गलपासो बन्दै गरेको सहकारी ठगी प्रकरण

वर्तमान सत्ता गठबन्धनका प्रमुख घटकका रुपमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सहकारी ठगीको आरोप चर्कदै गएको छ । यो सवाललाई लिएर हरेक दिनजसो नयाँ तथ्य र प्रकरणहरु सार्वजनिक हुँदै जाँदा सहकारी ठगी प्रकरण लामिछानेका लागि ठूलै गलपासो बन्ने सम्भावना प्रवल हुँदै गएको छ ।

सहकारी ठगीकाण्डविरुद्ध सत्ताका आडमा उनलाई उन्मुक्ति दिएको जनमत बढ्दो छ । खासगरी, सहकारी गठी प्रकरणमा लामिछानेको संलग्नता रहेको हुन सक्ने भनी नयाँ नयाँ तथ्यहरु खुल्दै जाँदा उनलाई निर्दोष साबित गर्नका लागि लामिछानेभन्दा चर्को रुपमा सत्ता गठबन्धनका मुख्य घटक एमालेका अध्यक्ष खड्ग ओली र माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड खुलेरै लागिपरेका छन् । तर ठगी प्रकरणमा लामिछानेको संलग्नतालाई लिएर प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसदीय छानविन समितिको गठनलाई ‘बटमलाइन’बनाएर संसद सञ्चालनमा निरन्तर अवरोध खडा गरिरहेको छ ।

रमाइलो कुरा के छ भने विगतमा प्रतिपक्षमा छँदा  सत्ताको दुरुपयोग गरेर छानविनलाई प्रभावित तुल्याउने सक्ने सम्भावनालाई अन्त्य गर्न खुलेर संसदीय छानविनको चर्को वकालत गर्ने लामिछाने भने आफूविरुद्ध कुनै पनि हालतमा त्यो हुन नहुने अड्डी कसेर बसेका छन् । खासगरी, लामिछानेका लागि सबैभन्दा कठीन सवाल नै विगतमा उनीआफैं समेतका व्यवसाय साझेदार रहेका जीवी राई सहकारी ठगी प्रकरणमा फरार रहेको र उनलाई सरकारले ‘पक्रन नसकेको’ स्थिति नै हो ।

यतिखेर जीवी राईलाई जानाजान सरकारले पक्रन नचाहेको हो भन्ने जनमत प्रवल बन्दै छ भने उपप्रधान एवं गृह सम्हालेका रवि लामिछानेले चाहिँ विगतमा सरकारले नै राईलाई भगाएको ‘संगीन’ आरोप लगाएका छन् । उनको यो आरोपलाई प्रतिवाद गर्दै प्रधानमन्त्री प्रचण्डले ‘वाहियात’को संज्ञा समेत दिइसकेका छन् ।

जे होस्, यतिखेर सहकारी ठगी प्रकरणमा कांग्रेसले ‘संसदीय छानविन समिति गठन’को मागलाई बटमलाइन बनाएर संसदलाई नै चल्न नसक्ने तुल्याएपछि यतिखेर सत्तारुढ घटकमा ठूलै सकसको स्थिति सिर्जना भएको छ ।

 

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई सुझाव

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई …

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त