निषेधित क्षेत्र बढाएकोमा नागरिक विरोध
सरकारले निषेधित क्षेत्रहरु बढाउँदै लगेपछि त्यसको विरोधमा बृहत् नागरिक आन्दोलनले ‘नागरिक सर्वोच्चताका लागि विरोध मार्च’ गर्ने भएको छ ।
उक्त विरोध मार्च मंसिर २९ गते शुक्रबार दिउँसो रत्नपार्कसिथ्त शान्तिबाटिकाबाट शुरु हुने जनाइएको छ ।
त्यसबारे बृहत् नागरिक आन्दोलनले जारी गरेको पर्चामा भनिएको छ–
राज्यलाई खबरदारी गर्न नागरिकले विरोधका आवाज उठाउने ठाउँहरूलाई संकुचित गर्दै लैजानु लोकतन्त्र माथि खतराको सङ्केत हो । खुलामञ्च, माइतीघर र शान्तिवाटिका हाल नागरिक आवाज मुखरित गर्ने स्थलहरू हुन्। यो नागरिकको संवैधानिक लोकतान्त्रिक अधिकार हो । सरकारले लामो समयसम्म माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरेर आफूप्रति लक्षित विरोधका आवाजहरू दबाउन खोजेको छ। यो निरङ्कुश राज्यको चरित्र हो ।
दिन प्रतिदिन भ्रष्टाचार बढ्दै गइरहेको छ । सामाजिक न्याय सङ्कटमा छ । सरकारप्रति बढेका असन्तुष्टि अभिव्यक्त हुन नदिन नागरिकले प्रयोग गर्दै आएको विरोध स्थललाई निषेधित क्षेत्र घोषणा गर्ने कदमको विरोध स्वरूप निषेधित क्षेत्र तोडेर नागरिक सर्वोच्चता कायम गर्न विरोध मार्चमा सहभागी बनौं।
भोटेकोशी बाढी मानवसभ्यताले भोगेको मध्ये ठूलो घटना: प्रधानमन्त्री बालेन शाह
भोटेकोशी बाढीले गरेको अकल्पनीय क्षति
मानवशास्त्री जेम्स एफ. फिसरको निधन
प्रख्यात जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन
साम्प्रदायिक हिंसाप्रति प्रबुद्ध वर्गको चिन्ता, सद्भाव कायम राख्न संयुक्त अपिल
लङ मार्चमा सहभागी अन्तिम जीवित महिला योद्धाको १०५ वर्षको उमेरमा निधन
नागरिक अगुवा तथा अर्थविद् डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
प्रतिक्रिया