साहित्यकार सङ्ग्रौलालाई वैकुण्ठहरि श्रेष्ठ स्मृति सम्मान

प्रसिद्ध प्रगतिवादी साहित्यकार खगेन्द्र सङ्ग्रौलालाई नगद पुरस्कारसहित ‘वैकुण्ठहरि श्रेष्ठ स्मृति सम्मान'द्वारा सम्मानित गरिने भएको छ ।

बैकुण्ठहरि श्रेष्ठको ९० औं जन्मजयन्तीको अवसरमा आगामी मंसिर १० गते मध्यपुर थिमिको यचू पार्टी भेन्यूमा एक कार्यक्रमको आयोजना गरी सङ्ग्रौलालाई दिउँसाे १ बजे सम्मानित गर्ने कार्यक्रम रहेको आयोजक संस्था बैकुण्ठहरि श्रेष्ठ स्मृति प्रतिष्ठानले जनाएको छ ।

उक्त कार्यक्रम  नेपाल भाषाका वरिष्ठ प्रगतिवादी कवि डा. योगेन्द्र प्रधानको प्रमुख आतिथ्यमा हुने जानकारी पनि प्रतिष्ठानका अध्यक्ष श्याम कृष्ण श्रेष्ठले दिएका छन् ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।