प्रख्यात मार्क्सवादी इतिहासकार डा. के.एन. पनिक्करको निधन

भारतका प्रख्यात मार्क्सवादी इतिहासकार तथा धर्मनिरपेक्ष एवं प्रगतिशील इतिहास लेखनका सशक्त पक्षधर डा. के.एन. पनिक्करको ८९ वर्षको उमेरमा तिरुवनन्तपुरममा निधन भएको छ। लामो समयदेखि बिरामी रहँदै आएका पनिक्करको उपचारका क्रममा निधन भएको हो।

सन् १९३६ मा केरलाको गुरुवायुरमा जन्मिएका डा. पनिक्कर भारतीय इतिहासलाई 'ऐतिहासिक भौतिकवाद'को दृष्टिकोणबाट व्याख्या गर्ने एक सम्मानित विद्वान् थिए। उनले आफ्नो प्राज्ञिक जीवनको लामो समय जवाहरलाल नेहरू विश्वविद्यालय (JNU) मा प्राध्यापन गरेर बिताएका थिए । त्यसबाहेक, उनले केरला उच्च शिक्षा परिषद्को उपाध्यक्ष र विभिन्न विश्वविद्यालयहरूमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

इतिहास लेखनमा महत्वपूर्ण योगदान

डा. पनिक्कर भारतीय इतिहासलाई साम्प्रदायिकरण गर्ने प्रयासहरू विरुद्ध वैज्ञानिक र धर्मनिरपेक्ष धारणा राख्ने प्रमुख बौद्धिक व्यक्तित्वका रूपमा चिनिन्छ। डी.डी. कोसाम्बी र देवीप्रसाद चट्टोपाध्याय जस्ता मार्क्सवादी विद्वानहरूबाट गहिरो रूपमा प्रभावित उनले इतिहासलाई सधैं वैज्ञानिक पद्धतिबाट हेर्नुपर्नेमा जोड दिने गरेका थिए ।

उनका मुख्य योगदानमा मालाबार विद्रोहको व्याख्यालाई लिइने गरिन्छ । उनले सन् १९२१ को मालाबार विद्रोहलाई केवल धार्मिक द्वन्द्वका रूपमा नभई साम्राज्यवादी विरोधी र किसान संघर्षका रूपमा व्याख्या गरेका थिए ।  यो व्याख्या मार्क्सवादी इतिहास लेखनमा एक कोशेढुङ्गा मानिन्छ।

डा. पनिक्करको अर्को योगदान वैज्ञानिक इतिहासको रक्षा मानिन्छ । इतिहासमा हुने साम्प्रदायिक र काल्पनिक व्याख्याहरू विरुद्ध उनले सधैं आवाज उठाइरहे ।

पनिक्करको निधनले दक्षिण एसियाली इतिहास लेखन र प्रगतिशील वैचारिक आन्दोलनमा अपूरणीय क्षति पुगेको छ। उनका थुप्रै पुस्तक र शोधपत्रहरू आज पनि इतिहासका विद्यार्थी र अनुसन्धानकर्ताहरूका लागि मार्गदर्शक मानिन्छन्।

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई सुझाव

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई …

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त