रामचन्द्र भट्टराईको निधन
प्रसिद्ध प्रगतिशील साहित्यकार, सँस्कृतिकर्मी एवं पत्रकार रामचन्द्र भट्टराईको निधन भएको छ ।
मुक्तिमोर्चा, मालेहुँदै एमाले बनेका भट्टराई शालिन र भद्र साँस्कृतिकर्मीका रुपमा समेत परिचित थिए । माओवादीले हिंसात्मक जनयुद्धलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराएपछि उनी एमाले परित्याग गरी माओवादी पार्टीमा लागेका थिए । माओवादी पार्टीबाट राष्ट्रिय सभाका सांसद समेत बनेका भट्टराई पछि २०७३ को अन्त्य तिर माओवादी पार्टी परित्याग गरी आफ्नो मूल पार्टी एमालेमै फर्केका थिए ।
भट्टराईका थुप्रै कृतिहरु प्रकाशित छन् । उनका प्रकाशित कृतिहरुमा बोई (२०३२) गीतिकाव्य, हलो (२०३७), हृदयका फूलहरू (२०४६), झिङ्गे माछो (२०४७), आगोका फूलहरू (२०६१), सेतो हात्ती (२०६३) कविता सङ्ग्रह , सुखानीको रगत (२०४९) गीत सङ्ग्रह, ज्वाला (२०६४) उपन्यास छन् । त्यसबाहेक उनका सैयौं फुटकर कविता प्रकाशित छन् ।
वि. सं. १९९८ असोज ५ गते पाल्पाका भुवनपोखरीमा जन्मेका भट्टराईले वि.सं.२०३० को दशकदेखि नै राजनीतिमा सक्रिय रहँदै आएका थिए । २०४६ सालको जनआन्दोलनको सेरोफेरोमा भट्टराई समेतको सक्रियता रहेको समालोचना दैनिकले आन्दोलनका समाचारहरुलाई जनतासामु पुर्याउने तथा आन्दोलनलाई उर्जा प्रदान गर्ने काम गरेको विशेष स्मरणीय छ ।
भोटेकोशी बाढी मानवसभ्यताले भोगेको मध्ये ठूलो घटना: प्रधानमन्त्री बालेन शाह
भोटेकोशी बाढीले गरेको अकल्पनीय क्षति
मानवशास्त्री जेम्स एफ. फिसरको निधन
प्रख्यात जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन
साम्प्रदायिक हिंसाप्रति प्रबुद्ध वर्गको चिन्ता, सद्भाव कायम राख्न संयुक्त अपिल
लङ मार्चमा सहभागी अन्तिम जीवित महिला योद्धाको १०५ वर्षको उमेरमा निधन
नागरिक अगुवा तथा अर्थविद् डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
प्रतिक्रिया