पारिजात सम्मान प्रदान

पारिजात स्मृति केन्द्रले यही २०८१ साल वैशाख ५ गते पारिजात स्मृति भवन म्हेपि, बालाजुमा ३२ औं पारिजात स्मृति दिवसका अवसरमा चारजना स्रष्टा एवं अधिकारकर्मीहरुलाई सम्मानित गरेको छ ।

सम्मानित हुनेहरूमा बिना थिङ (पारिजात सृजन सम्मान), तेजप्रकाश श्रेष्ठ (पारिजात बालसाहित्य सम्मान), डा.विन्दा पाण्डे (पारिजात सङ्घर्षशील नारी सम्मान) र  मूर्तिकार उत्तम डङ्गोल (पारिजात कला सम्मान) छन् ।

उनीहरुलाई पारिजात स्मृति दिवसको अवसरमा वैशाख ५ गते म्हेपी स्थित पारिजात स्मृति केन्द्रमा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो ।

सम्मानित स्रष्टा एवं अधिकारकर्मीहरुलाई कार्यक्रमका प्रमुख अतिथि विमल निभा, स्मृति केन्द्रकी संस्थापक अध्यक्ष सुकन्या वाइबा र पूर्व अध्यक्ष डा. महेश मास्केले खादा, प्रमाणपत्र एवम् नगद प्रदान गरेका थिए ।

पारिजात स्मृति केन्द्रका अध्यक्ष इन्दिरा दलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा  पूर्व मन्त्री हिसिला यमीले साहित्यकार पारिजातको व्यक्तित्वमाथि प्रकाश पारेका थिए । त्यसैगरी, केन्द्रका पूर्व अध्यक्ष मातृका पोखरेलले सम्मानित स्रष्टाहरूको बारेमा परिचयात्मक मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन पारिजात स्मृति केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले गरेका थिए ।

यसअघि पारिजात जन्मजयन्तीको अवसरमा एक कार्यक्रमको आयोजना गरी पारिजात सम्मान– २०८१ को घोषणा गरिएको थियो ।

तस्विर: https://parijatsmritikendra.blogspot.com

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई सुझाव

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई …

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त