बौद्धिक विमर्शको खडेरीबीच ‘बसन्तको मेघगर्जन’ !
नेपाल अध्ययन केन्द्रले माघ २३ गते संघीय राजधानी काठमाडौंमा ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ शीर्षकमा राष्ट्रिय गोष्ठीको आयोजना गरेको छ ।

उक्त गोष्ठीमा मुख्य वक्ताको रुपमा नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले सम्बोधन गरेका थिए ।
डा. देवेन्द्रराज पाण्डेको सम्बोधनपश्चात कार्यक्रम दुई सत्रमा सञ्चालन गरिएको थियो । दुई सत्रमा सञ्चालित कार्यक्रमको पहिलो सत्रमा अर्चना थापा, कृष्ण खनाल, सिके लाल र हरि शर्माले आफ्नो अवधारणाहरु राखेका थिए । सो पहिलो सत्रको सञ्चालन एवं सहजीकरण बुद्धिजीवी झलक सुवेदीले गरेका थिए ।





कार्यक्रमको दोस्रो सत्रमा विभिन्न पार्टीका दोस्रो पुस्ताका नेताहरुले आफ्ना धारणाहरु राखेका थिए । त्यसरी धारणा राख्नेहरुमा ओनसरी घर्ती मगर, धनश्याम भुसाल, मिनेन्द्र रिजाल, पृथ्वी सुब्बा गुरुङ र सन्तोष परियार थिए ।




कार्यक्रममा चर्चित गायक आभाषले दुई वटा गीत गाएका थिए भने कवि राजु स्याङतानले कविता सुनाएका थिए ।


तुलनात्मक रुपमा पहिलो सत्र व्यवस्थित र विषय केन्द्रीत रहेको थियो भने दोस्रो सत्रमा नेताहरुले परम्परागत शैलीमा आफ्ना भनाइहरुलाई राखेका थिए ।
गहन विषयहरुमा निरन्तर भइरहनुपर्ने बौद्धिक मन्थनसहितको छलफल–अन्तर्क्रियाहरुको भयानक खडेरी चलिरहेका वर्तमान अवस्थामा नेपाल अध्ययन केन्द्रले आयोजना गरेको सो गोष्ठी ‘वसन्तको मेघगर्जन’ जस्तै शीतलता प्रदान गर्ने खालको थियो । तर खड्केको कुरा चाहिँ नेताहरुको विषयकेन्द्रीत हुन नसकेको पट्यारलाग्दो गन्थन र गोष्ठीका श्रोताहरुको समेत प्रतिनिधित्व हुने गरी सहभागी गराई प्रश्नोत्तर सत्र सञ्चालन नगरिनु थियो । आगामी दिनहरुमा आयोजकहरुले यस विषयमा ध्यान दिने अपेक्षा गर्न अर्घेल्याइ नठहर्ला ।
भोटेकोशी बाढी मानवसभ्यताले भोगेको मध्ये ठूलो घटना: प्रधानमन्त्री बालेन शाह
भोटेकोशी बाढीले गरेको अकल्पनीय क्षति
मानवशास्त्री जेम्स एफ. फिसरको निधन
प्रख्यात जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन
साम्प्रदायिक हिंसाप्रति प्रबुद्ध वर्गको चिन्ता, सद्भाव कायम राख्न संयुक्त अपिल
लङ मार्चमा सहभागी अन्तिम जीवित महिला योद्धाको १०५ वर्षको उमेरमा निधन
नागरिक अगुवा तथा अर्थविद् डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
प्रतिक्रिया