विपी साहित्य महोत्सवः वैचारिक खडेरीका माझ थालिएको एउटा सत्कर्म
समकालीन राजनीतिको सबैभन्दा ठूलो त्रासदी वैचारिक कर्म, विचारमन्थन र बहस–छलफलहरु झन्डै एकादेशका कथा बनेका छन् । विचार–दर्शनबारे चिन्तन–मनन गर्ने, पढ्ने पढाउनेभन्दा सत्ता राजनीतिको छिनाझप्टी र व्यवस्थापनमा नेपालका अधिकांश राजनीतिक दलहरु चुर्लुम्मै डुबेका छन् । एक किसिमले भन्दा मुलुकमा एउटा ठूलो वैचारिक खडेरीको अवस्था पैदा भएको छ । यो स्थितिमा नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसर पारेर आज भदौ २४ गतेदेखि बीपी साहित्यिक महोत्सव शुरु भएको छ ।
मूलतः विपीका साहित्यसम्बन्धी विविध पाटाहरुमाथि विमर्श हुने यस महोत्सवमा दैनिक एक कि नोट स्पीच, दैनिक चार प्यानल डिस्कसन, प्यानल डिस्कसनमाथि लाइभ आर्ट, चित्रकला र ऐतिहासिक फोटो प्रदर्शनी तथा दैनिक एक डकुमेन्ट्रीको प्रदर्शन हुने’ आयोजकहरुले जानकारी दिएका छन् । भदौ २४ गतेदेखि २६ गतेसम्म तीन दिन चल्ने सो कार्यक्रममा सबैलाई सहभागिता खुल्ला गरिएको छ ।
आयोजकहरुले सार्वजनिक गरेअनुसार सो साहित्यिक महोत्सवका कार्यक्रमहरु निम्नानुसार रहेका छन्–
भोटेकोशी बाढी मानवसभ्यताले भोगेको मध्ये ठूलो घटना: प्रधानमन्त्री बालेन शाह
भोटेकोशी बाढीले गरेको अकल्पनीय क्षति
मानवशास्त्री जेम्स एफ. फिसरको निधन
प्रख्यात जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन
साम्प्रदायिक हिंसाप्रति प्रबुद्ध वर्गको चिन्ता, सद्भाव कायम राख्न संयुक्त अपिल
लङ मार्चमा सहभागी अन्तिम जीवित महिला योद्धाको १०५ वर्षको उमेरमा निधन
नागरिक अगुवा तथा अर्थविद् डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
प्रतिक्रिया