७९ वर्षको उमेरमा माओवादी नेता शर्माले बौद्ध दर्शनको अध्ययन थाले

माओवादी नेता दीनानाथ शर्माले बौद्ध दर्शनको औपचारिक अध्ययन थालेका छन् ।

सोही सिलसिलामा शर्मा त्रिविअन्तर्गतको बौद्ध अध्ययन केन्द्रीय विभाग, कीर्तिपुरमा स्नातकोत्तर तहमा भर्ना समेत भएका छन् । हाल शर्मा को उमेर ७९ वर्ष रहेको छ ।

अहिले आएर बौद्ध दर्शन पढ्नुको बारेमा प्रष्ट पार्दै शर्माले दायित्वबोधसँगको संक्षिप्त कुराकानीको क्रममा 'सानैदेखि आफूलाई बौद्ध दर्शनको अध्ययन गर्ने इच्छा रहेको र सोही इच्छालाई मूर्तरुप दिन औपचारिक अध्ययन थालेको' बताए ।   'मार्क्सवाद र बुद्ध दर्शन दुवै भौतिकवादी दर्शन रहेको, बुद्ध दर्शनले अनात्मवादलाई मान्ने गरेको' बताउँदै उनले 'मार्क्सवादको अध्ययनमा जीवनको उर्जामय समय खपत गरेको र हाल आएर आफूले बुद्ध दर्शनको औपचारिक अध्ययन थालेको' पनि बताए ।

'ज्ञान आर्जनको लागि उमेर बाधक नबन्ने' बताउँदै शर्माले 'बुद्ध दर्शनको अध्ययन गरेर भविष्यमा मार्क्सवाद र बौद्ध दर्शनबीचको तुलनात्मक अध्ययन गर्ने आफ्नो चाहना रहेको' समेत बताए ।

'उमेरले अध्ययनलाई छेक्न सक्दैन भन्ने कुराको प्रेरणा अरुलाई समेत प्राप्त होस् भन्ने उद्देश्यले समेत आफूले अहिले बौद्ध दर्शनको अध्ययन थालेको' पनि उनले बताए ।

बौद्ध दर्शनको अध्ययनमा दीनानाथ शर्माले देखाएका चासोले आफूहरु एकदमै उत्साहित बनेको प्रतिक्रिया बौद्ध केन्द्रीय अध्ययन विभागका प्रमुख डा. चन्द्रकला घिमिरे दिएकी छिन् । दायित्वबोधसँगको कुराकानीमा ‘बौद्धदर्शन मानिसको मस्तिष्क रुपान्तरणको लागि आवश्यक रहेको बताउदै डा. घिमिरेले ‘यो धर्मभन्दा पनि जीवन पद्दति रहेको र दीनानाथ शर्मा जस्ता राजनीतिको केन्द्रीय व्यक्तित्वले यसको अध्ययनमा देखाएको उत्साहले युवाहरुलाई प्रेरणा प्राप्त हुने' बताइन् ।

‘बौद्ध दर्शनलाई भौतिकवादसँग कसरी जोड्न सकिन्छ भनेर समेत शर्माले बौद्ध अध्ययन थालेको बताएको उल्लेख गर्दैै डा. घिमिरेले ‘अध्ययनका लागि उमेरले छेक्दैन भन्ने सन्देश प्रवाह हुने विश्वास व्यक्त गरिन् । बौद्ध दर्शनको अध्ययनमा शर्माको सहभागिताले बौद्धदर्शनका विषयवस्तुहरु नेपालको राजनीतिको केन्द्रमा समेत पुग्ने र यसको सीमिततालाई हल गर्ने बारे केन्द्रीय प्रशासनसम्म मुद्दा पुग्ने आशा जागेको प्रतिक्रिया उनले दिएकी छिन् ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई सुझाव

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई …

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त