‘अपवादका कम्युनिष्ट’ स्वनाम साथीको स्मृति दिवस मनाइँदै

सिद्धान्त र आदर्शमा मात्रै हैन, व्यवहारिक जीवनमा समेत झन्डैझन्डै सर्वाहारा जीवन जिउने र बाँच्ने अभ्यास गरेका स्वनाम साथीको चौथो स्मृति दिवस  मनाइने भएको छ ।

यसैक्रममा २०७७ पौष १० मा निधन भएका स्वनामको योगदानहरू सम्झन र यसबाट प्रेरणा लिन डायलेक्टिकल सोसाइटीले २०८१ पौष १० गते, बुधबारका दिन आरआर क्याम्पस, पत्रकारिता हलमा "सम्झनामा स्वनाम साथी" कार्यक्रम आयोजना गर्दैछ । उक्त कार्यक्रम दिनको १ बजे सुरु हुने जानकारी आयोजकहरुले दिएका छन् ।

कम्युनिष्ट आन्दोलनमा स्वनाम साथीले पुर्‍याउनुभाएको योगदानलाई स्मरण गर्दै नयाँ आन्दोलनको निर्माणका लागि प्रेरणा लिने उद्देश्यसहित तथा एउटा असल व्यक्ति र समाजको लागि समर्पित जीवनको कदर स्वरूप यो कार्यक्रम आयोजना गरिएको आयोजकहरुले जनाएका छन् ।

५० को दशकदेखि स्वनामको नाम बाट सुपरिचित उनी बीस र तीसको दशकको आधाआधीसम्म शशि शेरचनको नामबाट चिनिन्थे । त्यसपछिको एक अवधि सुमन साथीको नामबाट आन्दोलनभित्र लोकप्रिय रहे । आफ्नो थर मान्छे र जात साधु भनेर चिनाउने स्वनामको जन्म २००७ सालमा म्याग्दीको अर्मन राताढुङ्गे गाउँको  सम्पन्न थकाली परिवारमा भएको थियो । श्यामप्रसाद शर्मा, शान्तदाश मानन्धरहरू वरिपरिबाट नेपाली कम्युनिष्ट आन्दोलनमा सङ्गठित भएका स्वनाम सर्वहारावादी कम्युनिष्ट लिगका संस्थापक अध्यक्ष (२०३५ साल) र  सर्वहारावादी श्रमिक सङ्गठनको समेत  पहिलो अध्यक्ष (२०३८ साल) थिए । बिचमा नेकपा एकताकेन्द्र- मसालका  प्रवक्ता (२०५९) र त्यसपछि एकीकृत नेकपा माओवादीका राजनीतिक ब्युरो सदस्य थिए । तर यी सब पदका बाबजुद व्यवहारिक रुपमा उनी भुइँतहका मानिस  र अपवादका कम्युनिष्ट थिए । 

कम्युनिष्टले त्यागी हुनु पर्छ भन्ने उहाँको दृष्टिकोण  थिएन । बरु, कम्युनिस्टले सरल, वर्गहीन, तर भोगी जीवन जिउनुपर्छ भन्ने धारणा राख्थे  । स्वनामका विचारमा “भौतिकवादी हुनु भनेको जोगीजस्तो त्यागी होइन, जीवनका भौतिक अनुभवहरूबाट शिक्षा लिनु र त्यसलाई आत्मसात् गर्नु थियो ।”

स्वनाम साथीका लागि  साम्यवाद केवल विचार थिएन, जीवनशैली थियो । आफ्नो जीवनकालमै निजी सम्पत्ति शासन र शोषणबाट मुक्त हुने उहाँको प्रयत्न असाधारण थियो ।  जीवनका कठिन परिस्थितिहरूलाई उनले कष्टको रूपमा होइन, एक उपलब्धिका रूपमा ग्रहण गरे । उनले आन्दोलनको बाटोमा जीवनका कठोर भौतिक दुःखहरू सहे र त्यसमै आत्मसन्तोष भेट्टाए ।

उनको जीवनशैली र विचारधाराले एक क्रान्तिकारीका रूपमा उनलाई अलग बनायो । यो दृष्टिकोणले उनलाई व्यक्तिगत जीवन र कम्युनिष्ट आन्दोलन दुवैमा प्रेरणा दिने शक्तिमा रूपान्तरण गर्‍यो ।

जीवनमा सधैँभरी भूँइमानिसहरूसंग रहेका स्वनाम  आफ्नो जीवनमा पछिल्ला दिनहरूमा एम सि सि विरोधी अभियानहरू, नेपालको चुच्चे नक्सालाई सरकारबाट मान्यता दिलाउने अभियान, जैविक कृषि अभियान लगायतको अगुवाइ गरिरहेका थिए । सरकारी पाठ्यक्रममै योग-ध्यानलाई संलग्न गराउन समेत उनको अभियान थियो र त्यसको उनले अगुवाइ गरिरहेका थिए । यसबाहेक पूर्वीय द्वन्दवादको ज्ञाताका रूपमा पनि उनलाई नेपालको कम्युनिष्ट आन्दोलनले सम्झिरहने छ ।

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई सुझाव

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई …

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त