बर्लिनमा वामपन्थी पार्टीको अभूतपूर्व चुनावी जित

जर्मनीको वामपन्थी पार्टी डि लिङ्के (DL) ले बर्लिनमा अभूतपूर्व चुनावी जित हासिल गरेको छ। कर्पोरेट घराना तथा ठूला निजी घरधनीहरूको स्वामित्वमा रहेका आवासलाई राष्ट्रियकरण गर्ने र घरभाडामा सीमा तोक्ने अभियानका साथ चुनावमा उत्रिएको डि लिङ्केले पहिलोपटक राज्यस्तरीय चुनाव जितेको हो।

आइतबार भएको चुनावमा पार्टीले करिब २६ प्रतिशत मत प्राप्त गर्‍यो। चान्सलर फ्रेडरिक मर्जको सत्तारूढ क्रिस्चियन डेमोक्रेटिक युनियन दोस्रो स्थानमा रह्यो। ऊ दक्षिणपन्थी अतिवादी पार्टी अल्टरनेटिभ फर जर्मनी (एएफडी) भन्दा थोरै मात्र अगाडि रह्यो। एएफडीले १६ प्रतिशत मत प्राप्त गर्‍यो।

डि लिङ्केकी प्रमुख उम्मेदवार एलिफ एराल्पले भनिन्, “आजदेखि हामी बर्लिनलाई मिलेर परिवर्तन गर्दैछौँ।” एराल्प सन् १९८० मा आफ्नो देशमा भएको सैन्य ‘कू’पछि जर्मनीमा शरण लिन आएका टर्कीका वामपन्थीहरूको छोरी हुन्।

आइतबार अर्को राज्यस्तरीय चुनाव मेक्लेनबर्ग–वेस्टर्न पोमेरानियामा पनि भएको थियो, जहाँ एएफडी सबैभन्दा ठूलो पार्टीका रूपमा उदायो। तर, मर्जको राष्ट्रिय गठबन्धन सरकारमा कनिष्ठ साझेदार रहेको सोसल डेमोक्रेटिक पार्टी (एसडिपी) पनि धेरै पछाडि रहेन। एसपीडीले आफ्नो चुनावी अभियानमा राज्यकी मुख्यमन्त्री मानुएला स्वेसिगलाई दक्षिणपन्थी अतिवादी पार्टीविरुद्धको बलियो अवरोधका रूपमा प्रस्तुत गरेको थियो।

प्रक्षेपणअनुसार एसडिपीले ३८ प्रतिशत मत प्राप्त गर्ने देखिएको थियो भने दोस्रो स्थानमा रहेको SPD ले ३५ प्रतिशत मत पाउने अनुमान गरिएको थियो।

यस किसिमको ध्रुवीकरणले सिडियु सहितका अन्य मूलधारका पार्टीहरूलाई मतदाताको समर्थनबाट अझ खुम्च्याएको थियो।

स्वेसिगको नेतृत्वमा बन्ने तीनदलीय वाम–झुकाव भएको गठबन्धनले नयाँ क्षेत्रीय संसद्मा बहुमत हासिल गर्न सक्ने अवस्था देखिएको छ।

यी चुनावी परिणामले मर्जको सरकारलाई राजनीतिक रूपमा थप दबाबमा पारेको छ।

मेक्लेनबर्ग–वेस्टर्न पोमेरानियाको राज्य संसद्मा प्रतिनिधित्वका लागि आवश्यक ५ प्रतिशतको न्यूनतम मतसीमा पार गर्न असफल भएपछि मर्जको सिडियु राज्य संसद्बाट बाहिरिएको छ। त्यसपछि मर्जले उक्त परिणामलाई “विपत्ति”को संज्ञा दिएका छन्।

बर्लिनस्थित सिडियु मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै चान्सलरले आफ्नो सरकारले अघि सारेका आर्थिक, कर तथा सामाजिक कल्याणसम्बन्धी सुधारका कार्यक्रमहरू कार्यान्वयन गर्न आफू अघि बढिरहने बताएका छन्।

“सुधारहरू गर्नैपर्छ,” उनले जोड दिँदै भने। “म यो जिम्मेवारी वहन गरिरहेको छु, किनभने म हाम्रो देशलाई अगाडि बढाउन चाहन्छु।

“अहिले गर्नुपर्ने कामका लागि दृढ इच्छाशक्ति, अडिग प्रतिबद्धता र धैर्य आवश्यक छ,” मर्जले भने।

“म क्रिस्चियन डेमोक्रेटिक युनियन (सिडियु) को अध्यक्षका रूपमा र सबैभन्दा महत्त्वपूर्ण रूपमा हाम्रो देशको चान्सलरका रूपमा यो कुरा व्यवहारमै देखाउनेछु।”

तर आफू पदबाट हट्न सक्ने चर्चा बढिरहेका बेला मर्जले गत रात पार्टी नेतृत्वसँग विभिन्न बैठकहरूमा सहभागी हुनुपर्ने भएको थियो।

अब धेरै कुरा सिडियुका प्रभावशाली क्षेत्रीय नेताहरूमा निर्भर हुनेछ। गत साता पार्टीका आठ राज्यका मुख्यमन्त्रीहरूले चान्सलर मर्जलाई समर्थन गरेका थिए। यद्यपि, उनीहरूको समर्थन कति दृढ र पूर्ण थियो भन्ने प्रश्न भने कायमै थियो।

संघीय संसद्मा सोसल डेमोक्रेटिक पार्टी (एसडिपी) को संसदीय समूहका प्रमुख माथियास मिर्शले “हामीलाई सुधार आवश्यक छ” भन्ने कुरा स्पष्ट रहेको बताए। तर उनले  टेलिभिजनसँग कुरा गर्दै “हामीले जनताका चिन्ताहरूलाई पनि गम्भीरतापूर्वक लिनुपर्छ” भने।

स्रोत: https://mronline.org/