महाभूकम्पले हल्लायो, ज्वालामुखीले थर्कायो !

रूसको क्याम्च्याट्कामा प्रकृतिको दोहोरो प्रहार

रूसको सुदूर पूर्वी प्रायद्वीप क्याम्च्याट्कामा प्रकृतिले एकैपटक दुई प्रचण्ड शक्ति देखायो- पहिले समुद्रभित्र गहिरो ८.८ म्याग्निच्युडको महाभूकम्प, त्यसपछि आकाश चिरेर उर्लिएको ज्वालामुखी विस्फोट।

यो घटना आकस्मिक मात्रै थिएन। वैज्ञानिकहरू भन्छन्, समुद्रको गर्भबाट आएको त्यो शक्तिशाली महाभूकम्पले क्याम्च्याट्काको सबभन्दा अग्लो र सक्रिय ज्वालामुखी 'क्लुचेव्स्कोय' (Klyuchevskoy) लाई झनै क्रियाशील बनायो। अर्थात्, ज्वालामुखी पहिले नै बर्सिन लागेको थियो, तर भूकम्पले त्यसलाई अझ तीव्र गरायो।

भूकम्पले ल्याएको सुनामीको तनाव

क्याम्च्याट्काको छेउबाट सुरु भएको त्यो ८.८ म्याग्निच्युडको भूकम्प पृथ्वीको भित्री प्लेटहरू चिप्लिएर आएको हो। यति शक्तिशाली कम्पनले रुस मात्र होइन, जापान, चिली, हवाई, यहाँसम्म कि इक्वेडरसम्म पनि सुनामीको खतरा पैदा गरायो ।

हवाइमा करिब १.८ मिटर अग्लो लहर देखियो भने जापानको तटीय क्षेत्रमा पनि १.३ मिटर उचाइको पानी पस्यो। क्याम्च्याट्कामा त झण्डै चार मिटर अग्लो लहरले तटीय क्षेत्र हल्लायो। यद्यपि, समयमै जारी गरिएको चेतावनीले करिब ३० लाख मानिसहरूलाई सतर्क बनायो र सुरक्षित आश्रयस्थलतिर जान पाए । त्यसले गर्दा  जनधनको ठूलो क्षति भने हुन पाएन।

ज्वालामुखीको कहर

भूकम्प गएको केही घण्टामै क्लुचेव्स्कोय ज्वालामुखी विस्फोट भयो। वैज्ञानिकहरूका अनुसार यसअघि नै त्यसको शिखरमा लावाको ताल देखिएको थियो । त्यसो भनेको ज्वालामुखी विस्फोटको पूर्वसंकेत हो। भूकम्पको कम्पनले त्यसलाई झन् बलियो बनायो।

विस्फोट यति शक्तिशाली थियो कि करिब दुई किलोमिटर उचाइसम्म खरानीको मुस्लो उठ्यो र लगभग ५८ किलोमिटरसम्म पूर्व दिशातर्फ फैलियो। रातको समय भएकाले स्थानीय बासिन्दाले आकाश चिरेर उर्लेको जस्तो चम्किलो रातो ज्वालाको दृश्य देखे ।

भूकम्प र ज्वालामुखी विस्फोटको अन्तरसम्बन्ध

के भूकम्पले ज्वालामुखी विस्फोट गराउने सक्छ भन्ने खालको प्रश्न धेरैको मनमा आउन सक्छ। वैज्ञानिकहरूको भनाइ छ- भूकम्पले आफैंले ज्वालामुखी विस्फोट गराउँछ भन्न मिल्दैन, तर यदि ज्वालामुखी पहिले नै 'तनाव' मा थियो भने, भूकम्पको झड्काले त्यसलाई तुरुन्तै सक्रिय बनाइदिन सक्छ।

अहिलेको घटनामा पनि क्लुचेव्स्कोय पहिल्यै विस्फोट हुन खोजिरहेको थियो। तर महाभूकम्पको कम्पनले त्यसलाई ट्रिगर गरेर समयअगावै विस्फोट गराइदियो । अमेरिकी भूगर्भ विभाग (USGS) को मूल्याङ्कनमा पनि भूकम्पले विस्फोटको उर्जालाई थप बलियो बनायो।

सम्भावित खतरा

क्लुचेव्स्कोय केवल ज्वालामुखी मात्र होइन, त्यस वरिपरि हिउँ र ग्लेशियरले ढाकिएको छ। जब यस्ता विस्फोटहरू हुन्छन्, गर्मीले हिउँ पग्लिन्छ र बाढी, म्याडफ्लो, र विषालु ग्यासको जोखिम बढाउँछ।वायुमण्डलीय अवस्थामा खरानी र ग्यास फैलिनाले पनि धेरै दूरीसम्म असर पुग्न सक्छ-जसको प्रभाव वायुयान मार्ग, जलवायु प्रणाली, र स्वास्थ्यमा समेत पर्न सक्छ।

चेतावनी र चनाखोपन

यो घटनाबाट हामीले एउटा ठुलो पाठ सिक्न सक्छौं- प्राकृतिक प्रकोप अनियन्त्रित भए पनि, मानव तयारी त्यसको असर वा क्षतिलाई घटाउन सक्दछ। जापान, हवाईजस्ता स्थानमा समयमै जारी गरिएको सुनामी चेतावनी र स्थानीय प्रशासनको तयारीले ठूलो क्षति टारेको छ।

यसले देखाउँछ- प्राविधिक पूर्वानुमान, वैज्ञानिक अध्ययन, र जनसचेतना मिलेर लाखौं जीवन जोगाउन सक्छ ।

तस्विर: https://i.dailymail.co.uk

सम्बन्धित सामग्री

रूसको महाभूकम्पः समुद्रको गर्भबाट उठेको चेतावनी

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

जेनजी आन्दोलनमा राज्यको दमन र विध्वंशबारे मानवाधिकार आयोगको प्रतिवेदन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षाकर्मी परिचालन

झारखण्डको सारण्डा जंगलमा ६६ वर्षीय माओवादी वरिष्ठ नेताको खोजीमा ४,००० सुरक्षा…

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

पुटिनको चीन भ्रमण सम्पन्न: बहुध्रुवीय विश्व र नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

गणतन्त्रका ‘फूल’हरूलाई प्रचण्डको चेतावनी: जित पचाउन हार सहनभन्दा गाह्रो हुन्छ !

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

एमाले केन्द्रीय कार्यालय आफ्नै जग्गामा बनाउन माग

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

सरकारको अनुदारवादी कदम र लोकतन्त्रमाथिको प्रहारको नागरिक विरोध

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई सुझाव

बीआरआई लगायतका विकास परियोजनाहरूलाई तीव्रताका साथ कार्यान्वयन गर्न सरकारलाई …

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त

सरकारद्वारा अध्यादेशमार्फत विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी पदमुक्त