इरानविरुद्धको युद्धमा अमेरिका प्रत्यक्ष उत्रियो ! प्रतिवाद गर्ने इरानको चेतावनी

इरान इजरायलबीच चलिरहेको युद्धमा अमेरिकामा पनि इजरायलको पक्ष लिँदै युद्धमा प्रत्यक्ष रुपमा उत्रिएको छ ।

भरखरै मात्र अमेरिकाको बी२ बमवर्षाकहरुले इरानका फोर्डो, नातान्ज, इस्पाःहान आणविक संयन्त्रहरुमाथि वमवर्षा गरेको छ। अमेरिकी राष्ट्रपतिले यो अभियान सफलतापूर्वक सम्पन्न भएको र अब शान्तिको लागि पहल गर्ने समय आएको बताएका छन् ।

तर इरानले त्यसको प्रतिरोध र बदला लिने घोषणा गरेको छ । यसअघि नै इरानले अमेरिका यस युद्धमा इजरायलको पक्षमा प्रत्यक्ष संलग्न भयो भने पश्चिम एशियास्थित अमेरिकी स्वार्थ केन्द्रहरु इरानी निशाना बन्ने चेतावनी दिइसकेको छ । त्यही मेसोमा अमेरिकाले कतारस्थित आफ्ना सबै युद्धक विमानहरुलाई त्यहाँबाट हटाइसकेको खबर पनि सार्वजनिक भइसकेको कुरा हो ।

रुस, चीन लगायतका मुलुकहरुले अमेरिकालाई इरानी आणविक केन्द्रहरुमा हमला नगर्न चेतावनी दिँदै आएका थिए । यस्तो स्थितिमा अमेरिका स्वयं इजरायलको रक्षामा उत्रिएपछि अब मध्यपूर्वमा युद्ध भड्किने आशंका विश्लेषकहरुले गरेका छन् ।

अमेरिकी कंग्रेसका डेमोक्र्याट सदस्य सारा ज्याकोबले ट्रम्पको यो कदम असंवैधानिक रहेका र यसले अमेरिकालाई अर्को अन्त्यहीन युद्धमा झोक्ने खतरा बढेको प्रतिक्रिया दिएका छन् ।

अमेरिकी आक्रमणले अब इरानलाई आणविक बम बनाउनेतिर बाध्यात्मक रुपमा धकेल्न सक्ने  अवस्था पैदा भएको छ । अर्कोतिर विश्व तेल बजारको प्रतिशत भन्दा बढी हिस्सा ओगट्ने मुख्य मार्गमध्येका एक स्ट्रेट अफ हर्मुजमाथि इरानले नाकाबन्दी लगाउने सम्भावना पनि बढेको छ । आफूमाथि आक्रमण भए त्यो कदम चाल्ने चेतावनी इरानले यसअघि नै दिँदै आएको छ । त्यसो भएको खण्डमा विश्व अर्थतन्त्रमा नयाँखालको संकट तथा आर्थिक मन्दीको अवस्था आउन सक्ने चेतावनी यसअघि नै विज्ञहरुले दिँदै आएका छन् ।

स्मरण रहोस्, ट्रम्पले चुनावताका संसारभरि चलिरहेको युद्धहरु रोक्ने कुरालाई मुख्य नाराको रुपमा अघि सारेका थिए ।

इरान समर्थित मानिने यमनका हुथी विद्रोहीहरुले अमेरिकी आक्रमणको बारेमा प्रतिक्रिया दिँदै ‘युद्धको शुरुवात’ भएको घोषणा गरेको छ । उसले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘यता उताका आणविक केन्द्रहरुमाथि हमला गरेर युद्धको अन्त्य हुने छैन, यो त बरु युद्धको शुरुवात हो । अब हानेर भाग्ने समय सकियो ।’

यसअघि नै हुथी विद्रोहीहरुले अमेरिका इजरायलको समर्थनमा युद्धमा उत्रियो भने रेड सी (लाल सागर)मा अमेरिकी जहाजहरुमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए । केही समयअघि मात्रै पनि अमेरिका र हुथी विद्रोहीबीच रेड सीमा हानाहान चलेको थियो । अमेरिकाले यमनस्थित हुथी विद्रोहीको अड्डामाथि वमवर्षा गरेको थियो । पछि अमेरिका र हुथीबीच एकअर्कोमाथि प्रहार नगर्ने भनी सम्झौता भएको थियो ।

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई सुझाव

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई …

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त