लेनिनसम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार

सर्वहारावर्गका महान् गुरु लेनिन स्मृतिको शतवार्षिकीको सन्दर्भमा संघीय राजधानी काठमाडौंमा दुई दिने अन्तर्राष्ट्रिय लेनिन सेमिनार– २०२४ शुरु भएको छ ।

लेनिनको जन्मदिन अप्रिल २२ (वैशाख १०) को दिन पारेर शुरु भएको सो सेमिनारको आयोजना लेनिन स्मृति शतवार्षिकी, केन्द्रीय आयोजक समितिले गरेको हो ।

सेमिनारको उद्घाटन सत्रमा आयोजक समितिका संयोजक निनु चापागाईले उद्घाटन भाषण गरेका थिए । त्यस अवसरमा विभिन्न अतिथिहरुले आआफ्ना मन्तव्य राखेका थिए ।त्यस अवसरमा कम्युनिष्ट इन्टरनेशनलको गाइनुका साथै कलाकार जीवन शर्माले गीत गाएका तथा कवि विनोदविक्रम केसीले कविता वाचन गरेका थिए ।

कार्यक्रमको पहिलो सत्रमा चीनका लागि पूर्व नेपाली राजदूत तथा वामपन्थ द लेफ्टका प्रधान सम्पादक डा. महेश मास्केले लेनिन इन ट्वान्टी फस्ट सेन्चुरी नेपाल शीर्षकमा कार्यपत्र पेश गरेका थिए । उनको कार्यपत्रमाथि करुणा पराजुलीले टिप्पणी गरेका थिए ।

त्यसैगरी, सांघाइ चीनका फुदान युनिभर्सिटी अन्तर्गत स्कुल आफ मार्क्सिजमका एसोसिएट प्रोफेसर जियानकुन गाओले ‘लेनिनज्म इन द गाइडिङ आइडियोलोजी अफ प्रोलेटारियन रिभोलुसन एण्ड कन्स्ट्रक्सन इन द ग्रेट एरा अफ इम्पेरिलिज्म’ शीर्षकमा इन्फु चेङ र उनको संयुक्त लेखन रहेको कार्यपत्र पेश गरेका थिए । त्यसमाथि पत्रकार एवं लेखक झलक सुवेदीले टिप्पणी गरेका थिए ।

चीनका लागि नेपालका पूर्व राजदूत टंक कार्कीले ‘लेनिनको योगदान र लेनिनवादको सान्दर्भिकता’ शीर्षकमा कार्यपत्र पेश गरेका थिए । त्यसमाथि लेखक रोशन जनकपुरीले टिप्पणी गरेका थिए ।

प्रत्येक कार्यपत्रहरुमाथि टिप्पणीकर्ताको टिप्पणीपश्चात मञ्चमा सहभागीहरुले आ–आफ्ना विचार एवं प्रश्नहरु राखेका थिए । त्यसमाथि कार्यपत्र प्रस्तोताले जवाफ दिएका थिए ।

पहिलो दिनकाे कार्यक्रमका सत्रहरुको संयोजन संगीत र मित्रलाल पङ्गेनीले गरेका थिए ।

सेमिनारको दोस्रो दिन वैशाख ११ गते ५ वटा कार्यपत्रहरु प्रस्तुत हुने कार्यक्रम रहेको छ ।

त्यसअनुसार, सोसियलिस्ट पार्टी अफ बङ्गलादेशका जोयदीप भट्टचार्यले ‘लेनिन अन पार्टी अर्गनाइजेशन’, लेखक एवं अर्थशास्त्री हरि रोकाले ‘लेनिन एण्ड इम्पेरिलिजमः द कन्टेम्पोररी कन्टेक्स’, भारतका एसयुसीआइ (कम्युनिष्ट) का अमिताभ चटर्जीले ‘लेनिनः द फाइटर अगेन्स्ट रिभिनिजम इन कम्युनिष्ट मुभमेन्ट’, माक्र्सवादी लेखक एवं मजदूर विगुलका सम्पादक अभिनव सिन्हाले ‘मिनिङ अफ लेनिन इन ट्वाइन्टी फस्ट सेन्चुरी’ र नेपाल क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्य किरणले ‘लेनिन्स कन्ट्रिव्यूसन इन द डेभलपमेन्ट अफ मार्क्सिस्ट फिलोसफी’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

भट्टचार्यको कार्यपत्रमाथि धर्मेन्द्र वास्तोला कञ्चन, रोकाको कार्यपत्रमाथि रामराज रेग्मी, चटर्जीको कार्यपत्रमाथि सङ्गीत, सिन्हाको कार्यपत्रमाथि श्याम श्रेष्ठ र वैद्यको कार्यपत्रमाथि समीर सिंहले टिप्पणी गर्ने कार्यक्रम रहेको छ । दोस्रो दिनको कार्यक्रमको संयोजन तुल्सीदास महर्जन, नारायण ढकाल र बन्दना ढकालले गर्नेछन् ।

 

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई सुझाव

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई …

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त