काठमाडौंमा ३० दिन लामो निषेधाज्ञा
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले मंसिर ४ गते एक आदेश जारी गर्दै काठमाडौंका केही तोकिएका ठाउँहरुमा जुलुस, भेला, प्रदर्शन तथा विरोधका कार्यक्रमहरु गर्न रोक लगाएको छ ।
त्यसरी निषेधाज्ञा लगाएका क्षेत्रहरुमा पद्मोदय मोडदेखि सिंह दरवार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, विजुलीबजार पुल हुँदै नयाँ वानेश्वर चोकसम्म रहेका छन् ।
आगामी मंसिर सातमा हुने भनेको दुर्गा प्रसाईंहरुको प्रदर्शन र समानान्तर रुपमा नेकपा एमाले समर्थित युवासंघले आयोजना गर्न लागेको पूर्वसन्ध्यामा यो निषेधाज्ञा जारी गरिएको छ ।
यी दुई भिन्न समूहको एकै दिन हुने प्रदर्शनले राजधानीमा भिडन्त र अराजकताको स्थिति उत्पन्न हुन सक्ने आशंका गरिएको थियो । सोही पृष्ठभूमिमा यो निषेधाज्ञा आएको हो ।
स्मरणीय के छ भने, यो निषेधाज्ञा एक महिना लामो समयावधि किटेरै लगाइएको छ । यसअघि यति लामो समयसम्म निषेधाज्ञाहरु विरलै लगाइने गरिन्थ्यो ।

भोटेकोशी बाढी मानवसभ्यताले भोगेको मध्ये ठूलो घटना: प्रधानमन्त्री बालेन शाह
भोटेकोशी बाढीले गरेको अकल्पनीय क्षति
मानवशास्त्री जेम्स एफ. फिसरको निधन
प्रख्यात जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन
साम्प्रदायिक हिंसाप्रति प्रबुद्ध वर्गको चिन्ता, सद्भाव कायम राख्न संयुक्त अपिल
लङ मार्चमा सहभागी अन्तिम जीवित महिला योद्धाको १०५ वर्षको उमेरमा निधन
नागरिक अगुवा तथा अर्थविद् डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
प्रतिक्रिया