, ग्रेट अक्सिडेसन इभेन्ट

जीवन जटिल बन्दै जान्छ: यूक्यारियोटको विकास

मुख्य विषय: कोष संरचनाको विकास, माइटोकन्ड्रिया सिद्धान्त, जटिलता तर्फको पहिलो फड्को

 जीवनको सामाजिकता: बहुकोशीय जीवको क्रान्ति

बहुकोशीय जीवनको विकास, specialization, सहकार्यको सुरुवात

कम्ब्रियन विस्फोट: जीवनको अचानक बिस्फोट

मुख्य विषय: अचानक जैविक विविधताको वृद्धि, पहिलो कंकाल, पहिलो आँखा

समुद्रबाट जमिनतिर: साहसिक यात्राको सुरुवात

पहिलो स्थलीय जीव, उभयचरहरु, वातावरणीय चुनौतीहरू

डाइनोसोरको युग: शक्ति र अनुकूलताको सत्तायात्रा

डाइनोसोरहरूको उत्कर्ष, जैविक विविधता, वातावरणीय अनुकूलता

विनाशको उपहार: चिक्सुलब उल्का र नयाँ युगको सुरुवात

महाविनाश, डाइनोसोरको अन्त्य, स्तनधारीको उदय

स्तनधारीहरूको उदय: गर्मी बोकेको जीवन

स्तनधारीहरूको विकास, शिशु पालन, दिमागको वृद्धि

होमिनिनहरूको पहिचान: दुई खुट्टे यात्राको प्रारम्भ

बिपेडलिज्म, अफ्रिकाको विकासक्रम, आदिम मानव रूपहरू

होमो इरेक्टस: आगो र औजारको सहयात्री

प्रवास, शिकार, औजार निर्माण, आगोको नियन्त्रण

मानवताको चौर: होमो सेपियन्सको आगमन

आधुनिक मानवको जन्म, चेतना, यौन चयन, बौद्धिक फड्को

नेआन्डरथाल र डेनिसोभन: हराएका सहयात्रीहरू

समकालीन मानव प्रजातिहरू, अनुवंशिकता, प्रतिस्पर्धा र समागम

पृथ्वीभर फैलिदै: मानवको विश्व–यात्रा

अफ्रिकाबाट प्रस्थान (आउट अफ अफ्रिका सिद्धान्त), एशिया, युरोप, अष्ट्रेलिया, अमेरिका पुग्नेक्रम

कृषिको क्रान्ति: बीउमा बाँधिएको भविष्य

कृषिको सुरुआत, बस्ती निर्माण, खाद्य सुरक्षाको मोड

शहर, राज्य, र अधिकारको जन्म

पहिलो शहरहरू, लेखन प्रणाली, कर, युद्ध

धर्म र मिथकको शक्ति

धर्मको उदय, विश्वदृष्टिकोण, सामाजिक अनुशासन

भाषा र चेतनाको उत्कर्ष

मुख्य विषय: भाषा विकास, सांकेतिक सञ्चार, ज्ञानको संचरण

अब हामी कहाँ छौं? भविष्य के हो?

आधुनिकता, प्रविधि, पर्यावरणीय संकट, भविष्यको विकल्प

के हामी अझै यो कथा अगाडि बढाउन सक्षम हुनेछौं? कि यो सभ्यता अर्को उल्का वा खगोलीय पिण्डहरुको ठोक्काइको पर्खाइमा छ जसले कुनै बेला यस पृथ्वीबाट डाइनोसर तथा लगभग जीवन नै समाप्त पारिदिएको थियो ?

यस विषयमा हामी विज्ञजन र गुणी पाठकहरुबाट सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौं ।