"प्रलेस शक्ति लम्साल साहित्य पुरस्कार" स्थापना हुने
प्रगतिवादी साहित्य, पत्रकारिता र राजनीतिका बहुप्रतिभाशाली व्यक्तित्व शक्ति लम्सालको नाममा २०८२ साल मंसिर २१ गते प्रगतिशील लेखक सङ्घ र लम्साल परिवारको बीचमा " प्रलेस शक्ति लम्साल साहित्य पुरस्कार" स्थापना गर्ने सहमति भएको छ । शक्ति लम्सालकी जीवनसाथी कृष्णा लम्साल, छोरी प्रज्ञा लम्सालले सो कार्यका लागि रू. ४०००००/ - (चार लाख रुपैयाँ) अक्षय कोषमा राख्नका लागि प्रगतिशील लेखक सङ्घका अध्यक्ष डा. देवी दुलाल क्षेत्रीलाई हस्तान्तरण गरेकी छिन्। परिवारका तर्फबाट कार्यक्रममा राजनीतिज्ञ नारायणप्रसाद शर्मा, यशोदा सुवेदी र साहित्यकार सुशिल गौतम पनि उपस्थित थिए ।
प्रगतिशील लेखक सङ्घका अध्यक्ष डा. देवी दुलाल क्षेत्रीको सभापतित्वमा भएको उक्त कार्यक्रममा परिवारको तर्फबाट साहित्यकार सुशिल गौतमले यो पुरस्कारले साहित्यकार शक्ति लम्सालले जीवनभर अभियान चलाउनु भएको क्रान्तिकारी विचार र प्रगतिवादी साहित्यलाई अघि बढाउन सहयोग होस् भन्ने सम्पूर्ण परिवारको चाहना रहेको धारणा राखे । प्रगतिशील लेखक सङ्घका पूर्व अध्यक्ष मातृका पोखरेलले आफ्नो मन्तव्य राख्दै केही वर्ष अघिदेखिको पहल आज सार्थक भएकोमा खुसी व्यक्त गरे । उनले यो पुरस्कारको माध्यमले शक्ति लम्सालको विचारप्रति प्रतिबद्धता र विचार अनुसारको उहाँको व्यवहारबाट पछिल्लो पुस्ता जानकार हुने र त्यही महान बाटोमा आफू हिँड्न प्रयत्न गर्ने विश्वास पनि व्यक्त गरे ।
कार्यक्रममा सभापतिको आसनबाट बोल्दै सङ्घका अध्यक्ष डा. देवी दुलाल क्षेत्रीले यो पुरस्कार स्थापना गर्न पहल गरेकोमा सङ्घका सल्लाहकार मातृका पोखरेल र प्रगतिशील लेखक सङ्घलाई विश्वास गरेर अक्षयकोष राख्नु भएकोमा परिवारलाई धन्यवाद दिए । उक्त समारोहमा सङ्घका उपाध्यक्ष, समिर सिंह, महासचिव पारस ढकाल, सचिव कुशल बोगटी, कोषाध्यक्ष कृष्ण सुवेदी 'भारद्वाज मित्र', एवम् सल्लाहकारहरू विष्णु प्रभात, डा. मधुसुदन गिरीको पनि उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको संचालन महासचिव पारस ढकालले गरेका थिए ।
स्मरण रहोस्, साहित्यकार शक्ति लम्साल प्रगतिशील लेखक सङ्घको प्रथम राष्ट्रिय सम्मेलनबाट उपाध्यक्ष निर्वाचित भएका थिए ।
जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन
झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…
पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड
गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !
एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग
सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध
बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई …
प्रतिक्रिया