थाइल्याण्ड र कम्बोडियाबीच सीमायुद्ध
थाइल्याण्ड र कम्बोडियाका सैनिकहरूबीच सिमाना क्षेत्रमा भीषण गोलीबारी सुरुभएको छ। यसै क्रममा थाइल्याण्डले एफ-१६ लडाकु विमानमार्फत कम्बोडियाका सैन्य ठेगानाहरूमा भीषण बमबारी गरेको छ। थाइल्याण्डले कम्बोडियाका सैन्य ठेगानामा हमला गरेपछि आफ्ना एफ-१६ लडाकु बिमानहरु सुरक्षित रूपमा फर्किएका दाबी गरेको छ। थाइल्याण्डका अनुसार कम्बोडियाको तर्फबाट रकेट आक्रमण भएपछि त्यसको प्रत्युत्तरमा एफ-१६ पठाइएको हो। थाइल्याण्डले कम्बोडियामा सैन्य हमला गर्न ६ वटा एफ-१६ लडाकु विमान प्रयोग गरिएको जनाएको छ।
अर्कोतर्फ, कम्बोडियाली रक्षा मन्त्रालयले थाइल्याण्डमाथि अत्यधिक बल प्रयोग गरेको आरोप लगाएको छ। कम्बोडियाले थाइल्याण्डलाई “क्षेत्रीय शान्ति र स्थिरताका लागि एक गम्भीर खतरा” को रूपमा चित्रण गरेको छ। दि गार्जियनको रिपोर्टअनुसार थाइल्याण्डले कम्बोडियाको सांस्कृतिक क्षेत्र ता मोन थोम र प्रेह भिहेरमा पनि भीषण आक्रमण गरेको छ। समाचार एजेन्सी रोयटर र एएफपीका अनुसार थाइल्याण्डको वायुसेनाले एफ-१६ लडाकु विमानबाट कम्बोडियाली सेनाका ठेगानामा हवाई आक्रमण गरेको छ, जसमा कम्तिमा एक सैन्य लक्ष्य पूर्ण रूपमा ध्वस्त भएको बताइएको छ।
थाइल्याण्ड र कम्बोडियाबीच युद्ध किन भइरहेको छ?
रोयटर र एएफपीका रिपोर्टहरू अनुसार यो द्वन्द्वको सुरुवात कम्बोडियाको ता मोन थोमबाट भएको हो, जब कम्बोडियाली सैनिकहरूले थाइल्याण्डका सैन्य ठेगानामाथि भारी हतियारबाट बमबारी सुरु गरेका थिए। त्यसपछि थाइल्याण्डको सेनाले हवाई आक्रमणको आदेश दिएको थियो। थाइल्याण्डका आक्रमणहरूपछि सीमावर्ती क्षेत्रका बासिन्दाहरूले पलायन हुन् थालेका छन्। थाइल्याण्डले सीमा नजिकका ८६ वटा गाउँ खाली गराई ४०,००० भन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ। समाचार एजेन्सीहरूको अनुसार यो द्वन्द्वमा दुवै पक्षका सैनिक घाइते भएको खबर आएको छ। थाइल्याण्डले कम्बोडियाको गोलीबारीमा आफ्ना ९ जना नागरिक मारिएको दाबी पनि गरेको छ।
भियतनामको सार्वभौमसत्ताको सङ्घर्षबाट सिक्नुपर्ने पाठ
कोलम्बोमा, एसियाले सार्वभौमसत्तालाई पुनः परिभाषित गर्दैछ
अर्जेन्टिना र इङ्गल्याण्डबीचको खेल 'केवल एक फुटबल म्याच' मात्र होइन
सोनम वाङ्चुक, अनशन र संवेदनहीन सरकार
नेटोको ‘प्रेम’ शिखर सम्मेलन पछाडिका आठ विरोधाभासहरू
भू-राजनीतिक भूमरीमा पश्चिम एशिया: हर्मुजको अस्तव्यस्तता र विश्वव्यापी सुरक्षाको …
थामिएको युद्ध पुनः ब्युँतियो: अमेरिका-इरान टकरावले पश्चिम एशियामा निम्त्याएको…
प्रतिक्रिया