आफूलाई ‘लेखक नठान्ने’ थापाको कृति सार्वजनिक
आफूलाई ‘लेखक नठान्ने’ लेखक वसन्त थापाको संस्मरणात्मक कृति ‘औसत एउटा जिन्दगी’ काठमाडौँमा एक समारोहका बीच लोकार्पण गरिएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण कक्षमा आयोजित लोकार्पण समारोहमा साहित्यकार खगेन्द्र संग्रौलाले लेखक थापासँग उनको लेखनयात्रा, संघर्षका दिनहरू र तत्कालीन धरानको साहित्यिक वातावरणका बारेमा रोचक संवाद गरेका थिए। सोही अवसरमा संग्रौलाले कृतिभित्र रहेको ‘म किन लेखक होइन’ शीर्षकको लेखलाई लिएर थापासँग प्रश्न गरेका थिए। दर्जनौँ निबन्ध लेखिसकेका र पुस्तक प्रकाशन गरिसकेका व्यक्तिले आफूलाई लेखक नमान्नु कत्तिको सान्दर्भिक छ भन्ने संग्रौलाको जिज्ञासामा थापाले आफूले आख्यान विधामा कलम नचलाएको र ‘लेखक’ शब्दलाई निकै गहकिलो मान्ने भएकाले आफूलाई त्यस कोटीमा नराखेको प्रस्ट्याए।
कार्यक्रममा विश्लेषक हरि शर्माले थापाको लेखन शिल्पको मुक्तकण्ठले प्रशंसा गरेका थिए । उनका अनुसार उक्त कृतिले समकालीन पुस्ताका भोगाइलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। शर्माले नयाँ पुस्तालाई बितेका समयका घटना र परिवेश बुझ्नका लागि यो पुस्तक निकै महत्वपूर्ण र उपयोगी हुने विश्वास व्यक्त गरे।

तस्विर: अजित बरालको फेसबुक पेज
फाइन प्रिन्टद्वारा प्रकाशित उक्त पुस्तकमा विभिन्न समयमा पत्रपत्रिकाहरूमा प्रकाशित थापाका संस्मरणहरू समेटिएका छन् । पुस्तकको लोकार्पण लेखक थापा, साहित्यकार खगेन्द्र संग्रौला, विश्लेषक हरि शर्मा र लेखकका नाति-नातिनीहरूले संयुक्त रूपमा गरेका थिए।
प्रतिरक्षात्मक अवस्थामा पुगेको वाम आन्दोलन र वैकल्पिक मिडियाको खाँचो
फासीवादी मनोविज्ञान र राजनीतिमाथि राजेन्द्र महर्जनको ‘उन्मादः फासीवाद मन्थन’ स…
जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन
झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…
पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड
गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !
एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग
प्रतिक्रिया