३ दिन राष्ट्रिय शोक मनाइने
बाढी पहिरोले गरेको धनजनको क्षतिप्रति दु:ख व्यक्त गर्दै सरकारले असोज १५, १६ र १७ गते तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्केलगत्तै हिजो बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
राष्ट्रिय शोकको समयमा सार्वजनिक विदा हुने छैन तर सरकारी कार्यालयहरुको झण्डा आधा झुकाइनेछ ।
सोही बैठकले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सरकारले १ अर्ब रुपैयाँ दिने निर्णय पनि गरेको छ । उक्त कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब दिनेछन् ।
यसअघि नै बागमती प्रदेश सरकारले बाढी पहिरो र डुबानमा परेर मृत्यु भएकाका परिवारलाई प्रतिमृतक २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिसकेको छ । उक्त राहत प्रदेशभित्र स्थायी बसोबास गर्ने मृतकका परिवारलाई तत्कालै दिइने छ ।
–यो पनि पढ्नुहोस्
चर्चित भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
‘नख्खु जेल ब्रेकर’ कम्युनिस्ट नेता घनेन्द्र बस्नेत रहेनन् !
हिमालयन बाढी र जलवायु न्यायका लागि नेपालको जोड
बर्लिनमा वामपन्थी पार्टीको अभूतपूर्व चुनावी जित
शान्ति र बहुपक्षीयताका लागि ब्रिक्सद्वारा नयाँदिल्ली घोषणापत्र–२०२६ अंगीकार
भोटेकोशी बाढी मानवसभ्यताले भोगेको मध्ये ठूलो घटना: प्रधानमन्त्री बालेन शाह
भोटेकोशी बाढीले गरेको अकल्पनीय क्षति
प्रतिक्रिया