तेक्वान्दो खेलमा नेपाली खेलाडीहरुको शानदार विजय

भारतको कोलकातामा आयोजना भएको ९औँ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२५ मा टिम नेपालको तर्फबाट सहभागी खेलाडीहरूले प्रतियोगितामा शानदार प्रदर्शन गरेका छन् ।

उक्त प्रतियोगितामा नेपाल देशसहित विभिन्न मुलुकका ६९० जना खेलाडीहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा टिम नेपालका तर्फबाट धर्मस्थली तेक्वान्दो डोजाङ्ग, तुख्य तेक्वान्दो डोजाङ्गका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै  ५ स्वर्ण, ५ रजत र २ कास्य पदक सहित कुल १२ वटा पदक जित्न सफल भएको थियो।

उक्त प्रतियोगितामा सहभागी खेलाडी मध्ये सबै भन्दा सानो उमेरको खेलाडी टिम नेपालबाट तुख्य तेक्वान्दो डोजाङ्गका ४ वर्षीया सर्भिका श्रेष्ठ रहेकी थिइन् ।  टिम नेपालबाट सहभागी १६ जना खेलाडीहरुमध्ये ११जनाले विभिन्न पदक हासिल गरेका थिए ।

उक्त प्रतियोगितामा धर्मस्थली तेक्वान्दो डोजाङ्गका खेलाडीहरु  शिब दर्लामी मगर(पुम्से प्रथम र ग्योरुगी  प्रथम),  सैलेन्द्र ठकुरी (पुम्से प्रथम), ईर्भिन महर्जन (पुम्से दोस्रो), ओशिन थापा मगर (ग्योरुगी दोस्रो), अनिसा तामाङ (ग्योरुगी दोस्रो), ग्रिस्मा ढकाल (ग्योरुगी दोस्रो), सुजता तामाङ (ग्योरुगी दोस्रो),  प्रितम महर्जन, आरभ घले गुरुङ्ग, स्पर्स जग हुमागाई, सुदिप पन्त  सहभागी थिए । त्यसैगरी तुख्य तेक्वान्दो दोजाङ्गका तर्फबाट बलार्का प्र. श्रेष्ठ (पुम्से प्रथम ) सर्भिका श्रेष्ठ (ग्योरुगी दोस्रो), तपेन्द्र नेपाली (ग्योरुगी तेस्रो), श्रेया राई (स्पीड किक तेस्रो) थिए ।

स्मरण रहोस्, तेक्वान्दो खेलमा पुम्सेको अर्थ कौशल प्रदर्शन भन्ने बुझिन्छ, जसलाई बोलीचालीमा काता पनि भन्ने गरिन्छ । त्यसै गरी, ग्योरुगीको अर्थ चाहिँ दुई प्रतिस्पर्धीबीच निर्धारित समयमा गराइने प्रत्यक्ष भीडन्त प्रतियोगिता हो। वास्तवमा यी दुई शब्दहरु पुम्से र ग्योरुगीको संयोजनबाट नै तेक्वान्दोलाई मार्शल आर्ट तथा खेलको स्वरुप प्रदान गर्छ ।

टिम नेपालको तर्फबाट प्रशिक्षकको भूमिका निर्वाह गरेका धर्मस्थली तेक्वान्दो डोजाङ्ग्का प्रमुख श्री सानु बाबु महर्जनले खेलाडीहरुले हासिल गरेको सफलताले आफूलाई निक्कै खुसी र हौसला मिलेको बताएका छन् ।

उक्त प्रतियोगितामा धर्मस्थली तेक्वान्दो डोजाङ्गका प्रमुख सानुबाबु महर्जनको नेतृत्वमा सहभागी टिम नेपालबाट जम्मा १५ जना खेलाडी सहित टिम प्रशिक्षक कुमार लवट र टिम संयोजक रुपा महर्जन, मालती श्रेष्ठ र सुलभ प्र. श्रेष्ठको सहभागिता रहेको थियो।

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई सुझाव

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई …

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त