सांगठिक आपराधिक दुरुपयोगको आरोपमा टेलिग्रामका संस्थापक पक्राउ

लोकप्रिय सामाजिक सञ्जाल टेलिग्रामका संस्थापक पाभेल ड्युरोभ पेरिसमा पक्राउ परेका छन् ।

उनीमाथि टेलिग्रामको ‘सांगठिक आपराधिक दुरुपयोगलाई रोक्नेतर्फ खासै नगरेको’ आरोप लगाइएको छ । खासगरी, मुद्राको अवैध कारोबार, लागू औषधको कारोबार तथा बालयौनदुराचार सामग्रीहरु राख्ने माध्यमको रुपमा टेलिग्रामको व्यापक दुरुपयोग हुने गरेको लगायतका आरोपहरु लगाइएको छ । यसअघि पनि आलोचकहरुले त पाभेलको रुसको वर्तमान संस्थापन पक्षसँग मिलिगभगत रहेको समेत आरोप लगाउँदै आएका थिए, जसलाई उनले खण्डन गर्दै आइरहेका थिए । पछिल्लो रुस–युक्रेन युद्धमा रुसका पक्षमा धेरै सूचना जानकारीहरु टेलिग्रामार्फत् सार्वजनिक हुँदै आएको छ ।

पश्चिमा नियन्त्रित मिडियाहरुले सत्यतथ्य लुकाइरहेको स्थितिबीच वेवाक ढङ्गले सूचना प्रशारणको वैकल्पिक माध्यमको रुपमा स्थापित हुँदै गइरहेको सामाजिक सञ्जाल हो टेलिग्राम ।सन् २०१३ देखि सामाजिक सञ्जालको क्षेत्रमा तीब्र रुपमा उदाएका ३९ वर्षीय पाभेलको टेलिग्राम प्रोग्रामले अहिलेका लोकप्रिय भनिएका फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, टिकटक, वीच्याट जस्ता कार्यक्रमहरुलाई कडा टक्कर दिँदै आएको छ । यो कतिविधि लोकप्रिय छ भने आगामी वर्षमा यसको मासिक प्रयोगकर्ताहरु नै १ अरब नाघ्ने आँकलन गरिएको छ । 

अरु सामाजिक सञ्जालहरुको तुलनामा टेलिग्राम अलि खुकुलो माध्यम रहेको आरोप लाग्दै आएको छ । हानिकारक सामग्रीहरुलाई हटाउने सवालमा टेलिग्राम अरु सामाजिक सञ्जालहरुको तुलनामा कमजोर रहेको आरोप समेत लाग्ने गरेको छ । त्यही भएर आपराधिक गतिविधिहरुमा लाग्नेहरुले यसलाई सजिलै दुरुपयोग गर्ने गरेको बताइन्छ ।

त्यसो त पाभेल आफूलाई वाक स्वतन्त्रताका पक्षधर भन्न रुचाउँछन् । रुसी मूलका नागरिक भए पनि उनले नै सन् २००७ मा स्थापना गरेको भीकोन्टाके (VK) नाम गरेको सामाजिक सञ्जालका केही युक्रेनी प्रयोगकर्ताहरुको जानकारी रुसी सरकारलाई उपलब्ध गराउन अस्वीकार गरेका थिए । त्यसपछि उनी २०१४ मा रुस छाडेर निर्वासनमा गएका थिए । पछिल्लो पटक दुबईमा बसोबास गर्दै आएका उनले फ्रान्स र संयुक्त अरब इमिरेट्स दुवै मुलुकको नागरिकता लिएका थिए । उनले भनेका थिए, म अरुको आदेश पालना गर्नुभन्दा स्वतन्त्र रहन रुचाउँछु ।’

पाभेलको गिरफ्तारी र उनीमाथि लगाइएको आरोपका बारेमा टेलिग्राम च्यानलले एक वक्तव्य जारी गर्दै त्यसलाई आधारहीन भनेको छ । टेलिग्रामको दुरुपयोगका बारेमा पाभेललाई जिम्मेवार ठहराउन नमिल्ने च्यानलको दावी छ । वक्तव्यमा पाभेलले लुकाउनुपर्ने कुरा कुनै नरहेको तथा उनी नियमित रुपमा युरोपको भ्रमणमा जाने गरेको बताउँदै यस मुद्दाको चाँडो छिनोफानो हुने विश्वास व्यक्त गरेको छ ।

२०१८ मा रुसमा टेलिग्राममाथि प्रतिबन्ध लगाइएको थियो तर सन् २०२१ मा त्यो फुकुवा गरिएको थियो ।

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई सुझाव

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई …

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त