मिटरव्याजीले हडपेको घर खाली गराए
सिरहाको लहान नगरपालिका ७ मा मिटर ब्याज बिरुद्धको संघर्ष समितिले साहु (महाजन)ले हड्पेको घर खाली गराएका छन् ।
साहु रामबाबु महतोले हड्पेको घर खाली गराएर मिटर ब्याज बिरुद्धको संघर्ष समितिले पीडित श्याम विश्वकर्मालाई हस्तान्तरण गरेका हुन् । श्याम दुई छोरा, श्रीमती र भतिजा-भतिजीसहित घर प्रवेश गरेका छन् ।
०७१ मा महतोसँग श्यामका दाइ हिरालालले १० लाख रुपैयाँ ऋण लिएका थिए । ऋण लिन महतोको नाममा १० धुर जग्गा र घर रजिस्ट्रेशन पास गरिदिएका थिए ।ब्याजसहित ऋण चुक्ता गरेपछि घरजग्गा फिर्ता गर्ने सहमति भएको थियो ।
तर ऋणी हिरालालको निधन भयो । त्यसपछि उनका भाइ श्यामले पटक पटक गरी २१ लाख रुपैयाँ महतोलाई बुझाए । ०७७ मा महतोले ५७ लाख हिसाब सुनाए र तिर्न नसके घर खाडी गर्न श्यामलाई चेतावनी दिए ।
श्याम भन्छन्, ‘चर्को ब्याजसहित रामबाबुले मलाई ५७ लाख तिर्नुपर्ने भन्न थाल्यो । त्यति रकम म तिर्न सकिनँ । पछि धाक धम्की लगाएर घर खाली गर्न लगायो ।’
‘साहु रामबाबुले दुइ वर्ष अगाडि घर कब्जा गरेपछि आफू भाडामा बस्दै आएको थिए’, श्यामले दायित्वबोधलाइ भने, ‘रामबाबुले घर भाडामा लगाएको थियो । भाडामा बस्नेहरूलाई म पटक पटक खाली गर्न भन्दै आएका थियौँ । तर खाली नगरेपछि साथीहरूको सहयोगमा भाडेदारको सामानहरु बाहिर प्यासेजमा राखेर हामी बस्न सुरु गरेका छौँ ।
घर खाली गर्न लाग्दा साहु रामबाबुले प्रहरीलाई बोलाए । प्रहरी पुगेपछि जवर्जस्ती घरमा पस्न नदिने प्रयास गर्दा पनि असफल बन्यो । प्रहरीको अवरोध छल्दै पीडित श्याम घर प्रवेश गरे । श्यामलाई सहयोग गर्न हजारौं मिटर ब्याज पीडितहरू पुगेका थिए ।
भोटेकोशी बाढी मानवसभ्यताले भोगेको मध्ये ठूलो घटना: प्रधानमन्त्री बालेन शाह
भोटेकोशी बाढीले गरेको अकल्पनीय क्षति
मानवशास्त्री जेम्स एफ. फिसरको निधन
प्रख्यात जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन
साम्प्रदायिक हिंसाप्रति प्रबुद्ध वर्गको चिन्ता, सद्भाव कायम राख्न संयुक्त अपिल
लङ मार्चमा सहभागी अन्तिम जीवित महिला योद्धाको १०५ वर्षको उमेरमा निधन
नागरिक अगुवा तथा अर्थविद् डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
प्रतिक्रिया