विश्वविख्यात भाषाविद् चोम्स्कीको ब्राजिलमा उपचार हुँदै
विश्वविख्यात भाषाविद र अमेरिकी नीतिका कट्टर आलोचक नोम चोम्स्की ब्राजिलको साओ पाउलो अस्पतालमा उपचाररत छन्। उनलाई गत वर्ष जुन २०२३ मा मस्तिष्कघात (स्ट्रोक) भएको थियो। नोम चोम्स्कीकी पत्नी भ्यालेरिया चोम्स्कीका अनुसार उनलाई दुईजना नर्ससहित एयर एम्बुलेन्सको मार्फत अमेरिका बाट ब्राजिल पुर्याइएको हो। भ्यालेरिया वासरम्यान ब्राजिलकी हुन्। र चोम्स्की परिवारको घर ब्राजिलको साओ पाउलोमा समेत रहेको छ।
भ्यालेरियाका अनुसार ९५ वर्षीय चोम्स्कीको दाँया पट्टिको शरीरको भागलाई सो मस्तिष्कघातले प्रभावित पारेको छ। त्यसैको असरले गर्दा उनलाई बोल्न कठिनाइ हुने गरेको छ। चोम्स्कीलाई हरेक दिन स्नायु विशेषज्ञ, फोक्सो विशेषज्ञ र स्पीच थेरापिस्टहरुले हेर्ने गरेका छन्।
भ्यालेरियाकाका अनुसार नोम चोम्स्कीले अझै पनि समाचारहरु हेरिरेहेका छन्। जब उनले प्यालेस्टाइनको गाँजामा भएको नरसंहारको दृश्य समाचारमा देख्छन्, त्यस बेला आक्रोश र बिलापको संकेत स्वरुप देब्रे हात उठाउने गर्छन् ।
जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन
झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…
पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड
गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !
एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग
सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध
बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई …
प्रतिक्रिया