साहित्यकार पारिजातको ३१ औं स्मृति दिवस मनाइयो

साहित्यकार पारिजातको ३१ औं स्मृति दिवस– वैशाख ५ का अवसरमा स्रष्टा एवम् अधिकारकर्मीहरुलाई पारिजातका नाममा स्थापित विभिन्न सम्मानहरू समर्पण गरिएको छ । पारिजात स्मृति केन्द्रले आयोजना गरेको एक कार्यक्रममा पारिजात बालसाहित्य सम्मान - २०८० बाट बालसाहित्यकार प्रा. डा. ध्रुव घिमिरेलाई, पारिजात कला सम्मान - २०८० बाट जनवादी गीतकार उदय श्रेष्ठलाई, पारिजात सृजन सम्मान - २०८० बाट कवि शोभा दुलाललाई र पारिजात संघर्षशील नारी सम्मान - २०८० बाट संघर्षशील नारी सम्मान  निर्मला देवी साहलाई  सम्मानित गरिएको छ ।

सम्मानित व्यक्तित्वहरुलाई प्रमुख अतिथि नेपाल प्रज्ञा- प्रतिष्ठानका कुलपति भूपाल राई, प्रगतिवादी समालोचक निनु चापागाई, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति रायन  र पारिजात स्मृति केन्द्रका अध्यक्ष मातृका पोखरेलले सम्मानपत्र प्रदान गरेका थिए ।

उक्त समारोहमा वरिष्ठ साहित्यकार एवम् साहित्यिक पत्रकार मोहन दुवालले पारिजातसँग विताएका विगतका समयहरुको संस्मरण गर्दै नेपाली साहित्यमा पारिजातले पुऱ्याउनुभएको योगदानको चर्चा गरे ।

प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै कुलपति भूपाल राईले पारिजात एकजना साहित्यकार मात्र नभएर 'विचारधारा' कै रूपमा स्थापित हुनुभएको व्यक्तित्व रहेको बताए । उनले नेपाल प्रज्ञा प्रतिष्ठानले पारिजात विचारधारालाई छलफलको विषय बनाउन चाहिरहेको पनि उल्लेख गरे ।

सोही कार्यक्रममा पारिजात स्मृति केन्द्र र प्रकाशक द्वय दिल 'वरदान' , सुवास श्रेष्ठबाट संयुक्त रूपमा प्रकाशन हुँदै आएको 'वेदना' साहित्यिक पत्रिका अबदेखि  www.ebedana.com का रूपमा अनलाइनमाध्यमबाट प्रकाशित  हुने जानकारी गराइएको थियो । उक्त अनलाईन संस्करणको  प्रगतिवादी समालोचक एवम् वेदनाका सल्लाहकार निनु चापागाईले सुभारम्भ गरेका थिए । उक्त अनलाईन संस्करणका सम्पादक एवम् कवि केशव सिलवाल र वेभसाइट डिजाइनर संगीतकर्मी केशर कालिकोटेले अनलाइनमा साहित्यिक पत्रिका प्रकाशन गर्दाका सीमा एवम् चुनौतिका बारेमा आफ्ना धारणा राखेका थिए ।

पारिजात स्मृति केन्द्रका अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यकमको संचालन केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले गरेका थिए । स्मृति केन्द्रका उपाध्यक्ष इन्दिरा दलीले धन्यवाद तथा कोषाध्यक्ष डा. विन्दु शर्माले स्वागत मन्तव्य राखेका सो कार्यक्रममा कार्यसमिति सदस्य अमृता शर्माले सम्मानित व्यक्तित्वहरुको योगदानको चर्चा गरेका थिए ।

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई सुझाव

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई …

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त