पाकिस्तान र अफगानिस्तानबीच भीषण युद्ध
हालै पाकिस्तानले अफगानिस्तान विरुद्ध 'खुल्ला युद्ध'को घोषणा गर्दै राजधानी काबुल लगायतका विभिन्न स्थानमा लडाकु विमानमार्फत बमबारी गरेको छ।
पाकिस्तानी सञ्चार माध्यमहरुले जनाए अनुसार सेनाले तालिबानका थुप्रै सैन्य चौकीहरू नष्ट गरेका छन्। यस भीषण आक्रमणमा परी हालसम्म १३३ जना अफगानीको मृत्यु भएको र २०० जना घाइते भएको पाकिस्तानी प्रवक्ताले पुष्टि गरेका छन्।
अफगानिस्तानले आफ्ना तीन महत्त्वपूर्ण स्थानहरूमा बमबारी भएको जनाएको छ। काबुलमा तालिबान लडाकुहरूले सुरक्षा र निरीक्षणमा कडाइ गरेका छन् भने सीमावर्ती क्षेत्रमा तनाव चरम अवस्थामा पुगेको छ।
दुई देशबीचको यो सैन्य टकरावले दक्षिण एसियाली क्षेत्रमा गम्भीर सुरक्षा चुनौती र मानवीय संकट निम्त्याउने खतरा बढेको देखिन्छ।
फ्रान्समा ‘सम्पूर्ण हडताल’ को समय आएको छ
शाहेद ड्रोन कसरी नयाँ एके–४७ बन्यो ?
उनको पछाडि मार्क्स छन्, छेउमा गान्धी छन्: नेहा बोरा र निभ्न अस्वीकार गर्ने आगो
प्यालेष्टिनीमाथि भइरहेको नरसंहारको दारुण कथा
मतदाता सूचीको विवादले चर्किएको सडक संघर्ष
फ्रान्सको विद्यार्थी आन्दोलन किन चर्किँदैछ ?
यमनमा हुथी आन्दोलनको उदय, वैचारिक धरातल र भूराजनीतिक संघर्ष
प्रतिक्रिया