प्रख्यात जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन
एआइको सहयोगमा तयार तस्विर
नेपाली साङ्गीतिक एवं साहित्यिक जगतलाई गहिरो शोकमा डुबाउँदै प्रख्यात गीतकार तथा जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको छ। विगत केही समयदेखि अस्वस्थ रहँदै आएका श्रेष्ठको बुढानीलकण्ठस्थित आफ्नै निवासमा आइतबार राति निधन भएको हो।
पछिल्लो छ दशकभन्दा बढी समयदेखि लगातार साहित्य सिर्जनामा सक्रिय श्रेष्ठले नेपाल भाषा र नेपाली भाषामा कविता, गीत तथा अन्य विधामा अतुलनीय योगदान पुर्याएका छन् । उनीद्वारा रचित र गायिका आनि छोइङ डोल्माको स्वरमा रहेको चर्चित गीत ‘फूलको आँखामा फूलै संसार’ ले उनलाई घरघरमा चिरपरिचित बनाएको थियो। नेपाल भाषा परिषद्ले दुई दशक अगाडि उनलाई ‘जनकवि’ को उपाधिबाट सम्मानित गरेको थियो । उनका नेपाल भाषाका एक दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन्।
सन् १९३५ (वि.सं. १९९२) मा काठमाडौँको एक निम्न–मध्यमवर्गीय नेवार परिवारमा जन्मिएका श्रेष्ठले पद्मोदय माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गरेका थिए । सन् १९४९ मा लेखन यात्रा सुरु गरेका श्रेष्ठको पहिलो कविता ‘दुई थोपा’ सन् १९५२ मा सुस्केरा पत्रिकामा प्रकाशित भएको थियो।
साहित्यिक क्षेत्रमा पुर्याएको अमूल्य योगदानको कदरस्वरूप श्रेष्ठ थुप्रै प्रतिष्ठित सम्मानबाट विभूषित भएका थिए । उनलाई सन् २०१० मा प्रतिष्ठित जगदम्बा श्री पुरस्कार प्रदान गरिएको थियो भने सन् १९९५ मा नेपाल प्रज्ञा–प्रतिष्ठानको मानार्थ सदस्यमा नियुक्त भएका थिए। यसबाहेक उनले नरोत्तमदास–इन्दिरा पुरस्कार, अभियान पुरस्कार, नूर–गंगा पुरस्कार, राष्ट्रिय बाल साहित्य पुरस्कार, जेएए सर्वश्रेष्ठ नाटककार पदक (१९९१) र हरिहर शास्त्री–सावित्री देवी साहित्य पुरस्कार (२००६) लगायतका थुप्रै पुरस्कारहरू प्राप्त गरेका थिए ।
नेपाली साहित्य, कला र संस्कृति क्षेत्रमा उनले पुर्याएको अतुलनीय योगदान सधैँ अमर रहनेछ। दिवंगत जनकवि दुर्गालाल श्रेष्ठप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा दायित्वबोध गहिरो समवेदना प्रकट गर्दछ।
साम्प्रदायिक हिंसाप्रति प्रबुद्ध वर्गको चिन्ता, सद्भाव कायम राख्न संयुक्त अपिल
लङ मार्चमा सहभागी अन्तिम जीवित महिला योद्धाको १०५ वर्षको उमेरमा निधन
नागरिक अगुवा तथा अर्थविद् डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
मिटरब्याज विरुद्धको आन्दोलन स्थगित: सरकार र पीडितबीच ९ बुँदे सहमति
चीनका लागि पूर्व राजदूतहरूद्वारा परराष्ट्र नीतिप्रति चिन्ता
बन्धु र शर्मालाई राजेन्द्र सुवेदी स्मृति पुरस्कार: योगमाया सम्मान प्रदान
आफूलाई ‘लेखक नठान्ने’ थापाको कृति सार्वजनिक
प्रतिक्रिया