डोनाल्ड ट्रम्पले गरे क्युबालाई तेल आपूर्ति गर्ने देशहरूमाथि ट्यारिफ लाग्ने कार्यकारी आदेशमा हस्ताक्षर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वलाई अर्को नयाँ धम्की दिएका छन्। ट्रम्पले कुनै पनि देशलाई क्युबामा तेल आपूर्ति नगर्न चेतावनी दिएका छन्। क्युबालाई तेल बिक्री गर्ने देशहरूमाथि नयाँ ट्यारिफ (भन्सार शुल्क) लगाइनेछ। ट्रम्पले यससँग सम्बन्धित एक कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन्।
ट्रम्पको यो कदम क्युबामाथि दबाब बढाउने उनको नीतिको हिस्साका रूपमा आएको हो। यसै महिनाको सुरुमा अमेरिकी सेनाले भेनेजुएलामा आक्रमण गर्दै तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको थियो। त्यसयता ट्रम्पले बारम्बार निकोलस मादुरोका निकट सहयोगी क्युबाली नेतृत्वविरुद्ध कारबाही गर्ने धम्की दिँदै आएका छन्।
रोयटर्सको रिपोर्ट अनुसार, ह्वाइट हाउसले बिहीबार जानकारी दिएको छ कि डोनाल्ड ट्रम्पले एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्, जसमा क्युबालाई लिएर 'राष्ट्रिय आपतकाल' घोषणा गरिएको छ। साथै, क्युबालाई कुनै पनि माध्यमबाट तेल बिक्री गर्ने देशका सामानहरूमा ट्यारिफ लगाउने प्रक्रिया सुरु गरिएको छ। यद्यपि, उक्त विज्ञप्तिमा ट्यारिफको दर वा अमेरिकी ट्यारिफको मारमा पर्न सक्ने देशहरूको नाम भने खुलाइएको छैन।
क्युबाको नाकाबन्दी गर्ने प्रयास
डोनाल्ड ट्रम्प प्रशासन लगातार क्युबालाई एक्ल्याउने प्रयासमा लागेको छ। क्युबाको आर्थिक नाकाबन्दी गर्ने अमेरिकाको कोसिसको असर पनि देखिन थालेको छ। हालै मेक्सिको सरकारले अस्थायी रूपमा क्युबालाई तेल निर्यात रोक्ने घोषणा गरेको छ। निकोलस मादुरोलाई भेनेजुएलाको सत्ताबाट हटाएपछि ट्रम्पले अब क्युबाको सरकार ढल्ने संकेत दिएका छन्।
अमेरिकी सेनाले यस वर्षको सुरुमा भेनेजुएलामा आक्रमण गर्दै त्यहाँका तत्कालीन राष्ट्रपति र उनकी पत्नीलाई कब्जामा लिएको थियो। त्यसयता डोनाल्ड ट्रम्पले कडा बयानबाजी गर्दै क्युबामाथि हमला गर्ने संकेत दिएका छन्। ट्रम्पले क्युबालाई धम्की मात्र दिएका छैनन्, बरु आफ्ना विदेश मन्त्री मार्को रुबियोलाई क्युबाको नयाँ राष्ट्रपति बनाउनु 'राम्रो विचार' भएको समेत बताइसकेका छन्।
भेनेजुएलाबाट बढ्यो ट्रम्पको हौसला
डोनाल्ड ट्रम्पको भनाइ छ कि क्युबालाई भेनेजुएलाबाट हुने तेल र पैसाको प्रवाह अब बन्द हुनेछ, किनभने निकोलस मादुरो अहिले अमेरिकाको हिरासतमा छन्। क्युबाले लामो समयदेखि आफ्नो सहयोगी राष्ट्र भेनेजुएलाबाट तेल प्राप्त गर्दै आएको थियो। भेनेजुएलामाथिको अमेरिकी नियन्त्रणको फाइदा उठाउँदै अहिले ट्रम्पले लगातार क्युबालाई धम्काइरहेका छन्। उनी क्युबालाई अमेरिकी प्रभावमा ल्याउने कोसिसमा देखिएका छन्।
क्युबा पूर्ण ऊर्जा संकटको सँघारमा छ: विश्लेषणात्मक कम्पनी 'केप्लर' (Kpler) का क्युबामा बाँकी रहेको तेलको भण्डारले अबको १५ देखि २० दिन मात्र धान्नेछ। अमेरिकाले भेनेजुएलाबाट हुने आपूर्तिमा रोक लगाएपछि अवस्था गम्भीर बनेको छ। साथै, क्युबाको अन्तिम प्रमुख साझेदार मेक्सिकोले समेत वासिङ्टनको दबाबमा आएर पूर्व निर्धारित इन्धन ढुवानी रद्द गर्न थालेपछि स्थिति अझै भयावह भएको छ।
अनुगमन तथ्याङ्क अनुसार, सन् २०२६ मा क्युबाले मेक्सिकोबाट तेलको एउटा मात्र खेप प्राप्त गरेको छ, जसमा ८४,९०० ब्यारेल तेल थियो । जुन जनवरी ९ मा क्युबा पुगेको थियो। यो दैनिक औसत ३,००० ब्यारेल भन्दा केही बढी मात्र हो, जबकि गत वर्षको औसत आयात दैनिक ३७,००० ब्यारेल पुगेको थियो।
जनवरी ३ मा अमेरिकी सेनाले भेनेजुएलाका नेता निकोलस मादुरोलाई नियन्त्रणमा लिएपछि काराकाससँगको परम्परागत "तेल पुल" (Oil Bridge) पूर्ण रूपमा ध्वस्त भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अडानमा कुनै सम्झौता नहुने कुरा पुष्टि गर्दै हभानाको शासनले अब उप्रान्त "न तेल, न पैसा" पाउने बताएका छन्।
टेक्सास विश्वविद्यालयका विशेषज्ञहरूले चेतावनी दिएका छन्: यदि क्युबाले आगामी हप्ताहरूमा नयाँ ढुवानी नभएमा, देशले चरम ऊर्जा राशनिङ (Energy Rationing) को सामना गर्नुपर्नेछ, जसले यातायात र जीवन रक्षाका प्रणालीहरूलाई ठप्प पार्नेछ। हाल भण्डारणमा रहेको कच्चा पदार्थको मौज्दात करिब ४६०,००० ब्यारेल मात्र अनुमान गरिएको छ, जसले वर्तमान उपभोग दर अनुसार फेब्रुअरीको मध्यसम्म मात्र धान्नेछ।
स्रोत: https://navbharattimes.indiatimes.com र https://unn.ua
फ्रान्समा ‘सम्पूर्ण हडताल’ को समय आएको छ
शाहेद ड्रोन कसरी नयाँ एके–४७ बन्यो ?
उनको पछाडि मार्क्स छन्, छेउमा गान्धी छन्: नेहा बोरा र निभ्न अस्वीकार गर्ने आगो
प्यालेष्टिनीमाथि भइरहेको नरसंहारको दारुण कथा
मतदाता सूचीको विवादले चर्किएको सडक संघर्ष
फ्रान्सको विद्यार्थी आन्दोलन किन चर्किँदैछ ?
यमनमा हुथी आन्दोलनको उदय, वैचारिक धरातल र भूराजनीतिक संघर्ष
प्रतिक्रिया