मानवतावादी सम्मान तथा पुरस्कार प्रदान
वंश–रत्न मेमोरियल ट्रस्टले वैज्ञानिक भौतिकवादी चिन्तक मोहनविक्रम सिंह, नागरिक अभियन्ता श्याम श्रेष्ठ र वैज्ञानिक एवं मानवतावादी अभियन्ता प्राडा नरेन्द्र नायकलाई जनही एक लाखको नगद राशीसहित वंश–रत्न मानवतावादी सम्मानले सम्मानित गरेको छ ।
अन्धविश्वास, कुरीति, कुसंस्कार र सबैखाले विभेदविरुद्ध एवं मानववाद र वैज्ञानिक चेतनाको पक्षमा क्रियाशील विभिन्न क्षेत्रका व्यक्तित्व वा संस्थालाई सम्मानित गर्ने ट्रस्टको नीतिअनुसार उनीहरुलाई सम्मानित गरिएको हो ।
असोज २० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा उनीहरुलाई प्रमुख अतिथि वरिष्ठ पत्रकार भैरव रिसालले प्रमाणपत्र र नगद राशी प्रदान गरेका थिए । सो अवसरमा सम्मानित व्यक्तित्व श्याम श्रेष्ठका बारेमा राजेन्द्र महर्जन, उत्तम निरौलालगायतका वक्ताहरुले संक्षेपमा प्रकाश पारेका थिए ।
सो अवसरमा सम्मानित व्यक्तित्वहरु श्याम श्रेष्ठ र भारतका मैङ्गलुर निवासी प्राडा नरेन्द्र नायकले आफ्ना विचारहरु राखेका थिए । त्यसैगरी, वरिष्ठ राजनीतिज्ञ चित्रबहादुर केसी लगायतका वक्ताहरुले पनि संक्षेपमा आफ्ना धारणाहरु प्रस्तुत गरेका थिए ।
ट्रस्टका अध्यक्ष सन्तकुमारी श्रेष्ठका अनुसार यस किसिमको पुरस्कार प्रदान गरिएको नेपालमै पहिलो पटक हो ।

भोटेकोशी बाढी मानवसभ्यताले भोगेको मध्ये ठूलो घटना: प्रधानमन्त्री बालेन शाह
भोटेकोशी बाढीले गरेको अकल्पनीय क्षति
मानवशास्त्री जेम्स एफ. फिसरको निधन
प्रख्यात जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन
साम्प्रदायिक हिंसाप्रति प्रबुद्ध वर्गको चिन्ता, सद्भाव कायम राख्न संयुक्त अपिल
लङ मार्चमा सहभागी अन्तिम जीवित महिला योद्धाको १०५ वर्षको उमेरमा निधन
नागरिक अगुवा तथा अर्थविद् डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
प्रतिक्रिया