पारिजातसम्बन्धी अध्ययनलाई हटाइएकोमा पारिजात स्मृति केन्द्रको आपत्ति

पारिजात । चित्र: राजन काफ्ले

त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गतको एम.ए. नेपाली विषयको पाठ्यक्रमको पछिल्लो परिवर्तन (२०८१ देखि लागु हुने बाट आख्यानकार पारिजातसम्बन्धी अध्ययनलाई हटाइएको विरुद्ध पारिजात स्मृति केन्द्रले गम्भीर आपत्ति जनाएको छ ।

केन्द्रकी अध्यक्ष इन्दिरा दलीले एक वक्तव्य जारी गर्दै त्यस सवालमा केन्द्रको गम्भीर ध्यानाकर्षण भएको जनाएकी छिन् ।

वक्तव्यमा अगाडि भनिएको छ–

त्रि.वि.ले यसअघि आख्यानकार पारिजातको जीवनी र व्यक्तित्व तथा आख्यानकारिताको सघन समग्र अध्ययन गराउने उद्देश्यका साथ स्नातकोत्तर तह (एम.ए.) को पाठ्यक्रमको पाठ्यांश सङ्केत नं ५७५ अन्तर्गत 'आख्यानकार पारिजात र उनका आख्यान' विषयमा पठनपाठन गराउदै आएको थियो । नेपालको संविधान २०७२ ले स्थापित गरेको लोकतान्त्रिक मूल्यमान्यताका विपरीत पाठ्यक्रम संशोधनका नाममा सरोकारवालासँगको छलफल र अन्तक्रियाविना नै एकलौटी र स्वेच्छाचारी ढङ्गले गरिएको यस्तो खेदजनक कृत्यले विश्वविद्यालय स्वयम्‌को साख खस्काउने निश्चित छ । आलोचनात्मक चिन्तनको सिप विकास गर्ने, समाजका पिधमा रहेकाहरूको मानवीय अनुभवलाई बुझ्ने, सांस्कृतिक मूल्यहरूलाई आत्मसात् गर्ने एवम् सामयिक मुद्दाहरूमा सचेतना सिर्जना गर्ने मानविकी शिक्षाको लक्ष्यतर्फ विद्यार्थीलाई अभिप्रेरित गर्दै आएको पारिजातको लेखनीलाई उपेक्षा गर्ने यो एक नियोजित र घोर गैरजिम्मेवार प्रशासनिक कदम हो भन्ने हाम्रो ठहर हो। यस कार्यको हामी कठोर शब्दमा निन्दा गर्दछौं र पूर्वाग्रही एवम् पश्चगामी चिन्तनद्वारा संशोधित यस नयाँ पाठ्यक्रमलाई अविलम्ब सच्याएर मात्र लागु गर्न पारिजात स्मृति केन्द्र त्रिभुवन विश्वविद्यालयसमक्ष जोडदार माग गर्दछ ।

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई सुझाव

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई …

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त