हो ची मिन्ह: स्वतन्त्रताको खोजदेखि साम्राज्यवादको पराजयसम्म

किसान, श्रमिक र जनताको शक्तिले साम्राज्यको अजेयताको मिथक कसरी तोड्यो ?

जुन १९११ को कुनै एक दिन। वाफले चल्ने एउटा फ्रान्सेली जहाज साइगनको डकबाट बिस्तारै टाढिँदै थियो। जहाजको तल्लो भागमा २१ वर्षीय एक भियतनामी युवक भान्सामा भाँडा माझिरहेका थिए। ज्याला निकै कम थियो, तर त्यही कामले उनको पेट पालिन्थ्यो।

उनको पछाडि मातृभूमि विस्तारै समुद्रमा हराउँदै थियो। अगाडि खुला समुद्र थियो र त्यसपारि एउटा अपरिचित संसार।

त्यो युवकलाई त्यतिबेला कसैले चिन्दैनथ्यो। तर यही युवक केही दशकपछि फ्रान्सेली औपनिवेशिक शासनलाई भियतनामबाट धपाउनेछन्, अमेरिकी शक्तिसँग लामो युद्ध लड्नेछन् र विश्व इतिहासमै एउटा असाधारण राजनीतिक उदाहरण स्थापित गर्नेछन्।

उनी थिए हो ची मिन्ह।

यो उनको जीवनको कथा हो। एउटा यस्तो जीवनयात्रा, जुन २०औँ शताब्दीका ठूला राजनीतिक उथलपुथलहरूसँगै अघि बढ्यो। छवटा देश हुँदै, दुई विश्वयुद्धको बीचबाट र औपनिवेशिक शासनविरुद्धको विश्वव्यापी संघर्ष हुँदै उनी अगाडि बढे।

कहिले उनी पक्राउ परे, कहिले निर्वासनमा धकेलिए। कहिले मृत भएको हल्ला चल्यो। कहिले संसारले उनलाई बिर्सिएजस्तो भयो। तर उनी फेरि देखा परिरहे। अन्ततः भियतनामको सीमावर्ती क्षेत्रमा एउटा गुफाबाट उनले आफ्नो क्रान्तिकारी आन्दोलनलाई नयाँ दिशा दिए।

उनको नेतृत्वमा भियतनामी किसान र श्रमिकहरूले एउटा यस्तो संघर्ष अघि बढाए, जसले औपनिवेशिक शक्तिको अजेयताको भ्रमलाई चकनाचुर पारिदियो। पछि यही संघर्षले संसारकै शक्तिशाली सैन्य शक्तिमध्ये एक अमेरिकालाई पनि लामो र कठिन युद्धमा फसाउने थियो।

उनको नेतृत्वमा भियतनामी किसान र श्रमिकहरूले एउटा यस्तो संघर्ष अघि बढाए, जसले औपनिवेशिक शक्तिको अजेयताको भ्रमलाई चकनाचुर पारिदियो।

तर त्यो कथा सुरु हुन्छ धेरै पहिले, मध्य भियतनामको एउटा गरिब र संघर्षशील गाउँबाट।

विद्वानका छोरा

जुन १९११ को त्यो दिन साइगनको बन्दरगाहबाट जहाज छुट्दा युवकले ठूलो क्यानभासको एप्रन लगाएका थिए। फ्रान्सेली जहाजका कप्तानले उनलाई 'बा' भनेर बोलाउँथे। उनको वास्तविक नाम भने न्गुएन सिन्ह कुङ थियो।

उनी २१ वर्षका थिए।

जहाज अगाडि बढ्दै जाँदा भियतनामको तट क्रमशः सानो हुँदै गयो। केही बेरपछि त्यो पनि क्षितिजबाट हरायो। उनको अगाडि अब समुद्र मात्र थियो।

उनलाई त्यतिबेला थाहा थिएन, यो यात्रा कति लामो हुनेछ। उनलाई यो पनि थाहा थिएन कि आफ्नो देशको माटोमा फेरि पाइला टेक्न उनलाई करिब ३० वर्ष लाग्नेछ।

तर त्यो यात्रा केवल एउटा युवाको रोजगारीको खोजी थिएन। उनी आफ्नो देश किन पराधीन भयो र त्यसबाट कसरी मुक्त हुन सकिन्छ भन्ने प्रश्नको उत्तर खोज्दै निस्किएका थिए।

यो प्रश्न बुझ्न हामीले केही दशक पछाडि फर्किनुपर्छ।

भियतनामको मध्य भागमा पर्ने न्घे अन त्यतिबेला पनि कठोर भूगोल र कठिन जीवनका लागि परिचित थियो। माटो उर्वर थिएन। गर्मी अत्यन्त चर्को हुन्थ्यो। वर्षायाममा आउने आँधीले कहिलेकाहीँ केही घण्टामै गाउँहरू तहसनहस पारिदिन्थ्यो।

त्यहाँका मानिसहरूलाई उनीहरूको जिद्दी र संघर्षशील स्वभावका कारण 'भैँसी'सँग तुलना गरिन्थ्यो। यो प्रशंसा पनि थियो, चेतावनी पनि।

शताब्दीयौँदेखि उनीहरूले बाहिरी शासन र हस्तक्षेपको प्रतिरोध गर्दै आएका थिए।

तर १९औँ शताब्दीमा उनीहरूसामु नयाँ शक्ति आइपुग्यो। फ्रान्सेलीहरू।

सन् १८५८ मा फ्रान्सेली युद्धपोतहरूले दा नाङमा आक्रमण गरे। त्यसपछि सुरु भएको औपनिवेशिक विस्तार बिस्तारै सम्पूर्ण भियतनाममाथि फ्रान्सेली नियन्त्रणमा परिणत भयो।

भियतनामलाई प्रशासनिक रूपमा तीन भागमा विभाजन गरियो। उत्तरमा टोन्किन, मध्यमा अन्नाम र दक्षिणमा कोचिन चाइना।

ह्युमा रहेको भियतनामी राजदरबारलाई पनि समाप्त गरिएन। तर यसको वास्तविक शक्ति खोसिसकिएको थियो। राजतन्त्र औपनिवेशिक शासनको छायामा बाँचेको एउटा औपचारिक संरचनाजस्तो बनेको थियो।

भियतनामी किसानका लागि फ्रान्सेली शासन कुनै टाढाको राजनीतिक व्यवस्था मात्र थिएन। त्यो उसको दैनिक जीवनमा आइपुगेको कर, श्रम, अभाव र अपमानको अर्को नाम थियो।

फ्रान्सेलीहरूले अर्थतन्त्रमा पनि आफ्नो नियन्त्रण विस्तार गरे। नुन, मदिरा र अफिमजस्ता वस्तुमा राज्य एकाधिकार कायम गरियो। किसानहरूमाथि करको बोझ बढ्दै गयो। औपनिवेशिक पूर्वाधार निर्माणका नाममा उनीहरूलाई आफ्नै खेतबारीबाट जबर्जस्ती श्रममा लगाइन्थ्यो।

भियतनामी किसानका लागि फ्रान्सेली शासन कुनै टाढाको राजनीतिक व्यवस्था मात्र थिएन। त्यो उसको दैनिक जीवनमा आइपुगेको कर, श्रम, अभाव र अपमानको अर्को नाम थियो।

यही परिवेशमा सन् १८९० मा न्घे अनको होङ ट्रु गाउँमा एउटा बालक जन्मियो। उनको नाम थियो न्गुएन सिन्ह कुङ।

भविष्यमा यही बालक संसारभर हो ची मिन्हका नामले चिनिए ।

उनका पिता न्गुएन सिन्ह सक आफैं पनि साधारण परिवारबाट आएका थिए। उनी चार वर्षकै हुँदा अनाथ भएका थिए। बाल्यकालमा उनले धनी आफन्तका लागि पानी भैँसी चराए। पढ्ने तीव्र इच्छा थियो, तर किताब र कापी किन्न सक्ने अवस्था थिएन। त्यसैले उनले धुलोमै चिनियाँ अक्षर कोरेर पढाइ अभ्यास गर्थे।

न्गुएन सिन्ह कुङ एउटा यस्तो परिवारमा हुर्किए, जहाँ गरिबी थियो, तर शिक्षाको गहिरो सम्मान पनि थियो। परिवारमा विद्या केवल व्यक्तिगत उन्नतिको साधन थिएन। त्यो सामाजिक प्रतिष्ठा, आत्मसम्मान र अन्यायको सामना गर्ने एउटा हतियार पनि थियो।

उनको प्रतिभा एक स्थानीय विद्वानले देखे। ती विद्वानले उनलाई संरक्षण दिए, पढाए र अन्ततः आफ्नी छोरीसँग विवाह गराइदिए।

यसरी न्गुएन सिन्ह कुङ एउटा यस्तो परिवारमा हुर्किए, जहाँ गरिबी थियो, तर शिक्षाको गहिरो सम्मान पनि थियो। परिवारमा विद्या केवल व्यक्तिगत उन्नतिको साधन थिएन। त्यो सामाजिक प्रतिष्ठा, आत्मसम्मान र अन्यायको सामना गर्ने एउटा हतियार पनि थियो।

त्यही वातावरणले बालक न्गुएन सिन्ह कुङको व्यक्तित्व निर्माण गर्न थाल्यो।

उनले आफ्नो वरिपरि दुईवटा भियतनाम देखिरहेका थिए। एउटा थियो हजारौँ वर्षको संस्कृति, भाषा र परम्परा बोकेको देश। अर्को थियो विदेशी शक्तिको नियन्त्रणमा परेको, गरिब र अपमानित देश। पछि उनको सम्पूर्ण राजनीतिक जीवन यही विरोधाभासको उत्तर खोज्ने यात्रामा परिणत हुनेछ। र सन् १९११ मा साइगनबाट छुटेको त्यो जहाज त्यसै यात्राको शुरुवात थियो ।

उनकी आमा होआङ थी लोन हरेक दिन काठको तानमा बसेर कपडा बुन्थिन्। त्यही आम्दानीबाट उनले आफ्ना बच्चाहरूको पेट पाल्थिन्। बालक न्गुएन सिन्ह कुङ तानको लयबद्ध आवाज र पिताले वाचन गर्ने शास्त्रीय कविताको स्वर सुन्दै हुर्किए।

गाउँको साँझ पनि उनका लागि एउटा पाठशालाजस्तै थियो। वृद्धहरू सयौँ वर्षअघि चिनियाँ शासनविरुद्ध लडेका विद्रोहीहरूको कथा सुनाउँथे। युवाहरू भने अहिले देशमाथि शासन गरिरहेका फ्रान्सेलीहरूको चर्चा गर्थे।

उनका पिता न्गुएन सिन्ह सकले सन् १९०१ मा ठूलो क्षेत्रीय परीक्षा उत्तीर्ण गरे। औपनिवेशिक अधिकारीहरू उनलाई प्रशासनमा प्रवेश गराउने आशामा थिए। तर साकले त्यो प्रस्ताव अस्वीकार गरे। फ्रान्सेलीहरूको अधीनमा मन्दारिन बनेर सेवा गर्नु भनेको राम्रो लुगा लगाएको दास बन्नु मात्र हो भन्ने उनको धारणा थियो। पिताको त्यो निर्णयले उनका छोराहरूको मनमा गहिरो प्रभाव पार्यो।

केही समयपछि परिवार पहाडी बाटो हुँदै ह्यु शहरतर्फ लाग्यो। करिब एक महिना लामो त्यो यात्रामा साक आफ्ना छोराछोरीलाई पुराना भियतनामी योद्धा र विदेशी आक्रमणकारीविरुद्धका संघर्षका कथा सुनाइरहन्थे।

तर ह्यु पुगेपछि परिवारमाथि ठूलो बज्रपात भयो। साक आफ्नो परीक्षाको काममा बाहिर रहेका बेला उनकी पत्नी होआङ थी लोनले चौथो सन्तानलाई जन्म दिइन्। प्रसूतिको केही समयपछि उनी बिरामी परिन् र शहरको पर्खालभित्र भाडामा लिइएको एउटा ओसिलो कोठामै उनको मृत्यु भयो। त्यतिबेला न्गुएन सिन्ह कुङ  केवल ११ वर्षका थिए।

आमाको शव र केही दिनअघि जन्मिएको नवजात भाइसँग उनी एक्लैजस्तै भए। बच्चालाई दूध खुवाउन उनी छिमेकीहरूको घरघरमा पुगेर गुहारे। तर शिशुलाई बचाउन सकिएन। केही सातापछि उसको पनि मृत्यु भयो। पिता फर्किंदा घर लगभग रित्तिइसकेको थियो।

त्यसपछि साकको जीवनमा निराशाको छाया गहिरिँदै गयो। उनी धेरै पिउन थाले। तर छोराछोरीको शिक्षाप्रतिको उनको दायित्वबोध भने कहिल्यै कमजोर भएन। त्यही समयमा परिवारमा आउने-जाने मानिसहरूले बालक न्गुएन सिन्ह कुङको राजनीतिक चेतनालाई थप आकार दिइरहेका थिए।

बालक न्गुएन सिन्ह कुङको भूमिका भने साधारण थियो– पानी उमाल्ने, चिया खन्याउने र उनीहरूका कुरा सुन्ने।तर उनी ध्यानपूर्वक सुनिरहेका हुन्थे। देश कसरी मुक्त गर्ने भन्ने प्रश्नमा देशभक्तहरूकै बीचमा यति ठूलो मतभेद किन छ?

फान बोई चाउ फ्रान्सेली शासनलाई सशस्त्र संघर्षबाट हटाउनुपर्छ भन्ने विश्वास गर्थे। अर्का राष्ट्रवादी चिन्तक फान चु त्रिन्ह भने भियतनामले पहिले आफूलाई आधुनिक बनाउनुपर्ने, पश्चिमबाट विज्ञान र संस्थागत ज्ञान सिक्नुपर्ने र त्यसपछि तर्क तथा राजनीतिक सुधारका माध्यमबाट स्वतन्त्रता हासिल गर्नुपर्ने पक्षमा थिए। बालक न्गुएन सिन्ह कुङको भूमिका भने साधारण थियो– पानी उमाल्ने, चिया खन्याउने र उनीहरूका कुरा सुन्ने।तर उनी ध्यानपूर्वक सुनिरहेका हुन्थे। देश कसरी मुक्त गर्ने भन्ने प्रश्नमा देशभक्तहरूकै बीचमा यति ठूलो मतभेद किन छ? उनीभित्र यो प्रश्न विस्तारै गहिरिँदै गयो।

एक दिन उनले आफ्ना शिक्षकहरूसँग सोधे: ‘स्वतन्त्रता र समानता सबैका लागि हुन् भने भियतनामीहरूका लागि किन होइन?’ प्रश्न सहज थिएन। उत्तर पनि आएन।

सन् १९०७ मा उनी फ्रान्को-भियतनामी नेसनल एकेडेमीमा भर्ना भए। यो विद्यालय औपनिवेशिक प्रशासनका लागि आवश्यक शिक्षित कर्मचारी उत्पादन गर्ने उद्देश्यले स्थापित गरिएको थियो।त्यहाँ उनले फ्रान्सेली भाषा र भूगोल पढे। साथै फ्रान्सेली गणतन्त्रका तीन आदर्श शब्दसँग परिचित भए: स्वतन्त्रता, समानता र भ्रातृत्व।तर किताबमा लेखिएका यी शब्द र सडकमा उनले देखिरहेको वास्तविकता एकअर्कासँग मेल खाँदैनथे।

एक दिन उनले आफ्ना शिक्षकहरूसँग सोधे: ‘स्वतन्त्रता र समानता सबैका लागि हुन् भने भियतनामीहरूका लागि किन होइन?’ प्रश्न सहज थिएन। उत्तर पनि आएन। सन् १९०८ को वसन्तमा सडकले उनलाई आफ्नै तरिकाले उत्तर दियो।

कर र जबरजस्ती श्रमको विरोध गर्दै हजारौँ किसान ह्यु शहरमा भेला भए। फ्रान्सेली भाषा जान्ने किशोर न्गुएन सिन्ह कुङ पनि भीडमा पुगे। उनले किसानका गुनासा अधिकारीहरूसमक्ष अनुवाद गरेर सुनाउन थाले।तर अधिकारीहरूले उनीहरूको माग सुन्नुको सट्टा गोली चलाए।

१६ वर्षको त्यो किशोरले आफ्नै आँखाअघि औपनिवेशिक शासनले आफ्नै जनतामाथि गोली चलाएको देखे। त्यस घटनाले उनको जीवनको दिशा बदलिदियो।

उनीमाथि निगरानी बढ्यो। विद्यालयबाट निकालिए र फ्रान्सेली गुप्तचर निकाय सुरेतेको नजरमा परे। अब भियतनामभित्र बसिरहनु सुरक्षित थिएन।उनी दक्षिणतिर लागे र फान थियतको एउटा सानो विद्यालयमा केही समय पढाए। त्यसपछि साइगन पुगे।

साइगनको बन्दरगाहमा उनले विशाल जहाजहरू सामान बोकेर संसारका विभिन्न दिशातर्फ प्रस्थान गरिरहेको देखे। त्यहाँ उनलाई एउटा विचार आयो। यदि भियतनामलाई बुझ्न र मुक्त गर्ने बाटो खोज्नुछ भने, भियतनामबाहिरको संसारलाई पनि बुझ्नुपर्छ। त्यसबेला फ्रान्सेली जहाज 'अमिराल लातोचे ट्रेभिल' ले चालक दलका लागि मानिस खोजिरहेको थियो, उनले भान्साको काम मागे।उनी 'बा' नामले जहाजमा चढे। यसरी सन् १९११ मा गुयेन सिन्ह कुङ आफ्नो देशबाट बाहिरिए।

उनको अगाडि खुला समुद्र थियो। पछाडि भियतनाम।उनीसँग थिए आफ्ना बाल्यकालका स्मृतिहरू, देशभक्तहरूका बहस, आमाको मृत्यु, पिताको विद्रोही स्वभाव र आफ्नै आँखाले देखेको औपनिवेशिक हिंसा। अब उनले संसारबाट थप पाठ सिक्नुपर्ने थियो।

फिरन्ते

'अमिराल लातोचे ट्रेभिल' मा उनको जीवन कुनै साहसिक यात्राजस्तो थिएन। बिहान चार बजेदेखि काम सुरु हुन्थ्यो।तातो भान्सामा फलामका भाँडा माझ्नु, कोइलाका बोरा बोकेर बोयलर कोठासम्म पुर्याउनु र अधिकारीहरूका लागि तरकारी काट्नु उनको दैनिक काम थियो। महिनाको करिब १० फ्रान्क कमाइ हुन्थ्यो।

उनले सेनेगाली, मालागासी र चिनियाँ मजदुरहरूसँग काम गरे। भाषा फरक थियो, तर उनीहरूको जीवनमा एउटा समानता थियो, उनीहरू सबै साम्राज्यको श्रम प्रणालीभित्र बाँधिएका मानिस थिए।

जहाज विभिन्न बन्दरगाहमा रोकिन्थ्यो र उनले संसारलाई क्रमशः नजिकबाट हेर्न थाले।मार्सेलीमा उनले पहिलोपटक युरोपेली समाजलाई देखे। विशाल ढुंगे भवन, विद्युतीय ट्राम र चौडा सडकहरू उनको परिचित भियतनामभन्दा बिल्कुलै फरक थिए।

तर उनलाई सबैभन्दा बढी प्रभाव पार्ने कुरा भौतिक विकास थिएन। त्यहाँका साधारण फ्रान्सेली मजदुर र सडक सफा गर्ने मानिसहरूले उनलाई 'मन्सियर' भनेर सम्मानपूर्वक सम्बोधन गर्थे। उनीहरूले दिएको त्यो व्यवहार उनले भियतनाममा फ्रान्सेली औपनिवेशिक अधिकारीहरूबाट पाएका थिएनन्।

यसले उनको सोचमा एउटा महत्त्वपूर्ण भिन्नता जन्मायो। समस्या फ्रान्सेली जनता मात्र होइनन्, उनी सोच्न थाले। समस्या एउटा यस्तो औपनिवेशिक प्रणाली हो, जसले मानिसलाई शासक र शासितमा विभाजन गर्छ।

त्यही समयमा उनले फ्रान्सेली गणतन्त्रका संस्थाहरूलाई नजिकबाट बुझ्ने प्रयास गरे। एकपटक उनले फ्रान्सेली राष्ट्रपतिलाई पत्र लेखेर औपनिवेशिक विद्यालयमा अध्ययन गर्ने अवसर मागे। इन्डोचिनियाका जनताको सेवा गर्न आफूलाई आवश्यक ज्ञान हासिल गर्न चाहेको उनले बताएका थिए। पत्र दर्ता भयो, तर उत्तर आएन।

उपनिवेशबाट आएको एउटा साधारण भान्सा मजदुरले फ्रान्सेली राज्यका प्रतिष्ठित संस्थामा प्रवेश खोज्नु औपनिवेशिक व्यवस्थाका लागि लगभग अर्थहीन कुरा थियो। तर त्यो अस्वीकार उनको लागि एउटा पाठ बन्यो। फ्रान्सेली प्रशासनको ढोकाबाट भियतनामको मुक्ति खोज्ने बाटो बन्द थियो। अब अर्को बाटो खोज्नुपर्ने थियो।

साम्राज्य उनको लागि अब कुनै अमूर्त राजनीतिक अवधारणा रहेन। उनले त्यसलाई डक, जहाज, गोदाम, कारखाना र मजदुरहरूको शरीरमा देखिरहेका थिए।

जहाजले उनलाई उत्तर अफ्रिका, पश्चिम अफ्रिका र माडागास्करसम्म पुर्यायो। ती यात्रामा उनले औपनिवेशिक शासनको अर्को अनुहार देखे। अफ्रिकी मजदुरहरूलाई अत्यन्त जोखिमपूर्ण काममा लगाइन्थ्यो, जबकि माथिल्लो तहका यात्रुहरू उनीहरूको जीवनप्रति उदासीन थिए।

साम्राज्य उनको लागि अब कुनै अमूर्त राजनीतिक अवधारणा रहेन। उनले त्यसलाई डक, जहाज, गोदाम, कारखाना र मजदुरहरूको शरीरमा देखिरहेका थिए। पछि उनी अमेरिका पुगे। केही समय हार्लेम र बोस्टनमा बिताए। ब्रुकलिनमा घरेलु काम गरे र पार्कर हाउस होटलमा बेकरको रूपमा पनि काम गरे। तर जहाँ पुगे पनि उनको एउटा बानी उस्तै रह्यो। कामपछि उनी पढ्थे। उनले अमेरिकी स्वतन्त्रताको घोषणापत्र पढे। अब्राहम लिंकनबारे अध्ययन गरे। अमेरिकी स्वतन्त्रता र समानताका आदर्श उनलाई आकर्षक लागे।

तर अमेरिकाको अर्को अनुहार पनि उनले देखे। अश्वेत जनतामाथिको हिंसा, दक्षिणी राज्यहरूमा हुने जातीय आतंक र सार्वजनिक हत्याका समाचार उनले पढे। मार्कस गार्भेको आन्दोलनका कार्यक्रमहरूमा सहभागी हुँदै उनले अश्वेत मुक्ति र विश्वका औपनिवेशिक जनताबीचको सम्बन्धबारे पनि सुने।

फेरि त्यही विरोधाभास उनको अगाडि थियो। स्वतन्त्रताको घोषणा गर्ने समाजभित्रै ठूलो जनसंख्यालाई स्वतन्त्रता र समानताबाट वञ्चित गरिएको थियो। उनले भियतनाममा फ्रान्सेली शासन र अमेरिकामा अश्वेत जनतामाथिको दमनबीच केही समानता देख्न थाले।

अमेरिकापछि उनी बेलायत पुगे। लन्डनमा उनको जीवन अझ कठिन भयो। जाडोमा विद्यालयको प्राङ्गणबाट हिउँ हटाउने काम गरे। होटलमा कोइला बोके। अन्ततः प्रसिद्ध फ्रान्सेली शेफ अगस्ट एस्कोफियरको मातहतमा कार्लटन होटलको भान्सामा काम पाए।

उनको काम भाँडा माझ्नु र ग्राहकहरूले छोडेका खानेकुरा फाल्नु थियो। तर उनले तीमध्ये केही खाना बाहिरका गरिब र घरबारविहीन मानिसहरूलाई दिनका लागि छुट्याएर राख्ने गर्थे।

एस्कोफियरले उनको दयालु व्यवहार देखे र उनलाई पेस्ट्री सेक्सनमा काम गर्न लगाए। त्यहाँ उनले खाना पकाउने र बेक गर्ने सीप सिके।

लन्डनले उनलाई अर्को राष्ट्रिय मुक्ति आन्दोलनसँग परिचित गरायो, आयरल्याण्डको। आयरल्यान्डको स्वतन्त्रता संघर्ष र ब्रिटिश शासनविरुद्धको प्रतिरोधबारे उनले ध्यानपूर्वक अध्ययन गरे। टेरेन्स म्याकस्विनीको भोक हडतालका कारण भएको मृत्युलाई उनले विशेष रूपमा प्रभावकारी घटनाका रूपमा लिए। आयरल्यान्डमा उनले आफ्नो देशको छवि देखे। विदेशी शासन, राष्ट्रिय अपमान र स्वतन्त्रताको आकांक्षा, भूगोल फरक भए पनि अनुभव उस्तै हुन सक्थ्यो।

सन् १९१७ को अन्त्यतिर उनी पेरिस पुगे।

पहिलो विश्वयुद्धपछि पेरिसमा हजारौँ इन्डोचिनियाली मजदुर र सैनिक थिए। उनीहरूलाई फ्रान्सेली युद्ध प्रयासमा खटाइएको थियो। न्गुएन सिन्ह कुङले उनीहरूबीच आफ्नो राजनीतिक कामको नयाँ आधार देखे। उनले एउटा सानो कोठा भाडामा लिए। पैसा कम थियो। फोटो रिटचिङ गरेर गुजारा चलाउँथे। बाँकी पैसा पुस्तक र पत्रिका किन्न खर्च गर्थे। राति मट्टितेलको उज्यालोमा पढ्थे।

पेरिसका क्याफेहरूमा समाजवादी, अराजकतावादी र अन्य राजनीतिक कार्यकर्ताबीच हुने बहसमा उनी सहभागी हुन थाले। उनले पुराना भियतनामी निर्वासितहरू, विशेषतः फान भान ट्रुङ र फान चु त्रिन्हसँग सम्पर्क गरे। अब उनी आफ्नो अनुभवलाई राजनीतिक तर्कमा रूपान्तरण गर्न सिक्दै थिए।

एक दशकभन्दा बढी समय उनले डक, जहाज, भान्सा, कारखाना र होटलका तल्ला देखिसकेका थिए। उनले फ्रान्सेली साम्राज्यलाई बाहिरबाट मात्र होइन, त्यसको श्रम प्रणालीभित्रबाट पनि अनुभव गरेका थिए। अब ती अनुभवलाई राजनीतिक कार्यक्रम बनाउने समय आएको थियो।

न्गुएन देशभक्त

सन् १९१९ मा पहिलो विश्वयुद्ध समाप्त भयो। युरोपका विजयी शक्तिहरू विश्वको नयाँ राजनीतिक नक्सा कोर्न पेरिसमा भेला भए। त्यही समयमा एउटा अपरिचित भियतनामी युवकले इतिहासको त्यो क्षणलाई आफ्नो पक्षमा प्रयोग गर्ने निर्णय गरे।

उनले एउटा औपचारिक पोसाक भाडामा लिए र फान चु त्रिन्ह तथा फान भान ट्रुङसँग मिलेर भियतनामी जनताको नाममा आठ बुँदे निवेदन तयार गरे। त्यो निवेदन क्रान्तिकारी घोषणापत्र थिएन। त्यसमा तत्काल स्वतन्त्रताको मागसमेत थिएन। प्रेस तथा सभा गर्ने स्वतन्त्रता, राजनीतिक बन्दीहरूको रिहाइ र फ्रान्सेली संसदमा भियतनामी प्रतिनिधित्वजस्ता आधारभूत अधिकार मागिएका थिए। उनले हस्ताक्षर गरे, 'न्गुएन आई क्वोक', अर्थात् 'न्गुएन देशभक्त'।

उनी त्यो निवेदन लिएर पेरिसका विभिन्न कूटनीतिक कार्यालय धाए। एउटा प्रतिलिपि अमेरिकी राष्ट्रपति वुड्रो विल्सनसम्म पुर्याउने प्रयास पनि गरे। तर कुनै जवाफ आएन। स्वतन्त्रता र आत्मनिर्णयको पक्षमा ठूला भाषण गरिरहेका शक्तिहरूले उपनिवेशहरूको मागलाई भने बेवास्ता गरे। यो मौनता न्गुएन आई क्वोकका लागि एउटा निर्णायक राजनीतिक पाठ बन्यो। भर्साइल्समा उनको निवेदन बेवास्ता भए पनि फ्रान्सेली गुप्तचर निकायले उनलाई बेवास्ता गरेन। सुरेतेले उनको गतिविधिमाथि निगरानी राख्न थाल्यो। उनी कहाँ जान्छन्, कसलाई भेट्छन् र के पढ्छन् भन्ने विवरण संकलन हुन थाल्यो। औपनिवेशिक प्रशासनका अधिकारीहरूले उनलाई चेतावनीसमेत दिए।

सन् १९२० मा उनको राजनीतिक जीवनको सबैभन्दा निर्णायक क्षण आयो। उनको हातमा लेनिनको राष्ट्रिय तथा औपनिवेशिक प्रश्नसम्बन्धी प्रतिवेदनको पाठ पर्यो। उनले पढ्दै जाँदा आफूले वर्षौँदेखि खोजिरहेको राजनीतिक उत्तर भेट्टाएजस्तो महसुस गरे।

तर अब उनी पछि हट्ने अवस्थामा थिएनन्। उनले फ्रान्सेली समाजवादी आन्दोलनमा सक्रिय सहभागिता जनाए। सार्वजनिक भाषणमा भने उनी सुरुवातमा कमजोर थिए। फ्रान्सेली उच्चारणमा समस्या थियो, स्वर काँप्थ्यो। तर उनले त्यसलाई कमजोरी बन्न दिएनन्। भाषणहरू लेखेर अभ्यास गरे। ऐनाको अगाडि उभिएर दोहोर्याए। बिस्तारै उनको आवाज बलियो हुँदै गयो।

त्यसपछि सन् १९२० मा उनको राजनीतिक जीवनको सबैभन्दा निर्णायक क्षण आयो। उनको हातमा लेनिनको राष्ट्रिय तथा औपनिवेशिक प्रश्नसम्बन्धी प्रतिवेदनको पाठ पर्यो। उनले पढ्दै जाँदा आफूले वर्षौँदेखि खोजिरहेको राजनीतिक उत्तर भेट्टाएजस्तो महसुस गरे।

लेनिनको तर्क थियो, साम्राज्यवादविरुद्धको संघर्ष विश्व क्रान्तिको केन्द्रमा हुनुपर्छ र औपनिवेशिक जनताको मुक्ति पनि समाजवादी आन्दोलनको महत्त्वपूर्ण प्रश्न हो। गुयेन आई क्वोकका लागि यो विचार निर्णायक थियो।

उनले पछि त्यस क्षणलाई आफ्नो राजनीतिक जीवनको मोडका रूपमा सम्झिए। उनका लागि पहिलोपटक भियतनामको राष्ट्रिय मुक्ति र अन्तर्राष्ट्रिय साम्राज्यवादविरोधी संघर्ष एउटै राजनीतिक ढाँचामा जोडिएका थिए।

सन् १९२० को अन्त्यमा फ्रान्सेली समाजवादी पार्टीको टुर्स कंग्रेसमा उनले औपनिवेशिक जनताको प्रश्न उठाए। उनी बोल्सेभिक पक्षतर्फ उभिए र त्यस प्रक्रियाबाट फ्रान्सेली कम्युनिष्ट पार्टीका संस्थापक सदस्यहरूमध्ये एक बने। अब उनको राजनीतिक पहिचान स्पष्ट भइसकेको थियो।

उनले 'ला पारिया' अर्थात् 'अछूत' नामक अखबारमार्फत औपनिवेशिक शासनको आलोचना गर्न थाले। उनी लेख्थे, सम्पादन गर्थे र प्रतिहरू आफैँ बोकेर वितरण गर्थे।

इन्डोचिनियामा अखबार प्रतिबन्धित गरिएपछि पनि त्यसलाई भियतनामसम्म पुर्याउने गोप्य बाटो खोजियो। उनले आफ्ना लेखहरूलाई पछि 'फ्रेन्च कोलोनाइजेसन अन ट्रायल' नामक पुस्तकमा समेटे। यसमा फ्रान्सेली औपनिवेशिक शासनले सभ्यता फैलाउने नाममा गरेको दमनको आलोचना गरिएको थियो। तर फ्रान्सेली प्रहरीको निगरानी पनि तीव्र हुँदै गइरहेको थियो।

यही समयमा मस्कोबाट बोलावट आयो। कम्युनिष्ट इन्टरनेसनल, अर्थात् कोमिन्टर्नले उनलाई चिनेको थियो। उनी अब केवल भियतनामी राष्ट्रवादी थिएनन्। उनी अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनसँग जोडिएका एसियाली कार्यकर्ता बनिसकेका थिए। सन् १९२३ मा उनी फ्रान्सबाट गुप्त रूपमा निस्किए। बर्लिन र पेट्रोग्राड हुँदै मस्को पुगे। त्यहाँ उनले अन्तर्राष्ट्रिय क्रान्तिकारी आन्दोलनलाई नजिकबाट बुझ्ने अवसर पाए।

यही समयमा मस्कोबाट बोलावट आयो। कम्युनिष्ट इन्टरनेसनल, अर्थात् कोमिन्टर्नले उनलाई चिनेको थियो। उनी अब केवल भियतनामी राष्ट्रवादी थिएनन्। उनी अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनसँग जोडिएका एसियाली कार्यकर्ता बनिसकेका थिए।

सन् १९२४ मा लेनिनको मृत्यु हुँदा उनी अन्तिम संस्कारको विशाल जुलुसमा सहभागी भए। लेनिनलाई उनले कहिल्यै भेटेका थिएनन्, तर उनका विचारले न्गुएन आई क्वोकको राजनीतिक दृष्टिकोण नै परिवर्तन गरिसकेको थियो।

मस्कोमा उनले अध्ययन र प्रशिक्षण जारी राखे। कोमिन्टर्नका बैठकहरूमा उनले एसियाली किसान र औपनिवेशिक जनताको क्रान्तिकारी सम्भावनाबारे जोड दिए।

उनको बुझाइमा युरोपेली औद्योगिक मजदुर मात्र विश्व क्रान्तिको आधार थिएनन्। एसियाका विशाल किसान समुदाय पनि साम्राज्यवादविरुद्धको संघर्षमा निर्णायक शक्ति बन्न सक्थे। अब उनको अर्को लक्ष्य थियो, आफ्नै देशको भूमिगत क्रान्तिकारी आन्दोलन निर्माण गर्नु।

कोमिन्टर्न एजेन्ट

त्यसका लागि उनलाई एउटा सुरक्षित आधार चाहिन्थ्यो। सन् १९२४ को अन्त्यतिर कोमिन्टर्नले उनलाई दक्षिणी चीनको क्यान्टन पठायो। त्यहाँ उनको बाहिरी परिचय सोभियत सल्लाहकार मिखाइल बोरोडिनको अनुवादक र क्लर्कको थियो। तर उनको वास्तविक काम थियो, भियतनामी क्रान्तिकारीहरूलाई संगठित गर्नु। क्यान्टन त्यसका लागि उपयुक्त ठाउँ थियो। शहरमा दक्षिणपूर्वी एसियाका निर्वासित, राष्ट्रवादी र क्रान्तिकारीहरूको बाक्लो उपस्थिति थियो।

न्गुएन आई क्वोकले छरिएर रहेका भियतनामी युवाहरूलाई खोज्न थाले। उनीहरूमध्ये धेरै फ्रान्सेली शासनविरुद्ध आक्रोशित थिए। साहस थियो, तर संगठन थिएन। उत्साह थियो, तर स्पष्ट राजनीतिक दिशा थिएन। सन् १९२५ मा उनले उनीहरूलाई संगठित गरेर भियतनामी क्रान्तिकारी युवा लिग, अर्थात् 'थान निएन' स्थापना गरे।

उनले सुरुदेखि नै कठोर कम्युनिष्ट संगठन खडा गरेनन्। त्यसको सट्टा व्यापक साम्राज्यवादविरोधी मोर्चा बनाए, जसमा देशभक्त युवाहरूलाई आकर्षित गर्न सकिन्थ्यो। त्यसपछि उनीहरूलाई क्रमशः मार्क्सवादी विचार र क्रान्तिकारी संगठनतर्फ लैजाने रणनीति अपनाइयो।

उनले सुरुदेखि नै कठोर कम्युनिष्ट संगठन खडा गरेनन्। त्यसको सट्टा व्यापक साम्राज्यवादविरोधी मोर्चा बनाए, जसमा देशभक्त युवाहरूलाई आकर्षित गर्न सकिन्थ्यो।

क्यान्टनमा गोप्य प्रशिक्षण सुरु भयो। भियतनामबाट पहाडी सीमा पार गराएर ल्याइएका युवाहरूलाई संगठन, प्रचार, भूमिगत काम र जनपरिचालनका तरिका सिकाइन्थे। तर गुयेन आई क्वोकको प्रशिक्षण केवल युरोपेली मार्क्सवादी सिद्धान्तको पाठ थिएन। उनले मार्क्सवाद र लेनिनवादलाई भियतनामी सामाजिक तथा सांस्कृतिक परम्परासँग जोड्ने प्रयास गरे। कन्फ्युसियसको नैतिक शिक्षाबाट उनले अनुशासन, मितव्ययिता, निःस्वार्थता र जनताप्रतिको जिम्मेवारीजस्ता मूल्यहरू लिए।

क्रान्तिकारी हुनु भनेको केवल राजनीतिक विचार बोक्नु होइन, आफ्नो व्यक्तिगत आचरणबाट पनि त्यो विचार प्रमाणित गर्नु हो भन्ने उनको जोड थियो। उनले यी विचारहरूलाई 'क्रान्तिको बाटो' नामक पुस्तिकामा सरल भाषामा प्रस्तुत गरे। उनका लागि क्रान्तिकारी मितव्ययी, विनम्र र अनुशासित हुनुपर्थ्यो। अरूप्रति उदार, तर आफैँप्रति कठोर। विद्वान्

दुई वर्षभित्र उनको संगठन विस्तार हुन थाल्यो। भूमिगत पत्रिका भियतनाम पुर्‍याइयो। हाइ फोङका डकदेखि दक्षिणका रबर बगानसम्म संगठनका साना सेलहरू निर्माण हुँदै गए। तर सन् १९२७ मा चीनको राजनीतिक परिस्थिति अचानक बदलियो। च्याङ काइ-शेकले आफ्नै कम्युनिष्ट सहयोगीहरूविरुद्ध अभियान सुरु गरे। शाङ्घाई र क्यान्टनमा कम्युनिष्टविरुद्ध ठूलो दमन भयो।

न्गुएन आई क्वोकले मृत्युको खतरा नजिकै आएको बुझिसकेका थिए। उनी पक्राउ पर्नुअघि नै क्यान्टनबाट भागे। उनले वर्षौँ लगाएर निर्माण गरेको आधार त्याग्नुपर्यो। उनी विभिन्न बाटो हुँदै अन्ततः मस्को फर्किए। तर सोभियत संघमा पनि परिस्थिति अनुकूल थिएन। स्टालिनको प्रभाव बढ्दै थियो र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनभित्र राजनीतिक मतभेद तीव्र हुँदै थिए। न्गुएन आई क्वोकको राष्ट्रिय मुक्ति र व्यापक जनसंगठनमा आधारित दृष्टिकोणलाई सबैले सहज रूपमा स्वीकार गरेनन्। उनलाई केही समय किनारामा पारियो। तर उनले हार मानेनन्। युरोप  फर्किए, ब्रसेल्समा राजनीतिक सम्मेलनमा सहभागी भए र त्यसपछि फेरि भूमिगत भए। फ्रान्सेली गुप्तचरले उनको गतिविधि पत्ता लगाउन सकेन।

केही समयपछि उनी सियामका ग्रामीण क्षेत्रमा बौद्ध भिक्षुको भेषमा देखा परे। जुत्ता नलगाई, कपाल खौरिएर र हातमा भिक्षापात्र बोकेर उनी भियतनामी निर्वासित समुदायबीच घुम्थे। तर त्यतिबेला उनको मुख्य चिन्ता आफ्नै संगठन थियो।

क्रान्ति निर्माण गर्नु एउटा विचार जन्माउनु मात्र थिएन। त्यो विचारलाई मानिस, संगठन, अनुशासन र दीर्घकालीन राजनीतिक रणनीतिमा बदल्नु थियो।

क्यान्टनबाट उनले निर्माण गरेको युवा लिगमा विभाजन बढिरहेको थियो। विभिन्न गुट एकअर्काविरुद्ध लागेका थिए। कतिपयले आफ्नै सहकर्मीलाई फ्रान्सेली प्रहरीसमक्ष समेत बुझाइरहेका थिए।

क्रान्ति निर्माण गर्नु एउटा विचार जन्माउनु मात्र थिएन। त्यो विचारलाई मानिस, संगठन, अनुशासन र दीर्घकालीन राजनीतिक रणनीतिमा बदल्नु थियो। न्गुएन आई क्वोक अब यही कठिन कामको अर्को चरणमा प्रवेश गर्दै थिए।

क्यान्टनमा वर्षौँ लगाएर बनाएको संगठन अब विभाजनको सिकार हुँदै थियो। सियाममा बसेर त्यसलाई जोगाइरहन सम्भव थिएन। त्यसैले उनी तुरुन्तै हङकङ पुगे। सन् १९३० को फेब्रुअरीमा काउलुनको एउटा साँघुरो कोठामा विभिन्न गुटका प्रतिनिधिहरू भेला भए। बाहिर फुटबल खेलको कोलाहल थियो, भित्र भने भियतनामी कम्युनिष्ट आन्दोलनको भविष्यबारे चर्को विवाद। न्गुएन आई क्वोकले उनीहरूलाई एउटै संगठनमा ल्याउने प्रयास गरे।

त्यही बैठकबाट भियतनामी कम्युनिष्ट पार्टीको जन्म भयो। मजदुर, किसान, सैनिक र बुद्धिजीवीलाई राष्ट्रिय मुक्तिको आन्दोलनमा संगठित गर्ने दस्तावेज तयार भयो। क्यान्टनमा उनले सुरु गरेको काम अब पहिलोपटक भियतनामभित्र जरा गाड्ने केन्द्रीय राजनीतिक संगठनमा परिणत भएको थियो। तर संगठन बनेको केही समयमै त्यसको संस्थापक स्वयं फेरि भूमिगत हुनुपर्ने भयो।

डेमोकल्सको तरबारमुनि

६ जुन १९३१ मा बेलायती औपनिवेशिक प्रहरीले काउलुनको टम कुङ रोडस्थित एउटा सामान्य अपार्टमेन्टमा छापा मार्यो। उनी त्यहाँ 'सुङ मान चो' नाममा बसिरहेका थिए। केही घण्टामै उनलाई भिक्टोरिया जेल पुर्याइयो।

फ्रान्सेली अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाइसकेको थियो। बेलायती प्रशासनले उनलाई फ्रान्सेली नियन्त्रणमा दिएर भियतनाम पठाए त्यसको अर्थ लगभग निश्चित मृत्यु थियो। तर उनलाई कसरी सुपुर्दगी गर्ने भन्ने विषयमा कानुनी विवाद सुरु भयो। त्यही विवाद उनका लागि जीवन र मृत्युबीचको पर्खाल बन्यो।

सोधपुछका क्रममा उनले आफ्नो वास्तविक परिचय स्वीकार गरेनन्। उनले सकेसम्म मौनता अपनाए। यही मौनताबीच एक बेलायती वकिल, फ्र्याङ्क लोजबी, उनको पक्षमा उभिए। राजनीतिक रूपमा प्रगतिशील लोजबीले बिना शुल्क मुद्दा लिए र सुपुर्दगीविरुद्ध लामो कानुनी लडाइँ सुरु गरे।

अदालतमा मुद्दा लम्बिँदै जाँदा जेलभित्र उनको स्वास्थ्य भने तीव्र रूपमा बिग्रँदै गयो। वर्षौँको कठिन जीवन, खराब खानपान र निरन्तरको भागदौडले कमजोर बनाएको शरीरमा क्षयरोगले आक्रमण गर्यो। उनी रगत खोकेर ढुंगे भुइँमा लड्थे। शरीर अस्थिपञ्जरजस्तै हुँदै गयो। गार्ड र कैदीहरूले उनी अब धेरै दिन बाँच्दैनन् भन्ने ठाने। बाहिर पनि त्यस्तै खबर पुग्यो।

त्यसअघि नै एउटा समाचार फैलियो, प्रसिद्ध भियतनामी क्रान्तिकारीको जेल अस्पतालमा क्षयरोगका कारण मृत्यु भयो। सोभियत अखबारले समेत उनको मृत्युको खबर प्रकाशित गर्यो। फ्रान्सेली गुप्तचरले उनको फाइल बन्द गर्यो। यसरी उनी आफ्ना शत्रुहरूको नजरमा मृत मानिस बनेर हङकङबाट बाहिरिए।

सन् १९३२ को अन्त्यतिर कानुनी प्रयासमार्फत उनको गोप्य रिहाइको बाटो खुलिसकेको थियो। तर त्यसअघि नै एउटा समाचार फैलियो, प्रसिद्ध भियतनामी क्रान्तिकारीको जेल अस्पतालमा क्षयरोगका कारण मृत्यु भयो। सोभियत अखबारले समेत उनको मृत्युको खबर प्रकाशित गर्यो। फ्रान्सेली गुप्तचरले उनको फाइल बन्द गर्यो। यसरी उनी आफ्ना शत्रुहरूको नजरमा मृत मानिस बनेर हङकङबाट बाहिरिए।

पहिले एमोय र त्यसपछि शाङ्घाई पुगे। त्यहाँ फ्रान्सेली कम्युनिष्ट पावल भ्यालेन्ट-कुटुरियरसँग सम्पर्क भयो। दुवैले मिलेर सोभियत मालवाहक जहाजमार्फत भ्लादिभोस्तोक पुग्ने व्यवस्था गरे। फ्रान्सेली साम्राज्यको जेलबाट उनी उम्किएका थिए। तर अब उनी अर्को खतरनाक संसारमा प्रवेश गर्दै थिए।

सन् १९३४ को वसन्तमा उनी 'लिन' नामबाट मस्को पुगे। मस्कोमा उनले पहिलेको परिचित संसार भेटेनन्। स्टालिनको राजनीतिक सफाइ चरममा थियो। कोमिन्टर्नका उनका पुराना सहकर्मीहरू पक्राउ पर्दै वा हराउँदै थिए। एक समय एसियाली क्रान्तिकारी आन्दोलनका प्रभावशाली व्यक्ति मिखाइल बोरोडिनसमेत पक्राउ परिसकेका थिए। यस्तो वातावरणमा उनको हङकङ जेलबाट जीवित निस्कनु नै शंकाको विषय बन्यो।

केहीले उनी बेलायती सुराकी बनेर रिहा भएको आरोप लगाए। उनीमाथि अनुसन्धान भयो। राजनीतिक जिम्मेवारीबाट हटाइयो र राष्ट्रिय तथा औपनिवेशिक प्रश्नसम्बन्धी संस्थामा सामान्य मार्क्सवादी पाठहरू भियतनामीमा अनुवाद गर्ने काममा सीमित गरियो। यो उनको जीवनको सबैभन्दा कठिन राजनीतिक एकान्तमध्ये एक थियो।

उनले गुटगत विवादबाट आफूलाई टाढा राखे। सार्वजनिक राजनीतिक अभिव्यक्ति दिएनन्। दिनभरि अनुवाद गर्थे र राति अर्को दिन पनि आफू जीवित रहने हो कि होइन भन्ने अनिश्चिततामा बिताउँथे। तर उनी मस्कोमा निष्क्रिय बसिरहेका बेला भियतनाममा उनले बनाएको आन्दोलनमाथि औपनिवेशिक दमनको आँधी चलिरहेको थियो।

सन् १९३० र १९३१ का एनघे तिन किसान विद्रोहहरूलाई फ्रान्सेली सेनाले निर्ममतापूर्वक दबायो। हजारौँ किसान मारिए। उनको पार्टीको नेतृत्व तह ठूलो क्षतिमा पर्यो। उनी आफ्ना साथीहरूलाई बचाउन सक्दैनथे। त्यसैले कोमिन्टर्न नेतृत्वलाई पटकपटक पत्र लेखे। उनको आग्रह सरल थियो, उनलाई क्रान्तिको काममा फर्काइयोस्। तर ती पत्रहरू शंकालु अधिकारीहरूको फाइलमा थन्किए। चार वर्ष बिते। पाँच वर्ष बिते। उनको जीवनको एउटा पूरा दशक जस्तै राजनीतिक अन्धकारमा हराउँदै गयो।

त्यसपछि अन्तर्राष्ट्रिय परिस्थिति बदलियो। सन् १९३७ मा जापानले चीनमाथि व्यापक युद्ध सुरु गरिसकेको थियो। एसियामा अर्को ठूलो युद्धको संकेत स्पष्ट थियो। कोमिन्टर्नलाई अब चीन र एसियामा अनुभवी कार्यकर्ताहरूको आवश्यकता पर्न थाल्यो। यही परिवर्तनले उनको राजनीतिक निर्वासन अन्त्य गर्यो।

सन् १९३८ को अन्त्यतिर उनी चीनतर्फ लागे र अन्ततः माओ त्सेतुङका कम्युनिष्ट फौजहरूको आधार क्षेत्र यानान पुगे। उनले चिनियाँ आठौँ रुट आर्मीमा राजनीतिक अधिकारी तथा रेडियो अपरेटरका रूपमा काम गरे। यो कामले उनलाई फेरि दुईवटा कुरा दियो, संगठन र भियतनाम फर्कने अवसर।

चीनमा रहेका भियतनामी भूमिगत कार्यकर्ताहरूलाई उनले खोज्न थाले। एक-एक गरेर सम्पर्क जोड्दै उनले वर्षौँको दमनबाट टुक्रिएको नेटवर्क पुनः निर्माण गर्न थाले। अब उनी आफ्नो देशबाट बाहिरिएको करिब तीन दशक भइसकेको थियो। उनी जेल परिसकेका थिए, मृत घोषित भइसकेका थिए, आफ्नै आन्दोलनभित्र शंकाको घेरामा परेका थिए र वर्षौँसम्म राजनीतिक रूपमा किनारामा धकेलिएका थिए। तर इतिहासले उनलाई फेरि त्यही ठाउँतिर धकेलिरहेको थियो जहाँबाट उनको यात्रा सुरु भएको थियो। त्यो ठाउँ थियो भियतनाम।

स्वदेशको पुनरागमन

सन् १९४१ को फेब्रुअरीको एउटा बिहान उनी चीनसँग जोडिएको भियतनामी सीमा पार गरे। तीस वर्षअघि भाँडा माझ्ने २१ वर्षीय युवकका रूपमा देश छोडेका न्गुएन आई क्वोक अब पचास वर्षका भइसकेका थिए। लामो निर्वासन, जेल र भूमिगत जीवनले शरीर कमजोर बनाएको थियो। तर उनीसँग एउटा कुरा अझै बलियो थियो, राजनीतिक अनुभव।

उनको नयाँ आधार चीनसँग सीमा जोडिएको काओ बाङ प्रान्तको पाक बो थियो। चुनढुंगाको एउटा गुफामा उनी बस्न थाले। त्यहीँबाट उनले कार्यकर्तालाई निर्देशन दिए, पर्चा लेखे र संगठन पुनः निर्माण गरे। त्यही समयमा उनले नयाँ नाम अपनाए, हो ची मिन्ह।

अब उनको अगाडिको प्रश्न केवल पार्टी कसरी बलियो बनाउने भन्ने थिएन। भियतनामको राजनीतिक परिस्थिति तीव्र गतिमा बदलिँदै थियो। फ्रान्सेली औपनिवेशिक शासन अझै कायम थियो, तर जापानी सेना पनि इन्डोचाइनामा प्रवेश गरिसकेको थियो। एउटै देशमा दुईवटा विदेशी शक्ति आफ्नो प्रभुत्व जमाइरहेका थिए। यस्तो अवस्थामा हो ची मिन्हले रणनीतिक प्राथमिकता परिवर्तन गरे।

भियत मिन्हमा मजदुर र किसान मात्र होइन, मध्यम वर्ग, बुद्धिजीवी, धार्मिक व्यक्तित्व र देशभक्त जमिनदारसम्मलाई समेट्ने प्रयास भयो। प्रचारको भाषा पनि वर्गीय भन्दा राष्ट्रवादी थियो। शत्रु स्पष्ट थियो, विदेशी शासन।

सन् १९४१ को बैठकमा उनले वर्गसंघर्ष, भूमि पुनर्वितरणजस्ता दीर्घकालीन कार्यक्रमलाई तत्कालका लागि पछाडि राखे। अहिलेको सबैभन्दा ठूलो प्रश्न राष्ट्रिय मुक्ति थियो। उनको तर्क स्पष्ट थियो, विदेशी शासनबाट देश मुक्त नभएसम्म मजदुर र किसानका अधिकारको स्थायी सुरक्षा सम्भव छैन। यही रणनीतिबाट भियत मिन्ह, अर्थात् भियतनामको स्वतन्त्रताका लागि लिग, जन्मियो। यसको शक्ति नै यसको व्यापकतामा थियो।

भियत मिन्हमा मजदुर र किसान मात्र होइन, मध्यम वर्ग, बुद्धिजीवी, धार्मिक व्यक्तित्व र देशभक्त जमिनदारसम्मलाई समेट्ने प्रयास भयो। प्रचारको भाषा पनि वर्गीय भन्दा राष्ट्रवादी थियो। शत्रु स्पष्ट थियो, विदेशी शासन। फ्रान्सेली र जापानी दुवैविरुद्ध राष्ट्रिय प्रतिरोधको साझा मोर्चा निर्माण गर्नु नै तत्कालीन रणनीति बन्यो। तर राजनीतिक संगठन मात्र पर्याप्त थिएन। त्यसलाई सैन्य शक्ति पनि चाहिन्थ्यो। त्यसका लागि हो ची मिन्हले एक पूर्व इतिहास शिक्षकलाई जिम्मेवारी दिए। उनको नाम थियो, भो न्गुएन ग्याप।

भो न्गुएन ग्यापका साथ हो ची मिन्ह । तस्विर: https://nicolascinquini.blog

ग्यापले सानो छापामार समूहबाट सेना निर्माण गर्न थाले। तर होको रणनीति केवल बन्दुक उठाउने थिएन। हरेक लडाकु पहिले राजनीतिक कार्यकर्ता हुनुपर्थ्यो। छापामारहरू गाउँमा गए। उनीहरूले प्रचार गरे, साक्षरता अभियान चलाए, स्थानीय संगठन बनाए र सूचना संकलन गरे। यसरी सैन्य शक्ति निर्माणसँगै भियत मिन्हले गाउँगाउँमा राजनीतिक आधार पनि निर्माण गर्यो। तर आन्दोलनलाई निर्णायक मोड दिने अर्को शक्ति अप्रत्याशित रूपमा आयो। त्यो थियो भोक।

सन् १९४४ को अन्त्यदेखि १९४५ सम्म टाइफुन, प्रशासनिक असफलता र जापानी खाद्यान्न नियन्त्रणले उत्तरी भियतनाममा भयावह अनिकाल ल्यायो। करिब २० लाख मानिसको ज्यान गएको अनुमान छ। औपनिवेशिक शासन र जापानी कब्जाप्रति जनताको आक्रोश अब राजनीतिक मात्र रहेन। त्यो जीवन र मृत्युको प्रश्न बन्यो। हो ची मिन्हले यही क्षणलाई संगठन विस्तारको अवसर बनाए। भियत मिन्ह कार्यकर्ताहरूले धानका भण्डार कब्जा गरेर खाद्यान्न भोकाएका मानिसहरूलाई वितरण गर्न थाले। यसबाट गाउँका मानिसहरूको नजरमा भियत मिन्ह केवल राजनीतिक संगठन रहेन। संकटमा आफ्नो पक्षमा उभिने शक्ति बन्यो।

यसैबीच होले अन्तर्राष्ट्रिय सम्बन्धमा पनि असाधारण व्यावहारिकता देखाए। जापानीविरुद्ध लडिरहेका अमेरिकी ओएसएससँग उनले सम्पर्क बढाए। जंगलमा खसेका अमेरिकी पाइलटहरूलाई भियत मिन्हले उद्धार गर्‍यो। बदलामा अमेरिकीहरूले हतियार, रेडियो र अन्य सहयोग उपलब्ध गराए। सन् १९४५ को गर्मीमा 'डियर टिम' नामक ओएसएस टोली उनको शिविरमा आइपुग्यो।

होले अन्तर्राष्ट्रिय सम्बन्धमा पनि असाधारण व्यावहारिकता देखाए। जापानीविरुद्ध लडिरहेका अमेरिकी ओएसएससँग उनले सम्पर्क बढाए। जंगलमा खसेका अमेरिकी पाइलटहरूलाई भियत मिन्हले उद्धार गर्‍यो।

अमेरिकीहरूसँगको यो सम्बन्ध विचारधाराको निकटताभन्दा तत्कालीन परिस्थितिको परिणाम थियो। हो ची मिन्ह अमेरिकी स्वतन्त्रताको इतिहास र संविधानका आदर्शबाट प्रभावित थिए। तर त्योभन्दा महत्त्वपूर्ण थियो साझा शत्रु, जापान।

यहीबीच उनको स्वास्थ्य फेरि गम्भीर रूपमा बिग्रियो। मलेरिया, झाडापखाला र अत्यधिक थकानले उनलाई मृत्युको मुखमा पुर्‍यायो। अमेरिकी ओएसएस चिकित्सकले उपचार गरेपछि मात्र उनी बिस्तारै निको भए। पछि इतिहासले उनलाई फेरि एउटा असाधारण अवसर दियो।

अगस्ट १९४५ मा जापानले आत्मसमर्पण गर्यो। जापानी प्रशासन ढल्यो। फ्रान्सेली शक्ति अझै पुनःस्थापित हुन सकेको थिएन। तीस वर्षदेखि पर्खिएको क्षण यही थियो। हो ची मिन्हले देशभर सन्देश पठाए। अब निर्णय गर्ने समय आएको थियो। जनतालाई आफ्नै शक्तिमा भर परेर स्वतन्त्रता हासिल गर्न आह्वान गरियो।यसरी क्रान्तिको अन्तिम तयारी सुरु भयो।

अगस्ट क्रान्ति

१९ अगस्ट १९४५ मा हनोईका सडकमा विशाल जनसमूह उर्लियो। भियत मिन्हका आयोजकहरूले प्रदर्शनकारीलाई सरकारी कार्यालयतर्फ अघि बढाए। जापानी प्रशासन नेतृत्वविहीन थियो र ठूलो प्रतिरोध गर्न सकेन। केही घण्टामै राजधानी भियत मिन्हको नियन्त्रणमा आयो। त्यसपछि आन्दोलन देशका अन्य भागमा फैलियो। ह्युमा पुगेपछि यसको राजनीतिक अर्थ अझ स्पष्ट भयो।

सम्राट बाओ दाईले परिस्थिति बुझे। उनले राजगद्दी त्यागे र शाही छाप तथा तरबार नयाँ सरकारका प्रतिनिधिलाई हस्तान्तरण गरे। यससँगै शताब्दीयौँ पुरानो राजतन्त्रको अन्त्य भयो। तर क्रान्तिको वास्तविक परीक्षा अझै बाँकी थियो।

२ सेप्टेम्बर १९४५ मा हनोईको बा दिन्ह स्क्वायरमा विशाल जनसमूह जम्मा भयो। मञ्चमा हो ची मिन्ह देखा परे। साधारण खाकी पोसाक र सेतो चप्पल लगाएका उनी कुनै औपनिवेशिक शासकजस्ता देखिँदैनथे। उनले आफ्नो भाषण एउटा परिचित वाक्यबाट सुरु गरे।

'सबै मानिसहरू समान रूपमा जन्मिएका हुन्।'

त्यसपछि उनले अमेरिकी स्वतन्त्रताको घोषणापत्रबाट उद्धरण गरे। फ्रान्सेली मानव अधिकारको घोषणापत्रलाई पनि स्मरण गरे। तर ती शब्द उद्धृत गर्नु मात्र उनको उद्देश्य थिएन। उनले स्वतन्त्रता र समानताको घोषणा गर्ने फ्रान्सेली र अमेरिकी परम्परालाई उनीहरूले नै उपनिवेशमाथि लागू गरेको दमनविरुद्धको प्रमाणका रूपमा प्रयोग गरे। उनले दशकौँको फ्रान्सेली शासनको हिसाब मागे। कारागार, राजनीतिक दमन, विद्रोहको रक्तपातपूर्ण दमन र अनिकालको विनाशकारी परिणाम उल्लेख गरे।

भियतनाममाथि अर्को संकट आइपुग्यो। उत्तरबाट चिनियाँ राष्ट्रवादी सेना प्रवेश गर्यो। दक्षिणमा बेलायती सेना आइपुग्यो र फ्रान्सेली सैनिकहरूलाई पुनःसशस्त्र बनाउन थाल्यो। यसले हो ची मिन्हको सरकारलाई चारैतिरबाट दबाबमा पार्यो।

उनको भाषणको राजनीतिक सन्देश स्पष्ट थियो। भियतनामले नयाँ सरकार बनाएको मात्रै होइन। उसले आफूलाई स्वतन्त्र राष्ट्र घोषणा गरेको थियो। त्यसपछि उनले अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यानलाई पटकपटक पत्र लेखे। मान्यता, मानवीय सहायता र फ्रान्सेली पुनःऔपनिवेशिकीकरणविरुद्ध अमेरिकी सहयोग मागे। तर वासिङ्टन मौन रह्यो। अमेरिकी प्राथमिकता भियतनामभन्दा बाहिर थियो। युरोपको पुनर्निर्माण, सोभियत संघसँग बढ्दो तनाव र फ्रान्सलाई पश्चिमी गठबन्धनमा बलियो बनाउने रणनीति महत्वपूर्ण थिए।

यसबीच भियतनाममाथि अर्को संकट आइपुग्यो। उत्तरबाट चिनियाँ राष्ट्रवादी सेना प्रवेश गर्यो। दक्षिणमा बेलायती सेना आइपुग्यो र फ्रान्सेली सैनिकहरूलाई पुनःसशस्त्र बनाउन थाल्यो। यसले हो ची मिन्हको सरकारलाई चारैतिरबाट दबाबमा पार्यो। उनले त्यसको उत्तर विचारधारात्मक कठोरताबाट होइन, रणनीतिक लचकताबाट दिए।

इन्डोचिनियाली कम्युनिष्ट पार्टीलाई सार्वजनिक रूपमा विघटन गरियो। उद्देश्य थियो, नयाँ सरकारलाई एउटा व्यापक राष्ट्रवादी सरकारका रूपमा प्रस्तुत गर्नु। चिनियाँ शक्तिलाई तत्काल टक्कर नदिई केही राजनीतिक र आर्थिक सुविधा दिइयो। अर्कोतर्फ फ्रान्सेलीहरूसँग पनि वार्ता सुरु गरियो। उनको लक्ष्य स्पष्ट थियो, समय किन्नु। तर समय स्थायी समाधान थिएन। फ्रान्स आफ्नो पुरानो उपनिवेश फिर्ता लिन चाहन्थ्यो। हो ची मिन्ह भियतनामको वास्तविक स्वतन्त्रताभन्दा कममा सहमत हुन चाहँदैनथे। यसरी कूटनीति र युद्धबीचको संघर्ष अपरिहार्य बन्दै गयो।

फ्रान्सेली युद्ध

सन् १९४६ को गर्मीमा हो ची मिन्ह फ्रान्स पुगे। उनले फोन्टेनब्लो सम्मेलनमा फ्रान्सेली प्रतिनिधिहरूसँग वार्ता गरे। उनी अझै युद्ध टार्न चाहन्थे। हप्तौँसम्म कोचिनचाइना, सार्वभौमिकता, राजनीतिक अधिकार र भियतनामको भविष्यबारे छलफल भयो। तर वार्ताको गहिराइमा पुग्दै जाँदा एउटा कुरा स्पष्ट हुँदै गयो, फ्रान्स भियतनामलाई पूर्ण अर्थमा स्वतन्त्र राष्ट्रका रूपमा स्वीकार गर्न तयार थिएन।

त्यसैले सेप्टेम्बरमा होले 'मोडस भिभेन्डी' नामक अस्थायी सम्झौता गरे। यो अन्तिम समाधान थिएन। यो केवल अर्को युद्धको तयारी गर्न समय किन्ने प्रयास थियो।

दुई महिनापछि हाइ फोङमा विवाद चर्कियो। फ्रान्सेली र भियतनामी सेनाबीच तनाव बढ्दै गयो। अन्ततः फ्रान्सेली नौसेनाले शहरमा गोलाबारी गर्यो। हजारौँ नागरिक मारिए। अब युद्ध टार्ने सम्भावना झन् कमजोर भयो। डिसेम्बर १९४६ मा हनोईमा फ्रान्सेली सेनाले सरकारी क्षेत्र कब्जा गर्न र भियतनामी मिलिसियालाई निशस्त्र पार्न दबाब बढायो।

त्यस साँझ शहरको विद्युत् केन्द्रका कामदारहरूले जेनेरेटर बन्द गरे। हनोई अन्धकारमा डुब्यो। त्यो अन्धकार संकेत थियो। भियत मिन्हका एकाइहरूले शहरभर फ्रान्सेली स्थानमा आक्रमण सुरु गरे। हो ची मिन्ह भने त्यही रात राजधानीबाट बाहिरिए। पहिलो इन्डोचाइना युद्ध सुरु भइसकेको थियो।

त्यस साँझ शहरको विद्युत् केन्द्रका कामदारहरूले जेनेरेटर बन्द गरे। हनोई अन्धकारमा डुब्यो। त्यो अन्धकार संकेत थियो। भियत मिन्हका एकाइहरूले शहरभर फ्रान्सेली स्थानमा आक्रमण सुरु गरे।

उनले रेडियोमार्फत देशवासीलाई सम्बोधन गरे। वर्षौँसम्म सम्झौताको बाटो खोजेपछि अब उनले स्पष्ट घोषणा गरे, फ्रान्सेली औपनिवेशिक शक्ति फेरि देश कब्जा गर्न अघि बढिरहेको छ। त्यसैले स्वतन्त्रता जोगाउन सम्पूर्ण जनता प्रतिरोधमा उत्रिनुपर्छ। उनको आह्वान सरल थियो। राइफल हुनेले राइफल उठाओस्। तरबार हुनेले तरबार। केही नभएकाले कुटो, कोदालो र लाठी।

यो केवल युद्धको आह्वान थिएन। यो उनले तीन दशकमा सिकेको राजनीतिक पाठको निष्कर्ष थियो। विदेशी शक्तिलाई हराउन केवल नियमित सेना पर्याप्त हुँदैन। जनता नै युद्धको आधार बन्नुपर्छ। त्यसैले भियत मिन्हले शहर छोडेर उत्तरी पहाडतिर पछाडि हट्यो। भियत बाकको दुर्गम जंगल र पहाड अब नयाँ मुख्यालय बन्यो। बाँसका झुपडी, गुफा र गोप्य बाटाहरूबाट सरकार चल्न थाल्यो। रेडियोमार्फत आदेश पठाइन्थ्यो। पैदल दूतहरूले पहाड पार गर्दै सन्देश पुर्याउँथे।

फ्रान्सेली सेना शहर र सडक कब्जा गर्न सक्थ्यो। तर हो ची मिन्हले युद्धलाई त्यस्तो ठाउँमा सारिसकेका थिए जहाँ भूगोल, जनता र समय स्वयं उनका पक्षमा काम गर्न सक्थे। तीस वर्षअघि संसार बुझ्न भियतनामबाट निस्किएको युवक अब त्यही संसारबाट सिकेका पाठहरू बोकेर आफ्नो देशको स्वतन्त्रताको युद्धको नेतृत्व गरिरहेका थिए।

उनको साथमा थिए जनरल भो न्गुएन ग्याप, पूर्व इतिहास शिक्षक, जो अब भियत मिन्हको सशस्त्र सेनाको कमाण्ड सम्हालिरहेका थिए। यी दुईको भूमिका स्पष्ट थियो। हो राजनीति, कूटनीति र जनताको मनोबल सम्हाल्थे।

ग्यापको रणनीति तत्काल निर्णायक युद्धमा जाने थिएन। उनी लामो युद्ध चाहन्थे, चरणबद्ध रूपमा अघि बढ्ने युद्ध। पहिले पछाडि हट्ने, त्यसपछि गुरिल्ला प्रतिरोध गर्ने र शक्ति पर्याप्त भएपछि परम्परागत सेनासहित ठूलो आक्रमणमा जाने।

फ्रान्सेली चौकीहरूमा अचानक आक्रमण हुन्थ्यो। आपूर्ति मार्ग काटिन्थ्यो। एक्ला सैनिकमाथि हमला हुन्थ्यो। अनि लडाकुहरू फेरि जंगलमा हराउँथे। तर हो ची मिन्हलाई थाहा थियो, केवल यस्तो गुरिल्ला युद्धले युद्ध जितिँदैन।

तर त्यसका लागि समय चाहिन्थ्यो। प्रारम्भिक वर्षहरूमा भियत मिन्हसँग समयबाहेक अरू धेरै कुरा थिएन। फ्रान्सेली सेनासँग ट्याङ्क, तोपखाना, हवाई शक्ति र औपनिवेशिक युद्धको लामो अनुभव थियो। भियत मिन्हका लडाकुहरू भने मर्मत गरिएका हतियार, कब्जा गरिएका फ्रान्सेली गोलाबारुद र जंगलभित्रका साना कार्यशालामा बनाइएका सामग्रीमा निर्भर थिए। त्यसैले उनीहरूले युद्धको नियम नै बदलिदिए।

फ्रान्सेली चौकीहरूमा अचानक आक्रमण हुन्थ्यो। आपूर्ति मार्ग काटिन्थ्यो। एक्ला सैनिकमाथि हमला हुन्थ्यो। अनि लडाकुहरू फेरि जंगलमा हराउँथे। तर हो ची मिन्हलाई थाहा थियो, केवल यस्तो गुरिल्ला युद्धले युद्ध जितिँदैन। गाउँका मानिस कसको पक्षमा छन् भन्ने निर्णायक थियो।

त्यसैले भियत मिन्हले ग्रामीण क्षेत्रमा समानान्तर प्रशासन निर्माण गर्न थाल्यो। चामल संकलन गरियो, साक्षरता अभियान चलाइयो, स्थानीय मिलिसिया बनाइयो र गाउँगाउँमा राजनीतिक संगठन फैलाइयो। शहर फ्रान्सेली नियन्त्रणमा रहे पनि जंगलभित्र अर्को राज्य बिस्तारै निर्माण भइरहेको थियो। यसरी युद्ध केवल दुई सेनाबीचको संघर्ष रहेन। राज्यको वैधता कसको हो भन्ने प्रश्न पनि बन्यो। समस्या भनेको बाहिरी सहयोगको अभाव थियो।

स्टालिनको प्राथमिकता युरोप थियो। अमेरिकाले पनि भियत मिन्हलाई साम्यवादको विस्तारका रूपमा हेर्न थालेको थियो र फ्रान्सलाई समर्थन गरिरहेको थियो। तर यो अलगाव धेरै लामो समय टिकेन।

सन् १९४९ को अन्त्यमा माओ त्सेतुङका कम्युनिष्टहरूले चीनमा विजय हासिल गरे। अचानक भियतनामको उत्तरी सीमामा एउटा मित्रवत् कम्युनिष्ट राज्य खडा भयो। सीमा, जुन अहिलेसम्म अवरोध थियो, अब आपूर्ति मार्ग बन्यो। चीनबाट हतियार, सञ्चार उपकरण र सैन्य सामग्री भियतनामतर्फ आउन थाले। चिनियाँ सैन्य सल्लाहकारहरू पनि भियत मिन्हको आधार क्षेत्रमा पुगे। गुरिल्ला समूहहरूलाई नियमित सैन्य संरचनामा रूपान्तरण गर्ने काम सुरु भयो।

सन् १९४९ को अन्त्यमा माओ त्सेतुङका कम्युनिष्टहरूले चीनमा विजय हासिल गरे। अचानक भियतनामको उत्तरी सीमामा एउटा मित्रवत् कम्युनिष्ट राज्य खडा भयो। सीमा, जुन अहिलेसम्म अवरोध थियो, अब आपूर्ति मार्ग बन्यो।

हो ची मिन्हले पनि यही अवसरलाई कूटनीतिक रूपमा प्रयोग गरे। सन् १९५० को सुरुवातमा उनले चीन र सोभियत संघको यात्रा गरे र आफ्नो आन्दोलनका लागि राजनीतिक मान्यता तथा सहयोग सुरक्षित गरे। अब युद्धको समीकरण बदलिएको थियो। गियापले पनि आफ्नो सेना बदल्न थाले। सानातिना गुरिल्ला समूहहरू क्रमशः ठूला सैन्य एकाइमा परिणत भए। अब उनीहरू केवल लुकेर आक्रमण गर्ने अवस्थामा थिएनन्। फ्रान्सेली सेनाका ठूला चौकीलाई घेर्ने क्षमता विकास हुँदै थियो। र यही परिवर्तनले युद्धलाई निर्णायक मोडतिर पुर्‍यायो।

डिएन बिएन फु

भियत मिन्ह बलियो हुँदै गएपछि इन्डोचिनाको युद्ध अन्तर्राष्ट्रिय शीतयुद्धको हिस्सा पनि बन्यो। अमेरिकाले फ्रान्सलाई ठूलो आर्थिक तथा सैन्य सहयोग दिन थाल्यो। सन् १९५४ सम्म आइपुग्दा अमेरिकाले फ्रान्सको युद्ध खर्चको ठूलो हिस्सा बेहोरिरहेको थियो। विमान, तोपखाना, नापाम र अन्य सैन्य सामग्री भियतनामतर्फ पठाइँदै थिए। अर्कोतर्फ चीनको सहयोगले भियत मिन्हको सैन्य क्षमता बढिरहेको थियो।

सन् १९५० मा काओ बाङ र लाङ सोन क्षेत्रमा फ्रान्सेली सेनामाथि भएको ठूलो पराजयपछि उत्तरी सीमामाथि भियत मिन्हको नियन्त्रण बलियो भयो। चीनबाट आउने आपूर्ति मार्ग सुरक्षित भयो।

फ्रान्सलाई अब एउटा निर्णायक सैन्य विजय चाहिएको थियो। सन् १९५३ मा जनरल हेनरी नावार नयाँ कमाण्डर बने। उनको योजना सरल देखिन्थ्यो, भियत मिन्हको नियमित सेनालाई खुला युद्धमा तान्ने र फ्रान्सेली सेनाको भारी हतियार तथा हवाई शक्तिबाट निर्णायक पराजय दिने। त्यसका लागि उनले उत्तरपश्चिमको दुर्गम उपत्यका रोजे।

नोभेम्बर १९५३ मा फ्रान्सेली प्याराट्रुपरहरू मुओङ थान उपत्यकामा ओर्लिए। त्यहाँ उनीहरूले किल्लाबन्दी गरे, हवाई पट्टी बनाए र बलिया सैन्य चौकीहरूको घेरा निर्माण गरे। स्थानको नाम थियो, डिएन बिएन फु।

फ्रान्सेली कमाण्डलाई विश्वास थियो कि वरिपरिका ठाडा पहाड र बाक्लो जंगलका कारण भियत मिन्हले त्यहाँ भारी तोपखाना ल्याउन सक्नेछैन। यही अनुमान उनीहरूको सबैभन्दा ठूलो कमजोरी बन्यो। ग्यापले उपत्यकालाई हेरे र फ्रान्सेलीहरूले देखेकोभन्दा फरक कुरा देखे। उनलाई त्यहाँ अजेय किल्ला होइन, पहाडहरूले घेरिएको एउटा ठूलो फ्रान्सेली सेना देखियो।

त्यसपछि एउटा असाधारण सैन्य अभियान सुरु भयो।

तोपका पाटपुर्जा अलग गरिए। मानिसहरूले ती सामान पहाडको बाटो हुँदै ताने। जंगलभित्र पुर्‍याएर फेरि जोडिए। फ्रान्सेली विमानले माथिबाट हेर्दा ती तोपहरू देख्न नसकून् भनेर तिनलाई घना वनस्पतिभित्र लुकाइयो। अब फ्रान्सेली सेनाले कल्पना नगरेको अवस्थामा युद्ध लड्नुपर्ने थियो।

हजारौँ नागरिक कामदारलाई पहाडमा बाटो बनाउन परिचालन गरियो। साइकललाई सामान बोक्ने साधनमा परिवर्तन गरियो। बाँस र काठले बलियो बनाइएका साइकलमा सयौँ किलो चामल र गोलाबारुद राखेर मानिसहरूले ती साइकल धकेल्दै पहाड चढे। सबैभन्दा कठिन काम थियो, भारी तोपखाना पुर्‍याउनु।

तोपका पाटपुर्जा अलग गरिए। मानिसहरूले ती सामान पहाडको बाटो हुँदै ताने। जंगलभित्र पुर्‍याएर फेरि जोडिए। फ्रान्सेली विमानले माथिबाट हेर्दा ती तोपहरू देख्न नसकून् भनेर तिनलाई घना वनस्पतिभित्र लुकाइयो। अब फ्रान्सेली सेनाले कल्पना नगरेको अवस्थामा युद्ध लड्नुपर्ने थियो।

ग्यापले सैन्य योजना तयार पारे। हो ची मिन्हले राजनीतिक र कूटनीतिक पक्ष सम्हाले। उनको लागि यो केवल एउटा सैन्य अभियान थिएन। यो राष्ट्रिय शक्तिको परीक्षा थियो। १३ मार्च १९५४ मा भियत मिन्हको तोपखाना चल्न थाल्यो। फ्रान्सेलीहरू स्तब्ध भए। केही घण्टामै उनीहरूको हवाई पट्टीमा ठूलो क्षति पुग्यो। आपूर्ति अवरुद्ध भयो। त्यसपछि घेराबन्दी क्रमशः कसिँदै गयो। ५६ दिनसम्म युद्ध चल्यो।

मनसुनको वर्षाले खाडलहरू हिलाम्मे भए। घाइतेहरू उपचारको अभावमा छटपटाए। भियत मिन्हका सैनिकहरूले फ्रान्सेली किल्लातर्फ सुरुङ खन्दै क्रमशः दूरी घटाउँदै लगे। अन्ततः ७ मेमा अन्तिम फ्रान्सेली प्रतिरोध पनि ढल्यो। डिएन बिएन फुको पराजयले एउटा ठूलो राजनीतिक सन्देश दियो। युरोपेली औपनिवेशिक शक्ति एसियाली जनताको नियमित सेनासँग खुला युद्धमा पराजित भएको थियो। अब युद्धको अन्त्यबारे जेनेभामा वार्ता हुनैपर्थ्यो।

सम्झौताले भियतनामलाई अस्थायी रूपमा १७औँ समानान्तर रेखामा विभाजित गर्यो। दुई वर्षभित्र देशव्यापी चुनाव गराएर पुनःएकीकरण गर्ने योजना बन्यो। हो ची मिन्हले युद्ध जितेका थिए। तर देश अझै एकीकृत भएको थिएन। अब उनको अगाडि अर्को, अझ जटिल राजनीतिक संघर्ष थियो।

दुई भियतनाम

सन् १९५४ को अक्टोबरमा अन्तिम फ्रान्सेली सैनिकहरू हनोईबाट बाहिरिए। लगभग एक शताब्दी लामो फ्रान्सेली औपनिवेशिक शासन अन्त्य भएको थियो।

तीस वर्षभन्दा बढी समयअघि भियतनाम छोडेका हो ची मिन्ह अब स्वतन्त्र उत्तर भियतनामको नेतृत्व गरिरहेका थिए। तर उनले औपनिवेशिक गभर्नरको दरबारलाई आफ्नो निवास बनाएनन्। उनी त्यसै परिसरको एउटा सानो मालीको कुटीमा बस्न थाले। त्यो सादगी उनको जीवनशैली मात्र थिएन। उनले अब पाएको देशको अवस्था नै त्यस्तै थियो।

तीस वर्षभन्दा बढी समयअघि भियतनाम छोडेका हो ची मिन्ह अब स्वतन्त्र उत्तर भियतनामको नेतृत्व गरिरहेका थिए। तर उनले औपनिवेशिक गभर्नरको दरबारलाई आफ्नो निवास बनाएनन्। उनी त्यसै परिसरको एउटा सानो मालीको कुटीमा बस्न थाले।

युद्धले पुल, सडक र गाउँहरू ध्वस्त पारेको थियो। अझ गहिरो घाउ थियो, अनिकालको स्मृति। हजारौँ परिवारले आफ्ना सदस्य गुमाएका थिए। त्यसैले पुनर्निर्माणको पहिलो काम थियो, जनतालाई खुवाउनु। र त्यसपछि आयो जमिनको प्रश्न। उत्तर भियतनाममा पुस्तौँदेखि किसानहरूले अरूको जमिनमा काम गर्दै आएका थिए। धनी जमिन्दारहरूले ठूलो भूभाग नियन्त्रण गर्थे र किसानबाट भारी भाडा असुल्थे।

भूमिसुधार त्यसैले केवल आर्थिक कार्यक्रम थिएन। यो क्रान्तिको सामाजिक आधारसँग जोडिएको प्रश्न थियो। लाखौँ एकड जमिन पुनःवितरण गरियो। धेरै किसानले पहिलोपटक आफ्नै जमिन पाए। तर अभियान चाँडै नियन्त्रणबाहिर जान थाल्यो। पार्टी कार्यकर्ताहरू गाउँगाउँमा गएर 'वर्ग शत्रु' पहिचान गर्न थाले। कतिपय ठाउँमा संख्यात्मक लक्ष्यसमेत तोकिए। पुराना व्यक्तिगत झगडा र रिसराग राजनीतिक आरोपमा परिणत भए। भियत मिन्हलाई सहयोग गरेका मानिसहरू समेत आरोपित भए। कतिपय थुनिए। कतिपयलाई मृत्युदण्ड दिइयो।

सन् १९५६ मा उनले पार्टीको गल्ती स्वीकार गरे। उनले सार्वजनिक रूपमा भावुक सम्बोधन गरे र अन्यायपूर्ण रूपमा कारबाही गरिएकाहरूको पुनःस्थापना तथा कैदीहरूको रिहाइको प्रक्रिया सुरु भयो। क्रान्तिले आफ्नै जनतामाथि गरेको अन्याय स्वीकार गर्नु उनका लागि सजिलो थिएन।

कति मानिस मारिए भन्ने विषयमा इतिहासकारहरूबीच मतभेद छ। तर हिंसा हजारौँ मानिससम्म पुगेको र अभियानले गहिरो सामाजिक त्रास सिर्जना गरेकोमा विवाद छैन। हो ची मिन्ह अन्ततः यसको आलोचनामा सार्वजनिक रूपमा उभिए। सन् १९५६ मा उनले पार्टीको गल्ती स्वीकार गरे। उनले सार्वजनिक रूपमा भावुक सम्बोधन गरे र अन्यायपूर्ण रूपमा कारबाही गरिएकाहरूको पुनःस्थापना तथा कैदीहरूको रिहाइको प्रक्रिया सुरु भयो। क्रान्तिले आफ्नै जनतामाथि गरेको अन्याय स्वीकार गर्नु उनका लागि सजिलो थिएन।

तर उत्तर भियतनामको निर्माण भने त्यही समय रोकिएन। शिक्षालाई ठूलो प्राथमिकता दिइयो। फ्रान्सेली शासनको समयमा व्यापक निरक्षरता रहेको समाजमा गाउँगाउँमा विद्यालय खोलिए। शिक्षक र पाठ्यपुस्तक पठाइए। हो ची मिन्हको जोड सरल थियो, पढ्न नजान्नेले सिक्नुपर्छ र परिवारका सदस्यहरूले एकअर्कालाई सिकाउनुपर्छ। स्वास्थ्य सेवाको विस्तार भयो। खोप कार्यक्रम चलाइए। सडक र उद्योग पुनर्निर्माण हुन थाले।

उत्तर भियतनाम अब एउटा नयाँ समाज निर्माण गर्ने प्रयोगशाला बन्दै थियो। तर दक्षिणमा कथा फरक दिशामा अघि बढिरहेको थियो।दक्षिण भियतनाममा अमेरिकी समर्थनमा न्गो दिन्ह डिएमको शासन बलियो हुँदै थियो। जेनेभा सम्झौताअनुसार सन् १९५६ मा हुने भनिएको देशव्यापी चुनावबाट पुनःएकीकरण हुने अपेक्षा थियो। तर चुनाव भएन।

अमेरिका र दक्षिण भियतनामी सरकारले चुनावले हो ची मिन्हलाई ठूलो विजय दिलाउन सक्ने अनुमान गरेका थिए। त्यसैले चुनाव स्थगित हुँदै गयो र अन्ततः दक्षिणमा छुट्टै शासन स्थायी बन्दै गयो। यसले उत्तरको नेतृत्वसमक्ष एउटा कठिन प्रश्न खडा गर्यो। के शान्तिपूर्ण पुनःएकीकरणको प्रतीक्षा गर्ने?

दक्षिणमा रहेका पुराना कम्युनिष्ट कार्यकर्ताहरूका लागि यस्तो प्रतीक्षा झन् खतरनाक हुँदै थियो। डिएमको सुरक्षा संयन्त्रले पूर्व भियत मिन्ह कार्यकर्तालाई खोज्न र दमन गर्न थालेको थियो। यही परिस्थितिले ले दुआनलाई सक्रिय बनायो। दक्षिणमै बसेका उनी गाउँगाउँ घुमिरहेका थिए। उनले पूर्व प्रतिरोध कार्यकर्तामाथिको दमन देखे र निष्कर्ष निकाले, केवल चुनावको प्रतीक्षा गर्नु भनेको दक्षिणको आन्दोलनलाई बिस्तारै समाप्त हुन दिनु हो। उनले 'दक्षिणमा क्रान्तिको बाटो' नामक दस्तावेज तयार गरे। अब हनोईमा बहस फेरि बदलिन थाल्यो।

सन् १९५९ मा सशस्त्र संघर्षलाई अघि बढाउने निर्णय भयो। दक्षिणतर्फ मानिस, हतियार र सामग्री पुर्‍याउने गोप्य मार्ग विस्तार गरियो। पछि यही सञ्जाल 'हो ची मिन्ह ट्रेल' का रूपमा प्रसिद्ध भयो। यसरी जेनेभाले दुई वर्षका लागि बनाएको विभाजन स्थायी बन्दै गइरहेको थियो। उत्तर आफ्नो राज्य निर्माणमा व्यस्त थियो। दक्षिण विद्रोहको तयारीमा थियो। र त्यसको पछाडि अर्को शक्ति क्रमशः प्रवेश गरिरहेको थियो। त्यो शक्ति थियो– अमेरिका।

त्यो प्रवेश बुझ्न भने हो ची मिन्हले आफ्नो राजनीतिक जीवनभर विकास गरेको एउटा विशेष विचार बुझ्न आवश्यक हुन्छ।

एक क्रान्तिको वास्तुकला

हो ची मिन्हको राजनीतिक सोचलाई केवल युरोपेली मार्क्सवादबाट बुझ्न सकिँदैन। मार्क्सवाद उनले युरोपमा सिकेका थिए। तर भियतनाम फर्किंदा उनले त्यसलाई आफ्नै देशको सामाजिक वास्तविकतासँग मिलाउनुपर्ने थियो। युरोपका औद्योगिक शहरहरूमा मार्क्सवादले कारखाना, मजदुर र सर्वहारा वर्गलाई केन्द्रमा राख्थ्यो। भियतनाममा त्यस्तो औद्योगिक समाज थिएन। त्यहाँ धानका खेत थिए। किसान थिए। गाउँ थिए। पुस्तौँदेखि उस्तै ढाँचामा चलेको ग्रामीण समाज थियो।

उनका लागि साम्राज्यवादको सबैभन्दा ठूलो भार औद्योगिक मजदुरमाथि मात्र थिएन। त्यो उपनिवेशित किसानको काँधमा पनि थियो। त्यसैले उनले किसानलाई क्रान्तिको बाधक होइन, आधार माने। यही सोचले उनको मार्क्सवादलाई भियतनामी बनायो।

त्यसैले उनको मुख्य प्रश्न बन्यो, किसानलाई क्रान्तिको शक्ति कसरी बनाउने? उनको आफ्नै जीवनले यसको उत्तर दिइसकेको थियो। विश्वका बन्दरगाहहरूमा उनले मजदुर देखेका थिए। अफ्रिकामा औपनिवेशिक श्रम देखेका थिए। अमेरिकामा जातीय दमन देखेका थिए। र भियतनाममा किसानमाथिको औपनिवेशिक शोषण देखेका थिए। उनका लागि साम्राज्यवादको सबैभन्दा ठूलो भार औद्योगिक मजदुरमाथि मात्र थिएन। त्यो उपनिवेशित किसानको काँधमा पनि थियो। त्यसैले उनले किसानलाई क्रान्तिको बाधक होइन, आधार माने। यही सोचले उनको मार्क्सवादलाई भियतनामी बनायो।

तर विचार मात्र पर्याप्त  थिएन। त्यसलाई गाउँका मानिसले बुझ्ने भाषामा रूपान्तरण गर्नुपर्थ्यो। यहाँ उनको बाल्यकाल फेरि काम लाग्यो। उनले कन्फ्युसियसबाट अनुशासन, कर्तव्य, आत्मसंयम र समाजप्रतिको जिम्मेवारीका मूल्य लिए। पुरानो सम्राटप्रतिको निष्ठा राष्ट्रप्रतिको निष्ठामा रूपान्तरण भयो। व्यक्तिगत लोभको विरोध क्रान्तिकारी मितव्ययितामा बदलियो।

उनका कार्यकर्ताले किसानसँगै बस्नुपर्थ्यो। किसानले जे खान्थे, त्यही खानुपर्थ्यो। उनीहरू जहाँ सुत्थे, त्यहीँ सुत्नुपर्थ्यो। जनताको घरबाट अनुमति नलिई एउटा कचौरा भातसमेत लिन नहुने नियम थियो। यसको उद्देश्य केवल अनुशासन कायम गर्नु थिएन। कार्यकर्ता र जनताबीचको दूरी हटाउनु थियो। हो ची मिन्ह आफैँ पनि त्यही जीवनशैलीका प्रतीक बने। राज्यको शक्ति हातमा आएपछि पनि उनी भव्य दरबारमा बस्नुभन्दा साधारण काठको घरमा बसे। पुरानो ट्युनिक र साधारण चप्पल लगाउँथे। आगन्तुकहरूलाई चिया खुवाउँथे। यसले उनको राजनीतिक छविलाई असाधारण बल दियो।

उनका कार्यकर्ताले किसानसँगै बस्नुपर्थ्यो। किसानले जे खान्थे, त्यही खानुपर्थ्यो। उनीहरू जहाँ सुत्थे, त्यहीँ सुत्नुपर्थ्यो। जनताको घरबाट अनुमति नलिई एउटा कचौरा भातसमेत लिन नहुने नियम थियो। यसको उद्देश्य केवल अनुशासन कायम गर्नु थिएन। कार्यकर्ता र जनताबीचको दूरी हटाउनु थियो। हो ची मिन्ह आफैँ पनि त्यही जीवनशैलीका प्रतीक बने।

मानिसहरूले उनको कुरा पत्याए किनभने उनको निजी जीवन र सार्वजनिक भाषणबीच ठूलो दूरी थिएन। हो ची मिन्ह साँच्चै कम्युनिष्ट थिए कि मूलतः राष्ट्रवादी, यसबारे इतिहासकारहरूबीच बहस जारी छ। तर उनको आफ्नै व्यवहार हेर्दा एउटा कुरा स्पष्ट हुन्छ। उनका लागि मार्क्सवाद साधन र ढाँचा थियो, तर अन्तिम राजनीतिक लक्ष्य भियतनामको मुक्ति थियो। उनले युरोपबाट विचार लिए, तर त्यसलाई जस्ताको तस्तै भियतनाममा रोपेनन्। उनले त्यसलाई किसान, राष्ट्रवाद, कन्फ्युसियस नैतिकता र औपनिवेशिक अनुभवसँग मिसाए। यही मिश्रणले उनको आन्दोलनलाई व्यापक बनायो। तर यही आन्दोलन अब नयाँ र अझ शक्तिशाली विरोधीसँग ठोक्किन लागेको थियो।

युद्धमा अमेरिकी संलग्नता

१९६० को दशक सुरु हुँदा दक्षिण भियतनाममा असन्तोष बढ्दै थियो। न्गो दिन्ह डिएमको शासन अमेरिकी सहयोगमा टिकेको थियो, तर ग्रामीण क्षेत्रमा उसको नियन्त्रण कमजोर हुँदै गइरहेको थियो। दमनले विरोधलाई समाप्त गर्नुको सट्टा अझ गहिरो बनाउँदै थियो।पूर्व भियत मिन्ह कार्यकर्ता, किसान र दक्षिणी सरकारबाट असन्तुष्ट मानिसहरू क्रमशः एउटै प्रतिरोधमा जोडिन थाले।यसबाट नेसनल लिबरेसन फ्रन्ट, अर्थात् राष्ट्रिय मुक्ति मोर्चा, गठन भयो।

यसले दक्षिणमा भियत मिन्हकै पुरानो रणनीतिक पाठ दोहोर्‍यायो।पहिले गाउँ जित्ने।त्यसपछि राजनीतिक संगठन निर्माण गर्ने।अनि मात्र सैन्य शक्ति विस्तार गर्ने।जहाँ साइगन सरकारका कर अधिकारी वा सुरक्षा बललाई जनताले स्वीकार गर्दैनथे, त्यहाँ एनएलएफले वैकल्पिक प्रशासन, न्याय र सुरक्षा उपलब्ध गराउने प्रयास गर्यो।उत्तरबाट भने मानिस र सामग्री दक्षिणतर्फ पठाउन थालियो।

अब भियतनामको युद्ध केवल उत्तर र दक्षिणको गृहयुद्ध थिएन। अमेरिका क्रमशः प्रत्यक्ष रूपमा प्रवेश गर्दै थियो।वाशिंगटनका लागि यो शीतयुद्धको प्रश्न थियो। उसलाई डर थियो, दक्षिण भियतनाममा कम्युनिष्ट विजय भयो भने दक्षिणपूर्वी एसियाका अन्य देश पनि त्यही बाटोमा जानेछन्।

हो ची मिन्हका लागि भने प्रश्न बिल्कुल फरक थियो।उनको दृष्टिमा यो अझै पनि राष्ट्रिय एकीकरण र विदेशी प्रभावबाट मुक्ति प्राप्त गर्ने संघर्ष थियो।दुई पक्षले एउटै युद्धलाई दुई बिल्कुल फरक भाषामा बुझिरहेका थिए। यही विपरीत बुझाइले आगामी वर्षहरूलाई अझ रक्तपातपूर्ण बनाउने थियो।

हो ची मिन्हले तीन दशकअघि सिकेको एउटा पाठ अझै बिर्सेका थिएनन्। शक्तिशाली साम्राज्यलाई उसको सबैभन्दा शक्तिशाली ठाउँमा चुनौती दिनु आवश्यक छैन। उसलाई समय, भूगोल र जनताको धैर्यको युद्धमा तान्न सकिन्छ।

अमेरिकाले सुरुमा दक्षिण भियतनामी सेनालाई प्रशिक्षण र आर्थिक सहयोग दियो। तर विद्रोह बढ्दै जाँदा त्यो पर्याप्त ठहरिएन। अमेरिकी सैन्य सल्लाहकारहरूको संख्या बढ्यो। त्यसपछि अमेरिकी सेना स्वयं ठूलो संख्यामा युद्धमा प्रवेश गर्यो। तर हो ची मिन्हले तीन दशकअघि सिकेको एउटा पाठ अझै बिर्सेका थिएनन्। शक्तिशाली साम्राज्यलाई उसको सबैभन्दा शक्तिशाली ठाउँमा चुनौती दिनु आवश्यक छैन। उसलाई समय, भूगोल र जनताको धैर्यको युद्धमा तान्न सकिन्छ। फ्रान्सविरुद्ध उनले यही रणनीति प्रयोग गरेका थिए। अब त्यही रणनीति संसारकै सबैभन्दा शक्तिशाली सैन्य शक्तिविरुद्ध प्रयोग गर्नुपर्ने थियो।

वाशिंगटनले यो घटनाक्रम बढ्दो चिन्ताका साथ हेरिरहेको थियो। साइगनको सरकार कमजोर हुँदै थियो र दक्षिणमा राष्ट्रिय मुक्ति मोर्चाको प्रभाव फैलिँदै थियो। त्यसपछि अमेरिकाले अप्रत्यक्ष सहयोगबाट प्रत्यक्ष युद्धतर्फ पाइला चाल्यो। हजारौं अमेरिकी सैनिक आए, त्यसपछि दशौं हजार र अन्ततः लाखौं। उनीहरूसँग आधुनिक विमान, ट्याङ्क, तोप र औद्योगिक युद्धको विशाल मेसिनरी थियो।

धानका खेत र जंगलका बाटाले भरिएको देशमा त्यो शक्ति सैनिक शक्तिको हिसाबले भयावह थियो। नापामले गाउँहरू जलायो, कार्पेट बमबारीले पूरै भूभाग तहसनहस बनायो र लाखौं मानिस मारिए, घाइते भए वा विस्थापित भए। अमेरिकी रणनीतिको आधार सरल थियो: यति ठूलो विनाश गर कि प्रतिरोधको इच्छा नै समाप्त होस्। तर हनोईमा प्रश्न अर्कै थियो। यस्तो असमान शक्तिसँग कसरी लड्ने?

प्रत्यक्ष भीडन्तमा उत्रिएको अमेरिकी युद्ध

पोलिटब्युरोमा यही प्रश्नमाथि बहस भयो। ले दुआन र ले डुक थोको धारणा स्पष्ट थियो। गुरिल्ला युद्ध मात्र पर्याप्त हुँदैन। अमेरिकाले नियमित सेना र हवाई शक्ति प्रयोग गर्छ भने उत्तर भियतनामले पनि नियमित डिभिजनहरू दक्षिणमा पठाउनुपर्छ। अब जंगलमा लुकेर मात्र होइन, खुला भिडन्तमा पनि प्रहार गर्नुपर्छ।

हो ची मिन्ह भने बढी सतर्क थिए। दशकौंको संघर्षले उनलाई एउटा कुरा सिकाएको थियो: कमजोर पक्षले बलियो पक्षलाई आफ्नो नियममा खेल्न दिनु हुँदैन। उनी दीर्घकालीन युद्ध, राजनीतिक दबाब र कूटनीतिक सम्भावनालाई समय दिन चाहन्थे। उनको चिन्ता थियो, अत्यधिक सैन्य आक्रामकताले अमेरिकालाई अझ ठूलो विनाशकारी शक्ति प्रयोग गर्न प्रेरित गर्नेछ।

तर पार्टीभित्र ले दुआनको प्रभाव बढिसकेको थियो। अन्ततः युद्धको नीति क्रमशः प्रत्यक्ष सैन्य भिडन्ततर्फ गयो। होको दृष्टिकोण भने त्यसबाट पूर्णतः अलग थिएन। उनी अमेरिकी शक्तिको सीमा पनि बुझ्थे। उनले आफ्ना सहकर्मीहरूलाई भनेका थिए, अमेरिकीहरू मृत्युसँग डराउँछन्, र यही कमजोरी अन्ततः उनीहरूको पराजयको कारण बन्न सक्छ। उनको प्रसिद्ध उदाहरण अझ स्पष्ट थियो।

अमेरिकी शक्ति अत्यन्त ठूलो थियो, तर त्यसलाई लामो समयसम्म युद्धमा टिकाइराख्न राजनीतिक इच्छाशक्ति पनि चाहिन्थ्यो। भियतनामी रणनीतिकारहरूले यही कमजोर बिन्दुमा प्रहार गर्ने योजना बनाए।

‘यो हात्ती र बाघको युद्ध हुनेछ,’ उनले भने। ‘बाघ स्थिर भएर उभियो भने हात्तीले उसलाई किचिदिन्छ। तर बाघ जंगलमा लुक्छ, राति निस्कन्छ, हात्तीको शरीरमा घाउ बनाउँछ र फेरि जंगलमै हराउँछ। अन्ततः हात्ती रगत बगाउँदै कमजोर हुन्छ। इन्डोचाइनाको युद्ध यस्तै हुनेछ।’

यही सोचको अर्को रूप केही वर्षपछि देखियो। अमेरिकी शक्ति अत्यन्त ठूलो थियो, तर त्यसलाई लामो समयसम्म युद्धमा टिकाइराख्न राजनीतिक इच्छाशक्ति पनि चाहिन्थ्यो। भियतनामी रणनीतिकारहरूले यही कमजोर बिन्दुमा प्रहार गर्ने योजना बनाए।

महिनौंसम्म दक्षिणमा सेना र हतियार सारिए। शहरहरूमा लडाकुहरू छिराइए। लक्ष्य केवल सैन्य विजय थिएन। अमेरिकी र साइगन सरकारको नियन्त्रणमा रहेका शहरहरूमा एकैपटक आक्रमण गरेर ‘विजय नजिकै छ’ भन्ने अमेरिकी दाबीलाई नै खण्डित गर्नु थियो।

सैन्य दृष्टिले यो उत्तरका लागि अत्यन्त महँगो साबित भयो। अपेक्षा गरिएको व्यापक जनविद्रोह उठेन र क्रान्तिकारी सेनाले ठूलो क्षति बेहोर्नुपर्‍यो। तर युद्धको राजनीतिक अर्थ सैन्य परिणामभन्दा धेरै ठूलो बन्यो।

त्यसैको परिणाम थियो सन् १९६८ को टेट अफेन्सिभ।

सैन्य दृष्टिले यो उत्तरका लागि अत्यन्त महँगो साबित भयो। अपेक्षा गरिएको व्यापक जनविद्रोह उठेन र क्रान्तिकारी सेनाले ठूलो क्षति बेहोर्नुपर्‍यो। तर युद्धको राजनीतिक अर्थ सैन्य परिणामभन्दा धेरै ठूलो बन्यो। अमेरिकी टेलिभिजनमा साइगनस्थित अमेरिकी दूतावास परिसरमै कमाण्डोहरू पुगेको दृश्य देखिएपछि अमेरिकी जनताले पहिलोपटक युद्धको वास्तविकता अर्कै आँखाले हेर्न थाले।

वर्षौंसम्म सुनाइएको ‘विजय नजिकै छ’ भन्ने कथा कमजोर भयो। अमेरिकी शहर र विश्वविद्यालयहरूमा युद्धविरोधी आन्दोलन चर्कियो। राष्ट्रपति लिन्डन जोन्सनले उत्तरमाथिको बमबारी आंशिक रूपमा रोक्ने घोषणा गरे र केही समयमै आफू पुनः निर्वाचनमा नउठ्ने बताए।

तर टेटको राजनीतिक प्रभाव देखिँदासम्म हो ची मिन्ह आफैं इतिहासको अन्तिम चरणमा प्रवेश गरिसकेका थिए। उनी ७८ वर्षका भइसकेका थिए। जेल, निर्वासन, गुफा, जंगल, मस्कोका चिसा वर्ष र दशकौंको संघर्षले शरीरलाई कमजोर बनाइसकेको थियो। दैनिक राजनीतिक र सैन्य निर्णयमा उनको भूमिका घट्दै गइरहेको थियो। युद्धको सञ्चालन अब अरू नेताहरूको हातमा थियो।

तर जनताका लागि उनी अझै ‘हो काका’, अर्थात् ‘अंकल हो’ थिए। आकाश अमेरिकी विमानले भरिए पनि उनी राष्ट्रको स्थिर प्रतीक बनेर बसेका थिए। टेटले युद्धको राजनीतिक दिशा बदलिसकेको थियो। अब त्यसको परिणाम युद्धभूमिमा मात्र होइन, कूटनीतिक टेबुलमा पनि निकालिनुपर्ने थियो।

हो काका र मिथक

१९६० को दशकको मध्यसम्ममा हो ची मिन्ह एउटा नेता मात्र रहेनन्। उनी एउटा प्रतीक बनिसकेका थिए। सेतो दाह्री, पुरानो खाकी पोसाक, रबरका चप्पल र साधारण जीवनशैली उनको सार्वजनिक छविको हिस्सा बनिसकेको थियो।

विद्यालयका कोठादेखि कारखानाका क्यान्टिन र गाउँका सभास्थलसम्म उनका तस्बिर झुण्डिन थाले। उनलाई लोभ, पद र व्यक्तिगत सम्पत्तिभन्दा माथि उठेको तपस्वी नेताका रूपमा प्रस्तुत गरियो। हो आफैंले पनि यस छविको निर्माणमा भूमिका खेलेका थिए। विभिन्न उपनाममा लेखिएका उनका जीवनीमूलक सामग्रीहरूले उनलाई निःस्वार्थ देशभक्तका रूपमा चित्रित गरे र पार्टीको प्रचार संयन्त्रले त्यसलाई व्यापक राष्ट्रिय मिथकमा रूपान्तरण गर्‍यो।

विद्यालयका कोठादेखि कारखानाका क्यान्टिन र गाउँका सभास्थलसम्म उनका तस्बिर झुण्डिन थाले। उनलाई लोभ, पद र व्यक्तिगत सम्पत्तिभन्दा माथि उठेको तपस्वी नेताका रूपमा प्रस्तुत गरियो।

१९६२ को एउटा अन्तर्वार्तामा उनले यसबारे मुस्कुराउँदै भनेका थिए, ‘एक वृद्ध मानिस आफूबारे थोरै रहस्यको वातावरण राख्न मन पराउँछ।’

तर सार्वजनिक मिथक जति ठूलो हुँदै गयो, वास्तविक मानिस त्यति नै एक्लो हुँदै गयो।

आधिकारिक कथाले उनको व्यक्तिगत जीवनलाई लगभग मेटिदियो। उनको छवि राष्ट्रका लागि समर्पित, व्यक्तिगत सम्बन्ध र इच्छाभन्दा माथि उठेको नेताको बनाइयो। उनका निजी सम्बन्ध र परिवारबारेका कथाहरूलाई सार्वजनिक इतिहासबाट हटाइयो। राजनीतिक प्रतीक निर्माण गर्दा व्यक्तिको वास्तविक जीवनलाई इतिहासबाट अलग तुल्याइयो ।

त्यसको अर्को परिणाम पार्टीभित्र देखियो। हो समारोहका अध्यक्षता गर्थे, विदेशी राजदूतलाई भेट्थे, तस्बिर खिचाउँथे र जनतासँग भेटघाट गर्थे। तर युद्धको वास्तविक रणनीति निर्धारण गर्ने शक्ति बिस्तारै अरू नेताहरूमा केन्द्रित हुँदै गयो। उनको मत पहिले जस्तो निर्णायक रहेन।

१९६९ को गर्मीमा उनको स्वास्थ्य तीव्र रूपमा खस्कियो। बेइजिङ र मस्कोबाट चिकित्सकहरू बोलाइए। चिकित्सा विवरण गोप्य राखियो। तर होको चासो भने अझै युद्धमै थियो। उनी दक्षिणका मोर्चाका समाचार, नक्सा र हताहतको विवरण माग्थे।

टेट अफेन्सिभको परिणाम सुन्दा उनी भावुक भए। उनले जीवनभर लडेको देशको दक्षिणी भाग स्वतन्त्र भएको आफ्नै आँखाले देख्न नपाउने सम्भावना अब स्पष्ट भइसकेको थियो।

१९६९ को गर्मीमा उनको स्वास्थ्य तीव्र रूपमा खस्कियो। बेइजिङ र मस्कोबाट चिकित्सकहरू बोलाइए। चिकित्सा विवरण गोप्य राखियो। तर होको चासो भने अझै युद्धमै थियो। उनी दक्षिणका मोर्चाका समाचार, नक्सा र हताहतको विवरण माग्थे।

डाक्टरहरूले स्वास्थ्यको चिन्ता नगर्न आग्रह गर्दा उनले हात हल्लाए। ‘म आफ्नो स्वास्थ्यको बारेमा सोच्दिनँ,’ उनको भाव थियो। तर शरीरले अब इतिहाससँग सम्झौता गर्न छोडिसकेको थियो।

मृत्यु र विजय

सन् १९६९ को सेप्टेम्बर २ को बिहान हनोईमा सामान्य दिनझैं सुरु भएको थियो। तर बिहान ९:४७ बजे हो ची मिन्हको मुटुको चाल रोकियो।हो ची मिन्हले संसारबाट महाप्रस्थान गरिसकेका थिए ।

सेप्टेम्बर ३ मा मृत्युको घोषणा भएपछि शोकको विशाल लहर फैलियो। लाखौं मानिसले कालो पट्टी बाँधे। गाउँदेखि शहरसम्म मानिसहरू रोए। एउटा पुस्ताले हो बाहेक अर्को राष्ट्रिय नेता कल्पना नै गरेको थिएन।

संयोग असाधारण थियो। ठीक यही मितिमा २४ वर्षअघि उनी बा डिन स्क्वायरमा उभिएर स्वतन्त्रताको घोषणा पढेका थिए। नेतृत्वले उनको मृत्यु तत्काल सार्वजनिक गरेन। झन्डै दुई दिनसम्म समाचार गोप्य राखियो, ताकि युद्धरत देशको मनोबलमा तत्काल ठूलो धक्का नपरोस्।

सेप्टेम्बर ३ मा मृत्युको घोषणा भएपछि शोकको विशाल लहर फैलियो। लाखौं मानिसले कालो पट्टी बाँधे। गाउँदेखि शहरसम्म मानिसहरू रोए। एउटा पुस्ताले हो बाहेक अर्को राष्ट्रिय नेता कल्पना नै गरेको थिएन।

उनको अन्तिम इच्छापत्रमा पनि त्यही सरलता थियो। उनले आफ्नो शरीर दाहसंस्कार गरियोस् र अस्तु उत्तर, मध्य र दक्षिणमा राखियोस् भन्ने इच्छा व्यक्त गरेका थिए। तर पार्टी नेतृत्वले उनको इच्छा मानेन। उनको शरीरलाई सुरक्षित राखेर सार्वजनिक स्मारक बनाउने निर्णय गरियो।

यसबीच युद्ध रोकिएन।

१९७२ मा उत्तर भियतनामले दक्षिणतर्फ ठूलो परम्परागत सैन्य आक्रमण गर्‍यो। अमेरिकाले अपरेसन लाइनब्याकरमार्फत भीषण बमबारी गर्‍यो र हाइफोङ बन्दरगाहमा समेत बारुदी सुरुङ बिछ्यायो। तर युद्ध अब अमेरिकाका लागि पनि राजनीतिक रूपमा टिकाउन कठिन हुँदै गइरहेको थियो।

त्यसको परिणाम सन् १९७३ को जनवरीमा आयो। पेरिस शान्ति सम्झौतापछि अमेरिकी लडाकु सेना भियतनामबाट हट्यो। साइगन सरकार अब मुख्यतः अमेरिकी आर्थिक र सैन्य सहयोगमा निर्भर थियो। तर अमेरिकाभित्र वाटरगेट काण्डले निक्सन प्रशासनलाई कमजोर बनाउँदै थियो र कांग्रेसको युद्धप्रतिको धैर्य पनि समाप्त हुँदै थियो।

अप्रिल ३० मा उत्तर भियतनामी ट्याङ्कले साइगनस्थित इन्डिपेन्डेन्स प्यालेसको गेट तोड्यो। युद्ध समाप्त भयो। भियतनाम एक भयो।

अन्ततः निर्णायक क्षण सन् १९७५ को वसन्तमा आयो। उत्तर भियतनामी सेनाले तीव्र गतिमा दक्षिणतर्फ बढ्दै गएपछि साइगन सरकारको रक्षा प्रणाली केही सातामै भत्कियो। हजारौं सैनिक र लाखौं सर्वसाधारण दक्षिणतर्फ भागे। अप्रिल ३० मा उत्तर भियतनामी ट्याङ्कले साइगनस्थित इन्डिपेन्डेन्स प्यालेसको गेट तोड्यो। युद्ध समाप्त भयो। भियतनाम एक भयो।

हो ची मिन्हले देखेको राजनीतिक परिणाम उनको मृत्युको झन्डै छ वर्षपछि प्राप्त भयो। उनको नाममा राखिएको अन्तिम सैन्य अभियानले उनले आधा शताब्दीभन्दा बढी समयदेखि पछ्याएको राष्ट्रिय एकीकरण पूरा गर्‍यो।

तर विजयको अर्थ शान्ति भने थिएन।

भियतनाम युद्धबाट लगभग ध्वस्त अवस्थामा बाहिर आएको थियो। विशाल भूभाग बमले तहसनहस भएको थियो। जंगलहरू एजेन्ट ओरेन्जले प्रभावित भएका थिए। खेतीयोग्य जमिन नफुटेका बम र बारुदले भरिएको थियो। सडक, पुल, उद्योग र विद्युत् संरचना गम्भीर रूपमा क्षतिग्रस्त थिए। त्यसमाथि अमेरिकाले आर्थिक प्रतिबन्ध र अन्तर्राष्ट्रिय अलगावको नीति अपनायो। पुनर्निर्माण अत्यन्त कठिन भयो।

युद्धपछि दक्षिणका पूर्व सैनिक, अधिकारी, कर्मचारी र बुद्धिजीवीहरूलाई पुनर्शिक्षण शिविरमा पठाइयो। हजारौं मानिस देश छोड्न बाध्य भए। समुद्री बाटोबाट भाग्ने उनीहरू ‘बोट पिपल’का रूपमा चिनिए र दक्षिणपूर्वी एसियाका विभिन्न शिविरमा पुगे।

कम्बोडियामा खमेर रुजले भियतनामी गाउँहरूमा आक्रमण गर्न थालेपछि भियतनामले सन् १९७८ मा कम्बोडियामा सैनिक हस्तक्षेप गर्‍यो। त्यसको प्रतिक्रियामा चीनले १९७९ मा भियतनामविरुद्ध सीमायुद्ध सुरु गर्‍यो।

देशले बाहिरी युद्धबाट छुटकारा पाएको केही समयमै अर्को संकट सुरु भयो। कम्बोडियामा खमेर रुजले भियतनामी गाउँहरूमा आक्रमण गर्न थालेपछि भियतनामले सन् १९७८ मा कम्बोडियामा सैनिक हस्तक्षेप गर्‍यो। त्यसको प्रतिक्रियामा चीनले १९७९ मा भियतनामविरुद्ध सीमायुद्ध सुरु गर्‍यो।

यसरी हो ची मिन्हले एकताबद्ध बनाएको देश विजयको क्षणमै शान्त र समृद्ध राष्ट्र बनेन। उसले युद्धको लामो छायाँ बोकेरै नयाँ यात्रा सुरु गर्नुपर्‍यो।

सन् १९७५ को अगस्टमा हो ची मिन्हको संरक्षित शरीरलाई हनोईको बा डिन स्क्वायरमा निर्माण गरिएको समाधिमा सार्वजनिक रूपमा राखियो। उनले साधारण दाहसंस्कार चाहेका थिए, तर राज्यले उनलाई अमर प्रतीक बनाउने निर्णय गर्‍यो।

नजिकैको सानो खम्बेघर खाली थियो। उनका चप्पलहरू सुरक्षित राखिएका थिए। एक समय जनताबीच साधारण जीवन बिताउन चाहने मानिस अब काँचभित्र स्थिर आकृतिमा परिणत भइसकेका थिए।

हो ची मिन्हले आफ्नो जीवनभर आफूलाई मिथक बनाउनुभन्दा राष्ट्रलाई स्वतन्त्र बनाउने कामलाई प्राथमिकता दिएका थिए। अन्ततः उनको शरीर राज्यको स्मारक बन्यो, जबकि उनले बनाएको राष्ट्र भने युद्ध, गरिबी, प्रतिबन्ध र पुनर्निर्माणको कठिन यात्रामा अघि बढ्न बाध्य भयो। उनको मृत्युले कथा समाप्त गरेन। बरु एउटा प्रश्न छोड्यो: एउटा व्यक्तिले सुरु गरेको क्रान्ति उसको अनुपस्थितिमा कुन दिशातर्फ जान्छ?

भियतनामको आगामी इतिहास यही प्रश्नको उत्तर खोज्ने लामो प्रयास बन्ने थियो।

विरासत

हो ची मिन्हको प्रभाव भियतनामको सीमाभित्र मात्र सीमित रहेन। उनको संघर्षको वास्तविक अर्थ बुझ्न १९६० र ७० को दशकको विश्वतर्फ फर्केर हेर्नुपर्छ। पेरिसका विद्यार्थी छात्रावासदेखि टोकियो, लण्डन र बर्कलेका सडकसम्म उनको तस्बिर बोकेर युवाहरू निस्किए। तीमध्ये धेरैले भियतनाम देखेका थिएनन्, भियतनामी भाषाको एउटा शब्द पनि जान्दैनथे। तर उनीहरूका लागि हो ची मिन्ह एउटा देशका नेताभन्दा ठूलो प्रतीक बनिसकेका थिए।

उनी साम्राज्यविरुद्ध कमजोर देखिने समाजको प्रतिरोधको प्रतीक थिए। युद्धविरोधी आन्दोलनमा विद्यार्थी, मजदुर र बुद्धिजीवीहरू एकै ठाउँमा आए। साधारण खाकी पोसाक, सेतो दाह्री र रबरका चप्पल लगाएका होको तस्बिर अमेरिकी बमवर्षक र युद्धका जनरलहरूको शक्तिप्रति एउटा दृश्य प्रतिवाद बन्यो।

यसको सबैभन्दा ठूलो सन्देश थियो: अत्यन्त गरिब कृषि समाजले पनि संसारकै शक्तिशाली सैन्य शक्तिलाई लामो युद्धमा थकाउन सक्छ। यही पाठ अल्जियर्सदेखि स्यान्टियागो, हवाना र लिस्बनसम्म पुग्यो। औपनिवेशिक शासनको युग समाप्त हुँदैछ र संगठित जनताले धैर्य, राजनीतिक संगठन र दीर्घकालीन संघर्षमार्फत शक्तिको पुरानो समीकरण बदल्न सक्छन् भन्ने विश्वासले विश्वभरका मुक्ति आन्दोलनलाई प्रेरित गर्‍यो।

https://i.ytimg.com

उनी साम्राज्यविरुद्ध कमजोर देखिने समाजको प्रतिरोधको प्रतीक थिए। युद्धविरोधी आन्दोलनमा विद्यार्थी, मजदुर र बुद्धिजीवीहरू एकै ठाउँमा आए। साधारण खाकी पोसाक, सेतो दाह्री र रबरका चप्पल लगाएका होको तस्बिर अमेरिकी बमवर्षक र युद्धका जनरलहरूको शक्तिप्रति एउटा दृश्य प्रतिवाद बन्यो।

तर इतिहास स्थिर रहेन। १९९१ मा सोभियत संघको पतनसँगै हनोईको पुरानो वैचारिक र आर्थिक आधार अचानक ढल्यो। अब भियतनामले त्यही पुँजीवादी विश्वसँग सम्बन्ध बनाउनुपर्ने भयो, जसविरुद्ध उसले दशकौं युद्ध लडेको थियो। यसको तयारी भने केही वर्षअघि नै सुरु भइसकेको थियो।

सन् १९८६ मा कम्युनिस्ट पार्टीले ‘डोइ मोइ’, अर्थात् ‘नवीकरण’ नीति अघि सार्‍यो। यसको आधारभूत सोच ‘समाजवादतर्फ जाने समाजले पहिले आफ्नो भौतिक आधार बलियो बनाउन बजारका केही संयन्त्र प्रयोग गर्न सक्छ’ भन्ने थियो। सामूहिक खेतीको ठाउँमा पारिवारिक खेती विस्तार भयो। निजी व्यवसायलाई अनुमति दिइयो। विदेशी लगानीलाई पनि राज्यले तोकेको सीमाभित्र स्वागत गरियो।

यसरी भियतनामले न त पुरानो केन्द्रीकृत अर्थतन्त्रलाई जस्ताको तस्तै राख्यो, न पूर्ण रूपमा पश्चिमी पुँजीवादी मोडल अपनायो। पार्टीले यसलाई ‘समाजवादी उन्मुख बजार अर्थतन्त्र’ भन्यो। राज्यले रणनीतिक दिशा नियन्त्रण गरिरह्यो, तर निजी क्षेत्र र विदेशी पुँजीलाई उत्पादन विस्तारका लागि उपयोग गरियो।

परिणाम तीव्र आयो। १९९० को दशकको सुरुवातमा अत्यन्त ठूलो जनसंख्या गरिबीमा थियो। त्यसपछिका दशकमा गरिबी नाटकीय रूपमा घट्यो। शिक्षा, स्वास्थ्य, औसत आयु र जीवनस्तरमा उल्लेखनीय सुधार भयो। एउटा समय युद्ध, भोकमरी र औपनिवेशिक विनाशले थिचिएको देश बिस्तारै औद्योगिक र निर्यातमुखी अर्थतन्त्रमा बदलियो।

देशले बजारलाई स्वीकार गरेको छ, तर राज्यको रणनीतिक भूमिकालाई हटाएको छैन। विदेशी लगानी भित्रिएको छ, तर त्यसलाई राष्ट्रिय विकासको लक्ष्यसँग जोड्ने प्रयास गरिएको छ। निजी क्षेत्र विस्तार भएको छ, तर कम्युनिस्ट पार्टीले राजनीतिक नियन्त्रण कायम राखेको छ। त्यसैले आधुनिक भियतनामलाई केवल समाजवादी वा पुँजीवादी भनेर बुझ्न कठिन छ।

यस रूपान्तरणले हो ची मिन्हको विरासतलाई एउटा नयाँ प्रश्नसँग जोड्यो। क्रान्तिले सत्ता जितेपछि समाजलाई कसरी रूपान्तरण गर्ने?

आजको भियतनाम त्यस प्रश्नको आफ्नै उत्तर हो। देशले बजारलाई स्वीकार गरेको छ, तर राज्यको रणनीतिक भूमिकालाई हटाएको छैन। विदेशी लगानी भित्रिएको छ, तर त्यसलाई राष्ट्रिय विकासको लक्ष्यसँग जोड्ने प्रयास गरिएको छ। निजी क्षेत्र विस्तार भएको छ, तर कम्युनिस्ट पार्टीले राजनीतिक नियन्त्रण कायम राखेको छ।

त्यसैले आधुनिक भियतनामलाई केवल समाजवादी वा पुँजीवादी भनेर बुझ्न कठिन छ। यो युद्धबाट जन्मिएको, बजारसँग सम्झौता गरेको तर राज्यको राजनीतिक नेतृत्वलाई कायम राखेको एउटा मिश्रित मोडल हो।

हो ची मिन्हको अन्तर्राष्ट्रिय विरासत भने अझ फराकिलो छ। २०औं शताब्दीका वामपन्थी र राष्ट्रिय मुक्ति आन्दोलनका नेताहरूको लामो सूचीमा उनको नाम फ्रान्ज फ्यानन, प्याट्रिस लुमुम्बा र चे ग्वेभारासँगै उच्चारण गरिन्छ। उनीहरूका संघर्ष फरक थिए, तर एउटा साझा विश्वास थियो: औपनिवेशिक शासन केवल राजनीतिक नियन्त्रण होइन, मानसिक र आर्थिक प्रभुत्व पनि हो। त्यसलाई तोड्न नयाँ राजनीतिक चेतना र नयाँ क्रान्तिकारी नैतिकता आवश्यक हुन्छ।

हो ची मिन्हको एउटा प्रसिद्ध भनाइले यही सम्पूर्ण यात्रालाई छोटो वाक्यमा बाँधिदिन्छ:

‘स्वतन्त्रता र स्वतन्त्रताभन्दा बहुमूल्य अरू केही छैन।’

यो नारा मात्र थिएन। यसको पछाडि दशकौंको निर्वासन, जेल, युद्ध, भोक, मृत्यु र लाखौं मानिसको बलिदान थियो। तर यही ठाउँमा हो ची मिन्हको विरासतको सबैभन्दा कठिन प्रश्न पनि सुरु हुन्छ।

उनी निरपेक्ष शान्ति र अहिंसाको कुरा मात्रै गरिरहने सन्त पनि थिएनन्, निर्दयी राजनीतिज्ञ पनि थिएनन्। उनी तपस्वी पनि थिए र कठोर पार्टी नेता पनि। उनी कवि पनि थिए र क्रान्तिको संगठनकर्ता पनि। त्यसैले उनको मूल्याङ्कन सजिलो छैन।

रबरका चप्पल लगाएको, साधारण खाना खाने, जनतासँग नजिक रहने ‘हो काका’ र १९३० तथा ४० को दशकमा आफ्ना राजनीतिक प्रतिद्वन्द्वीलाई कठोरतापूर्वक पन्छाउने व्यावहारिक रणनीतिकार एउटै व्यक्ति थिए। उनी  निरपेक्ष शान्ति र अहिंसाको कुरा मात्रै गरिरहने सन्त पनि थिएनन्, निर्दयी राजनीतिज्ञ पनि थिएनन्। उनी तपस्वी पनि थिए र कठोर पार्टी नेता पनि। उनी कवि पनि थिए र क्रान्तिको संगठनकर्ता पनि। त्यसैले उनको मूल्याङ्कन सजिलो छैन।

उनले उपनिवेशवादविरुद्धको संघर्षलाई राष्ट्रिय स्वतन्त्रतासँग जोडेर एउटा यस्तो राजनीतिक शक्ति निर्माण गरे, जसले विश्वकै शक्तिशाली सैन्य शक्तिलाई अन्ततः पछि हट्न बाध्य बनायो। तर त्यस यात्रामा ठूलो मानवीय मूल्य चुकाइयो। युद्धले भियतनामलाई स्वतन्त्र त बनायो, तर साथमा लाखौं मानिसको मृत्यु, विनाश, विस्थापन र दशकौंसम्म रहने घाउ पनि छोड्यो। इतिहासको हिसाबकिताब यही विरोधाभासभित्र गर्नुपर्छ।

सन् १९११ मा साइगनबाट एउटा जहाजमा चढेर संसार हेर्न निस्किएको विद्वानको छोराले सुरुमा एउटा प्रश्न बोकेको थियो: आफ्नो देशलाई औपनिवेशिक शासनबाट कसरी मुक्त गर्ने?

त्यस प्रश्नको उत्तर खोज्दै उनी अफ्रिका पुगे, अमेरिका पुगे, लण्डन पुगे, पेरिस पुगे, मस्को पुगे र अन्ततः फेरि भियतनाम फर्किए। उनले मार्क्सवादबाट सिद्धान्त लिए, लेनिनबाट औपनिवेशिक मुक्ति बुझ्ने दृष्टि लिए, तर त्यसलाई भियतनामको इतिहास, गाउँ, किसान र राष्ट्रिय स्मृतिसँग मिसाएर आफ्नै राजनीतिक बाटो बनाए।

त्यही बाटोले एउटा औपनिवेशिक भूभागलाई स्वतन्त्र राष्ट्रमा रूपान्तरण गर्‍यो।

तर उनको विरासत त्यतिमै समाप्त हुँदैन। उनले छोडेको देशले पछि बजारलाई स्वीकार गर्‍यो, विश्व अर्थतन्त्रमा प्रवेश गर्‍यो र गरिबीबाट तीव्र गतिमा बाहिर निस्कियो। यस अर्थमा हो ची मिन्हको विरासत केवल युद्ध जित्ने कथा होइन। यो एउटा यस्तो राष्ट्रको कथा पनि हो, जसले युद्धपछि आफूलाई फेरि निर्माण गर्‍यो र बदलिँदो विश्वसँग नयाँ सम्झौता गर्‍यो।

https://images2.thanhnien.vn

उनको वास्तविक विरासत स्मारकमा मात्र छैन। त्यो धानका खेतमा छ, जहाँ कुनै समय औपनिवेशिक कर उठाइन्थ्यो। ती विद्यालयमा छ, जहाँ कहिल्यै पढ्न नपाएका पुस्ताका सन्तानहरू पढ्छन्। ती कारखानामा छ, जहाँ विश्व बजारका लागि सामान उत्पादन हुन्छ। र त्यो राष्ट्रिय चेतनामा छ, जसले एक समय असम्भव जस्तो देखिएको स्वतन्त्रताको कल्पनालाई वास्तविकतामा बदल्यो।

आजको भियतनाममा उनका तस्बिर अझै छन्। उनको नाममा शहर छ। उनको अनुहार मुद्रामा छ। उनको समाधिमा मानिसहरू पुग्छन्। तर उनको वास्तविक विरासत स्मारकमा मात्र छैन। त्यो धानका खेतमा छ, जहाँ कुनै समय औपनिवेशिक कर उठाइन्थ्यो। ती विद्यालयमा छ, जहाँ कहिल्यै पढ्न नपाएका पुस्ताका सन्तानहरू पढ्छन्। ती कारखानामा छ, जहाँ विश्व बजारका लागि सामान उत्पादन हुन्छ। र त्यो राष्ट्रिय चेतनामा छ, जसले एक समय असम्भव जस्तो देखिएको स्वतन्त्रताको कल्पनालाई वास्तविकतामा बदल्यो।

त्यसैले हो ची मिन्हलाई केवल एक क्रान्तिकारी नेताका रूपमा बुझ्नु उनको कथालाई अपूरो रुपमा बुझ्नु हो। उनी २०औं शताब्दीको औपनिवेशिक संसार, राष्ट्रिय मुक्ति, साम्यवाद, युद्ध, शीतयुद्ध र विकासको जटिल इतिहासलाई जोड्ने एउटा केन्द्रीय पात्र हुन्।

उनको जीवनमा विजय पनि छ, त्रासदी पनि। आदर्श पनि छ, कठोर राजनीतिक यथार्थ पनि। त्यागको कथा पनि छ, सत्ता र हिंसाको प्रश्न पनि।

अन्ततः इतिहासले उनलाई कुनै एउटा सरल कोटीमा राख्न सक्दैन।

उनले छोडेको सबैभन्दा ठूलो विरासत सायद यही हो: एउटा सानो, गरिब र औपनिवेशिक देशले आफ्नो इतिहासको दिशा आफैं बदल्न सक्छ भन्ने विश्वास।

त्यो विश्वासको मूल्य कति थियो र उपलब्धि कति ठूलो, यसको अन्तिम फैसला इतिहासका पुस्तकले मात्र गर्ने छैनन्। त्यसको फैसला उनीहरूले गर्नेछन्, जो आज हो ची मिन्हले निर्माण गर्न मद्दत गरेको भियतनामभित्र बाँचिरहेका छन्।

मूल सामग्री स्रोत: History After Dark

अनुवाद, सम्पादन र पुनर्लेखन: चन्द्र खाकी

(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखको स्रोत, अनुवादकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला । उचित तरिकाले स्रोत नखुलाइकन प्रकाशित गरिएमा बौद्धिक चोरी मानिनेछ ।–दायित्वबोध)

 दायित्वबोधको विशेष अनुरोध

वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ?

के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ?

दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ !

तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ?
यस लिङ्कमा थिच्नुहोस्