दक्षिण एशियाली सन्दर्भमा उदाउँदो बहुध्रुवीय विश्वव्यवस्था: अलेक्जेन्डर दुगिन र विशेषज्ञहरूको दृष्टिकोण
दक्षिण एशियाको सन्दर्भमा उदाउँदो बहुध्रुवीयता विषयक सम्मेलन राजधानीमा सम्पन्न भएको छ । मंसिर ८ गते आयोजित उक्त सम्मेलनमा मुख्य वक्ताको रूपमा रुसका प्रमुख विचारक अलेक्जेन्डर दुगिन रहेका थिए। उनलाई वर्तमान समयमा रुसका सर्वाधिक महत्वपूर्ण दार्शनिक र राजनीतिक शास्त्री मानिन्छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपालका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल रहेका थिए ।
उक्त कार्यक्रमको सञ्चालन गर्दै प्राध्यापक डा. युवराज संग्रौलाले "नेपाल दुईवटा सभ्यताबीचमा रहेको, यसको उत्पत्तिदेखि आजसम्म स्वतन्त्र रहेको देश हो। वैदिक सभ्यता र बौद्ध सभ्यताको निर्माणमा नेपालको ठूलो भूमिका रहेको छ। नेपाल आफैंमा अनुपम सभ्यताको रूपमा रहेको छ" भनी उल्लेख गरेका थिए ।

प्रविधिका माध्यमबाट जोडिएर कार्यक्रममा प्रमुख वक्ताको रूपमा बोल्दै रुसबाट अलेक्जेन्डर दुगिनले वर्तमान विश्वमा दक्षिण एशिया क्षेत्रको महत्व बढ्दै गएको उल्लेख गरेका थिए । सोही अवसरमा उनले नेपालबारे बोल्दै "नेपाल रोल मोडेल देश हो, किनकि यो देश कहिल्यै उपनिवेश बन्नु नपरेको र आफ्नो सार्वभौमसत्तालाई जोगाएर राख्न सफल भएको छ। नेपालको आफ्ना दुवै छिमेकीहरूसँग असल सम्बन्ध छ। यसले महान शक्तिहरूसँग कुशलतापूर्वक व्यवहार गरिरहेको छ" भनी बताएका थिए ।
पश्चिमको कटु आलोचना गर्दै दुगिनले "पुँजीवाद विश्वव्यापी व्यवस्था होइन। हामीले पुँजीवादलाई यसको ऐतिहासिक सीमामा सीमित गरिदिनुपर्छ" भनी आव्हान गरेका थिए ।
उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव तथा पूर्वमन्त्री देव गुरुङ, नेपाली कांग्रेसका नेता तथा भारतका लागि पूर्वराजदूत दीप कुमार उपाध्याय, पूर्वमन्त्री दीपक ज्ञवाली, चीनका लागि पूर्वराजदूत लीलामणि पौडेल, रुसका लागि पूर्वराजदूत मिलन तुलाधर, नेपाल सरकारका पूर्वमहान्यायाधिवक्ता प्राध्यापक डा. युवराज संग्रौला, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, मित्रकुञ्जका अध्यक्ष महेश पाण्डे, रुसको सुदूर पूर्वी संघीय विश्वविद्यालयका प्रोफेसर डॉ.आंद्रेई कोजिमेट्स र अनुसन्धानकर्ता मोहन ज्ञवालीलगायतका व्यक्तिहरू सहभागी रहेका थिए ।
नेपालस्थित रसियन हाउस इन काठमाडौँमा आयोजित उक्त कार्यक्रम नेपालस्थित रुसी राजदूतावास, रसियन हाउस इन काठमाडौँ, मित्र कुञ्ज, डेभलप्मेन्ट अफेयर्स काउन्सिल, र रुसको फार ईस्टर्न फेडरल युनिभर्सिटीले संयुक्त रूपमा गरेका थिए।
जुमबाट समेत प्रत्यक्ष प्रशारित उक्त कार्यक्रमको सुरुवातमै यसलाई बिथोल्नको लागि ह्याकरहरूले आक्रमण गरेका थिए। ह्याकरहरुले प्रसारणलाई अबरोध पुर्याउदै अश्लील सामग्रीहरु प्रदर्शन गरेका थिए। तर प्रावधिक समुहले त्यसलाई विफल पार्दै फेरि कार्यक्रम सुचारु गरेको थियो। नेपालमा आयोजित उक्त कार्यक्रमलाई विथोल्न गरिएको त्यस किसिमका हरकतले उक्त कार्यक्रमको गम्भीरता र महत्वलाई प्रस्ट पारेको थियो।
जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन
झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…
पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड
गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !
एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग
सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध
बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई …
प्रतिक्रिया