वरिष्ठ नक्सलवादी नेताले गरे  आत्मसमर्पण

भारतको कम्युनिस्ट पार्टी (माओवादी) का पोलिटब्युरो सदस्य र प्रमुख नक्सलवादी नेतामध्ये एक, मल्लोजुला वेणुगोपाल राव उर्फ सोनुले, सोमबार राति ६० जना कार्यकर्तासहित हतियार बुझाउँदै आत्मसमर्पण गरेका छन् । भारतीय सत्तापक्षले सन् २०२६ को मार्चसम्म माओवादीहरुलाई सफाया गर्ने भनी भीषण दमनात्मक अभियान चलाइरहेको स्थितिमा  रक्षात्मक अवस्थामा रहेको उक्त पार्टीलाई  यो आत्मसमर्पणले थप ठूलो झटका दिएको छ।

भूपति उर्फ सोनु भनिने वेणुगोपालले केन्द्रीय समितिका एक सदस्य र विभागीय समितिका १० सदस्यसहितका कार्यकर्ताहरूसँगै महाराष्ट्रको गढचिरोली जिल्लामा प्रहरीसामु आत्मसमर्पण गरेका हुन्।

सोनुलाई माओवादी संगठनभित्र सबैभन्दा प्रभावशाली रणनीतिकारमध्ये एक मानिन्थ्यो। उनी लामो समयदेखि महाराष्ट्र–छत्तीसगढ सीमाक्षेत्रमा प्लाटुन सञ्चालनको जिम्मेवारी सम्हाल्दै आएका थिए। विभिन्न राज्यहरूले उनको टाउकोको मूल्य १० करोड रुपैयाँ तोकेको थियो।

इण्डियन एक्सप्रेसका अनुसार, भूपति उर्फ सोनु पार्टीको वैचारिक नेतृत्व मात्र होइन, सञ्चारका क्षेत्रमा पनि विज्ञ थिए र छत्तीसगढका जंगल बाहिरको संसारसँग पार्टीलाई जोड्ने मुख्य कडीको रूपमा कार्यरत थिए।

इण्डियन एक्सप्रेसले एक गुप्तचर अधिकारीको भनाइलाई यसरी उदृत गरेको छ, “सोनुको बाहिरी संसारसँग गहिरो सम्पर्क थियो। उनी माओवादी समर्थक र अग्रमोर्चा संगठनहरूसँगको मुख्य सञ्चार कडी थिए। उनको बहिर्गमनले देखाउँछ कि माओवादी पार्टी अहिले ठूलो संकटमा परेको छ।”

अधिकारीहरूको भनाइअनुसार, सोनुले यसै वर्षको सुरुमा आत्मसमर्पण गर्ने इच्छा प्रकट गरेका थिए। पछिल्ला महिनाहरूमा उनको शीर्ष नक्सली नेतृत्वसँग बढ्दो मतभेदले पार्टीभित्र आन्तरिक द्वन्द्व निम्त्याएको खबर बाहिर आएको थियो । त्यही कुरा अन्ततः उनको आत्मसमर्पणको कारण बन्यो।

सोनुले सशस्त्र संघर्षको रणनीति असफल भएको दाबी गर्दै शान्ति र संवादतर्फ मोडिनुपर्ने अपील गरेका छन्। उनले माओवादीप्रतिको जनसमर्थन घट्दै गएको र सयौँ कार्यकर्ताहरूको मृत्यु भएको उल्लेख गरे। साथै, प्रहरीसँगका भिडन्तमा आफ्ना धेरै साथीसंगीहरू गुमाउनु परेकोमा पनि उनी असन्तुष्ट थिए।

माओवादी पार्टीका केही कार्यकर्ताहरूले उनको विचारको समर्थनमा अगाडि आउन थालेका थिए। तरउनका केही वरिष्ठ सहकर्मीहरूले भने उनको धारणा अस्वीकार गर्दै सशस्त्र संघर्ष जारी राख्ने निर्णय गरेका थिए।

यसै वर्षको सुरुमा भूपतिकी पत्नी तारक्काले पनि आत्मसमर्पण गरेकी थिइन्। उनी प्रतिबन्धित आन्दोलन अन्तर्गत दण्डकारण्य विशेष क्षेत्रीय समितिकी सदस्य थिइन्।

सोनुको आत्मसमर्पणमार्फत् सक्रिय माओवादी आन्दोलनबाटको बहिर्गमनले संगठनभित्रको आन्तरिक विभाजन अझ गहिरो बनाउने र शीर्ष नेतृत्वलाई थप कमजोर पार्ने विश्लेषण गरिन थालिएको छ ।

स्रोत:- www.newindianexpress.com

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई सुझाव

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई …

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त