भारतको झारखण्डमा १ करोड रुपैयाँ इनाम घोषित शीर्ष माओवादी नेता सहित १५ जना मारिए

भारतीय प्रहरीका अनुसार बिहीबार झारखण्डको पश्चिम सिंहभूम जिल्लामा भएको ‘मुठभेड’मा १ करोड रुपैयाँ इनाम घोषित शीर्ष माओवादी नेता पाटीराम माझी उर्फ अनल दा सहित १५ जना माओवादी विद्रोहीहरु मारिएका छन्।

किरिबुरु प्रहरी चौकीको सीमाभित्र पर्ने साराण्डा वनको कुमडी क्षेत्रमा मुठभेड भएको हो। जारी माओवादीविरुद्धको अभियानमा केन्द्रीय रिजर्भ प्रहरी बल (CRPF) को कोब्रा (CoBRA) इकाइका करिब १,५०० सुरक्षाकर्मी संलग्न छन्।

एक प्रहरी अधिकारीले भने, “हामीले शीर्ष नेता पाटीराम माझी उर्फ अनल दा सहित १५ जना माओवादीको शव बरामद गरेका छौं। ठूलो परिमाणमा हतियार र गोलीबारुद पनि फेला परेको छ। बिहान ६ बजे सुरु भएको मुठभेड अझै जारी छ।”

प्रहरीका अनुसार मंगलबारदेखि नै साराण्डा वन क्षेत्रमा माओवादीविरुद्धको अभियान सञ्चालनमा थियो, तर गोली हानाहान बिहीबार बिहान सबेरै सुरु भएको हो।

प्रहरी महानिरीक्षक (अपरेसन) माइकल राज एसले पीटीआईलाई बताएअनुसार, साराण्डा वन क्षेत्रमा अनल दा आफ्ना दस्तासहित रहेको विशिष्ट गुप्तचर सूचनाका आधारमा सुरक्षाबलले उक्त अभियान सुरु गरेका हुन्।

गिरिडीह जिल्लाको पिर्टान्ड निवासी अनल दा सन् १९८७ देखि माओवादी गतिविधिमा सक्रिय थिए। प्रहरीले उनलाई धेरै वर्षदेखि खोजी गर्दै आएको थियो।

अधिकारीहरूका अनुसार सीआरपीएफका महानिर्देशक ज्ञानेंद्र प्रताप सिंहले सोमबार पश्चिम सिंहभूम जिल्लाको मुख्यालय चाइबासाको भ्रमण गरेका थिए।

कोल्हान र साराण्डालाई झारखण्डका अन्तिम प्रमुख माओवादी गढका रूपमा लिइन्छ। अधिकारीहरूले थपेअनुसार, सुरक्षा बलले बुढा पहाड, चत्रा, लातेहार, गुमला, लोहरदगा, राँची र परसनाथजस्ता क्षेत्रमा माओवादी गतिविधि उल्लेख्य रूपमा नियन्त्रणमा ल्याइसकेका छन्।

Source: https://www.indiatoday.in/

 

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई सुझाव

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई …

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त