लेनिन शतवार्षिकी मनाउन समिति गठन

काठमाडौं/विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन भएको छ । लेखक, मार्क्सवादी चिन्तक तथा अग्रणी कम्युनिस्ट बौद्धिक निनु चापागाईंको संयोजकत्वमा शुक्रबार लेनिन स्मृति शतवार्षिकीको मूल आयोजक समिति निर्माण गरिएको हो।

शतवार्षिकी समितिमा मार्क्सवादी अर्थशास्त्री हरि रोका, साहित्यकार नारायण ढकाल, कवि तथा समालोचक डा. अमर गिरी, समालोचक तथा प्राध्यापक डा. ताराकान्त पाण्डेय, लेखक झलक सुवेदी, लेखक तथा पत्रकार तुल्सीदास महर्जन, कवि कल्पना चिलुवाल, कवि बलराम तिमल्सिना, लेखक रोशन जनकपुरी, गायक जीवन शर्मा, कुमार उपाध्याय, प्रमोद धिताल, वन्दना ढकाललगायत १७ जना सदस्य रहनुभएको छ । मूल आयोजक समितिलाई विस्तार गरिने र यसमार्फत् वर्ष २०२४ भरि विभिन्न सहरमा कार्यक्रमहरु आयोजना गर्ने संयोजक चापागाईंले बताउनुभयो।

‘यो हाम्रो प्रारम्भिक पहल हो, शतवार्षिकी समितिले विभिन्न प्रदेश तथा सहरमा पनि सम्भव भएसम्म संयोजन समिति निर्माण गर्नेछ र आश्यकताअनुसार विभिन्न विभाग बनाएर एक वर्षभरि कार्यक्रम गर्ने सोच बनाएको छ,’ संयोजक चापागाईंले भन्नुभयो, ‘हामी चार किसिमका काम गर्नेछौं– पहिलो, समाजवादी क्रान्तिमा र मार्क्सवादको विकासमा लेनिनका योगदानबारे र लेनिनवादको सान्दर्भिकताबारे विचारगोष्ठी तथा वैचारिक बहसहरु आयोजना गर्नेछौं; दोस्रो, लेनिनका महत्त्वपूर्ण रचनाहरुको पुनप्र्रकाशन गर्नेछौं; तेस्रो, विभिन्न सहरमा सांस्कृतिक प्रकृतिका सभा र कलात्मक प्रदर्शनीहरु गर्नेछौं र चौथो, लेनिनबारे स्मारिका तयार गर्नेछौं।’

रुसमा सन् १९१७ सम्पन्न भएको समाजवादी क्रान्तिका नायक तथा प्रथम समाजवादी व्यवस्थाका संस्थापक लेनिन मार्क्सवादी धाराका दार्शनिक, क्रान्तिकारी सिद्धान्तकार र मजदुरवर्गीय आन्दोलनका अगुवाका रुपमा प्रख्यात छन् । ‘कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले प्रतिपादन गरेको कम्युनिस्ट सिद्धान्तलाई रुसमा क्रान्ति सम्पन्न गरी व्यवहारद्वारा सिद्ध गर्ने र संसारमा समाजवाद सम्भव छ भन्ने सन्देश फैलाउने महान् नेता हुन् लेनिन’, नवगठित शतवार्षिकी समितिका सदस्य हरि रोकाले भन्नुभयो, ‘लेनिन हुन्थेनन् भने मार्क्सवाद केवल युटोपिया रहने थियो, किताबमा कतै थन्किने थियो । त्यसकारण, संसारभरिका मार्क्सवादीले लेनिनलाई बिर्सन सक्दैनन्, बिर्सन हुँदैन।’

लेनिनको जन्म सन् १८७० अप्रिल २२ मा भएको हो । उनको मृत्यु सन् १९२४ जनवरी २१ मा भयो । सन् २०२४ मा उनको मृत्यु भएको १०० वर्ष पूरा भएको छ । संसारभरिका कम्युनिस्टहरुले यो वर्षलाई लेनिनको स्मृतिको शताब्दी वर्षका रुपमा मनाइरहेका छन्।शतवार्षिकी समितिले लेनिनको मृत्यु भएको दिन जनवरी २१ (माघ ७) मा आफ्नो पहिलो कार्यक्रम काठमाडौंमा गर्ने जनाएको छ।

 

Photo: https://i.pinimg.com

 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई सुझाव

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई …

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त