मानवशास्त्री जेम्स एफ. फिसरको निधन

मानवशास्त्री प्राध्यापक एमेरिटस जेम्स एफ. फिसरको अगस्ट ६, २०२६ मा ८६ वर्षको उमेरमा निधन भएको छ। जेम्सको जन्म जुन ५, १९४० मा क्यान्सासको विचिटामा भएको थियो। उनले सुरुमा प्रिन्सटन विश्वविद्यालयबाट दर्शनशास्त्र अध्ययन गरेका थिए।

बाल्यकालदेखि नै हिल्टनको उपन्यास 'लस्ट होराइजन' र त्यसको काल्पनिक 'साङ्ग्रिला' बाट प्रभावित जेम्समा हिमालप्रति गहिरो मोह थियो। त्यसैको प्रभावस्वरूप उनी पिसकोरमा सामेल भएर नेपाल आए।

प्रिन्सटमबाट स्नातक गरेपछि नेपाल पठाइएका पिसकोर स्वयंसेवकहरूको पहिलो टोलीसँगै जेम्स सेप्टेम्बर १९६२ मा काठमाडौं आइपुगे । उनले श्री पद्म हाइस्कुल र भक्तपुर कलेजमा, र पछि फर्पिङ बोर्डिङ स्कुलमा अध्यापन गरे। सन् १९६४ मा, उनको पिसकोर सेवाको अन्त्यतिर, उनले सोलुखुम्बु क्षेत्रमा सर एडमन्ड हिलारीको 'हिमालयन स्कुल हाउस एक्सपिडिसन' (हिमालयन विद्यालय अभियान) बारे सुने। उनी अप्रत्याशित रूपमा हिलारी समक्ष पुगे र अनुवाद, शिक्षा र बन्दोबस्तीका क्षेत्रमा आफ्ना सेवाहरू प्रस्ताव गरे।

जेम्स सन् १९६५ सम्ममा उहाँ मानवशास्त्रमा पिएचडी गर्नका लागि शिकागो विश्वविद्यालयमा भर्ना भइसकेका थिए । शेर्पा  विद्यालयहरूमा आफ्नो स्नातकोत्तर शोधप्रबन्ध  लेखे । जुन विषयमा उनले दशकौंपछि आफ्नो पुस्तक 'शेर्पाज: रिफ्लेक्सन अन चेन्ज इन हिमालयन नेपाल (१९९०)' पछि फेरि लेखे। त्यसको प्रस्तावना हिलारीले लेखेका थिए।

जेम्सले लन्डनको 'स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिज' मा ६ महिना बिताए । त्यहाँ उनले शेर्पाहरूको बारेमा प्रख्यात अध्येता क्रिस्टोफ भोन फुरर-हाइमेन्डोर्फसँग काम गर्ने आशा गरेका थिए। हाइमेन्डोर्फले आफूले  शेर्पाहरूमाथि अनुसन्धान 'गरिसकेको छु' भन्दै  त्यसको सट्टा उत्तरपश्चिम नेपालको एक दुर्गम र कम अध्ययन गरिएको क्षेत्र डोल्पतर्फ अनुसन्धान गर्न प्रोत्साहित गरे। जेम्सले आफ्नो डक्टरेट (पिएचडी) को क्षेत्रकार्यका लागि फुलब्राइट फेलोसिप अन्तर्गत १९६८ देखि १९७० सम्म डोल्पाको सारह तारामा बिताए। यो अनुसन्धान पछि उनको पुस्तक 'ट्रान्स-हिमालयन ट्रेडर्स: इकोनोमी, सोसाइटी, एन्ड कल्चर इन उत्तरपश्चिम नेपाल (१९८६)' बन्यो, र दशकौंपछि यसको सिक्वेल (उत्तरकथा) 'ट्रान्स-हिमालयन ट्रेडर्स ट्रान्सफर्म्ड: रिटर्न टु ताराङ (२०१७)' प्रकाशन भयो।

जेम्स मौका मिल्नेबित्तिकै नेपाल आउथे, जसमा १९८४–८६ मा त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र तथा समाजशास्त्र विभागसँग काम गर्दै बिताइएको दोस्रो फुलब्राइट फेलोसिप पनि समावेश छ। उनी 'एसोसिएसन फर नेपाल एन्ड हिमालयन स्टडीज' को पहिलो कार्यकारी समितिको संस्थापक सदस्य पनि थिए। सन् १९९७ मा उनले लोकतन्त्रवादी योद्धाहरू टंकप्रसाद आचार्य र रेवन्त कुमारीबारे 'लिभिङ मार्टर्ज: इन्डिभिजुएलिटी एन्ड अटो-बायोग्राफी इन नेपाल' पुस्तक लेखे। त्यसको नेपाली अनुवाद सन् २००० मा प्रकाशन भयो। उनको २०१३ को पुस्तक 'एट होम इन द वर्ल्ड: ग्लोबलाइजेसन एन्ड द पिस कोर इन नेपाल' ले पचास वर्षभन्दा बढी समयपछि नेपाल र सो कार्यक्रमलाई फेरि फर्केर हेरेको थियो। जेम्स नेपाललाई गर्वका साथ 'दोस्रो घर' हो भन्ने गर्थे ।

जेम्सलाई चिन्नेहरूले उनलाई जीवन, हाँसो र साहसिकतालाई सबैभन्दा बढी माया गर्ने एक व्यक्तिका रूपमा सधैँ सम्झनेछन्। यसैको माध्यमबाट उनले हिमालयको काखमा आठ हजार माइल टाढा आफ्नो अर्को घर भेटाए– नेपालको गाथालाई कार्लटन कलेजका पुस्ताहरूसँग बाँडिरहे र साठीभन्दा बढी वर्ष बारम्बार नेपाल  फर्किरहे।

 

Source: https://www.carleton.edu/