सलामी-मलामी र मार्क्स
मार्क्सले बाँचुञ्जेलसम्म अत्यन्त कष्टपूर्ण जीवन बिताए। बेलायतमा चरम आर्थिक अभावबीच मार्क्सले पत्रिकामा लेख लेखेर आएको सीमित आय र अभिन्न मित्र एंगेल्सको सहयोगको भरमा जीवन गुजारेका थिए। एक पटक ४६ वर्षको उमेरमा बेलायतको रेल्वे विभागमा क्लर्कको पदमा आवेदन दिए। तर, खराब ह्यान्ड राईटिंगका कारण उनी त्यो जागिरका लागि समेत योग्य ठहरिएनन्।
उनको जीवनकालमा उनले लेखेको कुनै पनि किताब बेस्टसेलर बनेन। बहुचर्चित कम्युनिस्ट पार्टीको घोषणापत्रको दोस्रो संस्करण २४ वर्षपछि मात्र निस्कियो। उनको महान कृति "पूँजी" को त कुनै चर्चा समेत भएन; जीवनभर जम्मा १,००० प्रति मात्र बिक्री भयो होला। उनको मृत्युपछि, सन् १८८३ मा, "पूँजी" लेखे बापतको रोयल्टी उनकी छोरीले पाइन्, त्यो पनि जम्मा १६ पाउन्ड। मार्क्सकी आमाले ठट्टा गर्दै भन्थिन् - "कार्लले पूँजीबारे लेख्नुभन्दा बरु पूँजी नै बनाएको भए हुन्थ्यो।"
जब मार्क्सको मृत्यु भयो, उनका मलामी जम्मा ११ जना मात्र थिए।
मान्छेले बाँचुन्जेल कति सलामी पायो वा मृत्युमा कति मलामी आए भन्ने कुराले उसको समग्र जीवनको मूल्यांकन हुन सक्दैन। जीवनभर दुःख पाएका र मृत्युमा पनि एक दर्जन मलामी समेत नआएका मार्क्सका विचारले २०औँ शताब्दीभरि विश्वलाई प्रभावित गर्यो। विश्वका ७ अर्ब मानिसमध्ये अहिले पनि डेढ अर्बको जीवनलाई मार्क्सको विचारले डोहोर्याउँछ।
आज धेरैले भन्छन्, "मार्क्स सही थिए।" तर, उनको समस्या यो थियो कि उनी समयभन्दा अगाडि सही भए। कुनै पनि व्यक्ति समयभन्दा अगाडि सही हुनु हुँदैन। समयभन्दा अगाडि कोही सही भयो भने, त्यस सत्यताले सो व्यक्तिको जीवन नै बर्बाद गर्न सक्छ। किनकि सत्य परिपक्व बन्न लामो समय लाग्छ। तर, जब कुनै विचारको समय आउँछ, त्यो जति शक्तिशाली अरू केही हुँदैन !!!
हिमालयको काखको गर्मीमा बिताएका दुई वर्षहरू
सपथ ग्रहण र धर्मनिरपेक्षता: प्रतीक, राजनीति र पहिचानको बहस
अमेरिकी सिनेमाको साँचोमा ढलिएको डोनाल्ड ट्रम्पको मानस
शब्द र संख्याको सङ्गम: गणित र साहित्यको अविभाज्य सम्बन्ध
आधारभूत तहमा आन्तरिक परीक्षा हटाउने निर्णय: अवसर, चुनौती र आवश्यक तयारी
के जनबलको तागतले तानाशाहहरूको प्रवृत्तिमा लगाम लगाउन सक्ला?
आजका 'क्विजलिङ' र 'मीर जाफर'हरू
प्रतिक्रिया