रुसविरुद्ध युक्रेनको अपरेशन स्पाइडर: रुसको प्रतिशोध कस्तो होला ?

आइतबार युक्रेनले 'अपरेशन स्पाइडर' सञ्चालन गरेर रूसका एयरबेसहरुमा ठुलो आक्रमण गरेको छ। युक्रेनले आफुले संचालन गरेको घातक ड्रोन हमलामा रूसका कम्तिमा ४० वटा बमवर्षक विमानहरू ध्वस्त पारेको दाबी गरेको छ। युक्रेनको यो हमला त्यतिबेला भएको हो जब दुबै देशबीच टर्कीको इस्तानबुलमा एक बैठक हुन लागेको थियो। युक्रेनले ४० वटा विमान नष्ट गरेको दाबी गरेको छ, जसमा TU-95 Tu-22 प्रकारका बमवर्षकहरू पनि समावेश छन्। यी दुबै विमान परमाणु हतियार बोक्न सक्षम थिए। तर रुसले आफ्ना ६ वटा बिमानहरु मात्र नष्ट भएको दावी गरेको छ।

युक्रेनका अनुसार उसको सुरक्षा सेवा (SBU) ले यो आक्रमणको तयारी ११ महिना लगाएर गरेको थियो। तर इस्तानबुल बैठकको ठीक अघिको यस्तो विनाशकारी हमला निकै अच्चम्म पार्ने खालको छ। अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूका अनुसार युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेंस्की २ जुनमा तय भएको वार्ताको पूर्वसन्ध्यामा रूसमाथि दबाब बढाउन चाहन्थे। क्रेमलिनका सहायक भ्लादिमिर मेडिन्स्कीको नेतृत्वमा रहेको रूसी प्रतिनिधिमण्डल टर्की पुगिसकेको छ।

विश्लेषकहरू भन्छन् कि यस हमलापछि अब हुने बैठकबाट युद्धविरामको सम्भावना क्षिण भएको छ । उनीहरूलाई डर छ कि राष्ट्रपति पुटिन यस्ता हमलापछि चुप लागेर बस्ने छैनन्, र उनको प्रतिक्रिया निकै भयानक हुन सक्छ।

यसैले प्रश्न उठिरहेको छ कि के राष्ट्रपति जेलेंस्कीको निर्देशनमा गरिएको यो आक्रमण शान्तिको बाटो खोल्ने प्रयास हो त? वा संसारलाई एक विनाशकारी परमाणु संघर्षतर्फ धकेल्ने संकेत हो? यी आक्रमणहरूपछि चिन्ता बढेको छ कि के रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु हतियारको प्रयोग गर्नसक्छन्? मे ४ मा पुटिनले एउटा टेलिभिजन अन्तर्वार्तामा यसबारे प्रतिक्रिया दिएका थिए। उनले भनेका थिए, "ती (परमाणु) हतियार प्रयोग गर्नु पर्ने कुनै आवश्यकता अहिलेसम्म परेको छैन... र मलाई आशा छ कि त्यसको आवश्यकता पर्ने छैन। सन् २०२२ मा सुरु भएको कार्यलाई त्यस परिणामसम्म पुर्याउन हामीसँग पर्याप्त शक्ति र साधन छन्, जुन रूसलाई चाहिएको हो।"

यद्यपि, गत वर्ष पुटिनले रूसको परमाणु नीति अद्यावधिक गरेका थिए। नयाँ नीतिअनुसार, यदि कुनै परमाणु शक्ति राष्ट्रले सामान्य हतियार प्रयोग गरेर रूसमाथि आक्रमण गर्छ भने पनि रूसले परमाणु हतियार प्रयोग गर्न सक्नेछ।

यस्तो अवस्थामा पुटिनको अर्को कदम के हुने हो भनेर संसार त्रसित छ। के युक्रेनको यो भयावह आक्रमणमा अमेरिकाको समर्थन थियो? यसको जवाफ अहिलेसम्म प्राप्त भएको छैन। जेलेन्स्कीले अमेरिकालाई युद्धमा तान्न धेरैपटक प्रयास गरिसकेका छन्। युक्रेनमाथि नेटो देश पोल्यान्डमा बम खसालिएको आरोप पनि लागेको थियो, र उसले त्यो आरोप रूसमाथि लगाउने प्रयास गरेको थियो। अर्थात्, जेलेन्स्की जुनसुकै हालतमा पनि रूसविरुद्धको युद्धलाई पश्चिम बनाम रूसको युद्ध बनाउने पक्षमा छन्। पुटिनको रिसको परिणाम के निस्कन्छ, अहिले भन्न सकिने अवस्था छैन, तर ४० लडाकु विमानको विनाशलाई रूसले यत्तिकै सहने कुरा हुँदै होइन। अब प्रश्न उठ्छ-के पुटिन परमाणु विकल्पको विचार गर्नेछन्? यो सबैभन्दा खतरनाक प्रश्न हो र यसलाई बेवास्ता गर्न सकिंदैन।

Source:- https://navbharattimes.indiatimes.com

Image: https://www.the-sun.com

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई सुझाव

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई …

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त