सत्ता राजनीतिको गल्लीमा अप्रत्याशित हलचल !

अत्यन्तै अप्रत्यासित र नाटकीय ढंगले नेपालमा सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन तयार भएको छ ।

यो अप्रत्यासित र नाटकीय यस ढंगले कि सत्ता गठबन्धनका मुख्य घटक नेपाली कांग्रेस तथा नेकपा एकीकृत समाजवादीका मूल नेतृत्वले समेत यसरी हठात गठबन्धन भत्किन्छ भनेर कल्पना समेत गरेका थिएनन् भन्ने कुरा उनीहरुको प्रतिक्रियाबाट देखिन्छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छँदा संसद भंग गर्दै नयाँ मध्यावधि निर्वाचनको सिफारिश गरेको घटनाको पृष्ठभूमिमा यसअघि नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी लगायतका दलहरु मिलेर गठबन्धन तयार भएको थियो । उक्त गठबन्धनले संसदमा ३२ सीट रहेको नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सत्ता साझेदारी गरेको थियो । त्यसबेला संसदमा ८९ सीट रहेको नेपाली कांग्रेस र १० सीट रहेको नेकपा एकीकृत समाजवादी लगायतका दलहरुले उनलाई समर्थन गरेका थिए ।

अहिले पुरानो गठबन्धन भत्काएर नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले पहिले आफैंले विरोध गरेका संसदमा दोस्रो ठूलो दल नेकपा एमालेसमेतसँग मिलेर नयाँ गठबन्धन बनाएका छन् । यस गठबन्धनलाई राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी लगायतले समेत समर्थन गरेको छ । पुरानो गठबन्धनमा रहेका नेकपा एकीकृत समाजवादीलाई समेत यस नयाँ गठबन्धनमा समावेश गराउने प्रयास भइरहेकाे छ । प्रचण्डले माधव नेपाललाई भेटिसकेका छन् भने त्यसमा सहमति जनाउँदै मुख्य सत्तासाझेदार एमालेका अध्यक्ष ओलीले समेत माधव नेपाललाई टेलिफाेन सम्पर्क गरिसकेको खबर प्रकाशमा आएको छ ।

त्यस्तो के विशिष्ट परिस्थिति पैदा भयो, जसको कारणले पुरानो गठबन्धन भत्केर नयाँ गठबन्धन बन्नुपर्ने परिस्थिति तयार भयो त भन्नेबारे अहिले ठोस रुपमा भन्न सकिने अवस्था छैन न त यसबारेमा आधिकारिक रुपमा जिम्मेवार व्यक्तिहरुले नै बोलेका छन् । तथापि, अहिलेको घटनाक्रमले नेपाली राजनीतिको विद्यमान अस्थीर संरचना एवं सत्ता केन्द्रीत चरित्रलाई उजागार गरेको छ । यसले अब प्रदेश तहको सत्ता संरचनामा समेत हेरफेर ल्याउने निश्चित छ । एउटा कुरा के चाहिँ पक्का हो भने, नेपालको सत्तामा परिवर्तन वा हेरफेर हुँदैमा तत्कालै अवस्थामा आधारभूत परिवर्तन भने आउनेछैन ।

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई सुझाव

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई …

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त