अफताब आलमलाई जन्मकैद, रायमाझी लगायतलाई थुनामै राख्ने फैसला

लामो समयदेखि चल्दै आएको ‘हाइप्रोफाइल’ मुद्दाको फैसला गर्दै रौतहट जिल्ला अदालतले अभियुक्त नेपाली कांग्रेसका प्रभावशाली नेता मोहम्मद अफताब आलमसहित चार जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

वैशाख गते बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमसहित उनका भाइ महताब आलम, शेष सेराज र बद्री साहनीलाई जन्मकैदको सजाय सुनाएको हो ।

उनीहरुमाथि गत २०६४ साल चैत २७ गते संविधानसभाको अघिल्लो दिन रौतहटको राजपुरस्थित आलमका काका शेख इद्रिसको घरमा बम बनाउने क्रममा विस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप लागेको थियो । उनीहरुले घटनालाई दबाउन त्यसरी हत्याकाण्ड मच्चाएका थिए । राजनीतिक प्रभाव र दवाबका आधारमा विगतमा यस घटनालाई दबाउने चलखेल निक्कै चलेको थियो । कतिसम्म भने उनीहरुमाथि मुद्दा नचल्ने भनी तत्कालीन प्रहरी प्रशासन, जिल्ला सरकारी वकिलको कार्यालय तथा महान्यायाधिवक्ताको कार्यालयले समेत घटनालाई सामसुम पार्न खोजेको थियो । तरसर्वोच्च अदालतको आदेशपछि तत्कालीन सांसद आलमलई प्रहरीले २०७६ असोज १९ मा पक्राउ गरेर मुद्दा चलाएको थियो ।

अर्को हाल विचाराधीन हाइप्रोफाइलको मुद्दामा सर्वोच्च अदालतले एमाले नेता टाेपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे लगायत सातजनालाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको छ ।

उनीहरुमाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलिरहेको छ । जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले ‘पुर्पक्षका लागि थुनामा राख्ने’ भनी दिएको आदेशविरुद्ध उनीहरुले सर्वाेच्चमा गरेको पुनरावेदनमा सुनुवाइ गर्दै सर्वाेच्चका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाकाे इजलासले अघिल्लो अदालतको फैसलालाई सदर गर्दै साे आदेश गरेको हाे ।

Picture source: https://myrepublica.nagariknetwork.com

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई सुझाव

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई …

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त