फिडेल क्यास्त्रो: एक क्रान्तिकारीको जीवन, विचार र आत्मसंघर्ष
सत्ता, संघर्ष र इतिहाससँगको एक असाधारण संवाद
यो वर्ष क्युबाका क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोको जन्मशताब्दी वर्ष हो। अहिले उनको जन्मभूमि क्युबा लगायत विश्वभर क्यास्ट्रोको जन्मशताब्दी मनाइँदै छ। विश्वक्रान्तिमा रुसको बोल्सेभिक क्रान्ति र चीनको जनवादी क्रान्तिपछि सर्वाधिक महत्वपूर्ण क्रान्ति क्युबाको क्रान्तिलाई मानिन्छ । क्युबाको क्रान्तिले विश्वभर गहिरो प्रभाव पारेको छ।
क्युबाली क्रान्तिका नायक फिडेल क्यास्ट्रो र उनका सहयोद्धा चे ग्युभारा दशकौंदेखि विश्वभरका युवाहरूका लागि प्रेरणाको स्रोत बन्दै आएका छन्। त्यस्तै, फिडेल क्यास्ट्रोको नेतृत्वमा क्युबाले एसिया, अफ्रिका र ल्याटिन अमेरिकाको मुक्ति आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्दै आएको थियो। क्युबाले विश्वभर आफ्ना चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई निस्स्वार्थ रूपमा पठाएर ठुलो सहयोग गर्दै आएको छ।
अमेरिकाले क्युबाको क्रान्तिलाई निमिट्यान्न पार्न ६ दशकदेखि नाकाबन्दी लगाउँदै आएको छ। ट्रम्पको दोस्रो कार्यकालमा त त्यसलाई झन् कसिलो बनाउँदै घेराबन्दीको तहमा पुर्याइएको छ। क्युबा अहिले गम्भीर संकटको अवस्थामा छ।
क्युबाली क्रान्तिलाई बुझ्न फिडेल क्यास्ट्रोको जीवन बुझ्नु जरुरी हुन्छ। फिडेल क्यास्ट्रोको सबैभन्दा प्रामाणिक आत्मकथा 'माइ लाइफ: ए स्पोकन अट्बायोग्राफी' लाई मानिन्छ, जुन फ्रेन्च पत्रकार इग्नासियो रामोनेटद्वारा लिइएको अन्तर्वार्तामा आधारित छ। यही आत्मकथाको एउटा अंशको नेपाली अनुवाद यहाँ प्रस्तुत गरिएको छ।
यो फिडेल क्यास्त्रोको जीवनी मात्र नभएर सत्ता, क्रान्ति र इतिहाससँग एउटा क्रान्तिकारीको लामो र जटिल संवाद हो। मोन्काडा ब्यारेकको असफल विद्रोहदेखि सिएरा मायेस्ट्राको गुरिल्ला संघर्ष र अन्ततः क्युबाली क्रान्तिको विजयसम्म आइपुग्दा क्यास्त्रो केवल एक राजनीतिक नेता नभई एउटा युगका प्रतीक बन्न पुगे। उनको क्रान्तियात्रा बाह्य हस्तक्षेप र कठोर नाकाबन्दीका बीच आफ्नो राष्ट्रको स्वाधीनता जोगाउने दृढ संकल्पको कथा हो। त्यसो त यो विजयको कुनै सरल आख्यान होइन; यसमा रणनीतिक भूल, वैचारिक द्वन्द्व, सत्ताको मोह र त्यसले जन्माउन सक्ने अहंकारसँगको निरन्तर मुठभेडसमेत जोडिएको छ।
क्यास्त्रोको समर्थकहरू उनलाई साम्राज्यवादविरुद्ध अडिग रहने एक महान् क्रान्तिकारीका रूपमा हेर्छन् । आलोचकहरू भने उनलाई एक कठोर र अधिनायकवादी शासकका रूपमा चित्रित गर्छन्। स्वयं क्यास्त्रो चाहिँ आफ्नो राजनीतिक विरासतलाई व्यक्तिगत नेतृत्वमा सीमित गर्न अस्वीकार गर्दै क्रान्तिलाई लाखौँ जनताको सामूहिक संघर्षको प्रतिफल मान्छन्। उनी आफ्नो व्यवस्थामा दमन वा यातनाको कुनै स्थान नरहेको दाबी गर्दै शिक्षा, स्वास्थ्य र सामाजिक समानतालाई नै आफ्नो क्रान्तिको वास्तविक आधार भएको तर्क गर्छन्।
सत्ता र संघर्षको केन्द्रमा दशकौँ बिताएपछि, क्यास्त्रोले आफ्ना निर्णयहरूलाई फर्केर हेर्दा केही गल्तीहरू स्वीकार गरेका छन्। तर, उनले ती गल्तीहरूलाई रणनीतिक नभई सामरिक वा कार्यनीतिक भनी स्पष्ट पारेका छन् र समाज रूपान्तरणको आफ्नो मूल दिशाप्रति भने पश्चात्ताप गरेका छैनन्। उनी इतिहासको फैसलाभन्दा पनि राष्ट्रको प्रतिष्ठा र जनताको कल्याणलाई सर्वोपरि राख्छन्। त्यसैले, क्यास्त्रोको जीवन केवल प्रशंसा वा निन्दाको फ्रेममा अटाउने कथा होइन। यो यस्तो क्रान्तिकारीको आत्मसंवाद हो, जसले इतिहास बदल्ने क्रममा स्वयं इतिहासको कठघरामा उभिनुपर्यो। उनको व्यक्तित्वलाई पूर्ण रूपमा बुझ्न उनका विजयसँगै उनका विवाद, सीमा र उनले गरेका निर्णयहरूको मूल्यलाई समेत सूक्ष्म रूपमा नियाल्नु आवश्यक छ।
दायित्वबोध

तपाईं असाधारण राजनीतिक वक्ताका रूपमा प्रसिद्ध हुनुहुन्छ। तर मैले एउटा फरक कुरा महसुस गरेको छु। तपाईंले कमोबेस तत्काल सोचेर दिनुभएका भाषणहरूमा तपाईंको वाक्पटुता अत्यन्त प्रभावशाली हुन्छ, तर तपाईंले लेखेर पढ्ने भाषणहरू चाहिँ त्यति उत्कृष्ट हुँदैनन्। तपाईं आफ्ना भाषणहरूको तयारी कसरी गर्नुहुन्छ?
खासमा, कहिलेकाहीँ त मलाई आफ्ना भाषणहरू पुनरावलोकन गर्ने समयसमेत हुँदैन। अनि म तपाईंलाई एउटा कुरा भन्छु: बोलिने भाषा र लेखिने भाषा एउटै हुँदैन। बोल्दा त्यसमा उच्चारण, स्वर र आवाजको आरोह-अवरोह हुन्छ। कुनै कुरा लेखेर हेर्दा एउटै अनुच्छेदमा एउटा शब्द पटकपटक दोहोर्याइएको देखियो भने त्यो अनावश्यकजस्तो लाग्न सक्छ। तर बोल्दा त्यो सही हुन्छ, किनभने त्यसरी तपाईंले कुनै कुरामा जोड दिइरहनुभएको हुन्छ। लिखित पाठमा भने दोहोर्याइ अनावश्यक देखिन्छ र मानिसहरूलाई त्यस्तो मन पर्दैन। म आफूले तत्काल सोचेर दिएका भाषणहरूलाई पछि फेरि हेर्ने र परिमार्जन गर्ने गर्छु। कहिलेकाहीँ कुनै वाक्यलाई अलिकति अझ प्रभावकारी ढंगले प्रस्तुत गर्न सकिन्छ।
के तपाईं आफ्ना भाषणहरू आफैँ लेख्नुहुन्छ ? कि तपाईंका लागि तयार गरिदिने सहयोगीहरू पनि छन्?
मैले कहिल्यै कसैलाई मेरा लागि भाषण लेखिदिन वा कम्तीमा त्यसको मस्यौदा तयार गरिदिन भनेँ भने, लगभग हरेकपटक त्यो विपत्तिमै परिणत भएको छ। ती भाषणहरू खोक्रा र वाक्पटुताविहीन हुन्थे। अन्ततः मैले तिनलाई पूरै पुनर्लेखन गर्नुपर्थ्यो। मैले अमेरिकी राष्ट्रपतिहरूका कैयौँ सल्लाहकारहरूसँग कुराकानी गरेको छु, जसले सयौँ भाषण लेखेका छन्। तर पनि यो कुरा मेरा लागि अझै एउटा रहस्य नै हो। मैले आफूले तयारी नगरेको, आफूले नलेखेको भाषण कहिल्यै दिन सकेको छैन।
फ्रान्सेली राष्ट्रपतिहरूले चाहिँ यो कसरी गर्छन्?
यसको निर्भरता राष्ट्रपतिअनुसार फरक पर्छ। तर सामान्यतः उनीहरूका लागि भाषण लेखिदिने सल्लाहकारहरूको एउटा टोली हुन्छ। कसैले विषयवस्तुमा काम गर्छ, कसैले त्यसको स्वरूपमा, अनि अरू कसैले त्यसलाई घोटेर अझ परिष्कृत र उत्कृष्ट बनाउँछ। त्यसपछि राष्ट्रपतिले त्यसलाई पुनरावलोकन गर्छन् र आफ्ना कुरा थप्छन्, कुनै वाक्य, कुनै शब्द... लगभग सबैले यही तरिका अपनाउँछन्।
रेजिस देब्रेकोले मितेराँका भाषणहरू लेख्थे भन्ने कुरा साँचो हो?
हो। सन् १९८१ मा उनले प्रसिद्ध कान्कुन भाषण लेखेका थिए, जुन तेस्रो विश्वका देशहरूलाई समर्थन गर्न गरिएको आह्वान थियो।
तर त्यसका विचारहरू? ती मितेराँका थिए कि रेजिसका?
मलाई लाग्छ, ती रेजिसकै थिए।
आह!
अर्को विषयतिर जाऔँ। तपाईं क्युबामा मात्र होइन, अन्य देशहरूमा पनि प्रशंसित र प्रिय व्यक्ति हुनुहुन्छ। सन् २००३ को मेको अन्त्यतिर तपाईंले अर्जेन्टिनाको भ्रमण गर्दा हामीले त्यसको झल्को देखेका थियौँ।
म यसलाई क्युबामै सीमित राख्न चाहन्छु।
हामीलाई नष्ट गर्न खोज्ने शक्तिहरू जति शक्तिशाली छन्, त्यस्ता शक्तिहरूको सामना गर्दै एउटा सानो राष्ट्रले प्रतिरोध गरिरहन सक्नु नै कसैका लागि निराशाको कारण बन्न सक्छ, त्यो पनि म बुझ्न सक्छु।
अर्जेन्टिनामा त्यो कुरा स्पष्ट देखिएको थियो। अनि सन् २००३ को जनवरीमा इक्वेडरमा पनि मैले आफ्नै आँखाले तपाईंप्रति जनताले देखाएको आत्मीयता र स्नेहका प्रदर्शनहरू देखेको थिएँ। तर त्यही समयमा तपाईंलाई अत्यन्त घृणा गर्ने मानिसहरू पनि छन्। तपाईंका कैयौँ विरोधी र शत्रुहरूले तपाईंलाई ‘क्रूर तानाशाह’ भएको आरोप लगाउँछन्। प्रेम र घृणा, यी दुई परस्पर विरोधी भावनाबीचको यस्तो द्वैतलाई तपाईं कसरी अनुभव गर्नुहुन्छ?
तपाईंलाई थाहा छ, मैले यसबारे कहिल्यै फर्केर सोचेकै छैन। म बिल्कुल, पूर्णतः र सम्पूर्ण रूपमा शान्त र निश्चिन्त जीवन बिताउँछु। त्यो घृणालाई म वास्तवमै बुझ्न सक्दिनँ। वैचारिक कारणले कसैलाई घृणा गर्नु म बुझ्न सक्छु। आफ्ना आक्रमणहरू असफल भएपछि उत्पन्न हुने निराशाका कारण कसैप्रति घृणा गर्नु पनि बुझ्न सक्छु। अथवा, हामीलाई नष्ट गर्न खोज्ने शक्तिहरू जति शक्तिशाली छन्, त्यस्ता शक्तिहरूको सामना गर्दै एउटा सानो राष्ट्रले प्रतिरोध गरिरहन सक्नु नै कसैका लागि निराशाको कारण बन्न सक्छ, त्यो पनि म बुझ्न सक्छु।
तर, उदाहरणका लागि, जापानीहरूसँग मलाई घृणा गर्नुपर्ने कुनै कारण छैन। मैले हिरोसिमा वा नागासाकीमा कुनै बम खसालेको छैन। संसारको कुनै पनि ठाउँमा कुनै जापानी व्यक्ति मेरो कारणले कहिल्यै मरेको छैन। अनि जापानीहरूले मलाई घृणा पनि गर्दैनन्। उनीहरू मप्रति खासै उदासीन छन्, म भन्न सक्छु।
क्युबाली क्रान्तिप्रतिको घृणा ल्याटिन अमेरिकी देशहरूमा वा संयुक्त राज्य अमेरिकामा देखिन्छ। निराशाको दृष्टिले त्यसलाई बुझ्न सकिन्छ, विशेषतः यस्तो प्रचारको सन्दर्भमा जसले कुनै सीमा पनि मान्दैन। मैले तपाईंलाई यस्ता केही घटनाबारे बताइसकेको छु। सुन्नुस्, हालै एउटा दस्तावेजमा त एउटा अत्यन्तै निर्लज्ज आरोपसमेत लगाइएको थियो। क्युबालाई ‘मानव तस्करीमा संलग्न देशहरू’ को श्रेणीमा राखिएको थियो, किनभने क्युबाले आम्दानी प्राप्त गर्न बालबालिकाको यौन शोषण गर्छ भन्ने आरोप लगाइएको थियो। यस्तो आरोपभन्दा बढी घिनलाग्दो, वाकवाकी लाग्ने र आक्रोशपूर्ण कुरा तपाईं कल्पना गर्न सक्नुहुन्छ?
मलाई ‘तानाशाह’ भनिनुको कारण पनि मैले बुझ्न सकेको छैन। तानाशाह भनेको के हो? त्यो त्यस्तो व्यक्ति हो, जसले मनमौजी र एकपक्षीय निर्णय गर्छ, संस्थाहरू र कानुनभन्दा माथि रहेर काम गर्छ, र जसलाई आफ्नै इच्छा र सनकबाहेक अरू कुनै कुराले नियन्त्रण गर्दैन।
मलाई ‘तानाशाह’ भनिनुको कारण पनि मैले बुझ्न सकेको छैन। तानाशाह भनेको के हो?
यदि त्यस्तो हो भने, सधैँ युद्धको विरोध गर्ने पोप जोन पल द्वितीयलाई पनि तानाशाह भएको आरोप लगाउन सकिन्छ। अनि राष्ट्रपति बुशलाई चाहिँ शान्तिका रक्षक, गरिबका मित्र र सबैभन्दा लोकतान्त्रिक शासकका रूपमा प्रस्तुत गर्न सकिन्छ। युरोपका औद्योगिक राष्ट्रहरूले उनलाई यही ढंगले व्यवहार गर्छन्, तर उनीहरूले यो बुझ्दैनन् कि बुशले सिनेट वा प्रतिनिधिसभासँग परामर्श नगरी, आफ्नै मन्त्रिपरिषद्सँग समेत सल्लाह नगरी, भयावह निर्णयहरू गर्न सक्छन्।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिसँग जति शक्ति थियो, रोमन सम्राटहरूसँग समेत त्यति शक्ति थिएन! कुनै पनि अमेरिकी राष्ट्रपतिसँग आदेश दिने, अझ निर्णायक र दूरगामी परिणाम निम्त्याउने आदेश दिने सम्भावना मसँग भन्दा धेरै हुन्छ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिसँग जति शक्ति थियो, रोमन सम्राटहरूसँग समेत त्यति शक्ति थिएन!
हेर्नुस्, म एकपक्षीय निर्णय गर्दिनँ। हाम्रो व्यवस्था त राष्ट्रपतीय शासन प्रणालीसमेत होइन। हामीसँग राज्य परिषद् छ। नेताका रूपमा मेरा कार्यहरू सामूहिक संरचनाभित्रै सीमित छन्। हाम्रो देशमा महत्वपूर्ण निर्णयहरू, विशेषतः आधारभूत र निर्णायक निर्णयहरू, सधैँ सामूहिक रूपमा अध्ययन गरिन्छ, छलफल गरिन्छ र सामूहिक रूपमै निर्णय लिइन्छ।
मसँग अधिकार छ, ऐतिहासिक कारणले मेरो प्रभाव पनि छ। तर म आदेश दिँदिनँ र अध्यादेश जारी गरेर शासन गर्दिनँ।
म मन्त्रीहरू वा राजदूतहरू नियुक्त गर्न सक्दिनँ। यो देशको सबैभन्दा तल्लो तहको सरकारी अधिकारीसमेत म आफैँ नियुक्त गर्दिनँ। अवश्य पनि, मसँग अधिकार छ, ऐतिहासिक कारणले मेरो प्रभाव पनि छ। तर म आदेश दिँदिनँ र अध्यादेश जारी गरेर शासन गर्दिनँ।
जहाँसम्म क्रूरताको प्रश्न छ, मेरो विचारमा जसले आफ्नो सम्पूर्ण जीवन अन्याय र हरेक प्रकारका उत्पीडनविरुद्ध लड्न, अरूको सेवा गर्न, अरूका लागि संघर्ष गर्न, तथा ऐक्यबद्धताको उपदेश दिन र त्यसलाई व्यवहारमा उतार्न समर्पित गरेको छ, त्यस्तो व्यक्तिमा क्रूरता हुनु असम्भवजस्तै हुन्छ। मलाई लाग्छ, यी सबै कुरा क्रूरतासँग पूर्णतः असंगत छन्।
क्युबालाई माया गर्ने र त्यसको पक्षमा उभिने मानिसहरू पनि धेरै छन् नि।
हो, छन्। विशेषगरी अफ्रिका र ल्याटिन अमेरिकामा क्युबालाई माया गर्ने मानिसहरू धेरै छन्। आखिर अफ्रिकाप्रति क्युबाले जति ऐक्यबद्धता अरू कसले देखाएको छ? फासीवाद र रंगभेदी शासनविरुद्ध लड्दै आफ्नो रगत बगाउने, त्यो घृणाले भरिएको व्यवस्थालाई अन्त्य गर्न सहयोग गर्ने एक मात्र देश कुन हो? हामीले अन्धराष्ट्रवादको सामना गर्दै अन्तर्राष्ट्रियतावादको संस्कृति निर्माण गरेका छौँ। यो एउटा अन्तर्राष्ट्रियतावादी संस्कृति भएको देश हो।
आखिर अफ्रिकाप्रति क्युबाले जति ऐक्यबद्धता अरू कसले देखाएको छ? फासीवाद र रंगभेदी शासनविरुद्ध लड्दै आफ्नो रगत बगाउने, त्यो घृणाले भरिएको व्यवस्थालाई अन्त्य गर्न सहयोग गर्ने एक मात्र देश कुन हो?
पाँच लाखभन्दा बढी क्युबालीहरू प्राविधिक तथा लडाकुका रूपमा अन्तर्राष्ट्रियतावादी अभियानहरूमा सहभागी भइसकेका छन्। हामीजस्तो गरिब देशले भन्दा बढी डाक्टर र शिक्षक अरू कसले पठाएको छ? निःशुल्क सहायता अरू कसले यति धेरै दिएको छ? कुन सानो देशले, त्यो पनि विलासिताका कारण होइन, हामीभित्रको प्रेरणाले गर्दा, ल्याटिन अमेरिकाका १० हजार युवालाई यहाँ निःशुल्क चिकित्सा शिक्षा दिइरहेको छ, र यो संख्या दिनप्रतिदिन बढिरहेको छ !
त्यसैले घृणा वैचारिक हुन सक्छ, एउटा यस्तो विष, जुन बिस्तारै फैलिँदै जान्छ। यदि मानिसहरूले तपाईंलाई कसैको बारेमा ‘त्यो त स्वयं शैतानभन्दा पनि खराब छ’ भनेर भनिरहे भने, तपाईं पनि त्यस व्यक्तिलाई घृणा गर्न थाल्नुहुन्छ।
तर म जान्दछु, ती सबै प्रचार घृणा र झुटमा आधारित छन्। क्युबामा एक जना मानिसलाई समेत यातना दिइएको छ भनेर मानिसहरूले कसरी भन्न सक्छन्? अथवा मैले कसैलाई यातना दिन आदेश दिएको छु भनेर कसरी भन्न सक्छन्? उनीहरूले त्यस्तो कसरी भन्न सक्छन्?
यहाँ क्रान्तिसँग असहमत भएकै कारण वा क्रान्तिले हेर्नेभन्दा फरक दृष्टिकोण राखेकै कारण कोही पनि कहिल्यै जेल परेको छैन। हाम्रा अदालतहरूले कानुनका आधारमा मानिसहरूलाई जेल सजाय सुनाउँछन् र प्रतिकान्तिकारी गतिविधिहरूका आधारमा फैसला गर्छन्। इतिहासभरि, हरेक युगमा, आफ्नै राष्ट्रविरुद्ध कुनै विदेशी शक्तिको सेवामा आफूलाई समर्पित गर्ने मानिसका गतिविधिलाई सधैँ अत्यन्त गम्भीर अपराधका रूपमा लिइएको छ।
यहाँ क्रान्तिसँग असहमत भएकै कारण वा क्रान्तिले हेर्नेभन्दा फरक दृष्टिकोण राखेकै कारण कोही पनि कहिल्यै जेल परेको छैन। हाम्रा अदालतहरूले कानुनका आधारमा मानिसहरूलाई जेल सजाय सुनाउँछन् र प्रतिकान्तिकारी गतिविधिहरूका आधारमा फैसला गर्छन्।
क्युबामा क्रान्तिको भन्दा फरक विश्वास राखेकै कारण मानिसहरूलाई जेल पठाइन्छ भन्ने धारणा हास्यास्पद हो। यहाँ हामी विचारलाई होइन, कार्यलाई दण्डित गर्छौँ। यहाँ क्रान्तिको भन्दा फरक विश्वास र विचार राख्ने दशौँ हजार मानिसहरू छन्, र उनीहरूले अझै पनि सबै संवैधानिक प्रत्याभूति र पूर्ण सम्मान पाउँछन्।
त्यसमाथि, मैले तपाईंलाई भनिसकेको छु, हामीले व्यक्तिको शारीरिक अखण्डताको पूर्ण सम्मान गर्ने नीति अपनाएका छौँ। हाम्रा शत्रुहरूले झुट र निन्दा फैलाए पनि, क्रान्तिको सम्पूर्ण इतिहासमा शारीरिक दुर्व्यवहार वा यातनाको एउटा पनि घटना छैन।
कसैले यातनाको एउटा मात्र घटना देखाउन सक्दैन। कसैले हत्या गरिएका एउटा मात्र व्यक्तिको उदाहरण दिन सक्दैन। ल्याटिन अमेरिकाका धेरै ठाउँमा सामान्यजस्तै भइसकेको ‘बेपत्ता पारिएको’ एउटा व्यक्तिको उदाहरणसमेत दिन सकिँदैन। यहाँ कहिल्यै संकटकाल घोषणा गरिएको छैन, न त आपत्कालीन सैनिक शासन नै लागू गरिएको छ।
यहाँ सार्वजनिक कानुन कार्यान्वयन गर्ने निकायले कहिल्यै कुनै प्रदर्शन विघटन गरेको छैन। छयालीस वर्षको अवधिमा कुनै पनि प्रहरी अधिकारीले प्रदर्शनका क्रममा कुनै नागरिकलाई कुटेको छैन, अश्रुग्यास प्रहार गरेको छैन, वा आफ्नै नागरिकविरुद्ध कुकुर प्रयोग गरेको छैन। ल्याटिन अमेरिकाका धेरै भागमा र स्वयं संयुक्त राज्य अमेरिकामा समेत यस्ता घटनाहरू दिनहुँजसो भइरहेका हुन्छन्।
अनि यस्तो किन हुन्छ? किनभने यो क्रान्तिलाई जनताको समर्थन प्राप्त छ। यसको रक्षा जनताले गर्छन्, किनभने सम्पूर्ण राष्ट्र नै क्रान्तिको रक्षा गर्छ।
त्यसका बाबजुद, क्रान्तिको आलोचना गर्नेहरूले त्यसको सम्पूर्ण दोष तपाईंमाथि थोपर्छन्। उनीहरू ‘क्यास्ट्रोको क्युबा’ भनेर कुरा गर्छन्।
त्यस्ता मानिसहरू हरेक कुरालाई व्यक्तिकेन्द्रित बनाउने गर्छन्, मलाई नै त्यसको प्रतिनिधिका रूपमा प्रस्तुत गर्छन्, मानौँ जनता भन्ने कुनै अस्तित्व नै छैन। अस्तित्वमा केवल नेता छ। क्रान्तिका लागि संघर्ष गरेका, त्यसको रक्षा गरेका लाखौँ मानिसहरू; सयौँ हजार डाक्टर र अन्य पेशाकर्मीहरू; खेती गर्ने, उत्पादन गर्ने, अध्ययन गर्ने मानिसहरू, यी सबैको कुनै अस्तित्व नै छैन। अस्तित्वमा केवल यो एउटा दुष्ट मान्छे ‘क्यास्ट्रो’ छ, जसले आफ्ना जनतालाई अझ बढी शिक्षा र संस्कृति कसरी दिन सकिन्छ भनेर सोचिरहन्छ।
यहाँ मानिसहरू जति बढी शिक्षित हुँदै जान्छन्, उनीहरू त्यति नै बढी क्रान्तिकारी बन्छन् र क्रान्तिको त्यति नै बढी प्रशंसा गर्छन्। किनभने यी सबै वर्षहरूमा घटनाहरू र उपलब्धिहरूको एउटा निरन्तर सञ्चय पनि भएको छ। मानिसहरूले एउटा निरन्तर यात्रा देखिरहेका छन्। उनीहरूले हाम्रो गरिमा र शान्तचित्ततालाई मूल्याङ्कन गरिरहेका छन्। हामी अत्यन्त कठिन समयहरूबाट गुज्रिएका छौँ, तर अनावश्यक गल्तीहरू गरेका छैनौँ।
हामीलाई आत्मसमर्पण गर्ने कि युद्ध लड्ने भन्ने दुईमध्ये एउटा विकल्प रोज्नुपर्ने अवस्थामा पुर्याइयो भने युद्ध हुनेछ, किनभने अर्को विकल्पको कल्पनासमेत हामी गर्न सक्दैनौँ।
कुनै दिन यहाँ युद्ध भयो भने त्यो हामीमाथि जबर्जस्ती थोपरिएको कारणले हुनेछ। यदि हामीलाई आत्मसमर्पण गर्ने कि युद्ध लड्ने भन्ने दुईमध्ये एउटा विकल्प रोज्नुपर्ने अवस्थामा पुर्याइयो भने युद्ध हुनेछ, किनभने अर्को विकल्पको कल्पनासमेत हामी गर्न सक्दैनौँ।
तर, म तपाईंलाई भन्छु, हामीमाथि अनेकौँ प्रकारका आरोपहरू लगाइएका छन्। अहिले उनीहरू ‘क्यास्ट्रोले बालबालिकाको प्रयोग गरिरहेको छ’ भन्न थालेका छन्। तर उनीहरू यो भन्दैनन् कि हामी शिक्षकहरू तयार गरिरहेका छौँ, प्राथमिक विद्यालयमा एउटा कक्षामा विद्यार्थीको संख्या बीस र माध्यमिक विद्यालयमा पन्ध्रमा सीमित गर्न सकिने अवस्था सिर्जना गरिरहेका छौँ। हामीले स्वास्थ्य सेवाका क्षेत्रमा गरिरहेका तमाम कामबारे उनीहरू कुरा गर्दैनन्।
र यी सबै काम जनताका लागि हुन्, किनभने यी सबै गर्नु हामीमध्ये हरेकको स्वभावकै एउटा हिस्सा हो। अर्कोतर्फ, उनीहरूले हामीलाई ‘मानव तस्करी’ वा ‘राज्यका लागि पैसा उठाउन यौनको व्यावसायिक शोषण गर्ने’ देशको श्रेणीमा राख्ने दुस्साहससमेत गरेका छन्।
यदि तपाईंले कसैलाई यस्तो कुरा बताउनुभयो र उसले त्यो कुरा बारम्बार सुन्दै र त्यसलाई सत्य ठान्दै गयो भने, उसले सोच्न सक्छ, ‘हे भगवान्, यो कस्तो राक्षस रहेछ! कस्तो पाखण्डी मान्छे रहेछ!’
मानिसहरूले धेरै भयानक र निन्दात्मक कुराहरू भन्ने गर्छन्, यो सत्य हो। तर वास्तविकताले ती निन्दाहरूलाई एकपछि अर्को गर्दै गलत साबित गर्छ। मलाई थाहा छ, यस्ता कुराहरूले क्षति पुर्याउँछन्। तर हामी अत्यन्त कठिन क्षणहरूबाट पनि गुज्रिएका छौँ र त्यसबाट पुनः उठेका छौँ।
हामी एक पाइला अघि बढेका छौँ, फेरि एक पाइला पछाडि हटेका छौँ। तर सम्मान र अन्तर्राष्ट्रिय जनमतका हिसाबले भने हामी दुई पाइला अघि बढेका छौँ।
मैले कतिपटक हस्ताक्षर गर्नुपर्छ, अटोग्राफ दिनुपर्छ, तपाईं कल्पना पनि गर्न सक्नुहुन्न। यहाँ आउने अमेरिकीहरूसँग भेट्दा र उनीहरूसँग विभिन्न विषयमा गम्भीरतापूर्वक कुराकानी गर्दा त कहिलेकाहीँ मलाई बोल्नै गाह्रो हुन्छ। कुनै भेटमा कहिलेकाहीँ पचास जना मानिस हुन्छन्। उनीहरूले मलाई फूलको गुच्छा वा केही त्यस्तै दिन्छन्। अनि मैले हस्ताक्षर गर्नुपर्ने किताबहरू, कार्डहरू र अन्य सामानको त के कुरा गर्नु! उनीहरूले खिचाउन चाहने तस्बिरहरूको संख्या र एकपछि अर्को चम्किने फ्ल्यासका कारण त कहिलेकाहीँ केही देख्नै गाह्रो हुन्छ। यो सबै पत्याउनै नसकिने जस्तो लाग्छ।
त्यसैले सायद म कुनै अनौठो, वास्तविकताभन्दा बाहिरको व्यक्तिजस्तो भएको छु...
एउटा स्टार।
हो, त्यस्तो व्यक्ति, जसलाई भेटेर चाँडै एउटा तस्बिर खिचिहाल्नुपर्छ, ताकि पछि परिवारलाई देखाउँदै भन्न सकियोस्, ‘हेर, मैले फलानोसँग तस्बिर खिचाएको छु।’
कतिपय मानिसहरू हामी जे हौँ, त्यो होइनौँ भन्ने ठान्छन्। हामी वास्तवमा के हौँ भन्ने कुरा हामीलाई मात्र थाहा हुन्छ। हामी आफैँलाई मात्र मूल्याङ्कन गर्न सक्छौँ। अनि म तपाईंलाई विश्वास दिलाएर भन्न सक्छु, म आफूमाथि निकै कठोर छु, आफैँप्रति अत्यन्त आत्मालोचक छु। मैले धेरै कुरा बोल्दा वा मेरो मुखबाट अलिकति आत्मप्रशंसाजस्तो सुनिन सक्ने कुनै कुरा निस्कँदा पनि, विश्वास गर्नुस्, म आफूमाथि निकै कठोर हुन्छु, साँच्चै धेरै कठोर।
आफूमाथि निरन्तर निगरानी राख्नुपर्छ। मलाई काम मन पर्छ, प्रसिद्धिको मलाई कुनै चासो छैन। अनि वर्षौंको अनुभवको साक्षीका रूपमा म के भन्न सक्छु भने प्रभाव र शक्तिले मलाई बिस्तारै अहंकारी, आत्ममुग्ध वा त्यस्तै केही बनाउँदै लैजानुको सट्टा, हरेक दिन म आफूलाई कम अहंकारी, कम आडम्बरी र कम आत्मसन्तुष्ट पाउँछु।
यो आफ्नै स्वभाव र प्रवृत्तिविरुद्धको संघर्ष हो, तपाईं बुझ्नुहुन्छ नि। मेरो विश्वासमा शिक्षा, अथवा अझ भनौँ, इमानदार र दृढ आत्मशिक्षाले नै एउटा सानो जनावरलाई मानिसमा रूपान्तरण गर्छ। मैले बारम्बार देख्ने एउटा कुरा के हो भने मानिसहरूले अलिकति शक्ति हातमा पाउनासाथ आफूलाई फुलाउन थाल्छन् र त्यसको प्रयोग गर्न चाहन्छन्। कहिलेकाहीँ त त्यो लगभग एउटा नशाजस्तै हुन्छ।
मलाई काम मन पर्छ, प्रसिद्धिको मलाई कुनै चासो छैन। अनि वर्षौंको अनुभवको साक्षीका रूपमा म के भन्न सक्छु भने प्रभाव र शक्तिले मलाई बिस्तारै अहंकारी, आत्ममुग्ध वा त्यस्तै केही बनाउँदै लैजानुको सट्टा, हरेक दिन म आफूलाई कम अहंकारी, कम आडम्बरी र कम आत्मसन्तुष्ट पाउँछु।
तपाईंले यस्ता सबै कुरा देख्नुहुन्छ र यो निरन्तर चलिरहने संघर्ष हो। अनि मलाई थाहा छ, वर्षहरू बित्दै जाँदा उत्साह कम हुनु आवश्यक छैन, बरु अझ बढ्न सक्छ; ऊर्जा पनि कम हुनु आवश्यक छैन, बरु अझ बढ्न सक्छ। ऊर्जा त विश्वास र दृढ धारणाबाट उत्पन्न हुन्छ।
तर तपाईंको प्रश्न, यसले ममाथि कस्तो प्रभाव पार्छ भन्ने हो भने? म तपाईंलाई कसम खाएर भन्छु, म यसबारे सोच्दै सोच्दिनँ। मेरो मनोबल कहिल्यै गुम्दैन र मलाई मानिसहरूमाथि विश्वास छ। मैले कहिल्यै कृतघ्नताको भावना अनुभव गरेको छैन। मानिसहरूलाई आफू अरू मानिसहरूप्रति कति ऋणी छन् भन्ने स्वीकार गर्न मन लाग्दैन, र यो त विश्वव्यापी नियम नै हो।
म यही प्रकृतिको अर्को प्रश्न सोध्न चाहन्छु। तपाईंका साथीहरू थिए, अत्यन्त निकट मित्रताहरू थिए, ठूलो ऐक्यबद्धता र आत्मीयताका सम्बन्धहरू थिए। तर तपाईंका कैयौँ कमरेडहरूले तपाईंलाई विश्वासघात पनि गरेका छन्। विश्वासघात हुँदा तपाईंमा कस्तो भावना उत्पन्न हुन्छ?
खासमा, मैले भन्नैपर्छ, मैले निकै थोरै विश्वासघात देखेको छु, अत्यन्तै थोरै। एकपटक हाम्रा एक जना मार्गदर्शकले विश्वासघात गरेका थिए। उनलाई पक्राउ गरिएको थियो, उनी बाटिस्टाका सैनिकहरूको कब्जामा थिए। उनले हाम्रा साना र अस्तव्यस्तजस्ता देखिने सैनिकहरू र उनीहरूका तुलनामा प्रभावशाली हतियार तथा ठूलो सैन्यशक्ति भएको सेनाबीचको भिन्नता आफ्नै आँखाले देख्न सक्थे। उनीहरूले उनलाई विभिन्न प्रलोभन दिएका थिए, पैसा दिने प्रस्ताव पनि गरेका थिए।
त्यो एउटा महत्वपूर्ण विश्वासघात थियो, तर हाम्रो संघर्षका क्रममा भएको एक मात्र विश्वासघात भने त्यो थिएन।
राजनीतिक विश्वासघातहरू पनि भएका थिए? हो। उदाहरणका लागि, म ठूला घटनाहरू सम्झने प्रयास गरिरहेको छु...
उदाहरणका लागि, कार्लोस फ्रान्की, हुबेर मातोस, मानुएल उरुतिया...
हेर्नुस्, कार्लोस फ्रान्की मेरो साथी थिएनन्। वास्तवमा, मैले कार्लोस फ्रान्कीलाई सिएरा मायेस्ट्रामै भेटेको हुँ। सन् १९५८ को अप्रिलमा भएको असफल हडतालपछि, जुन जुलाई २६ आन्दोलनका तर्फबाट भएको एउटा रणनीतिक गल्तीको परिणाम थियो, जसबारे हामीले यसअघि नै कुरा गरिसकेका छौँ, फ्रान्कीलाई हामीकहाँ पठाइएको थियो।
त्यो ठूलो असफलतापछि उनलाई हामीकहाँ पठाइयो। फ्रान्कीले संगठनले प्रकाशन गर्न थालेको एउटा सानो अखबार निकालिरहेका थिए। उनी पहिले कम्युनिस्ट थिए। हाम्रो आन्दोलनका नेताहरूले एक समय पूर्वकम्युनिस्टहरूलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेका थिए। अनि पक्कै पनि, विधर्मीजस्तो मानिसभन्दा खराब अरू कोही हुँदैन।
त्यसैले तीमध्ये केही पूर्वकम्युनिस्टहरूले कम्युनिस्टहरूलाई अरू कसैभन्दा बढी घृणा गर्थे। यसको अर्थ कम्युनिस्टहरू पूर्ण थिए भन्ने होइन। उनीहरूले धेरै गल्ती गरेका थिए। तर उनीहरू मजदुरहरूका लागि लडेका थिए। उनीहरूको संघर्ष आर्थिक प्रकृतिको थियो। त्यतिबेला उनीहरूबाट त्यसभन्दा बढी अपेक्षा गर्न पनि सकिँदैनथ्यो, किनभने त्यो शीतयुद्ध र म्याककार्थीवादको समय थियो।
हाम्रो आन्दोलनका नेताहरूले एक समय पूर्वकम्युनिस्टहरूलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेका थिए। अनि पक्कै पनि, विधर्मीजस्तो मानिसभन्दा खराब अरू कोही हुँदैन।
कम्युनिस्ट हुनु नै एउटा कलङ्कजस्तो मानिन्थ्यो। तर त्यसका बाबजुद क्युबामा एक लाखभन्दा बढी दर्ता भएका, परिचित र सम्मानित कम्युनिस्टहरू थिए। उनीहरूले सामना गरेका कठिनाइहरू अर्कै प्रकृतिका थिए। तीमध्ये सम्प्रदायवाद पनि थियो, र एक अर्थमा त्यसबाट जन्मिएको अवसरवाद पनि।
उनीहरूमध्ये केहीको धारणा यस्तो थियो: जुलाई २६ आन्दोलनका ती निम्न-मध्यमवर्गीय मानिसहरूलाई लड्न दिऔँ, युद्ध सकिएपछि देश चलाउने हाम्रो पालो आउनेछ।
क्रान्तिको सुरुवातमा केही मानिसभित्र गहिरोसँग जरा गाडेको उग्र कम्युनिस्टविरोधसँग लड्न कस्ता उपायहरू अपनाइएका थिए? त्यस्तो कम्युनिस्टविरोधी भावना थियो, जसले हाम्रो पंक्तिबाट मानिसहरूलाई भाग्नेसम्मको अवस्था सिर्जना गर्यो। वास्तवमा निम्न-मध्यमवर्गीय सोच भएका, त्यस विचारधाराबाट विषाक्त बनेका केही मानिसहरूले त्यसलाई बहाना बनाए। किनभने यहाँ आम जनतामा त्यसबेला कुनै चेतना थिएन, समाजवादी संस्कृति थिएन। त्यो चेतना कानुन, भाषण र उदाहरण प्रस्तुत गरेर निर्माण गरिएको थियो।
हाम्रो संघर्षमा हामीसँग रहेका ९० प्रतिशत मानिस कम्युनिस्ट थिएनन्, उनीहरू कम्युनिस्ट पार्टीका सदस्य पनि थिएनन्। पार्टीका धेरै लडाकु वा नेताहरू हामीकहाँ थिएनन्, उनीहरूले पनि धेरैलाई हामीकहाँ पठाएका थिएनन्। हामीसँग भएका केही मानिस, जस्तै चे वा म, आफ्नै ढंगले कम्युनिस्ट बनेका थियौँ। यद्यपि पार्टीले हामीकहाँ पठाएका केही मानिस अत्यन्त असल र दृढ थिए।
हाम्रो संघर्षमा हामीसँग रहेका ९० प्रतिशत मानिस कम्युनिस्ट थिएनन्, उनीहरू कम्युनिस्ट पार्टीका सदस्य पनि थिएनन्। पार्टीका धेरै लडाकु वा नेताहरू हामीकहाँ थिएनन्, उनीहरूले पनि धेरैलाई हामीकहाँ पठाएका थिएनन्।
जुलाई २६ आन्दोलनसँग ९० प्रतिशत नेताहरू थिए, अर्थात् आन्दोलनको नेतृत्वको ९० प्रतिशत त्यही संगठनबाट आएको थियो, र तीमध्ये लगभग कसैले पनि उद्देश्यप्रति विश्वासघात गरेनन्। ९० प्रतिशत मानिस क्रान्तिसँगै रहे र क्रान्तिसँगै मरे।
त्यसैले, व्यक्तिगत रूपमा भन्नुपर्दा, मैले विश्वासघातका घटनाहरू अत्यन्तै थोरै देखेको छु।
हुबेर मातोस त्यस्ता व्यक्ति थिए, जो युद्ध निकै अघि बढिसकेपछि हाम्रो आन्दोलनमा सामेल भएका थिए। त्यसले मलाई अलिकति पनि विचलित बनाएन। म उनलाई चिन्दथेँ, उनीसँग भेट भएको थियो। उनलाई देख्नेबित्तिकै उनको पुँजीवादी झुकाव प्रस्ट देखिन्थ्यो। उनीमा असाध्यै ठूलो आत्ममोह थियो।
वास्तवमा, अन्तिम चरणमा, अन्तिम ठूलो सैन्य आक्रमणका क्रममा हामीले धेरै सैनिक गुमाएका थियौँ। त्यसै बेला हुबेर मातोसलाई पनि एउटा दस्ता दिइयो, किनभने उनीसँग केही हदसम्म शिक्षा थियो र हामीलाई आफ्ना सैन्य शक्ति थप बलियो बनाउनुपर्ने अवस्था थियो। अन्ततः हामीले उनलाई दर्जनौँ मानिस भएको एउटा टोली नै दिनुपर्यो, त्यो पनि पर्याप्त हतियारसहित। तर त्यतिबेलासम्म पनि उनको अहंकार र महत्वाकांक्षा स्पष्ट देखिइसकेको थियो।
युद्धको अन्तिम चरणमा लगभग आवश्यकताकै कारण मैले उनलाई त्यो टोलीको जिम्मेवारी दिएको थिएँ। मेरो भन्नुको अर्थ के हो भने, उनी मोन्काडामा हामीसँग थिएनन्, न त ग्रान्मामा नै थिए। मोन्काडा वा ग्रान्मामा सहभागी भएका ती सबै मानिसहरू हामीप्रति दृढ रूपमा प्रतिबद्ध थिए। चे, कामिलो, राउल, अल्मेइदा र अरू धेरैजना त्यस्तै थिए।
तर हुबेर मातोस त्यो पुरानो पुस्ताका हिस्सा थिएनन्।
मानुएल उरुतिया पनि विश्वासघाती थिएनन्। उरुतिया एक असल न्यायाधीश थिए। अनि हामी पद वा व्यक्तिगत महत्वाकांक्षाका लागि संघर्ष गरिरहेका होइनौँ भन्ने देखाउने हाम्रो उत्सुकताका कारण हामीले उनलाई राष्ट्रपतिको पद प्रस्ताव गरेका थियौँ। वास्तवमा, त्यो त्यही समयमा भएको थियो, जब जुलाई २६ आन्दोलन पूर्ववर्ती सरकारसँग एउटा अविवेकी सम्झौता गर्न लागिरहेको थियो।
उनी विश्वासघाती थिएनन्। उनी अवसरवादी थिए, एउटा औसत दर्जाका व्यक्ति, बरु भन्नुपर्दा, अरू सबैभन्दा बढी औसत र साधारण व्यक्तित्व थिए।
जनरल डेल पिनो?
हो, त्यो एक प्रकारको विश्वासघात नै थियो, किनभने उनले बे अफ पिग्स (पल्या गिरोन) मा आफूलाई विशिष्ट रूपमा प्रमाणित गरेका थिए। उनी एक असल लडाकु थिए र हामीले त्यस्तो कुरा कहिल्यै अपेक्षा गरेका थिएनौँ...
तर त्यो लडाकुबाट भएको त्यस्तो विश्वासघातलाई मैले कुनै ठूलो वा महत्वपूर्ण विश्वासघातका रूपमा अनुभव गरेको भने होइन। उनी अन्ततः गिरोनमा आफ्नै कमरेडहरूको मृत्युका लागि जिम्मेवार मानिसहरूको पंक्तिमा सामेल भए। म उनलाई पनि अरू सबैलाई जस्तै चिन्दथेँ। आफ्नो समयका नायकहरूमध्ये जसलाई मैले प्रशंसा गर्थें, उनीहरूलाई मैले त्यही समयमा प्रशंसा गरेको हुँ।
ओचोआको मामिलाबारे पनि मैले तपाईंलाई व्याख्या गरिसकेको छु। त्यो अधिकारी भ्रष्टाचारमा फसेका थिए। त्यसैले, हेर्नुस्, साँच्चिकै क्रान्तिकारी चरित्र भएको कुनै व्यक्तिले विश्वासघात गरेको घटना मलाई सम्झना छैन।
यदि तपाईंले भन्नुभयो, ‘चेले विश्वासघात गरे,’ भने त्यो अत्यन्त भयावह कुरा हुने थियो। ‘राउलले विश्वासघात गरे, हुआन अल्मेइदाले विश्वासघात गरे, रामिरो भाल्देसले विश्वासघात गरे, गुइलेर्मो गार्सियाले विश्वासघात गरे...’ भन्नुपरेको भए पनि त्यस्तै हुन्थ्यो।
क्रान्तिका ती सबै कमान्डरहरू, ती असाधारण रूपमा मूल्यवान व्यक्तिहरू, जो आजसम्म जीवित छन्, मोन्काडामा थिए, ग्रान्मामा थिए, सिएरा मायेस्ट्रामा थिए। उनीहरूले ती निर्णायक समयहरू पार गरे, तर एकपटक पनि कमजोरी वा संकल्पहीनताको कुनै संकेत देखाएनन्।
हाम्रा केही सैन्य नेताहरू पनि छन्, जसले युद्ध र विभिन्न सैन्य कारबाहीहरूमा आफूलाई विशिष्ट रूपमा प्रमाणित गरेका छन्। त्यहाँ पनि हामीले वास्तविक अर्थमा कुनै विश्वासघात देखेका छैनौँ।
अहिले नयाँ पुस्ताका धेरै मूल्यवान मानिसहरू छन्, धेरै नयाँ प्रतिभाहरू छन्। उदाहरणका लागि, फेलिपे पेरेज रोकलाई हेर्नुस्। क्रान्तिको विजय भएको दिन फेलिपे जन्मेकै थिएनन्। यीमध्ये धेरै मानिसहरू त्यतिबेला जन्मेकै थिएनन्। आजको यो नयाँ पुस्ता धेरै नायकहरूको रगतबाट जन्मिएको हो।
हाम्रा केही सैन्य नेताहरू पनि छन्, जसले युद्ध र विभिन्न सैन्य कारबाहीहरूमा आफूलाई विशिष्ट रूपमा प्रमाणित गरेका छन्। त्यहाँ पनि हामीले वास्तविक अर्थमा कुनै विश्वासघात देखेका छैनौँ।
हामीले भोगेको अर्को कुरा के हो भने हाम्रा शत्रुहरूले सानोभन्दा सानो घटनालाई समेत ठूलो प्रचारका लागि प्रयोग गरेका छन्।
हामीसँग ओचोआको त्यो लज्जास्पद प्रकरण भने भयो। वास्तवमा त्यो भ्रष्टाचार र नैतिक पतनको मामला थियो। उनी त्यति धेरै ज्ञान वा संस्कृति भएका कमरेड थिएनन्। उनी साहसी थिए र लडाकुका रूपमा उनका आफ्नै उपलब्धिहरू थिए। म उनका यी कुनै पनि गुण अस्वीकार गर्दिनँ। उनले पुर्याएको क्षतिले हामीलाई दुःखी बनायो।
हामीले भोगेको अर्को कुरा के हो भने हाम्रा शत्रुहरूले सानोभन्दा सानो घटनालाई समेत ठूलो प्रचारका लागि प्रयोग गरेका छन्। अब, ती केटाहरूलाई हेर्नुस्, जो अमेरिकामा त्यहाँ जेलमा छन्, ‘पाँच नायकहरू’लाई। कस्ता मानिसहरू हुन् ती! कस्तो चरित्र र निष्ठा छ उनीहरूमा!
क्युबाले कैयौँपटक अत्यन्त उच्च पदमा रहेका नेताहरूलाई समेत कारबाही गरेको छ। पछिल्लो समय कार्लोस अल्दाना, रोबर्तो रोबैना...
तर उनीहरू दोषी ठहरिएका छैनन्।
उनीहरूबाट केही गम्भीर अपराध वा गल्ती भएका थिए, तर उनीहरू दोषी ठहरिएर जेल पठाइएका भने होइनन्। भएको के हो भने हाम्रा शत्रुहरूले ती घटनालाई अत्यधिक प्रचार गरेका छन् र त्यस समस्यालाई राजनीतिक रंग दिएका छन्। उनीहरू त्यसरी चुक्नु परेकोमा हामीलाई दुःख लागेको हो। उनीहरूले आफैँलाई त्यस्तो अवस्थामा पुर्याएका थिए।
उनीहरूलाई पदबाट मात्र हटाइएको हो?
हो। त्यहाँ कुनै विश्वासघात वा देशद्रोह भएको थिएन, कम्तीमा त्यस अर्थमा होइन। गम्भीर, अत्यन्त गम्भीर गल्तीहरू भएका थिए।
व्यवहारका? नैतिकताका?
भनौँ न, महत्वाकांक्षाका। शक्ति प्राप्त गर्न खोज्दै त्यसका लागि आवश्यक परिस्थिति सिर्जना गर्ने प्रयासका। अलिकति यस्तो अवस्था, जहाँ ‘शक्ति टाउकोमा चढ्न थाल्छ’।
पछिल्ला वर्षहरूमा, विशेषगरी अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा तपाईं सार्वजनिक रूपमा देखिँदा सुट र टाई लगाएको देखिनुहुन्छ। तर यहाँ क्युबामा भने तपाईं प्रायः सधैँ सैनिक पोसाकमै देखिनुहुन्छ। त्यो जैतूनी हरियो पोसाकप्रतिको यस्तो मोह किन?
खासमा, सबैभन्दा बढी त यसको व्यावहारिक कारण हो। यो पोसाक लगाएपछि मैले हरेक दिन टाई लगाउनुपर्दैन... कुन सुट लगाउने, कुन सर्ट, कुन मोजा लगाउने भन्ने झन्झट नै हुँदैन। सबै कुरा एकैसाथ मिल्छ।
म विशेष परिस्थितिमा मात्र सुट लगाउँछु, जस्तै कुनै विशेष अन्तर्राष्ट्रिय सम्मेलनमा, पोप यहाँ आउँदा, वा कुनै राष्ट्राध्यक्षसँग भेट हुँदा। यद्यपि, क्युबामा त्यस्तो औपचारिक प्रोटोकलसमेत केही सरल बनाइएको छ।

सैन्य पोसाक लगाएपछि मैले हरेक दिन टाई लगाउनुपर्दैन... कुन सुट लगाउने, कुन सर्ट, कुन मोजा लगाउने भन्ने झन्झट नै हुँदैन। सबै कुरा एकैसाथ मिल्छ।
मलाई ठीकसँग सम्झना छ भने, मैले पहिलोपटक नागरिक पोसाकमा सार्वजनिक रूपमा देखिएको अवसर सन् १९९४ मा कार्ताखेना दे इन्दियासमा भएको इबेरो-अमेरिकी शिखर सम्मेलन थियो। हाम्रा कोलम्बियाली आयोजकहरूले सहभागी सबै राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूलाई ग्वायाबेरा (क्युबाको राष्ट्रिय पोशाक–दायित्वबोध) लगाउन आग्रह गरेका थिए।
त्यसयता, तपाईंले भनेजस्तै, मैले अरू अन्तर्राष्ट्रिय बैठकहरूमा पनि नागरिक पोसाक लगाएको छु। क्युबाभित्रै पनि विशेष अवसरहरूमा त्यस्तो पोसाक लगाएको छु। तर सिएरा मायेस्ट्राको समयदेखि मैले सधैँ लगाउँदै आएको यो पोसाक नै मेरो साधारण पोसाक हो। मलाई यसको बानी परिसकेको छ र यसमा म पूर्णतः सहज महसुस गर्छु।
यो कुनै भड्किलो वा परिष्कृत पोसाक होइन। एकदमै साधारण छ, लगभग युद्धका बेला मैले लगाउने पोसाकजस्तै। हामीले यसमा केही सामान्य परिवर्तनहरू मात्र गरेका छौँ, त्यत्ति हो।
स्वागत समारोहहरूका लागि मसँग अर्को एउटा पोसाक पनि छ, जुन केही अवसरमा लगाउँछु। त्यसमा सर्ट र टाई हुन्छ र अलि बढी औपचारिक हुन्छ। तर मलाई सबैभन्दा सहज भने यही पोसाकमा लाग्छ।
तपाईं कुनै समय निकै धेरै धूम्रपान गर्नुहुन्थ्यो। क्रान्तिको सुरुवाती वर्षहरूमा त तपाईं प्रायः अत्यन्त आकर्षक हबानो चुरोट तानिरहेको अवस्थामा देखिनुहुन्थ्यो। तपाईंले जीवनमा यति धेरै धूम्रपान गरेकोमा पछुतो लाग्छ?
मेरो पहिलो चुरोट मलाई मेरा आफ्नै बुबाले बिरानमा दिनुभएको थियो। त्यतिबेला म सायद चौध वा पन्ध्र वर्षको थिएँ। मलाई सम्झना छ, मैले त्यो पहिलो पुऱो तानेँ, तर कसरी धूम्रपान गर्ने भन्ने मलाई थाहा थिएन। सौभाग्यवश, मैले धुवाँ भित्र तानेको थिइनँ। यद्यपि, धुवाँ भित्र नताने पनि केही मात्रामा निकोटिन शरीरमा अवशोषित भइहाल्छ।

मोटोपना, निष्क्रिय जीवनशैली र धूम्रपानविरुद्ध सामूहिक संघर्ष आवश्यक छ भनेर मानिसहरूले बारम्बार कुरा गरिरहेको सुन्दा, क्युबाको सार्वजनिक स्वास्थ्यका लागि मैले गर्नुपर्ने अन्तिम बलिदान नै धूम्रपान त्याग्नु हो भन्ने कुरामा म विश्वस्त भएँ।
हो, तपाईंले सही भन्नुभयो। मैले जीवनमा धेरै धूम्रपान गरेको छु। त्यसपछि, बीस वर्षभन्दा बढी समयअघि एक दिन मैले धूम्रपान छोड्ने निर्णय गरेँ। मलाई कसैले बाध्य बनाएको थिएन। मैले आफैँ धूम्रपान बन्द गर्ने निर्णय गरेको थिएँ।
देश र जनताको स्वास्थ्यका लागि त्यो बानी त्याग्नु आवश्यक बलिदान हो भन्ने मलाई लाग्यो। मोटोपना, निष्क्रिय जीवनशैली र धूम्रपानविरुद्ध सामूहिक संघर्ष आवश्यक छ भनेर मानिसहरूले बारम्बार कुरा गरिरहेको सुन्दा, क्युबाको सार्वजनिक स्वास्थ्यका लागि मैले गर्नुपर्ने अन्तिम बलिदान नै धूम्रपान त्याग्नु हो भन्ने कुरामा म विश्वस्त भएँ।
आफैँ उदाहरण प्रस्तुत गर्नुपर्छ।
मैले सुर्ती त्यागेँ र त्यसपछि फेरि कहिल्यै त्यसको अभाव महसुस गरिनँ।
उनानअस्सी वर्षको उमेरमा, जब तपाईं आफ्नो जीवनलाई फर्केर हेर्नुहुन्छ, आफूले गर्न नपाएको कुन कुराको सबैभन्दा बढी पश्चात्ताप लाग्छ?
हामीलाई अहिले थाहा भएका सबै कुरा त्यतिबेलै थाहा पाउन नसकेकोमा। अहिले हामीसँग भएको ज्ञान यदि त्यतिबेलै भएको भए, आधा समयमै हामीले छयालीस वर्षमा गरेकोभन्दा धेरै काम गर्न सक्थ्यौँ।
हामीले आफ्नो देशमा जे गरेका छौँ र जसरी आफ्नो समाजलाई संगठित गरेका छौँ, त्यसबारे मलाई रत्तीभर पनि पश्चात्ताप छैन।
तपाईंले गर्नुभएको कुन कुराको चाहिँ पश्चात्ताप लाग्छ?
मलाई सोच्न दिनुस्... मैले के कुरामा पश्चात्ताप गर्नुपर्ने हो, के कुरामा दुःख मान्नुपर्ने हो? मैले गल्तीहरू गरेको छु, तर तीमध्ये कुनै पनि रणनीतिक गल्ती थिएनन्, ती केवल सामरिक वा कार्यनीतिक गल्ती थिए। मानिसले धेरै कुरामा पश्चात्ताप गर्छ, कहिलेकाहीँ आफ्नै भाषणमा बोलेका कुरामा समेत...
तर हामीले आफ्नो देशमा जे गरेका छौँ र जसरी आफ्नो समाजलाई संगठित गरेका छौँ, त्यसबारे मलाई रत्तीभर पनि पश्चात्ताप छैन।
उदाहरणका लागि, सन् १९६८ को अगस्टमा वार्सा सन्धि संगठनका ट्याङ्कहरू प्राग प्रवेश गर्न तपाईंले दिएको स्वीकृतिप्रति पश्चात्ताप छ? क्युबाली क्रान्तिका प्रशंसकहरूलाई समेत निकै आश्चर्यमा पारेको त्यो समर्थनप्रति?
हेर्नुस्, हामीले त्यतिबेला चेकोस्लोभाकिया प्रतिक्रान्तिकारी अवस्थातर्फ, पुँजीवादतर्फ र साम्राज्यवादका हतियारहरूको काखतर्फ अघि बढिरहेको छ भन्ने विश्वास गरेका थियौँ। इतिहासले पनि हामी सही थियौँ भन्ने प्रमाणित गरेको छ।
त्यहाँ र समाजवादी शिविरका अन्य देशहरूमा भइरहेका सबै उदार आर्थिक सुधारहरूको हामी विरोधमा थियौँ। ती उपायहरूको एउटा शृङ्खला थियो, जसले समाजवादी समाजको मुटुभित्रै बजारमुखी सम्बन्धहरूलाई झन् बलियो बनाउँदै लगिरहेको थियो। नाफा, आम्दानी, सम्पत्ति सञ्चय, भौतिक प्रोत्साहन, यी सबै त्यस्ता तत्व थिए, जसले व्यक्तिवाद र अहंकारलाई प्रोत्साहित गर्छन्।
त्यसैले हामीले चेकोस्लोभाकियामा सेना पठाउनु एउटा कटु आवश्यकता भएको स्वीकार गर्यौँ र त्यो कदम चाल्ने समाजवादी देशहरूको हामीले निन्दा गरेनौँ।
तर त्यसै समयमा हामीले एउटा कुरा पनि स्पष्ट रूपमा भनेका थियौँ। ती समाजवादी देशहरू आफ्नै सिद्धान्तप्रति सुसंगत हुनुपर्छ। संसारको कुनै अर्को ठाउँमा समाजवादी शासनमाथि खतरा उत्पन्न हुँदा पनि उनीहरूले त्यस्तै प्रकारको दृष्टिकोण अपनाउने प्रतिबद्धता देखाउनुपर्छ।
त्यसका अतिरिक्त, चेकोस्लोभाकियामा सुरुमा उठाइएका प्रश्नहरूप्रति हाम्रो कुनै आपत्ति थिएन भन्ने पनि हामीले बताएका थियौँ, किनभने ती प्रश्नहरू समाजवादलाई सुधार गर्ने दिशातर्फ उन्मुख थिए। शासनका तौरतरिकाको आलोचना, नोकरशाही नीतिहरूको विरोध, जनसमुदायबाट राज्य र सत्ताको विच्छेदको आलोचना, यी सबै कुरा निःसन्देह सही थिए।
तर न्यायोचित र उचित नाराहरूबाट क्रमशः खुला प्रतिक्रियावादी नीतितर्फ यात्रा सुरु भएको थियो।
साम्राज्यवादको सामना गर्दा समाजवादको एकता र शक्ति जोगाउनु हाम्रो लागि अत्यन्त महत्वपूर्ण थियो, त्यो हाम्रो पहिलो प्राथमिकता थियो।
र हामीले, अत्यन्त कटुता र दुःखका साथ, त्यो सैन्य हस्तक्षेपलाई समर्थन गर्नुपर्ने अवस्था आयो।
साम्राज्यवादको सामना गर्दा समाजवादको एकता र शक्ति जोगाउनु हाम्रो लागि अत्यन्त महत्वपूर्ण थियो, त्यो हाम्रो पहिलो प्राथमिकता थियो।
अर्को उदाहरण लिऔँ, ‘दस मिलियनको अभियान’। के तपाईंलाई लाग्छ, त्यो एउटा महत्वपूर्ण आर्थिक अभियान थियो, वा सन् १९७० मा देशसँग त्यति विशाल प्रयासको माग गर्नुमा तपाईंलाई पश्चात्ताप छ?
त्यो अभियान एउटा महान् उपलब्धि थियो। केही क्षेत्रमा हामीले त्यस्ता धेरै कुरा हासिल गर्न सकेका छौँ, जसको हामीले कहिल्यै कल्पनासमेत गरेका थिएनौँ। अरू केही क्षेत्रमा भने हामीले लक्ष्यको दुईतिहाइ, तीनचौथाइ वा आधासम्म हासिल गर्न सकेका छौँ। तर ती सबै अभियानको प्रेरणा अर्थतन्त्रलाई गति दिने र जनताको हित गर्ने इच्छाबाट आएको थियो। गल्तीहरू भएका हुन सक्छन्, म त्यसलाई अस्वीकार गर्दिनँ, तर ती कहिल्यै सिद्धान्तगत गल्ती थिएनन्।
हालै क्युबाले उखु खेतीका लागि प्रयोग हुने जमिनको क्षेत्रफल घटाउने र धेरै चिनी कारखाना पनि बन्द गर्ने निर्णय गरेको छ। त्यसले हजारौँ मानिसलाई बेरोजगार बनाइरहेको छ... के यो एउटा अतिबाट अर्को अतितर्फ जानु भएन?
चिनी उद्योगले एक समय आठ करोड टनको स्थिर उत्पादन हासिल गरेको थियो, जबकि अहिले त्यसले मुस्किलले डेढ करोड टन उत्पादन गर्छ।
हामीले जमिन जोत्ने र उखु रोप्ने काममा ठूलो कटौती गर्नैपर्ने भयो, किनभने इन्धनको मूल्य प्रतिब्यारेल ४० डलर पुगेको थियो र त्यसले देशलाई दिवालियापनतर्फ धकेलिरहेको थियो। त्यसमा थपिन्थे, झन् बारम्बार आउन थालेका आँधीहरू, लामो हुँदै गएका खडेरीहरू, र उखु खेतीका लागि प्रयोग हुने जमिनको उत्पादनशीलता मुश्किलले चार वा पाँच वर्षसम्म मात्र टिक्ने अवस्था। पहिले यो अवधि पन्ध्र वर्ष वा त्यसभन्दा बढी हुन्थ्यो, जब उखु हातैले काटिन्थ्यो र मानिसहरूले भारी मेसिनरी प्रयोग गर्दैनथे।
त्यसमाथि, विश्व बजारमा चिनीको मूल्य घटेर प्रतिपाउन्ड सात सेन्टमा पुगेको थियो।
एक दिन मैले चिनीको मूल्यबारे एउटा प्रश्न सोधेँ र अर्को प्रश्न व्यावसायिक चिनी उत्पादकको उत्पादन लागतबारे। अनि उनीहरूलाई चिनी कारखानाहरूले वास्तवमा कति चिनी उत्पादन गरिरहेका छन् भन्ने पनि थाहा रहेनछ! मैले एक टन चिनी उत्पादन गर्न विदेशी मुद्रामा कति खर्च हुन्छ भनेर सोध्दा पनि कसैले उत्तर दिन सकेन। करिब डेढ महिनापछि मात्र उनीहरूले त्यसको उत्तर निकाल्न सके। अब कल्पना गर्नुस्... हो, हामीले चिनी कारखानाहरू बन्द गर्नैपर्ने थियो। नत्र हामी सीधै बार्टलेट डिपमा पुग्ने थियौँ।
सोभियत संघको पतन भएको धेरै समय नबित्दै, इन्धनको मूल्य प्रतिब्यारेल ४० डलर पुगेको बेला र चिनीको मूल्य विश्व बजारमा अत्यन्तै तल झरेको बेला, यो उत्पादनलाई निरन्तरता दिइरहनु देशलाई कङ्गाल बनाउने दिशामा ठ्याक्कै अघि बढिरहेको छ भन्ने कुरा हामीले किन पत्ता लगाउन सकेनौँ?
देशमा धेरै अर्थशास्त्री थिए, धेरै नै। म उनीहरूको आलोचना गर्न खोजिरहेको छैन। तर क्रान्तिले गरेका गल्तीहरूबारे म जसरी इमानदारीपूर्वक कुरा गर्छु, त्यसरी नै म एउटा प्रश्न सोध्न चाहन्छु: सोभियत संघको पतन भएको धेरै समय नबित्दै, इन्धनको मूल्य प्रतिब्यारेल ४० डलर पुगेको बेला र चिनीको मूल्य विश्व बजारमा अत्यन्तै तल झरेको बेला, यो उत्पादनलाई निरन्तरता दिइरहनु देशलाई कङ्गाल बनाउने दिशामा ठ्याक्कै अघि बढिरहेको छ भन्ने कुरा हामीले किन पत्ता लगाउन सकेनौँ? हामीले त्यो उद्योगलाई ‘तर्कसंगत’ ढंगले पुनर्संरचना किन गरेनौँ? त्यस वर्ष हामीले २० हजार काबालेरिया जमिन, अर्थात् लगभग २ लाख ७० हजार हेक्टर वा करिब ६ लाख ५० हजार एकड, किन उखु रोप्नका लागि तयार गर्नुपर्यो?
त्यसका लागि हामीले ट्र्याक्टर र भारी जोत्ने मेसिन प्रयोग गरेर जमिन जोत्नुपर्थ्यो। त्यसपछि उखु रोप्नुपर्थ्यो। उखु उम्रेपछि मेसिनले झारपात हटाउनुपर्थ्यो, मल हाल्नुपर्थ्यो, महँगा झारनाशक औषधि छर्कनुपर्थ्यो, अनि अरू अनेकौँ खर्च गर्नुपर्थ्यो।
कुनै पनि अर्थशास्त्रीले, जस्तो देखिन्छ, यो कुरा बुझेनन्।
अनि हामीले व्यावहारिक रूपमा आदेश नै दिएर जमिन जोत्ने काम रोक्नुपर्यो।
यो त्यस्तै हो, जस्तो कसैले तपाईंलाई भन्यो, ‘देशमाथि आक्रमण भइरहेको छ।’ तपाईंले त्यसबेला भन्न सक्नुहुन्न, ‘एकछिन पर्खनुस्, के गर्ने भनेर निर्णय गर्न मलाई सयौँ मानिससँग तीसवटा बैठक गर्नुपर्छ।’
म तपाईंलाई विश्वास दिलाउँछु, आफ्नो सम्पूर्ण इतिहासभरि क्रान्ति एउटा वास्तविक युद्धमै रहेको छ। शत्रु सधैँ लुकेर बसिरहेको छ, प्रहार गर्न तयार छ, र हामीले मौका दिनेबित्तिकै उसले पटकपटक प्रहार गर्छ।
गिरोनमा साम्राज्यले हाम्रा हवाई अड्डाहरूमा बमबारी गरिरहेको र उसका भाडाका सैनिकहरूले आक्रमण गरिरहेका बेला हामीले, ‘ती आक्रमणकारीहरूविरुद्ध के कदम चाल्ने भनेर तीन दिन बैठक बसेर छलफल गरौँ,’ भनेको भएजस्तै हुन्थ्यो।
म तपाईंलाई विश्वास दिलाउँछु, आफ्नो सम्पूर्ण इतिहासभरि क्रान्ति एउटा वास्तविक युद्धमै रहेको छ। शत्रु सधैँ लुकेर बसिरहेको छ, प्रहार गर्न तयार छ, र हामीले मौका दिनेबित्तिकै उसले पटकपटक प्रहार गर्छ।
वास्तवमा, मैले मन्त्रीलाई फोन गरेर भनेँ, ‘सुन्नुस्, कृपया भन्नुस् त, अहिलेसम्म कति हेक्टर जमिन जोतिसकिएको छ?’
उत्तर आयो, ‘असी हजार।’
त्यसपछि मैले उनलाई भनेँ, ‘अब एक हेक्टर जमिन पनि नजोत्नुस्।’
त्यो मेरो सामान्य भूमिकाभित्र पर्ने कुरा थिएन। तर मसँग अर्को विकल्प थिएन। देशलाई डुब्न दिन सकिँदैन।
क्युबाले कति वटा चिनी कारखाना बन्द गरेको छ?
हामीले चिनी उत्पादन गर्ने ७० वटा कारखानाको प्रयोग बन्द गरेका छौँ। तीमध्ये सबैभन्दा कम दक्ष र कम उत्पादनशील कारखानाहरू थिए, जहाँ चिनी उत्पादनको लागत विदेशी मुद्रामा हुने आम्दानीभन्दा निकै बढी थियो। चिनी बिक्रीबाट जति विदेशी मुद्रा प्राप्त हुन्थ्यो, त्यसको तुलनामा सञ्चालनमा लाग्ने खर्च धेरै बढी पर्ने कारखानाहरू बन्द गरेर हामीले बचत गरेको विदेशी मुद्रामध्ये केही हिस्सा प्रयोग गरेर ती उद्योगमा काम गर्ने श्रमिकहरूलाई त्यसबेलासम्म पाइरहेको तलब दिइरहन सकेका छौँ।
हाम्रो समाजमा यस्ता सम्भावनाहरू पनि छन्।
तर हालै अपनाइएको सबैभन्दा साहसिक निर्णयचाहिँ सायद विद्यालय जानुलाई नै रोजगारीको एउटा स्वरूप बनाउने निर्णय थियो। त्यसबाट ती कारखानाहरूमा काम गरिरहेका धेरै मानिसलाई लाभ पुगेको छ। हामीले जनशक्ति घटाउँदा तीमध्ये झन्डै ४० हजार श्रमिक अहिले आफ्नो रोजगारीका रूपमा विद्यालय जान थालेका छन्।
त्यसैगरी, पहिले पढाइ तथा रोजगारीमा नरहेका १७ देखि ३० वर्ष उमेरका एक लाखभन्दा बढी युवाहरू अहिले उत्साहपूर्वक कक्षामा सहभागी भइरहेका छन्, जहाँ उनीहरूले आफ्नो ज्ञानलाई पुनर्ताजगी गर्न र अझ विस्तार गर्न सक्छन्। त्यसका लागि उनीहरूलाई पारिश्रमिकसमेत दिइन्छ।
हालै अपनाइएको सबैभन्दा साहसिक निर्णयचाहिँ सायद विद्यालय जानुलाई नै रोजगारीको एउटा स्वरूप बनाउने निर्णय थियो। त्यसबाट ती कारखानाहरूमा काम गरिरहेका धेरै मानिसलाई लाभ पुगेको छ।
नाकाबन्दीमा परेको हाम्रो देशले अहिले लगभग पूर्ण रोजगारी हासिल गर्न सकेको छ। बेरोजगारी २ प्रतिशतभन्दा कम हुँदा त्यसलाई पूर्ण रोजगारी भनिन्छ। हामी अहिले त्यसको निकै नजिक पुगेका हुनुपर्छ, वा चाँडै पुग्नेछौँ।
यसका अतिरिक्त, चिनी उद्योगको पुनर्संरचनाबाट प्रभावित नभएका करिब ७० हजार सक्रिय उखु श्रमिकलाई पनि हरेक कार्यदिवसको अन्त्यमा कक्षामा सहभागी हुने अवसर दिइएको छ। वास्तवमै यो असाधारण कुरा हो। यति ठूलो संख्यामा सक्रिय उखु श्रमिकहरू ती कक्षामा सहभागी भइरहेका छन्, त्यो पनि उनीहरूको नियमित रोजगारीका रूपमा होइन। उनीहरू उत्पादनसँग जोडिएका श्रमिक हुन्, उद्योगमा र कृषिमा काम गरिरहेका छन्।

https://yt3.googleusercontent.com
एउटा कुराको भने मलाई पश्चात्ताप लाग्न सक्छ, त्यो हो मैले आफ्नो अध्ययनलाई अझ अगाडि बढाउन नसकेकोमा।
तपाईंले मलाई पश्चात्ताप गर्नुपर्ने केही कुरा छ कि भनेर सोधिरहनुभएको थियो। एउटा कुराको भने मलाई पश्चात्ताप लाग्न सक्छ, त्यो हो मैले आफ्नो अध्ययनलाई अझ अगाडि बढाउन नसकेकोमा।
म कानुन, समाजशास्त्र र कूटनीतिक कानुन पढिरहेको बेला, यी तीनवटै आपसमा सम्बन्धित विषय थिए, मैले अरू विषयहरूमा पनि अझ गहिरिएर अध्ययन गर्ने योजना बनाएको थिएँ, विशेषगरी अर्थशास्त्रमा। अर्थात्, मैले आफ्नो अध्ययनलाई अझ अगाडि बढाउन नसकेकोमा मलाई दुःख लाग्छ।
तर यदि मैले त्यसो गरेको भए, मेरो अगाडि आएको एउटा अवसर गुम्ने थियो, त्यो अवसर थियो क्रान्ति गर्ने। र त्यो अवसर मैले कल्पना गरेभन्दा पनि धेरै नजिक थियो।
मानिसलाई अझ राम्रो शिक्षा प्राप्त गर्ने समयमै बाँच्न नपाएको कुरा पीडादायी लाग्छ। साँच्चै भन्नुपर्दा, उचित मार्गदर्शक वा गुरु नपाउनु र अत्यन्तै कम उमेरदेखि नै आफ्नै बलबुतामा निर्णयहरू लिनुपर्ने अवस्था आउनु पनि दुःखद हुन्छ।
मेरो परिवार ग्रामीण क्षेत्रमा बस्थ्यो, तपाईंलाई थाहै छ। म छात्रावासमा बसेर पढ्थेँ। यस्ता कुराहरूले मानिसलाई असर गर्छन्, तर त्यसका लागि आफूलाई दोष दिन भने सकिँदैन।
तर मलाई कुनै कुराको पश्चात्ताप छैन।
आधा शताब्दीपछि पछाडि फर्केर हेर्दा, के तपाईंले कहिल्यै सोच्नुभएको थियो, सबै कुरा यति कठिन हुनेछ, यति धेरै बाधाहरूको सामना गर्नुपर्नेछ?
अवश्य पनि, मलाई थाहा थियो, यो अत्यन्त कठिन हुनेवाला छ। मेरो विचारमा, मूलभूत कठिनाइहरू क्रान्ति गर्न आवश्यक सत्ता आफ्नो हातमा लिनुमा हुने थिए। पहिले बाटिस्टालाई सत्ताबाट हटाउने, तर केवल बाटिस्टालाई हटाएर सबै कुरा उस्तै राख्ने होइन, होइन, व्यवस्था नै परिवर्तन गर्ने।
किनभने जब म मोन्काडा गएको थिएँ, मेरा मूलभूत विचारहरू त्यसबेलासम्म पूर्ण रूपमा बनिसकेका थिए। ती सबै थिए। बाँकी प्रश्न भनेको तिनलाई व्यवहारमा उतार्न आवश्यक कार्यनीति र रणनीति विकास गर्नु थियो।
स्टालिनको भर्खरै मृत्यु भएको थियो, सन् १९५३ को मार्चमा उनको निधन भएको थियो, र उनको उत्तराधिकारी बनेको त्रिमूर्तिले क्युबालाई त्यस्तो समर्थन कहिल्यै दिने थिएन, जुन लगभग सात वर्षपछि ख्रुश्चेभले दिए।
यदि सन् १९५३ को जुलाई २६ मा हामी विजयी भएका भए, आज हामी यहाँ हुने थिएनौँ। सन् १९५३ मा संसारमा शक्तिहरूको जुन समीकरण थियो, त्यसलाई हामी थेग्न सक्ने अवस्थामा थिएनौँ।
स्टालिनको भर्खरै मृत्यु भएको थियो, सन् १९५३ को मार्चमा उनको निधन भएको थियो, र उनको उत्तराधिकारी बनेको त्रिमूर्तिले क्युबालाई त्यस्तो समर्थन कहिल्यै दिने थिएन, जुन लगभग सात वर्षपछि ख्रुश्चेभले दिए। त्यतिबेला सोभियत संघ आर्थिक र सैन्य शक्तिका हिसाबले संयुक्त राज्य अमेरिकाको बराबरीमा नपुगे पनि कम्तीमा ठूलो आर्थिक तथा सैन्य शक्ति बनिसकेको थियो।
मोन्काडा ब्यारेकका लागि प्रस्थान गर्दा तपाईंले देखेका सपनाहरू अहिले साकार भएका देख्नुहुन्छ?
म वास्तवमा यही कुरा भन्न लागेको थिएँ, किनभने तपाईंले धेरैवटा विषय उठाउनुभयो। मैले तपाईंलाई भनेँ, मैले केही समस्याहरू समाधान गर्नुपरेको थियो। शासन गर्नु अझ कठिन हुन्छ। अनि मलाई त्यसबारे पहिल्यै चेतना थियो, किनभने मैले ८ जनवरीमा, हवानामा प्रवेश गरेको दिन, ‘ढुकुरहरूको दिन’मा यही कुरा भनेको थिएँ।
|
‘परेवाहरूको दिन’ सन् १९५९ जनवरी ८ का दिन । क्यास्ट्रोले तानाशाह फुल्गेन्सियो बाटिस्टाको सरकारलाई अपदस्थ गरेर फिडेल क्यास्ट्रोहरुले सत्ता हातमा लिएपछि क्युबाको राजधानी हाभानामा आयोजित विशाल जनसभाको आयोजना गरिएको थियो । फिडेल क्यास्ट्रोले उक्ता जनसभालाई सम्बोधन गरिरहेकै बेला आकाशमा केही सेता परेवाहरू (White Doves) छोडिएका थिए। तीमध्ये एउटा परेवा आएर सोझै क्यास्ट्रोको काँधमा बस्यो र अर्को मञ्चको माइक नजिकै बस्यो। क्यास्ट्रोको भाषण चलिरहँदा लामो समयसम्म ती ढुकुरहरू नउडी त्यहीं बसिरहेका थिए। क्युबाली लोकसंस्कृति र 'सानटेरिया' (Santería) धर्ममा सेतो परेवालाई दैवी शक्ति, शान्ति र भाग्यको प्रतीक (विशेष गरी ओबातला देवताको रूप) मानिन्छ। भाषणको क्रममा संयोगवश परेवा क्यास्ट्रोको काँधमा तथा मञ्चमा आएर बसेको घटनालाई धेरै साधारण क्युबाली जनताले धार्मिक अर्थमा पनि बुझे । त्यसलाई उनीहरुले क्यास्ट्रो क्रान्तिका लागि अलौकिक शक्ति वा ईश्वरबाटै चुनिएका नायक हुन् भन्ने संकेतको रूपमा लिए। अन्तर्राष्ट्रिय मिडिया र पश्चिमा जगतले यसलाई संयोग वा शान्तिको प्रतीक मात्र मानेर प्रचारप्रसार गरेका थिए । तर क्युबामा भने उक्त घटनाले क्यास्ट्रोको राजनीतिक करिश्मा र जनसमर्थनलाई अझ उचाइमा पुर्याउन मनोवैज्ञानिक रूपमा ठूलो भूमिका खेलेको थियो। क्युबाली क्रान्तिको इतिहासमा उक्त भाषण र क्षण ‘सेतो परेवाहरूको दिन’ वा ‘सेतो परेवाको भाषण" (White Doves Speech / The Day of the Doves) का रूपमा प्रसिद्ध छ। |
विजय हासिल भएको दिन पनि मलाई अलिकति उदासीनताजस्तो, एक प्रकारको नोस्टाल्जिया महसुस भएको थियो। सन् १९५८ को गर्मीमा हाम्रा विरुद्ध भएको त्यो ठूलो शत्रु आक्रमणलाई पराजित गरेपछि, जब हामी लगभग युद्ध जित्ने अवस्थामा पुगेका थियौँ, त्यतिबेला मैले अनुभव गरेको भावनाजस्तै केही थियो त्यो।
मलाई लाग्यो, हामीले एउटा काम कसरी गर्ने भन्ने कुरा सिकिसकेका छौँ। तर अब सबै कुरा फरक थियो। सन् १९५९ को जनवरी १ मा मलाई त्यस्तै अनुभूति भयो।
मैले भनेँ, ‘हामीले यो काम यसरी गर्न सिकेका छौँ, तर अब हाम्रो अगाडि त्योभन्दा धेरै ठूलो काम छ।’
जब म हवानामा पुगेँ र त्यहाँका केही समस्याहरू देखेँ, तब मलाई महसुस भयो, विजयपछि सबै कुरा अझ धेरै कठिन हुने रहेछ।
हामी निकै अनभिज्ञ थियौँ। हामीसँग धेरै राम्रा विचारहरू थिए, तर अनुभव अत्यन्त कम थियो। मानिसहरूलाई बुझ्ने र उनीहरूसँग व्यवहार गर्ने केही अनुभव हामीसँग थियो। केही यस्ता विचारहरू पनि थिए, जसको अभावमा हामीलाई विजयसम्म पुर्याउने रणनीतिको कल्पनासमेत गर्न सकिने थिएन।
मेरो भन्नुको अर्थ, म बाँच्न सफल भएँ।
क्रान्तिको विजय भएको छयालीस वर्षपछि र मोन्काडापछि पचास वर्षभन्दा बढी समय बितिसकेपछि, म के भन्न सक्छु भने हामीले हासिल गरेको कुरा त्यतिबेला हामीले देख्न सक्ने सपनाभन्दा पनि धेरै ठूलो छ।
बाँचिरहन सक्नु एउटा सौभाग्य हो, त्यसलाई आफ्नै अधिकारका रूपमा दावी गर्न सकिँदैन। किनभने तपाईं अनुभवलाई, अनुभवको सञ्चित भारलाई बेवास्ता गर्न सक्नुहुन्न।
र अहिले, क्रान्तिको विजय भएको छयालीस वर्षपछि र मोन्काडापछि पचास वर्षभन्दा बढी समय बितिसकेपछि, म के भन्न सक्छु भने हामीले हासिल गरेको कुरा त्यतिबेला हामीले देख्न सक्ने सपनाभन्दा पनि धेरै ठूलो छ।
र हामी त सुरुदेखि नै निकै राम्रा सपना देख्ने मानिस थियौँ!
केही अभियोजनकर्ताहरूले अझै पनि क्युबाली क्रान्तिविरुद्ध आरोपहरू लगाइरहेका छन् र निरन्तर अनेकौँ किसिमका दोषहरू थोपर्ने गर्छन्। तपाईं स्वयं एक वकिलका रूपमा, उनीहरूका अगाडि क्रान्तिको बचाउमा के-कस्ता तर्क प्रस्तुत गर्न सक्नुहुन्छ?
खासमा, यसका लागि केही समय लाग्नेछ, म तपाईंलाई पहिल्यै सचेत गराउँछु। म मोन्काडाको पचासौँ वार्षिकोत्सवका अवसरमा दिएको आफ्नो भाषणमा प्रस्तुत गरेका केही तर्कहरू यहाँ दोहोर्याउन गइरहेको छु।
अब हेरौँ, क्युबामाथि के कुराको आरोप लगाइन्छ? कुनै इमानदार मानिससँग हामीमाथि आक्रमण गर्नुपर्ने आखिर के कारण छ?
क्युबाका जनताले आफ्नै रगत बगाएर र शत्रुबाट कब्जा गरेका हतियार प्रयोग गरेर, संयुक्त राज्य अमेरिकाको समर्थन प्राप्त ८० हजार सशस्त्र सैनिक भएको क्रूर बाटिस्टा तानाशाहीलाई पराजित गरे। क्युबा ल्याटिन अमेरिका र क्यारिबियनमा साम्राज्यवादी प्रभुत्वबाट मुक्त हुने पहिलो भूभाग बन्यो। अनि उपनिवेशवादपछिको सम्पूर्ण इतिहासमा यस गोलार्धको त्यस्तो एक मात्र देश बन्यो, जहाँ हजारौँ मानिसको ज्यान लिएका यातना दिनेहरू, हत्याराहरू र युद्ध अपराधीहरूलाई अदालतमा उभ्याइयो र उदाहरणीय ढंगले दण्ड दिइयो।
क्रान्तिले जमिन पुनः प्राप्त गर्यो र त्यो सम्पूर्ण रूपमा किसान तथा खेतमा काम गर्ने श्रमिकहरूको हातमा हस्तान्तरण गर्यो।
प्राकृतिक स्रोतहरू तथा आधारभूत उद्योग र सेवाहरू त्यही वास्तविक मालिक, क्युबाली राष्ट्रको हातमा ल्याइए।
बहत्तर घण्टाभन्दा कम समयमा, दिनरात अथक रूपमा लड्दै, क्युबाले संयुक्त राज्य अमेरिकाको सरकारले आयोजना गरेको भाडाका सैनिकहरूको गिरोन आक्रमणलाई पराजित गर्यो। यसले संयुक्त राज्य अमेरिकाको प्रत्यक्ष सैन्य हस्तक्षेपलाई रोक्यो र अकल्पनीय परिणाम निम्त्याउन सक्ने युद्धबाट देशलाई जोगायो।
त्यतिबेलासम्म क्रान्तिसँग विद्रोही सेना थियो, चार लाखभन्दा बढी हतियार थिए र लाखौँको संख्यामा मिलिसियाका सदस्यहरू थिए।
सन् १९६२ मा दर्जनौँ आणविक हतियारबाट हुन सक्ने आक्रमणको जोखिमसमेत देशले सम्मान र कुनै पनि प्रकारको सम्झौता नगरी सामना गर्यो।
यसले देशभर चलाइएको ‘डर्टी वार’ अर्थात् फोहोरी युद्धलाई पनि पराजित गर्यो, जसमा गुमाउनुपरेको मानवजीवन स्वतन्त्रताको युद्धमा गुमेकोभन्दा पनि बढी थियो।
लगभग आधा शताब्दीदेखि जारी कठोर नाकाबन्दी र आर्थिक युद्धका बीच पनि क्युबाले एक वर्षमै निरक्षरता उन्मूलन गर्न सक्यो। बाँकी ल्याटिन अमेरिकाले, त्यहाँको बोलिभारियाली क्रान्तिका कारण उल्लेखनीय अपवाद बनेको भेनेजुएलालाई छाडेर, चार दशकभन्दा बढी समयमा पनि यो उपलब्धि हासिल गर्न सकेको छैन।
संयुक्त राज्य अमेरिकाको सरकारले आयोजना गरेका हजारौँ तोडफोड र आतंकवादी आक्रमणहरूको यसले अडिग रूपमा सामना गर्यो। क्रान्तिका नेताहरूको हत्या गर्न बनाइएका र प्रयास गरिएका सयौँ षड्यन्त्रहरूलाई विफल पार्यो।
लगभग आधा शताब्दीदेखि जारी कठोर नाकाबन्दी र आर्थिक युद्धका बीच पनि क्युबाले एक वर्षमै निरक्षरता उन्मूलन गर्न सक्यो। बाँकी ल्याटिन अमेरिकाले, त्यहाँको बोलिभारियाली क्रान्तिका कारण उल्लेखनीय अपवाद बनेको भेनेजुएलालाई छाडेर, चार दशकभन्दा बढी समयमा पनि यो उपलब्धि हासिल गर्न सकेको छैन। म संयुक्त राज्य अमेरिकालाई पनि यसमा थप्न सक्छु।
क्युबाले आफ्ना शतप्रतिशत बालबालिकाका लागि निःशुल्क शिक्षा सुनिश्चित गरेको छ। विद्यालयमा विद्यार्थीलाई टिकाइराख्ने दरको हिसाबले यो गोलार्धका सबै राष्ट्रभन्दा अगाडि छ। पूर्वप्राथमिक तहदेखि नवौँ कक्षासम्म ९९ प्रतिशतभन्दा बढी विद्यार्थी विद्यालयमा टिकिरहेका छन्।
क्युबाका प्राथमिक तहका विद्यार्थीहरू भाषा र गणितको ज्ञानमा विश्वमै पहिलो स्थानमा छन्। प्रतिव्यक्ति शिक्षकको संख्यामा पनि क्युबा विश्वमै पहिलो छ र एउटा कक्षामा विद्यार्थीको संख्या सबैभन्दा कम हुने देश पनि यही हो।
शारीरिक वा मानसिक कठिनाइ भएका सबै बालबालिकाले विशेष विद्यालयमा अध्ययन गर्छन्। गाउँ होस् वा सहर, सबै बालबालिका, किशोरकिशोरी र युवालाई कम्प्युटर तथा कम्प्युटर विज्ञान पढाइन्छ। सबै विद्यालयमा श्रव्यदृश्य माध्यमको व्यापक प्रयोग गरिन्छ।
१७ देखि ३० वर्ष उमेरका, पहिले विद्यालयमा नरहेका र रोजगारीसमेत नभएका सबै युवालाई अहिले अध्ययन गर्ने अधिकार दिइएको छ, त्यसका लागि राज्यले आर्थिक पारिश्रमिकसमेत उपलब्ध गराउँछ। आफ्ना नागरिकलाई यस्तो अवसर उपलब्ध गराउने यो संसारकै पहिलो राष्ट्र हो।
कुनै पनि नागरिकले पूर्वप्राथमिक तहदेखि विज्ञानमा विद्यावारिधिसम्मको अध्ययन गर्न सक्छ, त्यसका लागि उसले एक पैसा पनि खर्च गर्नुपर्दैन।
१७ देखि ३० वर्ष उमेरका, पहिले विद्यालयमा नरहेका र रोजगारीसमेत नभएका सबै युवालाई अहिले अध्ययन गर्ने अधिकार दिइएको छ, त्यसका लागि राज्यले आर्थिक पारिश्रमिकसमेत उपलब्ध गराउँछ। आफ्ना नागरिकलाई यस्तो अवसर उपलब्ध गराउने यो संसारकै पहिलो राष्ट्र हो।
आज क्रान्तिपूर्वको तुलनामा देशमा विश्वविद्यालयबाट स्नातक भएका मानिस, बुद्धिजीवी र व्यावसायिक कलाकारहरूको संख्या तीस गुणाभन्दा बढी छ। आज एउटा औसत क्युबाली नागरिकको शैक्षिक स्तर कम्तीमा नवौँ कक्षासम्म पुगेको छ। क्युबामा कार्यात्मक निरक्षरतासमेत छैन।
कलाकार र कला शिक्षक तयार गर्ने विद्यालयहरू देशका हरेक प्रान्तमा विस्तार गरिएका छन्। यसबाट २० हजारभन्दा बढी युवाले आफ्नो अध्ययन अघि बढाउन, आफ्नो प्रतिभा विकास गर्न र आफ्नो रुचि तथा क्षमता अभिव्यक्त गर्न सकेका छन्।
अरू दशौँ हजार युवा व्यावसायिक प्रशिक्षण केन्द्रहरूमा अध्ययन गर्छन्, जहाँबाट उनीहरू हाम्रा व्यावसायिक कला विद्यालयहरूमा प्रवेश गर्छन्।
अब देशका प्रत्येक नगरपालिकामा विश्वविद्यालयका क्याम्पसहरू विस्तार भइरहेका छन्।
संसारको कुनै पनि अर्को देशमा यति विशाल शैक्षिक र सांस्कृतिक क्रान्ति भएको छैन। यसले क्युबालाई ठूलो अन्तरले संसारकै उच्चतम ज्ञानस्तर र उच्चतम सांस्कृतिक स्तर भएको देश बनाएको छ। यो होसे मार्तीको त्यो गहिरो विश्वासको अभिव्यक्ति हो, ‘संस्कृतिबिना स्वतन्त्रता सम्भव छैन।’
शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा ६० बाट घटेर ६ देखि ६.५ को बीचमा पुगेको छ। संयुक्त राज्य अमेरिकादेखि पाटागोनियासम्मको सम्पूर्ण गोलार्धमा क्यानडाबाहेक यो सबैभन्दा न्यून शिशु मृत्युदर हो।
मानिसको औसत आयु पनि पन्ध्र वर्षभन्दा बढीले बढेको छ।
पोलियोमाइलाइटिस, मलेरिया, नवजात शिशुको टिटानस, डिफ्थेरिया, दादुरा, ठेउला, गलगाँड, लहरेखोकी र डेङ्गीजस्ता संक्रामक तथा सर्ने रोगहरू उन्मूलन गरिएका छन्। टिटानस, मेनिन्जोकोकल मेनिन्जाइटिस, हेपाटाइटिस बी, कुष्ठरोग, हेमोफिलस मेनिन्जाइटिस र क्षयरोगजस्ता अन्य रोगहरूलाई पूर्ण रूपमा नियन्त्रणमा राखिएको छ।
आज हाम्रो देशमा मानिसहरू त्यही रोगका कारण मर्छन्, जुन सबैभन्दा विकसित राष्ट्रहरूमा मृत्युका प्रमुख कारण हुन्, जस्तै हृदय तथा रक्तनलीसम्बन्धी रोग, क्यान्सर, दुर्घटना आदि।
आज क्युबामा प्रतिव्यक्ति डाक्टरको संख्या विश्वमै सबैभन्दा बढी छ। दोस्रो स्थानमा रहेको देशको तुलनामा पनि यहाँ प्रतिव्यक्ति डाक्टरको संख्या झन्डै दोब्बर छ।
जनतासम्म स्वास्थ्य सेवा पुर्याउन, स्वास्थ्य केन्द्रहरूमा सहज पहुँच सुनिश्चित गर्न, जीवन जोगाउन र पीडा कम गर्न एउटा गहिरो रूपान्तरण अघि बढिरहेको छ। आनुवंशिक, प्रसवपूर्व र प्रसवपछिका समस्याहरू, विशेषगरी प्रसवसँग सम्बन्धित समस्याहरूको शृङ्खला तोड्न, तिनलाई कम गर्न वा न्यूनतम स्तरमा झार्न गहन अध्ययनहरू भइरहेका छन्।
आज क्युबामा प्रतिव्यक्ति डाक्टरको संख्या विश्वमै सबैभन्दा बढी छ। दोस्रो स्थानमा रहेको देशको तुलनामा पनि यहाँ प्रतिव्यक्ति डाक्टरको संख्या झन्डै दोब्बर छ।
सबैभन्दा गम्भीर रोगहरूका लागि रोकथाम वा उपचारका उपाय खोज्न वैज्ञानिक केन्द्रहरू अथक रूपमा काम गरिरहेका छन्। क्युबालीहरूले संसारकै उत्कृष्ट स्वास्थ्य प्रणाली पाउनेछन्, र त्यसका सेवाहरू पूर्णतः निःशुल्क नै रहनेछन्।
सामाजिक सुरक्षाले देशका शतप्रतिशत नागरिकलाई समेटेको छ। जनसंख्याको ८५ प्रतिशत आफ्नै घरको मालिक छ र त्यसका लागि कुनै कर तिर्नुपर्दैन। बाँकी १५ प्रतिशतले पनि अत्यन्तै प्रतीकात्मक भाडा तिर्छन्, जुन उनीहरूको तलबको मुस्किलले १० प्रतिशत हुन्छ।
जनसंख्याको अत्यन्तै सानो हिस्साले मात्र लागूऔषध प्रयोग गर्छ, र हामी त्यस समस्याविरुद्ध दृढतापूर्वक लडिरहेका छौँ।
क्रान्तिको सुरुवाती वर्षहरू सकिएपछि चिठ्ठा र जुवाका अन्य सबै रूपहरू निषेध गरिए, ताकि मानिसहरूले आफ्नो व्यक्तिगत उन्नतिको आशा संयोग वा भाग्यको भरमा नराखून्।
हाम्रो टेलिभिजन, रेडियो र पत्रपत्रिकामा व्यावसायिक विज्ञापन हुँदैन। कुनै पनि प्रचार स्वास्थ्य, शिक्षा, संस्कृति, शारीरिक शिक्षा, खेलकुद, मनोरञ्जन, वातावरण संरक्षण, लागूऔषधविरुद्धको अभियान, दुर्घटनाविरुद्धको अभियान वा अन्य सामाजिक समस्यासँग सम्बन्धित विषयमा केन्द्रित हुन्छ।
क्युबामा क्रान्तिसँग सम्बन्धित कुनै पनि जीवित व्यक्तिको व्यक्तिपूजा हुँदैन। कुनै मूर्ति छैन, आधिकारिक तस्बिर छैन, सडकको नाम छैन, संस्थाको नाम छैन। देशको नेतृत्व गर्ने महिला र पुरुषहरू मानिस हुन्, देवता होइनन्।
हाम्रा सञ्चारमाध्यमले शिक्षा दिन्छन्, विष फैलाउँदैनन्, मानिसलाई आफ्नो वास्तविकताबाट अलग पार्दैनन्। पतनशील उपभोक्तावादी समाजका मूल्यहरूको पूजा वा प्रशंसा यहाँ कसैले गर्दैन।
क्रान्तिसँग सम्बन्धित कुनै पनि जीवित व्यक्तिको व्यक्तिपूजा हुँदैन। कुनै मूर्ति छैन, आधिकारिक तस्बिर छैन, सडकको नाम छैन, संस्थाको नाम छैन। देशको नेतृत्व गर्ने महिला र पुरुषहरू मानिस हुन्, देवता होइनन्।
हाम्रो देशमा अर्धसैनिक बल वा डेथ स्क्वाडहरू छैनन्। जनताविरुद्ध कहिल्यै हिंसा प्रयोग गरिएको छैन। गैरन्यायिक हत्या छैन, यातना छैन।
हामी देशभित्र र देशबाहिर मानिसहरू तथा राष्ट्रहरूबीच भ्रातृत्व र ऐक्यबद्धताको भावना विकास गर्छौँ।
नयाँ पुस्ता मात्र होइन, सम्पूर्ण देशलाई वातावरणको संरक्षण गर्न शिक्षित गरिन्छ। वातावरणसम्बन्धी चेतना निर्माण गर्न आमसञ्चारका माध्यमहरू प्रयोग गरिन्छ।
हाम्रो देशले आफ्नो सांस्कृतिक पहिचानको दृढतापूर्वक रक्षा गर्छ, अन्य संस्कृतिका उत्कृष्ट पक्षहरूलाई आत्मसात् गर्छ र संस्कृतिलाई विकृत पार्ने, मानिसलाई आफ्नो मौलिकताबाट अलग गराउने तथा मानवीय गरिमालाई पतनतर्फ धकेल्ने कुनै पनि सामग्रीविरुद्ध दृढतापूर्वक संघर्ष गर्छ।
स्वस्थ र व्यावसायिकतारहित खेलकुदको विकासले हाम्रा जनतालाई विश्वस्तरका पदक र सम्मान हासिल गर्ने प्रतिशतका हिसाबले विश्वकै उच्च स्थानमा पुर्याएको छ।
हामीले कहिल्यै जैविक हतियार बनाउने उद्देश्यले अनुसन्धान गरेका छैनौँ, न त त्यस्ता कुनै हतियार विकास गरेका छौँ। यस्तो काम हाम्रा वैज्ञानिकहरूलाई दिइएको प्रशिक्षण, शिक्षा र उनीहरूको चेतनासँग पूर्णतः विरोधाभासपूर्ण हुने थियो।
वैज्ञानिक अनुसन्धानलाई हाम्रा जनता र समग्र मानवताको सेवामा समर्पित गर्दै त्यसको विस्तार सयौँ गुणाले गरिएको छ। यस प्रयासको एउटा महत्वपूर्ण परिणाम जीवन बचाउने औषधिहरूको विकास हो, जसले क्युबामा मात्र होइन, अन्य देशहरूमा पनि मानिसहरूको जीवन जोगाइरहेका छन्।
हामीले कहिल्यै जैविक हतियार बनाउने उद्देश्यले अनुसन्धान गरेका छैनौँ, न त त्यस्ता कुनै हतियार विकास गरेका छौँ। यस्तो काम हाम्रा वैज्ञानिकहरूलाई दिइएको प्रशिक्षण, शिक्षा र उनीहरूको चेतनासँग पूर्णतः विरोधाभासपूर्ण हुने थियो।
अरू कुनै पनि देशमा अन्तर्राष्ट्रिय ऐक्यबद्धताको भावना यति गहिरोसँग जरा गाडेको छैन।
हाम्रो देशले फ्रान्सेली उपनिवेशवादविरुद्धको संघर्षमा अल्जेरियाका देशभक्तहरूलाई सहयोग गर्यो, त्यस क्रममा फ्रान्सजस्तो महत्वपूर्ण युरोपेली देशसँगको हाम्रो राजनीतिक तथा आर्थिक सम्बन्धमा क्षति पुग्ने जोखिमसमेत उठायौँ।
मोरक्कोका राजा हसन द्वितीयले दक्षिणपश्चिमी अल्जेरियाको टिन्डुफ सहरनजिकै रहेको गारा जेबिलेटका फलाम खानीहरू कब्जा गर्ने प्रयास गर्दै मोरक्कोको विस्तारवाद अघि बढाउँदा, हामीले अल्जेरियाको रक्षाका लागि हतियार र लडाकुहरू पठायौँ।
सन् १९७३ देखि १९७५ सम्म, अरब राष्ट्र सिरियाको अनुरोधमा ट्याङ्कहरूको एउटा पूर्ण ब्रिगेड गोलान हाइट्समा तैनाथ भएर पहरा दिइरहेको थियो, त्यतिबेला सिरियाली भूभागको त्यो हिस्सा अन्यायपूर्ण ढंगले कब्जा गरिएको थियो।
त्यतिबेला भर्खरै स्वतन्त्र भएको कङ्गो गणराज्यका नेता प्याट्रिस लुमुम्बालाई विदेशी शक्तिहरूले निरन्तर दबाब र उत्पीडनमा राखिरहेका बेला उनले हाम्रो राजनीतिक सहयोग पाए। सन् १९६१ मा औपनिवेशिक शक्तिहरूले उनको हत्या गरेपछि हामीले उनका अनुयायीहरूलाई सहयोग गर्यौँ।
चार वर्षपछि, सन् १९६५ मा, टाङ्गानिका तालको पश्चिमी क्षेत्रमा क्युबाली रगत बग्यो। त्यहाँ चेले सयभन्दा बढी क्युबाली प्रशिक्षकसहित पश्चिमको कठपुतली मोबुतुको नेतृत्वमा रहेका श्वेत भाडाका सैनिकविरुद्ध कङ्गोली विद्रोहीहरूलाई सहयोग गरिरहेका थिए। मोबुतुले लुटेको ४० अर्ब डलर अज्ञात युरोपेली बैंकहरूमा अज्ञात व्यक्तिहरूको नियन्त्रणमा रहेको छ।
क्युबाली प्रशिक्षकहरूको रगत अफ्रिकी पार्टी फर द इन्डिपेन्डेन्स अफ गिनी एन्ड केप भेर्देका, अर्थात् PAIGC का लडाकुहरूलाई प्रशिक्षण र सहयोग दिने क्रममा पनि बग्यो। अमिल्कार काब्रालको नेतृत्वमा ती लडाकुहरू तत्कालीन दुई पोर्चुगिज उपनिवेश, गिनी र केप भेर्देको स्वतन्त्रताका लागि संघर्ष गरिरहेका थिए।
यस्तै काम हामीले दस वर्षसम्म जारी राख्यौँ, जब क्युबालीहरूले अगस्तिनो नेटोको MPLA, अर्थात् मुभमेन्ट फर द लिबरेसन अफ अंगोलालाई सहयोग गरिरहेका थिए।
अंगोलाले स्वतन्त्रता प्राप्त गरेपछि पनि त्यो सहयोग रोकिएन। त्यसपछिका पन्ध्र वर्षसम्म सयौँ हजार क्युबाली स्वयंसेवकहरूले अंगोलाको रक्षामा भाग लिए। उनीहरू जातिवादी दक्षिण अफ्रिकी सेनाका आक्रमणविरुद्ध लडिरहेका थिए। ती सेनाहरूले संयुक्त राज्य अमेरिकासँगको साँठगाँठमा ‘डर्टी वार’को रणनीति अपनाउँदै लाखौँ बारुदी सुरुङ बिछ्याएका थिए, पूरै गाउँहरू ध्वस्त पारेका थिए र पाँच लाखभन्दा बढी अंगोलाली पुरुष, महिला तथा बालबालिकाको हत्या गरेका थिए।
दक्षिणपश्चिमी अंगोलाको क्युटो कुआनाभाले र नामिबियाको सीमाक्षेत्रमा अंगोलाली तथा नामिबियाली सेनाहरूले ४० हजार क्युबाली सैनिकसँग मिलेर दक्षिण अफ्रिकी सेनाविरुद्ध निर्णायक प्रहार गरे।
त्यतिबेला दक्षिण अफ्रिकी सेनासँग आणविक बमसमेत थिए, जसको आपूर्ति वा उत्पादनमा इजरायलले सहयोग गरेको थियो र जसबारे संयुक्त राज्य अमेरिकाको सरकार पूर्ण रूपमा जानकार तथा त्यसमा संलग्न थियो।
त्यो युद्धले नामिबियाको तत्कालीन स्वतन्त्रताको बाटो खोल्यो र रंगभेदको अन्त्यलाई सम्भवतः बीसदेखि पच्चीस वर्षसम्म छिटो पार्यो।
लगभग पन्ध्र वर्षसम्म क्युबाले संयुक्त राज्य अमेरिकाले भियतनामका वीर जनतामाथि थोपरेको बर्बर र क्रूर युद्धका क्रममा उनीहरूप्रतिको ऐक्यबद्धतामा सम्मानको स्थान ओगट्यो। त्यो युद्धमा २० लाख भियतनामी मारिए, घाइते र अंगभंग भएकाहरूको संख्या त्यसमा समावेश छैन। त्यस युद्धले भियतनामको भूमिलाई त्यस्ता रासायनिक पदार्थले डुबायो, जसले अकल्पनीय क्षति पुर्यायो र जसको असर आजसम्म जारी छ।
क्युबाली रगत पनि त्यहाँ बग्यो, जस्तै कैयौँ ल्याटिन अमेरिकी राष्ट्रका नागरिकहरूको रगत बगेको थियो। त्यसैगरी चेको क्युबा-ल्याटिन अमेरिकी रगत पनि बगेको थियो। बोलिभियामा अमेरिकी एजेन्टहरूको निर्देशनमा उनको हत्या गरियो, त्यतिबेला उनी घाइते अवस्थामा थिए र युद्धमा गोली लागेर उनको हतियार निष्क्रिय भइसकेको थियो।
ग्रेनाडाको रक्षामा पनि क्युबाली रगत बग्यो। त्यहाँ क्युबाली निर्माण श्रमिकहरू एउटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेका थिए, जुन पर्यटनमा निर्भर त्यो सानो टापु राष्ट्रको अर्थतन्त्रका लागि अत्यन्तै महत्वपूर्ण थियो। संयुक्त राज्य अमेरिकाले निन्दनीय बहाना बनाएर ग्रेनाडामाथि आक्रमण गर्दा ती क्युबालीहरूले त्यस देशको रक्षाका लागि संघर्ष गरे।
दुई हजारभन्दा बढी वीर क्युबाली अन्तर्राष्ट्रियतावादी लडाकुहरूले हाम्रा भ्रातृ राष्ट्रहरूको स्वतन्त्रताको संघर्षलाई सहयोग गर्ने आफ्नो पवित्र कर्तव्य पूरा गर्ने क्रममा आफ्नो जीवन अर्पण गरेका छन्।
निकारागुआमा पनि क्युबाली रगत बग्यो। क्युबाली सशस्त्र सेनाका प्रशिक्षकहरूले बहादुर निकारागुवाली सैनिकहरूलाई प्रशिक्षण दिइरहेका थिए, जब उनीहरू संयुक्त राज्य अमेरिकाले आयोजना र हतियार उपलब्ध गराएको सान्दिनिस्ता क्रान्तिविरुद्धको ‘डर्टी वार’को सामना गरिरहेका थिए।
र मैले सबै उदाहरणहरू यहाँ उल्लेख गरेको पनि छैन।
दुई हजारभन्दा बढी वीर क्युबाली अन्तर्राष्ट्रियतावादी लडाकुहरूले हाम्रा भ्रातृ राष्ट्रहरूको स्वतन्त्रताको संघर्षलाई सहयोग गर्ने आफ्नो पवित्र कर्तव्य पूरा गर्ने क्रममा आफ्नो जीवन अर्पण गरेका छन्।
तीमध्ये कुनै पनि देशमा क्युबाको स्वामित्वमा कुनै सम्पत्ति छैन, न त क्युबाले त्यहाँ कुनै भूभाग कब्जा गरेको छ।
हाम्रो समयको अरू कुनै देशले पनि यति उज्ज्वल, निःस्वार्थ र निष्कपट ऐक्यबद्धताको इतिहास लेखेको छैन।
क्युबाले सधैँ उदाहरणबाट सिकाउँदै आएको छ। उसले कहिल्यै घुँडा टेकेन, कहिल्यै पछि हटेन। उसले कहिल्यै अर्को राष्ट्रको उद्देश्य वा संघर्षलाई बेचेन। उसले कहिल्यै सम्झौता गरेन। उसले कहिल्यै आफ्ना सिद्धान्तहरूसँग विश्वासघात गरेन।
त्यसैकारण त सन् २००३ को जुलाईमा संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्मा क्युबा सर्वसम्मतिबाट फेरि तीन वर्षको अतिरिक्त कार्यकालका लागि मानवअधिकार आयोगमा निर्वाचित भएको थियो। क्युबा लगातार पन्ध्र वर्षदेखि त्यस आयोगको सदस्य रहँदै आएको थियो।
क्युबाले सधैँ उदाहरणबाट सिकाउँदै आएको छ। उसले कहिल्यै घुँडा टेकेन, कहिल्यै पछि हटेन। उसले कहिल्यै अर्को राष्ट्रको उद्देश्य वा संघर्षलाई बेचेन।
पाँच लाखभन्दा बढी क्युबालीहरूले अन्तर्राष्ट्रियतावादी अभियानहरूमा लडाकु, शिक्षक, प्राविधिक वा चिकित्सक तथा स्वास्थ्यकर्मीका रूपमा सेवा गरेका छन्।
चालीस वर्षभन्दा लामो अवधिमा यी स्वास्थ्यकर्मीमध्ये दशौँ हजारले आफ्नो सेवा प्रदान गर्दै लाखौँ मानिसको जीवन बचाएका छन्।
आज पनि समग्र सामान्य चिकित्साका ३ हजारभन्दा बढी विशेषज्ञ तथा अन्य स्वास्थ्यकर्मीहरू तेस्रो विश्वका १८ वटा देशका सबैभन्दा दुर्गम भूभागमा कार्यरत छन्। उनीहरूले रोकथाम तथा उपचारका विधिहरू प्रयोग गर्दै प्रत्येक वर्ष लाखौँ मानिसको जीवन बचाइरहेका छन् र लाखौँ मानिसको स्वास्थ्य जोगाइरहेका वा पुनःस्थापित गरिरहेका छन्, त्यो पनि आफ्नो सेवाबापत एक पैसा पनि नलिई।
संयुक्त राष्ट्रसंघलाई उपलब्ध गराउन प्रस्ताव गरिएका क्युबाली चिकित्सकहरू नहुँदा, संयुक्त राष्ट्रसंघले आवश्यक आर्थिक स्रोत प्राप्त गरेको अवस्थामा पनि, त्यस्ता अत्यावश्यक र तत्काल कार्यान्वयन गर्नुपर्ने एड्स रोकथाम तथा उपचारका कार्यक्रमहरू सञ्चालन गर्न सम्भव हुने थिएन। आवश्यक आर्थिक स्रोतको अभावमा त सब-सहारा अफ्रिकाका सम्पूर्ण राष्ट्रहरू, अझ कतिपय अवस्थामा पूरा-पूरा क्षेत्र नै विनाशको जोखिममा छन्।
क्युबाले रेडियोको माध्यमबाट मानिसहरूलाई पढ्न र लेख्न सिकाउने एउटा प्रविधि विकास गरेको छ। अहिले यसका लागि क्रियोल, पोर्चुगिज, फ्रेन्च, अंग्रेजी र स्पेनिस गरी पाँच भाषामा पाठ्यसामग्री तयार गरिएका छन्। यी कार्यक्रमहरू अन्य देशहरूमा पनि कार्यान्वयन भइरहेका छन्।
हामीले हालै टेलिभिजनमार्फत स्पेनिस भाषामा साक्षरता सिकाउने त्यस्तै एउटा कार्यक्रम पनि पूरा गरेका छौँ। यो असाधारण रूपमा प्रभावकारी कार्यक्रम हो।
यी कार्यक्रमहरू क्युबाले आफैँ सिर्जना र विकास गरेका हुन्, र ती वास्तवमै क्युबाली कार्यक्रम हुन्। तर हामी तिनलाई पेटेन्ट वा ट्रेडमार्क गराउने कुनै रुचि राख्दैनौँ।
हामी यी कार्यक्रमहरू तेस्रो विश्वका सबै देशलाई, जहाँ विश्वको अधिकांश निरक्षर जनसंख्या बसोबास गर्छ, पूर्णतः निःशुल्क उपलब्ध गराउन तयार छौँ।
आज संसारमा निरक्षर रहेका ८० करोड मानिसको संख्या पाँच वर्षभित्र न्यूनतम खर्चमै ८० प्रतिशतसम्म घटाउन सकिन्छ।
अब म यतिमै रोक्छु, नत्र तपाईंको धैर्यको परीक्षा लिन सक्छु। तर म अझै धेरै कुरा भन्न सक्छु...
त्यो त प्रभावशाली इतिहास रहेछ। तपाईंलाई के लाग्छ, इतिहासले तपाईंको मूल्याङ्कन कसरी गर्नेछ?
त्यसको चिन्ता गर्नु खासै सार्थक कुरा होइन। थाहा छ किन?
किनभने मानवजातिले यति धेरै गल्तीहरू गरेको छ, यति धेरै मूर्खताहरू गरेको छ कि यदि यो मानवजाति बाँच्न सफल भयो भने (जुन कुरा अझै निश्चित छैन), आजभन्दा सय वर्षपछि मानिसहरूले हामीलाई सम्झिँदा सायद असभ्य जनजाति र सभ्यता नपुगेका गुफावासीहरूको एउटा समूहका रूपमा सम्झनेछन्, जसलाई सम्झिरहनसमेत योग्य ठानिने छैन।
उनीहरूले इतिहासको एउटा यस्तो कालखण्डलाई भने सम्झन सक्छन्, जुन बेला मानवजाति लगभग लोप हुन पुगेको थियो, जब भयानक घटनाहरू भएका थिए, जब हामी अझै पनि असभ्य र अविकसित मानिसहरू नै थियौँ।
सन् २१०० मा भविष्यको कुनै पुस्ताले हाम्रो समयलाई यसरी हेर्न सक्छ। केही समयअघिसम्म हामी आदिम मानिसहरूलाई जसरी हेर्थ्यौँ, उनीहरूले पनि हामीलाई त्यसरी नै हेर्नेछन्। म यस कुरामा विश्वस्त छु।
मलाई बढी चासो कुनै देशले आफ्नो संघर्ष र आफ्ना लडाइँहरूका कारण प्राप्त गर्न सक्ने प्रतिष्ठामा छ, तर त्यो प्रतिष्ठा अनिवार्य रूपमा मसँग जोडिएको हुनुपर्छ भन्ने छैन।
यो निर्णायक एक्काइसौँ शताब्दीको प्रत्येक बितेको दशक लगभग एक हजार वर्ष बराबर हुनेछ।
त्यसैले ‘इतिहासको फैसला’बारे कुरा गर्नुको कुनै अर्थ छैन।
म इमानदारीपूर्वक यसैगरी सोच्दछु। साँच्चै, मेरो विचार यही हो।
मलाई बढी चासो कुनै देशले आफ्नो संघर्ष र आफ्ना लडाइँहरूका कारण प्राप्त गर्न सक्ने प्रतिष्ठामा छ, तर त्यो प्रतिष्ठा अनिवार्य रूपमा मसँग जोडिएको हुनुपर्छ भन्ने छैन।
सुन्नुस्, मैले प्रसिद्ध व्यक्तित्वहरू, महान् मानिसहरूका बारेमा धेरै पढेको छु, जसले महिमाका बारेमा कुरा गरेका छन्। नेपोलियन ‘ला ग्लोआर’, अर्थात् गौरव वा महिमाका बारेमा कुरा गरिरहन्थे। उनी निरन्तर आफ्नो गौरवप्रति चिन्तित थिए।
तर आज धेरै देशमा नेपोलियनको नाम वास्तविक सेनापति र सम्राटका रूपमा उनले गरेका सबै कामका कारणभन्दा उनको नाममा रहेको कोन्याक (नेपोलियन नामाकरण गरिएको महङ्गो ब्राण्डको रक्सी–दायित्वबोध) का कारण बढी परिचित छ।
बोलिभारजस्ता मानिसहरूले पनि गौरव र महिमाका बारेमा धेरै कुरा गर्थे। म सधैँ बोलिभारको ठूलो प्रशंसक रहँदै आएको छु।
मलाई पक्का विश्वास छ, यदि मैले संसारका प्रायः कुनै पनि देशका किशोरकिशोरीहरूलाई ‘नेपोलियन को थिए?’ भनेर सोधेँ भने, उनीहरूले नेपोलियनको नाम उनको नाममा रहेको कोन्याकका कारण बढी चिनेका हुनेछन्, उनले युद्धभूमिमा गरेका सबै कामका कारणभन्दा।
त्यसैले म भन्छु, चिन्ता किन गर्ने?
बोलिभारजस्ता मानिसहरूले पनि गौरव र महिमाका बारेमा धेरै कुरा गर्थे। म सधैँ बोलिभारको ठूलो प्रशंसक रहँदै आएको छु। एकपटक भेनेजुएलाको सेन्ट्रल युनिभर्सिटीमा दिएको भाषणमा मैले भनेको थिएँ, ‘बोलिभारले गौरवका बारेमा कुरा गरे, तर बोलिभार राष्ट्रहरू जित्ने विजेता थिएनन्, उनी मुक्तिदाता थिए।’
अलेक्जेन्डर भने राष्ट्रहरू जित्ने विजेता थिए र साम्राज्य निर्माण गर्ने व्यक्ति थिए। शताब्दीयौँदेखि संसारले प्रशंसा गर्दै आएका अरू महान् मानिसहरू पनि थिए, जस्तै हानिबल र जुलियस सिजर। उनीहरू सबै विजेता थिए, योद्धा थिए।
यसलाई अलिकति विचार गर्ने हो भने, शेक्सपियर महान् लेखक थिए, अत्यन्त मूल्यवान् व्यक्ति थिए भनेर युवाहरूलाई सिकाउन थालिएको धेरै समय भएको छैन। अरू मानिसहरूले महान् चित्रहरू बनाए, अरू महान् दार्शनिक थिए, अरू अद्भुत कवि थिए, जसको बराबरी आजसम्म कसैले गर्न सकेको छैन।
अर्थात्, बौद्धिक रूपमा असाधारण प्रतिभा भएका मानिसहरू, संगीत, चित्रकला, नाटक, साहित्य र यस्तै अन्य क्षेत्रमा महान् सिर्जना गर्ने सर्जकहरूबारे धेरै थोरै मानिसलाई मात्र थाहा थियो। हामीलाई पढाइने इतिहासमा पनि उनीहरूको उल्लेख मुस्किलले हुन्थ्यो।
इतिहासमा प्रायः चर्चा हुने भनेका क्रिस्टोफर कोलम्बस, हर्नान कोर्टेस, पिजारो, पृथ्वीको परिक्रमा गर्ने म्यागेलन, नेपोलियन, समुद्री डाँका ड्रेक, थर्मोपाइलीमा लियोनिडाससँग लड्ने फारसी सम्राट जेरक्सेस, जुलियस सिजर, हानिबलजस्ता मानिसहरू थिए।
यी सबै योद्धाहरू थिए। अनि प्रायः पश्चिमका योद्धाहरू, किनभने पूर्वका योद्धाहरू को थिए भन्ने कुरा त कसैलाई थाहै थिएन।
‘खराब मानिएका’ मानिसहरूलाई भने छाडेर, उदाहरणका लागि एटिला।
हो, तर ऊ पश्चिमतर्फ आइपुग्यो। यदि क्रिस्टोफर कोलम्बसको अनुमान सही भएको भए र उसको बाटोमा कुनै महादेश नपरेको भए, ऊ चीनसम्म पुग्ने थियो। त्यसपछि, यदि उसले चाहेको भए, उसले चीनलाई पनि जित्ने प्रयास गर्न सक्थ्यो, जसरी मेरो विचारमा उनीहरूले क्युबामा गरे, बाह्रवटा घोडा र केही हर्क्युबसजस्ता बन्दुक लिएर।
कोलम्बसले वास्तवमै चीन पुगेर त्यो देशमाथि अधिकार जमाउने प्रयास गरेको भए, त्यहाँ पुगेको पन्ध्र मिनेटभित्रै ऊ इतिहासबाट हराइसक्ने थियो।
तर त्यहाँ उसले घोडामा सवार लाखौँ सैनिक भएको मङ्गोल सेनाको सामना गर्नुपर्ने थियो। त्यस अवस्थामा कोलम्बसलाई चीनसम्म पुग्ने दुर्भाग्यपूर्ण र पागल विचार बोकेको मानिसका रूपमा फेरि कहिल्यै कसैले सुन्ने थिएन। यदि उसले वास्तवमै त्यहाँ पुगेर त्यो देशमाथि अधिकार जमाउने प्रयास गरेको भए, त्यहाँ पुगेको पन्ध्र मिनेटभित्रै ऊ इतिहासबाट हराइसक्ने थियो।
हेर्नुस्, यदि ऊ मार्को पोलोजस्तै गएको भए, त्यहाँका मानिसहरूले उसको स्वागत गर्ने थिए। तर यदि ऊ स्पेनका राजाको नाममा क्रस र तरबार बोकेर त्यहाँ अधिकार जमाउन गएको भए, ऊ करिब पन्ध्र मिनेटभन्दा बढी टिक्ने थिएन। कोर्टेस र अरू सबैको हालत पनि त्यस्तै हुने थियो।
तर इतिहासले अरू व्यक्तित्वहरूको भने प्रायः चर्चा गर्दैन।
महान् वैज्ञानिकहरू, महान् आविष्कारकहरू, मानवजातिका लागि यति महत्वपूर्ण योगदान पुर्याउने अनुसन्धानकर्ताहरू... इतिहासले उनीहरूको बारेमा, भन्न सकिन्छ, खासै कुरा गर्दैन।
सायद केही मानिसले उनीहरूलाई सम्झन्छन्... तर राजनीतिक नेताहरूले भने स्मरणयोग्य बन्ने गरी पर्याप्त योगदान गरेका छैनन्।

मैले चिनेका मानिसहरूमध्ये चे सबैभन्दा महान्, सबैभन्दा असाधारण र सबैभन्दा निःस्वार्थ मानिसहरूमध्ये एक थिए।
तपाईंले चिनेका वा थाहा पाएका सबै राजनीतिक नेताहरूमध्ये, तपाईंमाथि सबैभन्दा गहिरो प्रभाव पार्ने नेता को हुन्?
मलाई सोच्न दिनुस्। चे– मैले चिनेका मानिसहरूमध्ये उनी सधैँ मेरो स्मरणमा सबैभन्दा असाधारण व्यक्तित्वमध्ये एकका रूपमा रहन्छन्। मैले चिनेका मानिसहरूमध्ये उनी सबैभन्दा महान्, सबैभन्दा असाधारण र सबैभन्दा निःस्वार्थ मानिसहरूमध्ये एक थिए।
र नेल्सन मन्डेला पनि ती व्यक्तिहरूमध्ये एक हुन्, जसको म सबैभन्दा बढी प्रशंसा गर्छु। उनका गुण, उनको इतिहास र उनको संघर्षका कारण।
समकालीन विदेशी नेताहरूको कुरा गर्दा... मैले सबैभन्दा बढी प्रशंसा गरेका नेतामध्ये एक जियाङ जेमिन हुन्। किनभने मैले उनलाई धेरै वर्षको अवधिमा चिन्दै आएको छु। पहिलो दिन वा दोस्रो दिनमै होइन, तर वर्षौँको सम्पर्क र समयसँगै। उनी अत्यन्त सक्षम व्यक्ति हुन्।
समकालीन कालमा पश्चिमी संसारका नेताहरूमध्ये सबैभन्दा सक्षम राजनेतामध्ये एक जर्मनीका चान्सलर विली ब्रान्ड्ट थिए भन्ने म ठान्छु। मैले उनलाई भेटेको थिएँ र उनीसँग धेरै कुरा गरेको थिएँ। उनी दूरदर्शी व्यक्ति थिए, उच्च विचार भएका व्यक्ति थिए, शान्ति र तेस्रो विश्वका समस्याप्रति चिन्तित व्यक्ति थिए।
पश्चिमकै कुरा गर्दा, मैले राम्ररी चिनेका र जिम्मेवार, इमानदार तथा सक्षम राजनेता ठानेका अर्का नेता स्विडेनका प्रधानमन्त्री ओलोफ पाल्मे थिए। म उनीप्रति गहिरो प्रशंसा र सम्मान राख्थेँ। उनको मृत्यु, रहस्यमय परिस्थितिमा भएको उनको हत्या, एउटा भयानक क्षति थियो।
तपाईंले राष्ट्रपति केनेडीलाई व्यक्तिगत रूपमा कहिल्यै चिन्नुभएन, होइन त?
होइन। र मलाई लाग्छ, केनेडी अत्यन्त उत्साही, निकै बुद्धिमान र व्यक्तिगत आकर्षण भएका व्यक्ति थिए, जसले सकारात्मक कामहरू गर्ने प्रयास गरेका थिए। फ्र्याङ्कलिन रुजवेल्टपछि उनी संयुक्त राज्य अमेरिकाका सबैभन्दा प्रतिभाशाली व्यक्तित्वमध्ये एक हुन सक्छन्।
उनले गल्तीहरू गरेका थिए। सन् १९६१ मा उनले प्लाया गिरोनको आक्रमणलाई अघि बढाउन अनुमति दिएका थिए। तर त्यो अभियान उनले आफैँ तयार पारेका थिएनन्, त्यसको योजना त अघिल्लो आइजनहावर–निक्सन प्रशासनकै पालामा बनाइएको थियो। उनले त्यसलाई समयमै रोक्न सकेनन्।
उनले सीआईएका गतिविधिहरूलाई पनि सहन गरेका थिए। उनी राष्ट्रपति रहेका बेला मलाई र अन्य अन्तर्राष्ट्रिय नेताहरूलाई हत्या गर्ने पहिलो योजनाहरू तयार पारिएका थिए। यसमा उनको व्यक्तिगत संलग्नता थियो भन्ने निर्विवाद प्रमाण छैन। तर सीआईएभित्र कसैले राष्ट्रपतिको कम्तीमा मौन स्वीकृतिबिना त्यस्तो किसिमको कारबाही गर्ने निर्णय आफैँले गरेको थियो भनेर सोच्न पनि निकै कठिन हुन्छ।
हुन सक्छ, उनी त्यस्ता गतिविधिप्रति सहनशील थिए। वा उनले प्रयोग गरेका आफ्नै अस्पष्ट शब्दहरूलाई सीआईएले आफ्नो अनुकूल अर्थमा व्याख्या गर्न दिएको हुन सक्छ।
म के देख्छु भने, केनेडीले गल्तीहरू गरेका भए पनि, तीमध्ये केही नैतिक गल्तीसमेत भए पनि, उनी आफ्ना गल्ती सच्याउन सक्ने व्यक्ति थिए। उनी संयुक्त राज्य अमेरिकाको नीतिमा केही परिवर्तन ल्याउने साहस गर्न सक्ने व्यक्ति थिए।
तर अर्कोतर्फ, म के देख्छु भने, केनेडीले गल्तीहरू गरेका भए पनि, तीमध्ये केही नैतिक गल्तीसमेत भए पनि, उनी आफ्ना गल्ती सच्याउन सक्ने व्यक्ति थिए। उनी संयुक्त राज्य अमेरिकाको नीतिमा केही परिवर्तन ल्याउने साहस गर्न सक्ने व्यक्ति थिए।
उनका गल्तीहरूमध्ये एउटा भियतनाम युद्ध पनि हो। आफ्नो उत्साह, ग्रीन बेरेट्सप्रतिको लगभग अत्याधिक सहानुभूति र अमेरिकी शक्तिको अतिमूल्याङ्कनका कारण उनले आफ्नो देशलाई भियतनाम युद्धमा धकेल्ने पहिलो कदमहरू चाले।
उनले गल्तीहरू गरेका थिए, म फेरि दोहोर्याउँछु। तर उनी बुद्धिमान व्यक्ति थिए, कहिलेकाहीँ त असाधारण रूपमा प्रतिभाशाली पनि। उनी साहसी थिए। र मेरो विचारमा, जुन कुरा मैले यसअघि पनि भनेको छु, यदि केनेडी बाँचेका भए, सम्भवतः क्युबा र संयुक्त राज्य अमेरिकाबीचको सम्बन्धमा सुधार आउन सक्थ्यो।
किनभने प्लाया गिरोन र अक्टोबर संकटपछि उनी क्युबाबाट निकै प्रभावित भएका थिए। मलाई लाग्दैन, उनले क्युबाली जनताको क्षमतालाई कम आँकेका थिए। बरु, हाम्रो जनताको साहस र चरित्रको दृढताप्रति उनको मनमा केही सम्मान वा प्रशंसा नै थियो कि भन्ने पनि सम्भावना छ।
जुन दिन उनको हत्या भयो, त्यस दिन म फ्रान्सेली पत्रकार जाँ दानिएलसँग कुरा गरिरहेको थिएँ। केनेडीले नै उनलाई मसँग भेटेर कुरा गर्न र आफ्नो सन्देश सुनाउन पठाएका थिए। त्यसबाट हामीबीच सम्पर्कका माध्यमहरू स्थापित हुन थालेका थिए। र सम्भवतः त्यसले हाम्रा सम्बन्ध सुधार्ने वातावरण बनाउन सक्थ्यो।
उनको मृत्युले मलाई गहिरो रूपमा छोयो र दुःखी बनायो। उनी निश्चय नै मेरा प्रतिद्वन्द्वी थिए। तर पनि उनको मृत्युबाट म अत्यन्त दुःखी भएँ। यस्तो लाग्यो, मानौँ मैले अत्यन्त सक्षम र सम्मानयोग्य एक प्रतिद्वन्द्वी गुमाएको छु।
उनको हत्या जुन ढङ्गले भयो, त्यसले पनि मलाई दुःखी बनायो, त्यो कायरतापूर्ण हत्या थियो, एउटा राजनीतिक अपराध। त्यस घटनाले मभित्र आक्रोश, अस्वीकार र दुःखको भावना पैदा गर्यो। र यसपटक त्यो भावना त्यस्तो प्रतिद्वन्द्वीका लागि थियो, जसले यस्तो अन्त्य भोग्नुपर्ने कुनै कारण म देख्दिनथेँ।
केनेडीको मृत्युले मलाई गहिरो रूपमा छोयो र दुःखी बनायो। उनी निश्चय नै मेरा प्रतिद्वन्द्वी थिए। तर पनि उनको मृत्युबाट म अत्यन्त दुःखी भएँ।
उनको हत्या भएको घटनाले मलाई अर्को कारणले पनि चिन्तित बनाएको थियो। किनभने उनी अमेरिकी राजनीतिक मञ्चबाट हटाइँदा पनि आफ्नो देशमा यति धेरै अधिकार र प्रभाव भएका व्यक्ति थिए कि क्युबासँगको सम्बन्ध सुधार्ने निर्णय लागू गराउन सक्थे।
फ्रान्सेली पत्रकार जाँ दानिएलसँग मेरो भएको कुराकानीले पनि यो कुरा स्पष्ट रूपमा देखाएको थियो। उनी मसँगै थिए र केनेडीका अत्यन्त महत्वपूर्ण सन्देशहरू लिएर आएका थिए। अक्टोबर संकटका क्रममा उनले भोगेका भयावह दिनहरूका कारण ती सन्देशहरू अझ महत्वपूर्ण थिए, स्वयं केनेडीले पनि त्यसबारे बताएका थिए।
केनेडीको मृत्युको खबर हामीले सुनेको ठीक त्यही क्षण जाँ दानिएलले मलाई भनेका थिए, ‘क्यास्ट्रोसँग कुरा गर्नुहोस्, त्यसपछि फर्केर मसँग कुरा गर्नुहोस् र उहाँ के सोच्नुहुन्छ, मलाई बताउनुहोस्।’
त्यही कुरा जाँ दानिएलले मसँग भर्खरै भनेका थिए।
तपाईं अर्नेस्ट हेमिङ्वेलाई राम्ररी चिन्नुहुन्थ्यो?
म हेमिङ्वेलाई अझ राम्रोसँग चिन्न चाहन्थेँ। उनलाई क्युबा मन पर्थ्यो, उनी यो टापुलाई प्रेम गर्थे। उनी यहाँ बसेका थिए। उनले हामीलाई धेरै कुरा छाडेर गएका छन्, उनको पुस्तकालय, उनको घर, जुन आज संग्रहालय बनेको छ।
क्रान्तिको पहिलो वर्षमा मैले उनीसँग दुईपटक कुरा गर्ने अवसर पाएको थिएँ, तर ती कुराकानी निकै छोटा थिए। यदि हेमिङ्वे अझ केही वर्ष बाँचेका भए, म उनीसँग धेरै समय बिताएर अझ धेरै कुरा गर्न चाहन्थेँ। उनीसँग अलि घनिष्ठ मित्रता कायम गर्न चाहन्थेँ।

हेमिङवेका साथ क्यास्ट्रो । https://media.mutualart.com
हेमिङ्वेको लेखनमा मलाई सबैभन्दा मन पर्ने कुरा यही हो, उनका पात्रहरूले आफैँसँग गर्ने ती एकालापहरू। द ओल्ड म्यान एन्ड द सी मा पनि त्यस्तै छ, त्यही कृतिका लागि उनले नोबेल पुरस्कार पाएका थिए।
मैले उनका केही उपन्यास एकपटकभन्दा बढी पढेको छु। र तीमध्ये धेरैमा, जस्तै फर हुम द बेल टोल्स र अ फेयरवेल टु आर्म्स मा, उनले मुख्य पात्रलाई आफैँसँग कुरा गराइरहेका हुन्छन्।
हेमिङ्वेको लेखनमा मलाई सबैभन्दा मन पर्ने कुरा यही हो, उनका पात्रहरूले आफैँसँग गर्ने ती एकालापहरू। द ओल्ड म्यान एन्ड द सी मा पनि त्यस्तै छ, त्यही कृतिका लागि उनले नोबेल पुरस्कार पाएका थिए।
मैले उनलाई जति थोरै चिनेँ, त्यस आधारमा व्यक्तिका रूपमा हेर्दा, उनका बानी, व्यवहार र जीवनशैलीमा उनी अत्यन्त मानवीय व्यक्ति जस्तो लाग्थे। मलाई उनको साहित्य सधैँ निकै मन पर्थ्यो। उनका पुस्तकहरूले वास्तवमा उनकै एउटा चित्र कोर्छन्, उनको आफ्नै जीवनको, उनले जीवनभर गरेका साहसिक यात्राहरूको, र उनले गर्न चाहेका तर गर्न नसकेका वा नगरेका साहसिक अनुभवहरूको पनि।
साहसिक जीवनप्रतिको उनको उत्कट चाहनाको म हृदयदेखि नै प्रशंसा गर्थेँ।
तपाईं माओत्सेतुङलाई चिन्नुहुन्थ्यो?
होइन, मैले माओलाई चिनेको थिइनँ। न त हो चि मिन्हलाई भेट्ने अवसर नै मैले पाएँ, जसलाई म अत्यन्त शुद्ध र स्पष्ट दर्शन भएका नेताका रूपमा हेर्छु।
माओत्सेतुङको ऐतिहासिक योगदान अत्यन्त ठूलो छ। उनी चिनियाँ क्रान्तिका आयोजक र प्रेरणादाता थिए भन्ने कुरामा कुनै शंका छैन। उनी बीसौँ शताब्दीका महान् क्रान्तिमध्ये एकका प्रमुख निर्माता थिए।

माओ महान् क्रान्तिकारी थिए, उनको ऐतिहासिक योगदान महान् थियो, उनी अत्यन्त प्रतिभाशाली थिए। तर आफ्नो जीवनको अन्तिम चरणमा उनले गम्भीर गल्तीहरू गरे।
उनी राजनीतिक र सैन्य प्रतिभा भएका व्यक्ति थिए। उनले जापानी साम्राज्यवादविरुद्ध, च्याङ काइ-शेकको कठपुतली सरकारविरुद्ध चिनियाँ जनताको विजयी संघर्षलाई अघि बढाए, त्यसलाई प्रेरित गरे र सफलतामा पुर्याए। निःसन्देह, उनले इतिहासमा अत्यन्त उज्ज्वल र गौरवपूर्ण अध्यायहरू लेखे।
तर त्यही समयमा, म पूर्णतः विश्वस्त छु कि आफ्नो जीवनको अन्तिम चरणमा उनले गम्भीर राजनीतिक गल्तीहरू गरे। ती दक्षिणपन्थी गल्ती थिएनन्, वामपन्थी, अझ भनौँ, अतिवामपन्थी गल्ती थिए।
ती विचारहरूलाई व्यवहारमा उतार्न अपनाइएका विधिहरू अत्यन्त कठोर र अन्यायपूर्ण थिए, विशेषतः तथाकथित ‘सांस्कृतिक क्रान्ति’का क्रममा। र मलाई लाग्छ, अतिवामपन्थी नीतिको परिणामस्वरूप चिनियाँ क्रान्तिकारी प्रक्रियाभित्र त्यसपछि दक्षिणतर्फको मोड आयो।
किनभने यस्ता ठूला गल्तीहरूले प्रतिक्रिया जन्माउँछन्। वामपन्थी अतिवादका गल्तीहरूले कुनै न कुनै चरणमा दक्षिणपन्थी झुकाव र नीतिहरू जन्माउने नै गर्छन्।
यसको अर्थ चीनमा क्रान्ति पराजित भइसक्यो भन्ने होइन। देशले सही बाटो खोजिरहेको छ।
माओ महान् क्रान्तिकारी थिए, उनको ऐतिहासिक योगदान महान् थियो, उनी अत्यन्त प्रतिभाशाली थिए। तर आफ्नो जीवनको अन्तिम चरणमा उनले गम्भीर गल्तीहरू गरे।
व्यक्तिपूजाले जुन हदसम्मको रूप लिएको थियो, त्यो देख्नु साँच्चिकै स्तब्ध पार्ने कुरा थियो।
तपाईंले त्यस्ता मार्क्सवादी नेताहरूलाई चिन्नुभएको थियो, जो सत्तामा पुगेपछि अत्यन्त घृणित र आपराधिक व्यवहारमा संलग्न भए। उदाहरणका लागि, म अफगानिस्तानका हाफिजुल्लाह अमिनलाई सम्झिरहेको छु। र कम्बोडियाका इङ सरीलाई पनि, जो सन् १९७५ मा कम्बोडियामा भएको नरसंहारका लागि जिम्मेवार दुई प्रमुख व्यक्तिमध्ये एक थिए। उनीहरूबारे तपाईंका के-कस्ता स्मृतिहरू छन्?
अफगानिस्तानमा सन् १९७९ मा प्रधानमन्त्री रहेका अमिनले राष्ट्रपति मुहम्मद ताराकीविरुद्ध षड्यन्त्र गरिरहेको एउटा गोप्य समूहको नेतृत्व गरेका थिए। वास्तवमा ताराकी त्यतिबेला हवाना आएका थिए। त्यसको केही दिनमै, जुलाईमा, दरबारभित्र एउटा सैनिक विद्रोह भयो, जसको अन्त्य ताराकीको मृत्युमा भयो। उनलाई गोप्य रूपमा हत्या गरिएको थियो, यद्यपि उनको मृत्यु ‘अज्ञात कारण’बाट भएको बताइएको थियो, र अमिन राष्ट्रपति बने।
ब्रेज्नेभले अस्वीकार गरेको त्यो हत्याकाण्ड नै सन् १९७९ को डिसेम्बरमा सोभियत हस्तक्षेपको कारण बन्न पुग्यो।
एक हिसाबले अमिन पोलपोटसँग निकै मिल्दोजुल्दो व्यक्ति थिए। अफगानिस्तानमा क्रान्ति सफल भएपछि सन् १९७८ को अप्रिलमा हामीले अमिनलाई भेट्ने अवसर पाएका थियौँ।
तपाईं कल्पना पनि गर्न सक्नुहुन्न, उनी कति रमाइला र मित्रवत् व्यक्ति देखिन्थे!
इङ सरी पनि ठ्याक्कै त्यस्तै थिए। कम्बोडियामा क्रान्ति सफल भएपछि उनी पनि हामीलाई भेट्न आएका थिए।
सायद केही मानिसका मस्तिष्कका स्नायुको संरचना नै क्रान्तिकारी प्रक्रियाका क्रममा उत्पन्न हुने जटिल समस्याहरूको सामना गर्न अनुकूल हुँदैन। अनि उनीहरूले लज्जास्पद र उन्मत्त व्यवहार गर्न पुग्छन्। यस्ता घटनाहरू देख्दा म आजसम्म पनि आश्चर्यचकित हुन छाडेको छैन।
हो, यो सत्य हो। मैले केही त्यस्ता व्यक्तित्वहरूलाई चिन्ने असाधारण अवसर पाएको छु, जो बाहिरबाट हेर्दा बिल्कुल सामान्य, अत्यन्त शिष्ट र सभ्य देखिन्थे, जसले पश्चिमी शिक्षा पाएका थिए, युरोप वा संयुक्त राज्य अमेरिकामा अध्ययन गरेका थिए, तर पछि गएर उनीहरूले भयावह र घृणित कामहरू गरे।
यस्तो लाग्छ, कुनै न कुनै बिन्दुमा मानिसहरू पागल भए।
सायद केही मानिसका मस्तिष्कका स्नायुको संरचना नै क्रान्तिकारी प्रक्रियाका क्रममा उत्पन्न हुने जटिल समस्याहरूको सामना गर्न अनुकूल हुँदैन। अनि उनीहरूले लज्जास्पद र उन्मत्त व्यवहार गर्न पुग्छन्। यस्ता घटनाहरू देख्दा म आजसम्म पनि आश्चर्यचकित हुन छाडेको छैन।
महान् राजनीतिक रणनीतिकारहरू र जुनसुकै युगका महान् सैन्य नेताहरूको सूची बनाउने हो भने त्यसमा माओत्सेतुङलाई अवश्य समावेश गर्नुपर्छ।
तपाईं देङ सियाओपिङलाई चिन्नुहुन्थ्यो?
होइन। म उनलाई चिन्न चाहन्थेँ।
यो संवादको सुरुवाततिर तपाईंले मलाई कुन-कुन नेताले तपाईंमाथि सबैभन्दा गहिरो प्रभाव पारे भनेर सोध्नुभएको थियो। मैले सबैभन्दा पहिले एक ल्याटिन अमेरिकी चे ग्वेभाराको नाम लिएँ। तर मैले अर्को अत्यन्त प्रतिष्ठित ल्याटिन अमेरिकी व्यक्तित्वको नाम लिन बिर्सिएँ, जसले पहिलो भेटदेखि नै ममाथि गहिरो प्रभाव पारेका थिए: ह्युगो चाभेज।
बीसौँ शताब्दीको उत्तरार्धमा त्यस्तो कुनै नेता छन्, जसलाई व्यक्तिगत रूपमा भेट्न नपाएकोमा तपाईंलाई पछुतो लाग्छ?
मैले एक जनाको नाम लिइसकेको छु, हो चि मिन्ह। र माओलाई पनि भेट्न चाहन्थेँ। तर त्यो सम्भव भएन, किनभने चीन र सोभियत संघबीचको विवादका कारण उत्पन्न भएका ती सबै समस्या र मतभेदहरू त्यसको बाधक बने।
महान् राजनीतिक रणनीतिकारहरू र जुनसुकै युगका महान् सैन्य नेताहरूको सूची बनाउने हो भने त्यसमा माओत्सेतुङलाई अवश्य समावेश गर्नुपर्छ।
माओले मृत्यु हुनुअघि लेखेको त्यो पत्र म बिर्सन सक्दिनँ, जसमा उनले चीन र सोभियत संघलाई आफ्ना आपसी प्रतिस्पर्धा र विवादहरू पन्छाएर एकजुट हुन र मिलेर अघि बढ्न आह्वान गरेका थिए।

सामग्री स्रोत: फिडेल क्यास्ट्रो: माइ लाइफ । अनुवाद: चन्द्र खाकी
मुख्य चित्र: https://img2.kapital.kz
(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखको स्रोत, अनुवादकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला । उचित तरिकाले स्रोत नखुलाइकन प्रकाशित गरिएमा बौद्धिक सम्पत्ति चोरी मानिनेछ ।–दायित्वबोध)
|
दायित्वबोधको विशेष अनुरोध |
|
वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ? के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ? दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ ! |
|
तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ? |
‘मध्यपूर्वका माओ’: जर्ज हब्बास र प्यालेस्टाइनी प्रतिरोधको गाथा
प्रेमचन्दका फाटेको जुत्ता
क्युबामाथि अमेरिकी नाकाबन्दीको मूल्य
रुवान्डा नरसंहारको अन्तरकथा
लाल सामुराईको अवसान
शाही सत्ता र दलीय विसंगतिका विरुद्ध सतिसाल बनी खडा अटल नागरिक विवेक
अमेरिकी आधिपत्य र पुँजीवादी संकट: नयाँ विश्व व्यवस्थामा समाजवादी विकल्पको अनि…


प्रतिक्रिया