पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा राष्ट्रिय शोक, सार्वजनिक बिदा
पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले राष्ट्रिय शोकको घोषणा गर्दै मंसिर ३ गते सोमबार सार्वजनिक बिदा दिएको छ। मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय झण्डा आधा झुकाउने र पशुपति आर्यघाटमा ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो।
ढुंगानाको निधन आइतबार दिउँसो १:४० बजे फ्रन्टलाइन अस्पतालमा भएको थियो। कलेजोसम्बन्धी समस्या भएका उनलाई काठमाडौं बत्तीसपुतलीस्थित निवासमा बेहोस भएपछि अस्पताल लगिएको थियो। चिकित्सकले अस्पताल पुर्याउँदा नै निधन भइसकेको पुष्टि गरेका थिए।
वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजका अगुवा ढुंगाना २०४८ देखि २०५१ सम्म सभामुख रहे। उनी सरकार–माओवादी शान्तिवार्ताका सहजकर्ता र शान्ति अभियानमा सक्रिय थिए। बहुदल स्थापना यताका सभामुखहरुको भूमिकाको निष्पक्षताबारे बारम्बार प्रश्न उठ्ने गरेको पृष्ठभूमिमा ढुङ्गानाको सभामुख कार्यकाललाई उदाहरणीय मान्ने गरिन्छ । खासगरी, सत्तापक्ष नेपाली कांग्रेसको तर्फबाट सभामुख भए पनि उनले सदन प्रतिपक्षको हो भन्ने आशयका साथ लिएका अडान र निर्वाह गरेको भूमिकालाई लिएर उनलाई सबैभन्दा प्रभावकारी र निष्पक्ष सभामुखको रुपमा मान्ने गरिन्छ ।
ढुङ्गानाको अन्त्येष्टिअघि सानो गौचरणमा हुने श्रद्धाञ्जली सभामा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शीर्ष नेताहरू सहभागी हुने जनाइएको छ ।
भोटेकोशी बाढी मानवसभ्यताले भोगेको मध्ये ठूलो घटना: प्रधानमन्त्री बालेन शाह
भोटेकोशी बाढीले गरेको अकल्पनीय क्षति
मानवशास्त्री जेम्स एफ. फिसरको निधन
प्रख्यात जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन
साम्प्रदायिक हिंसाप्रति प्रबुद्ध वर्गको चिन्ता, सद्भाव कायम राख्न संयुक्त अपिल
लङ मार्चमा सहभागी अन्तिम जीवित महिला योद्धाको १०५ वर्षको उमेरमा निधन
नागरिक अगुवा तथा अर्थविद् डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
प्रतिक्रिया