चीनको सरकारी कम्प्युटरहरुमा अमेरिकी माइक्रोचिप्सहरुको प्रयोगमा प्रतिबन्ध लाग्दै !

चीन र अमेरिकाबीचको व्यापार युद्धको प्रमुख मुद्दा प्रविधि बन्दै गइरहेको छ । अमेरिकाले चीनविरुद्ध प्रविधिको निर्यात तथा चिनियाँ प्रविधिमाथि नै पनि थुप्रै प्रतिबन्धहरु लगाइसकेको छ । त्यसका विरुद्ध चीनले पनि बेलोबेलामा अमेरिकाविरुद्ध प्रतिबन्धतात्मक कारवाहीहरु गर्दै आइरहेको छ । यसैमेसोमा पछिल्लो पटक चीनले अमेरिकी प्रविधिहरु इन्टेल र एएमडीका चीपहरु सरकारी कम्प्युटरमा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।

त्यसका साथसाथै चीनले अहिले अपरेटिङ सिस्टममा विश्वबजारमा प्रभुत्व राख्ने माइक्रोसफ्टका सफ्टवेयर तथा अन्य वैदेशिक डाटाबेस सफ्टवेयरहरुको प्रयोगमाथि पनि क्रमशः प्रतिबन्ध कस्दै गएको छ ।

चीनले एक निर्देशिका जारी गर्दै सरकारी कार्यालयहरुमा प्रयोग हुने कम्प्युटरटमा सुरक्षित र भरपर्दो प्रोसेसर र अपरेटिङ सिस्टम हुनुपर्ने जनाएको छ ।

कुनैबेला माइक्रोचिप्समाथि अत्यधिक निर्भर चीन अमेरिकाको प्रतिबन्ध र कडाइका कारण आफैं माइक्रोचिप्सहरुको उत्पादनमा युद्धस्तरमा लागेको छ । उसले विश्वस्तरको माइक्रोचिप्सहरु उत्पादन गर्न सफलता पनि हासिल गरिसकेको छ । यसमेसोमा उसलेसुरक्षित र भरपर्दो प्रोसेसरहरु भनेर केही समय अघि जारी गरेको स्टेटमेन्टमा पनि चिनियाँ कम्पनीहरुले उत्पादन गरेका चिप्सहरुलाई मात्र सूचीकृत गरेको थियो ।

चीनको यो कदमबारे इन्टेल र एएमडी कम्पनीहरुले कुनै प्रतिक्रिया जनाएको छैन । तर चीनको यो प्रतिबन्धले ती दुई कम्पनीहरुले विश्वबजारको सबैभन्दा ठूलो र महत्वपूर्ण हिस्सा गुमाउने निश्चित छ ।

त्यसो त विश्वबजारमा माइक्रोचिप्सको उत्पादनमा सबैभन्दा ठूलो दबदबा ताइवानको रहँदै आएको छ । अमेरिका आफैं पनि माइक्रोचिप्सका लागि ताइवानमाथि अत्यधिक निर्भर छ । निकट भविष्यमा कुनै पनि बेला चीनले ताइवानमाथि हमला गर्न सक्ने भयका बीच अमेरिका र भारत जस्ता ठूला अर्थव्यवस्था भएका देशहरु आफ्नै भूमिभित्र माइक्रोचिप्सको उत्पादन गर्न तथा त्यसको उत्पादन बढाउन अत्यन्तै गम्भीर रुपमा लागिपरेको छ । कतिसम्म भने कदाचित चीनले ताइवानमाथि सैनिक हस्तक्षेप गरिहाल्यो भने अमेरिकाले त्यहाँको माइक्रोचिप्स उत्पादन गर्ने कारखानालाई नै धूलीसात बनाउन सक्ने खबरहरु पनि यसअघि प्रकाशमा आइसकेको कुरा हो ।

 

सम्बन्धित सामग्री

       चीन–अमेरिका व्यापार युद्ध सघन बन्दै: चीन प्रत्याक्रमणमा उत्रँदा यसरी पछारिँदैछ अमेरिका !

 

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई सुझाव

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई …

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त