विपी साहित्य महोत्सवः वैचारिक खडेरीका माझ थालिएको एउटा सत्कर्म

समकालीन राजनीतिको सबैभन्दा ठूलो त्रासदी वैचारिक कर्म, विचारमन्थन र बहस–छलफलहरु झन्डै एकादेशका कथा बनेका छन् । विचार–दर्शनबारे चिन्तन–मनन गर्ने, पढ्ने पढाउनेभन्दा सत्ता राजनीतिको छिनाझप्टी र व्यवस्थापनमा नेपालका अधिकांश राजनीतिक दलहरु चुर्लुम्मै डुबेका छन् । एक किसिमले भन्दा मुलुकमा एउटा ठूलो वैचारिक खडेरीको अवस्था पैदा भएको छ । यो स्थितिमा नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसर पारेर आज भदौ २४ गतेदेखि बीपी साहित्यिक महोत्सव शुरु भएको छ । 

मूलतः विपीका साहित्यसम्बन्धी विविध पाटाहरुमाथि विमर्श हुने यस महोत्सवमा दैनिक एक कि नोट स्पीच, दैनिक चार प्यानल डिस्कसन, प्यानल डिस्कसनमाथि लाइभ आर्ट, चित्रकला र ऐतिहासिक फोटो प्रदर्शनी तथा दैनिक एक डकुमेन्ट्रीको प्रदर्शन हुने’ आयोजकहरुले जानकारी दिएका छन् । भदौ २४ गतेदेखि २६ गतेसम्म तीन दिन चल्ने सो कार्यक्रममा सबैलाई सहभागिता खुल्ला गरिएको छ । 

आयोजकहरुले सार्वजनिक गरेअनुसार सो साहित्यिक महोत्सवका कार्यक्रमहरु निम्नानुसार रहेका छन्–

 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।