डा. सङ्ग्रौला भन्छन्– राजनीतिमा  बौद्धिक नागरिकहरुको नेतृत्व स्थापित गर्न मेरो उम्मेदवारी

यस पटकको चुनावमा सदाझै विभिन्न पार्टीका पक्षधर उम्मेदवारहरु उठेका छन् । त्यसबाहेक कतिपयले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् । यसरी उम्मेदवारी दिनेहरुमा  झापा २ बाट  उम्मेदवारी दिएका प्राडा युवराज सङ्ग्रौला यतिखेर चर्चामा छन् !

प्राडा युवराज सङ्ग्रौला स्वतन्त्र उम्मेदवार हुन् ।  उनी राष्ट्रिय स्वतन्त्र पार्टीका इन्दिरा राना मगर, एमालेका देवराज घिमिरे, काङ्ग्रेसका सरिता प्रसाई, नेपाली कम्युनिष्ट पार्टीका धर्मशीला चापागाई र राप्रपाका स्वागत नेपालसँग प्रतिस्पर्धा गर्दैछन् ।

 राजनीतिक दलहरुले विगत लामो समयदेखि दिँदै आएका आश्वासनमुखी ‘नाराबाजी‘ भन्दा फरक ढङ्गले डा. सङ्ग्रौला देश बनाउने चिन्ता र चिन्तनका साथ चुनावमा खडा भएका छन् ।

"नागरिक देशका मालिक हुनुपर्छ" अभियान अन्तर्गत आफ्नो उम्मेदवारी रहेको दावी गर्ने डा. सङ्ग्रौला  ‘राष्ट्रले "भुराजनीतिको चंगुलमा अस्तित्वको संकट"को सामना गरिरहेको  बताउछन् । उनका अनुसार  नागरिकहरुमा निरासा छ, अर्थतन्त्रमा लुटेराहरुको नियन्त्रण छ,  शिक्षा निकम्मा छ,  कृषि उत्पादन बिसर्जन भएको छ, उद्योग खोल्नुको साटोमा सरकारले युवाश्रम निर्यात गरिरहेको छ, लोकतन्त्रका नाममा राजनीतिमा अराजक भांडभैलो निर्माण भएको छ र

समग्रमा देशमा पराइको अधीन निर्माण हुदैंछ। रास्ट्रले भोगेको यो संकटलाई तोडन  तगा राजनीतिमा  बौद्धिक नागरिकहरुको नेतृत्व स्थापित गर्न आफूले उमेदवारी दिएको सङ्ग्रौला बताउँछन् ।

आफ्नो अभियानलाई साथ दिन आव्हान गर्दै डा. सङ्ग्रौलाले ‘आफ्नो जितले निरासाबाट ग्रस्त बिसर्जनवादी दोग्ला बौद्धिकहरुलाइ झुठ साबित गर्दै, र राजनीतिलाई पेशा मान्ने र राजनीतिलाई अराजक भांडभैलो मान्ने दुवै प्रवृत्तिलाई परास्त गर्न देशभक्त बौद्धिकहरुलाइ राजनीतिक नेतृत्वको लागि प्रेरणा दिने’ बताउँछन् । डा. सङ्ग्रौलाको भनाइमा उनको जित व्यक्तिको होइन, एउटा अभियानको जित हुनेछ।

यसपटकको निर्वाचन ‘मुद्दामा बहसहीन’ भएकोमा चिन्ता व्यक्त गर्दै डा. सङ्ग्रौलाले

निर्वाचन "सत्ताको प्रतिस्पर्धामा लिप्त रहेको" कुरा नागरिकहरुले बुझ्नुपर्ने र पत्रकारहरुले पनि मुद्दामा आधारित सार्वजनिक बहस चलाउनुपर्ने बताउछन् । डा. सङ्ग्रौला भन्छन्– देश पहिलो हो, पार्टी होइन।

स्मरण रहोस्, नेपाली बौद्धिक क्षेत्रमा आफ्नो हक्की स्वभाव र निर्धक्कसँग कुरा राख्न सक्ने स्वभावका डा. सङ्ग्रौला पूर्व महान्यायाधिवक्ता पनि हुन् । उनी नेपालको कानूनी शिक्षामा ख्याति कमाएका काठमाडौँ स्कुल अफ लका कार्यकारी निर्देशक समेत रहिसकेका छन् ।

उनको चुनावी घोषणापत्र तलको पिडिएफमा पढ्न सकिन्छ ।

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई सुझाव

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई …

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त