वरिष्ठ साहित्यकार नेपाललाई हृदयचन्द्र स्मृति सम्मान

वरिष्ठ प्रगतिवादी साहित्यकार शारदारमण नेपाल हृदयचन्द्र स्मृति सम्मान– २०८१ बाट सम्मानित भएका छन् ।

साहित्य सदन नेपालले आफ्नो स्थापना दिवसको अवसर पारेर नेपाललाई फागुन ४ गते उक्त सम्मान प्रदान गरेको हो ।

बौद्ध, रामहिटीस्थित साहित्य सदन नेपालको प्रेक्षालयमा आयोजित एक कार्यक्रममा सम्मानित नेपाललाई प्रसिद्ध मार्क्सवादी सौन्दर्यचिन्तक निनु चापागाईले माला लगाई सम्मान गरेका थिए  भने प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति गंगा उप्रेतीले सम्मानपत्र प्रदान गरेका थिए । त्यसैगरी सदनका अध्यक्ष हेमराज पाैडेलले खादा ओढाइ सम्मान गरेका थिए ।

अध्यक्ष हेमराज पौडेल र सचिव प्रदीप पोखरेलद्वारा हस्ताक्षर गरिएको उक्त सम्मानपत्रमा भनिएको छः

श्री शारदारमण नेपालज्यू

वरिष्ठ साहित्यकार

‘तपाईंले विगत ६ दशकदेखि नेपाली कविता, निबन्ध, नाटक, समालोचना र बालसाहित्य लेखनका माध्यमबाट प्रगतिशील धाराको सम्बर्धन तथा जनसाँस्कृतिक आन्दोलनमा क्रियाशील हुँदै समाज रुपान्तरणकारी अभियानमा अनवरत रुपमा सामेल भई नवीन सौन्दर्य मूल्यहरुको विकास प्रबर्धनका लागि महत्त्वपूर्ण योगदान गर्नुभएको छ । तपाईं स्तम्भलेखक, सम्पादक र साहित्यिक पत्रकार व्यक्तित्व समेत हुनुहुन्छ । तपाईंले गर्नुभएका उक्त कार्यको उच्च मूल्याङ्कन गर्दै साहित्य सदन नेपालद्वारा तपाईंलाई वि.सं. २०८१ को हृदयचन्द्र स्मृति सम्मान अर्पण गरिएको छ । हामी तपाईंको सुस्वास्थ्यसहित तपाईंको दीर्घजीवन र सिर्जनात्मक निरन्तरताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं । ’ 

निनु चापागाई

गंगा उप्रेती

त्यस अवसरमा सम्मानित साहित्यकार नेपालहृदयचन्द्र सिंह प्रधान एवं  साहित्य सदन नेपालका बारेमा चापागाई र उप्रेतीले आफ्ना धारणाहरु राखेका थिए । त्यस अवसरमा सम्मानित व्यक्तित्व शारदारमण नेपालका व्यक्तित्वका बारेमा साहित्य सदनका मित्रलाल पंज्ञानीले प्रकाश पारेका थिए भने नेपालका विद्यार्थी समेत रहेकी नेकपा एमालेकी नेत्री डा. विन्दा पाण्डेले समेत आफूमा आलोचनात्मक चेत भर्ने काम गुरु शारदारमण नेपालबाट भएको रोचक प्रसङ्ग उल्लेख गरेका थिए ।

 

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई सुझाव

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई …

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त